हिमालपारीको गाउं पुग्दा


गोपीचन्द्र कार्की

20160419_174509

धेरै अघि देखि जान मनलागेकोे ठाउं हिमालपारीको गाउं मुस्तांङ यसपाला नयां बर्षको पहिलो हप्तामै पुग्ने मेसो मिल्योे । नेपालीहरु प्राय तीर्थस्थलका रुपमा भारतका विभिन्न स्थानमा पुग्ने चलन आजको हैन । हिजो भन्दा अहिले समय अलि फेरिएको छ । नेपालीहरु नेपालका धेरै तीर्थस्थल या मठमन्दिरमा पनि घुम्ने चलन विस्तारै विकसित हुंदैछ । यदी तीर्थस्थल नभैदिएको भए सायदै यति धेरै मानिस त्यहां पुग्ने थिएनन् । हाइकिङ वा ट्रेकिङको बानी धेरै नेपालीमा अझै परेको छैन । त्यसैले दुख सास्ती खाएर नयां नयां ठाउकों, भू बनोट, सामाजिक रहन सहन, हावापानी बुझ्ने हिसाबले पदयात्रा गर्ने मेसो अझै बनेको छैन, यसको अर्थ सुरुवातै नभएको भने हैन मेलो अगाडि भने पक्कै बढेको पाइन्छ । मलाई पनि यसपटक तीर्थ पुग्ने समुहको बीचमा वसेर हिमालपारीको गाउं पुग्ने अवसर मिल्यो । धर्म होला नहोला त्यो अर्को पाटो भयो । तर त्यससंगको सामिप्यका कारण भने मेरोे थोरै दिनको यात्राले पनि नेपालको भौगोलिक अवस्थाको धेरै कुरा जानकारी गरायो । भूवनोट र सडक बाटो अनि ठाउं थलोको ’bout केही जानकारी मिल्यो । त्यो काम हिमालपारी रहेको गाउंमा अवस्थित मुक्तिनाथलेनै मिलाएका हुन् यसमा हिचकिचाउनु पर्ने कुरा छैन ।
भू स्वर्गको रुपमा रहेको नेपालले बिभिन्न देशका प्रकृतिप्रेमीहरुलाई आफुतिर तानेको देख्दा अचम्मै लाग्यो । भुइचालो र भारतको नाकाबन्दीले थिलथिलो पारेको भए पनि प्रकृति प्रेमीलाई भने ति कुनै कुराले छेकेको पाइन्न । बिश्वको आर्कषण वनेकै छ त्यसैले होला सन् २०१६ का घुम्न जाने लायक ठाउंमा नेपाल छैंठौ परेको छ । प्रसिद्ध नेसनल जियोग्राफिक ट्रभलर भ्यागाजिनले भनेको सत्य रहेछ । बेनी देखिनै कोही साइकलमा कोही पदयात्रीका रुपमा ओराली उकालीमा रमाउंदै जीवनलाई हत्केलामा राखेर लावा लस्कर हिंडेको देख्दा नेपाल आमा प्रति गौरव जाग्यो । बिदेशी वा स्वदेसीलाई तान्ने प्राकृतिक, सांस्कृतिक,मठ मन्दिर ,जात्रा पर्वरुपी चुम्वक नेपालमा जताततै छ तर राज्यले यस तर्फ कमै ध्यान दिरहेको छ । जलश्रोत पछि नेपालले ध्यानदिनु पर्ने क्षेत्र भनेकै पर्यटन हो । जुन उद्योगले नेपालीलाई राम्ररी पाल्न पोस्न हुर्काउन सक्छ भन्ने मलाई लाग्छ । यस्ता क्षेत्रहरुमा बाटो घाटो राम्रो बनाइदिने ,व्यवस्थित हाइकिङ र ट्रेकिङ रुट बनाइदिने, बस्न खानका लागि सवै स्तरका होटल बनाइदिने । अतिथिलाई स्वागन गर्ने मन बनाइदिने हो भने विकास पुग्न नसकेको सुदुर ठाउं पनि आफनै खुटृामा उभिएर रमाउन बांच्न सक्छ । जस्का लागि स्थानिय परम्परा, संस्कृति र नेपालीपन भत्कन दिनु हुंदैन ।

20160418_100824
बाटासंगै त्यसमा चल्ने गाडीको सुगमतालेगर्दा मानिस एकठाउंबाट अर्को भू बनोट हावा पानी भएको ठाउंमा सजिलै पुग्छ । हामी काठमाडौंका मानिसलाई हिमालपारीको गाउं मुस्ताङ पुग्न सहज पनि यही कारण वनेको थियो । सल्लाह मिल्यो ९ जना टाटा सुमो गाडी लिएर जाने निधो ग¥यौं । हिजोको सिन्डिकेट तोडिएको र आफनो गाडी भए मन्दिरसम्मै पुग्न सक्ने कुनै झमेला नहुने कुराले पनि हामीलाई जाउं जाउं लाग्यो । २०७३ साल बैशाख ६ गते विहान ६.३० बाट हाम्रो यात्रा सुरु भयो ।
समयले कोल्टो फेरी सकेको छ । प्रविधिको अलि अलि ज्ञान हुने हो भने आफु जाने ठाउंको सवै कुराको पूर्व जानकारी घरमै वसेर लिन सकिन्छ । गुगल भन्ने जिनिसबाट सर्च गरेर धेरै कुरा थाहा पाइन्छ । मैले पनि गुगलको सहायताले काठमाडौंबाट मुक्तिनाथ पुग्ने यात्रा विवरण, ’roundका स्थान र त्यसको समुन्द्र सतहबाट पर्ने उचाइ, ’boutमा मोटामोटी जानकारी लिए । स्यालमार्न बाघको सारजम जोर्नु भने झै अझ त्यता पुगेर आउने केही साथीहरुबाट बसाइ कहां कहां गर्दा उपयुक्त र रामणीय होला भनेर उनीहरुको सल्लाह पनि लिएं । बसमा हुइकिदै गर्दा त्यता जांदा छुटाउनै नहुने स्थलको ’bout सुनाए । बसाइका वारे अरुले दिएको सल्लाह पनि सुनाए ।
मुग्लिन पारी बेलीब्रीज पुल तरेरपछि हाम्रो गाडी खानाको लागि रोकियो । समय १०.३० भएको थियो । बस्न राम्रो खाना सफा पनि यही पाइन्छ अनुभवी गुुरुजीले गाडी होटल अगाडी रोके । मस्याङदी खोलाको किनारको चिसो हावा खांदै पारी पूर्वजाने गाडी र यता आउने गाडीको लस्कर हेर्दै खाना मजाले थपी थपी सबैले मिठो मानेर खायौ । सिमसाग रहेछ , साग भने पछि हुरुक्कै हुने मैले थपी थपी खाए । नमिठो मान्दा मान्दै पनि । पुल कट्ने वित्तिकै सडकको देव्रेतिर ठडाइएको ठूलो बोर्डमा हामी मगरात स्वायत्त प्रदेशमा रहेको जानकारी राष्ट्रिय जनमुक्ति पार्टीले गराउने मनसुवाले बोर्ड झुन्डाएको देखे । ११.४५ मा दमौली, १.३० तिर हेम्जा पुग्यौ । यता नयां वस्ती वस्दै गरेको रहेछ । लुम्ले पुग्दा नेपथ्यको गीतले झकझकायो । नयां पुल हुंदै पर्वत जिल्ला टेक्यौ । करिब २.३० तिर अलि अलि बिग्रैको ओरालो बाटो हुंदै मोदीखोला त¥यौं । मोदीखोला पावर हाउस बाट निक्लेको बिजुली र लोडसेडिङको कुरा गाडीभित्रै चल्यो । गाडी आफनै रफ्तारमा अगाडी वढी रहेको छ हामी कालीगण्डकीको तिर हुैदै अगाडी वढ्यौं । यता ठुला ठुला राम्रा घरहरु देखिए । ४ वजेतिर बेनी अर्थात नदीको दोभानमा रहेको बेनी बजार ( ६८० मि ) पुग्यौ । बजार हेर्न मनसुवा हाम्रो थिएन तातोपानी बेलैमा पुग्ने मनसायले हामी त्यता नरोकिइ अगाडि वढ्यौंै । केही समय अगाडी गए पछि कालीगण्डकीको दोभारनमा गलेस्वर महादेबको ( ८९० मि ) मन्दिर देख्यौ । त्यतां फर्कदा पस्ने भागमा छुट्याउंदै हाम्रो गाडी जंगल पहाडको खोच हुंदै अगाडी वढ्यौ । समय त सांढे चार मात्र वजेको होला दिउसै रात परेझै लाग्यो । एकैछिनमा अलिकति देखिएको आकास कालो न मैलो हुंदै आयो , बेजोड हावा हुरी र पानीको एकछिन सामाना गर्नु पर्यो । सबैको चिन्ता भने गाडीमाथि रहेको पोका पन्थरा पानीले भिजाउने भो बर्वादभो भन्नेमै थियो । किनकि राम्रो त्रिपालले तिनलाई छोपिएकै थिएन ।
दश जना यात्री मध्ये दुइजना बाहेक अरु सवैको पहिलो यात्रा थियो । पुराना दुइ जना पनि ठुला वसमा सांझको समयमा त्यो बाटो हिंडेकोले कहां के कता मेलो पाउन सक्नु भएन । समयमै अंध्यारो भएकोले हामी सबै हतासमा थियौ । मलाई भने विहानको सिमसागले सातोलि रहेको थियो । गनतव्यमै पुगौला र हुंडुलिएको पेट सफा गरौला भन्ने मेरो मानसिकताले केही काम गरेन । गुरुजीलाइ गाह्रो परेको कुरा राखेपछि ठाउंको ठाउं गाडी रोकियो । बांस झाङको छेकटोमा निकैवेर विताएपछि अलि सन्चो भयो । लामो यात्रा गर्दा खानपानमा निकै ध्यान दिनु पर्छ भन्ने कुराको ज्ञान पाइयो ।

20160419_055031

काली गण्डकीको दाहिने तिरबाट हिंडेका हामी पुल तरेपछि बांया तर्फ लाग्यौ । एकातिर भिर पहरो अर्कोतिर काली सुसाएको सुन्दै र हेर्दै हामी अगाडी वढ्यौ । बाटामा भएका आउने संकेत चिन्हले हामी बासस्थान नजिक पुग्न लागेको कुरामा ढुक्क थियौ । करिव ६ .१० मा म्याग्दीको समुन्द्र सतहबाट ११९० मिटर उचाइमा रहेको तातोपानी बजार पुग्यौ । अग्ला डांडाका खोंचमा रहेको सानो बजार घाम अस्ताएको मिरमिरेमा आफै सुस्ताइ रहेको थियो । यो बैशाखमा पनि सुसाइ रहेको कालीगण्डकी कहां जाला मनमनै सोचे । धौलागिरी हिमालदेखि लाङटाङ हिमालसम्मका हिमालहरुबाट वगेका नदीहरु एक आर्कोमा मिसिदै अन्तमा वग्ने नदी गण्डकीनै हो । यसैमा कालीगण्डकी, वुढीगण्डकी, मस्याङदी र सेती र मध्यमान्चलबाट वग्ने त्रिशुली नदीलगायत थुप्रै समागम भएर गण्डकी वग्छिन् ।

20160418_183834

सडकका किनारमा रहेका जस्ताका एक तले टहरा देखेर बास असजिलो हुने हो की भन्ने मनमा संका छायो । केही मोटरसाइकलवालाहरु पनि ओर्लिएर बास खोज्दै थिए । त्यहांका स्थानीयचांहि पानी परेकोले अगाडी बास नपाइला, यतै मिलाएर बस्न आग्रह गरि रहेका थिए । तर हामी बास खोज्ने क्रममा अली पर पुग्यौ ४ तल्लाको ठुलै घर देखेपछि हामीमा उत्साह थपियो, पक्कै होटल हुनुपर्छ । नभन्दै मुलद्धार पुगेर हेर्दा त्यहांको त्यो भव्य होटलनै रहेछ , माउन्ट अन्नपूर्ण लज एण्ड रेष्टुरेंण्ट । ध्रुव गौचन त्यसका संचालक रहेछन् । वढो मिलनसाल मानिस । बास पाइन्छ भन्ने वित्तिकै तल्लो तलाका केही कोठाहारु देखाउन आदेश दि हाले । कतिपय कोठाहरु पहिलेनै वुब भै सकेका रहेछन् । अलि अलि भाउ मिलाउने अनुरोध गर्दा साहु भन्थे पैसै नलिउं त भनेर हांसें । महिलाहरुको लागि एउटा र पुरुषका लागि दुइवटा समेत तीनवटा कोठा लियौ । कोठाको ५०० सयमा कुरा छिनियो । खानाको रुं २७०। त्यतिविधि महंगो लागेन ।
घरै पिडालु बनै पिंडालु ससुराली पुग्दा वाह्र हातको पिंडालु भन्ने हाम्रो उखान यता ठ्याक्कै मिल्यो । काठमाडौंको लोडसेडिङले वाक्क भएको त्यहां पुग्दा पनि लोडसेडिङमै प¥यौ । बेलुका आउंछ आउंछ भन्दा भन्दै भोली पल्ट विहानसम्म पनि बत्ति आएको थिएन । तातोपानी मागे पनि, वाइफाइ सोधे पनि बत्ति छैन, बत्ति आए सबै कुरा हुन्छ भन्थे साहुजीले । एकछिनको आरामपछि नजिकैको तातो पानी कस्तो के हो बुझौ भनेर अरुलाई होटेलमै छाडेर हामी त्यता लाग्यौ । ५ मिनेट तल पुगेपछि प्राकृतिक तातोपानी कुन्ड भेटियो । बिहान ६ बजेबाट बेलुका ९ वजे सम्म चल्ने रहेछ । प्रतिव्यक्ति रु ३० शुल्क लिने रहेछन् । हामी पुग्दा स्वदेसी विदेशी कुण्डमा रमाइ रहेका थिए । हामी भने भोली विहान नुहाउने कुरा टुंगो गरेर फर्कियौ ।

20160419_064645
काठमाडौं बाट बेनीसम्मको बाटो पक्कि छ । बेनीबाट मुक्तिनाथसम्म जम्मा ८७ किमि बाटो भने पुरै कच्चि रहेछ । तर कच्चि भने पनि बाटो नराम्रो हैन । कहि धुले र धेरै ठाउंमा स्थानिय ग्राभेल हालिएको, कही ढुंगा छापिएको बाटा रहेछ । कच्चि भएपनि औसतमा बाटो राम्रै मान्नु पर्छ । २८ सिटे वस धेरै चलेको देखियो । फोरह्वील गाडी , टाट सुमो, बलेरो, मात्र हैन पोखराबाट ट्याक्सी लिएर आउने पनि देखियो । त्यस्तो बाटोमा ट्याक्सी गुडेको देख्दा भने अचम्मै लाग्यो कसरी लगे होलान् जस्तो लाग्ने । फर्कदा विराटनगरबाट लामो वडीको ४५ सिटे बसमा यात्रु गएको देख्दा झन् ताजुव लाग्यो । यस्तो बाटोमा यत्रो वस ल्याउने ड्राइभर कस्ता होलान् ,चढ्ने यात्रु कस्ता होलान् कुरी कुरी लागि रह्यो ।
कालो पानी वग्ने कालीनदी जति रात छिपिन्छ उति उर्लेर सुसाउंदी रहिछिन् । अलि समय लिएर जांदा तातोपानीमै एकदिन एक रात विताउन सकिने रहेछ । हेर्दा पनि सिरको टोपी खस्ने अग्लो डांडोको फेदैमा वनेको होटल , बाटोको पारीपटिृ एकनास सुसाइ रहने कालीगण्डकी, सानो तातोपानी वजार , तातोपानी कुन्ड, दायां वायां एक पछि अर्को देखिने डांडा र हिउं परेको हिमाल देख्दा मन मोहीत पार्ने थलोकोे रुपमा तातो पानी बजार थियो ।
पहिलो बास पछि भोलिपल्ट विहान सवेरै उठेर ६.३० देखि आधा घंटा तातोपानीमा वसेर जिउ ततायौ । विदेसीहरु पनि आए । विहानै दुवै कुन्ड भरि हाल्यो । हामीले नुहाएकै कुन्डमा पसेका एकथरि मित्रहरुबाट थाहा पाइयो म्याग्दीको बेनी वजारबाट अलिपर रहेको ठूलो तातोपानी कुन्ड मुलसडकबाट १ घंटा लाग्ने स्थानमा नुहाएर आएको कुरा बताए । त्यो त निकै ठूलो एकै पटक हजारौ मानिस अट्न सक्ने, र यो भन्दा निकै तातो खल्खल्ती पसिना आउने रहेछ भनेर आफना अनुभूति सुनाए । सुनेका त हामीले पनि थियौ तर जाने अनुकुलता भने हामीलाई मिलेन ।

20160418_183701
होटलको चिया नास्ता पछि हामी बिहानको ७.३० मा पहिलो आतिथ्य दिने तातोपानीको सानो वजार छोड्यौ । ७.४५ बजेतिर हामी दाना ( करिव १५०० मि ) भन्ने ठाउंमा पुग्यौ । दाना गाबिस कुनै बेला मुस्ताङ जिल्लाको सदरमुकाम पनि बनेको रहेछ । ०२४ साल तिर परवल बिष्ट २५ औं राजा वनेपछि उनले दानाको सदरमुकामलाई जोमसोममा सार्ने काम गरेका रहेछन् । दानामा पर पर धान खेत पनि देख्यौ । बाटो र चउरमा भैंसी चराइ रहेको पनि देख्यौ । दानाबाट उता भैसी हुंदैन भन्ने कुरा थाहा पायौ । नेपालकै प्रसिद्धि पाएको कालीगण्डकीको देब्रेतर्फ रहेको रुप्से छांगो पनि यही बाटोमा पर्ने रहेछ । हामी रुप्से छांगोलाई पछि भेट गरौंला है भन्दै आंखा र मनभरी रुप्सेलाइ बोकेर तेरसो परेको उकालो चढ्यौ । त्यता स्थानीय जात्रा होला मानिसहरु झण्डा लिएर वली चढाउन कुखुरा थुमा, बोका बोकेर झुन्ड झुन्ड भएर बाटोमा हिंडि रहेका थिए । ८.३० तिर मुस्ताड०को घासा पुग्यौ । घांसा समुन्द्र सतहबाट २०८० मिटरमा पर्छ । घांसामा वसपार्क रहेछ । पहिले सिन्डीकेट हुंदा वेनीबाट यहांसम्म एउटा वस चढ्नु पर्ने वाध्यता थियो । घासा बजारमा चिया दोकान चलाउनेसंग सोध्दा पहिले हिंडेर जाने बाटो तल रहेको वताए । सडक खुलेपछि हामी पनि माथि आएको हो भनेर बताउनु हुन्थ्यो । बाटोको ठाउं ठाउमा रहेका सडकपिलरमा ठाउंको नाउ घासा लेखिनु पर्नेममा घांस लेखिएकोमा उनीहरुले गुनासो पनि पोखे । बजारको बाटैमा प्रहरी चौकी, अलि माथि सेनाको भीमदल गण देख्यौं । सडकका दुवै तर्फ घर, पसल थिए । यहांबाट झण्डै ८ किलोमिटर उता लेते वजार रहेको थाहा पायौ । लेते पछि कालोपानी वजार आफैमा निकै सफा व्यवस्थित रहेछ । स्कुल कलेज, खेल मैदान पनि रहेछ । केही होटलहरु होमस्टे पनि रहेछन् । रमाइलो बजार देख्यौ । कालोपानी २५०० मि मा अवस्थित रहेछ ।

20160419_091001
बोक्सी खोला वगर भरी टेन्ट गाडीएको देख्यौै । मेला, जात्रा होला भन्ने लागेको थियो । युवा युवतीहरुको भीडभाड देखिन्थ्यो । भरे मुक्तिनाथ नजिकको रानीपौवा पुगे पछि हामी वसेकै होटलमा यताका कार्यक्रममा सहभागी भएर आएका केही युवाहरुलाई भेटे पछि पो थाहा पायौ । त्यहां चौरीको रगत खाने मेला लाग्ने रहेछ भनेर । चौरीको तातो तातो रगत पीउंनाले धेरै रोगहरु निको हुन्छ भन्ने जन विस्वास रहेछ । धेरै ठाउंका मानिसहरु नववर्षको ४।५ दिन पछि लाग्ने त्यो मेलामा सहभागी हुने रहेछन् । त्यही सहभागीका लागि बस्न पाल टांगिएको रहेछ । चौरीको रगत मासु खाने, बस्ने व्यवस्था त्यहां हुंदो रहेछ । जीउंदै चौरीको घांटीको नसा काटेर आलो रगत गिलासमा थाप्दै खुवाउने चलन रहेछ । एउटा चौरीबाट २५।३० गिलास रगत निकाले पछि छोडिन्छ भन्थे । तीन्ले त्यो मेला भ्याएर, कवड्डी कवड्डी भन्ने फिल्मको छायांकन गरेको ठाउं न्याउरीकोट पनि त्यतै पर्ने रहेछ हामी त्यता घुमेर आएको भन्थे युवाहरु । उनीहरुका कुरा सुन्दा स्थानीय जात्रा मेला पर्व समेतलाई ध्यान दिएर प्याकेज कार्यक्रम वनाएर मुक्तिनाथ आउने रहेछन् मानिसहरु भन्ने लाग्यो ।

20160419_075836
अलि अघि वढेपछि २५९० मि को कालीगण्डकी उपत्यकाको टुकुचे आइपुग्यौ । टुकुचे आइपुग्दा डांडा र भुइमा स साना पोथ्रा धुपीका रुखहरु मात्र देख्यौ । पहिले टुकुचे सम्पन्न र भाग्यमानी स्थान रहेछ । दक्षिणतिरबाट आउने र उत्तरबाट आउनेको वसाइ सामान राख्ने विसाउने भण्डारण गर्ने ठाउं यही रहेछ । स्थानीय भाषामा टुकुचेको अर्थ अन्न राख्ने समथल स्थान, सामान थन्काउने गोदाम, बासस्थान थलो भन्ने बुझिने रहेछ । काली गण्डकीको छेउछाउ सामुुदायिक उद्योगका रुपमा स्याउ, खुरपानी, उवा आलु खेती गरेको देखियो । बलौटे ढुंग्गै ढुंगाको पहेंलो,रातो बालुवा गिट्टी र माटोले बनेको ठुला ठुला पहरो । पहरोमा ठाउं ठाउंमा ओडार , कतिपय ओडारमा देवता स्थापना गरिएको कतिमा घस्याङ घुसुङ राखेको । हामीलाई अनौठो लाग्ने डांडा कांडा पहरा र भूवनोट देख्यौं । तल भन्दा यता आइसकेपछि अझ समथल भूमि ठुला चौर कालिगण्डकीको ओगटेको ठूलो सम्म परेको वगर थिए ।

20160419_091053
टुकुचे पछि हामी कालीगण्डकी उपत्यकाको मार्फा २६६५ मि मा टेक्यौ । दक्षिणकाले यहांका स्थानीयलाई मार्फाली भन्दा रहेछन् । अगाडी ठुला भैंसी, गाइ हेर्दै आएका हामीले यता आए पछि गाइ पनि साना साना देख्न थाल्यौ । चरणको अभाव होला, वा जति माथि आयो त्यति उचाइ कम हुने हो के हो भन्ने लाऊयाे । तर रानीपाैवा पुगेपछि यी गाइ’bout अलिबढी कुरा थाहा पायाै  । यी स्थानिय जातका गाईलाई लुलु भनिनिे रहेछ साना कदका हुंदा रहेछन् । लुलु जातका गाइ मनाड र मुस्ताड०मा मात्र हुने रहेछन् । यता खच्चर र घोडाहरु पनि ठाउं ठाउंमा थिए । बलौटेमाटो, गिटि बालुवा मिसिएका खरानी रंगका पाखाहरु भने नाङगा थिए । तल खुर्पानी, स्याउ, उवा , हरिया गहुं देखिन्थे । एकतले माटाका छाना भएका, मिलेका राम्रा ढुंगाले गाह्रो लगाइएको, गुचुमुचु परेका वस्तीका घरका छानामा झिक्रा दाउरा हारमिलाएर छेउछेउमा राखिएका थिए । छानाका टुप्पामा प्राथना मन्त्र लेखिएिका रंगिविरंगी ध्वजा हावामा फरफराइ रहेका थिए ।
मार्फा कटेपछि मुस्ताङको सदरमुकाम जोमसोम २७१३ मिटर मा आइपुग्यौ । कालीगण्डकीमा कन्चन पानी वगिरहेको देखिन्थ्यो । बाटैमा मुस्ताङ म्युजियम घर , स्वास्थ्य चौकी, थकाली समाज, सरकारी कार्यालयहरु, बैंक, होटलहरु, मार्फा कोशेली पसलका साथै ’round राम्रा गुम्वाहरु पनि देखिन्थे । जोमसोम बजार सानो भए पनि रमाइलो रहेछ । दोहोरो बजार छ । बजारको पूर्व पटिृ नजिकैे सानो विमानस्थल । पहिले सिन्डिकेट हुंदा घासा बाट आए पछि फेरी यहां बाट अर्को गाडी चढ्नु पर्ने बाध्यता थियो । थुप्रै विदेसी पर्यटकहरु पसलका आंगन , पेटीमा सुस्ताइ रहेका थिए । बेनीबाट आउने वसहरु, थुप्रै साना ठुला गाडीहरु वसपार्कमा थिए ।

20160419_095408
जोमसोम बजार पार गरेपछि कागवेनी पुग्न कालीगण्डकी तरेर जानु थियो । मोटरसाइकल सानो पुलबाट पारी तरे भने हामी कालीगण्डकीको ठूलो वगरहुदै बगरको वीचतिर बगिरहेकी कालीगण्डकीको सङलो र चिसो पानी माथि हेलियौं । पानी चक्काको आधाआधी मात्र आउने थियो । हामी भन्दा अगाडी गएका गाडीेका पदचाप पछ्याउंदै कालीगण्डकी पार ग¥यांै । कालीगण्डकी तर्दा त्यस्तै ११ वजेको थियो । करिव २० मिनेट जति नदी किनारको बाटो र नदीको वगर हुंदै २८१० मिटर मा रहेको कागवेनी पुग्यौ। ।

DSC04527
कागवेनी पुग्दा अलि अलि हावा चली रहेको थियो । १२ वजेपछि त यसरी हावा चल्योकि मनिसै उडाउला जस्तो गरी एकनासले सुसाउंदै हावा चलिरहने रहेछ । टांगिएका ध्वजा पताका तल ओर्लनै नपाउने गरी एकनाससंग उडिरहने रहेछन् । हावाले भिराला पाखाका बलौटेमाटो गिटी उडाएर होला डांडाहरु मानिसका करङ जस्ता देखिन्थे ।

DSC04535
कागवेनी २८१० मिटर यहां पितृकार्यका लागि कालीगण्डकीको दक्षिणतर्फ तिरैमा लामो पक्कि टहरा बनाइएको रहेछ । हिन्दुधर्मालम्वी मुक्तिनाथ आउने प्रायले यहा श्राद तर्पण गर्ने चलन रहेछ । सुख्खा हावा जोड जोडले वहने रहेछ । बेनी भन्नाले नदीको किनार भन्ने बुझियो तर काग भने त्यहां देखिएन । कालिगण्डकीका तिर र ’round बैंसको रुख हुर्कन सक्ने रहेछ । हिउंले नखावस वा खोलाको पानी वग्दा ढुंगाले घाउचोट नलागोस् भनेर होला सवै रुखहरुमा तलै देखि बोरा कपडाले बेरिएको देख्यौ । छिटो वढ्ने हुनाले यसैका रुखका हांगा विंगाहरु दाउराका लागि प्रयोग पनि हुने रहेछन् । लस्करै रहेका हरिया बैसका रुखहरु पार गरेर हामी कागवेनी श्राद्ध गर्ने स्थल तर्फ लाग्यौ । संगै उत्तर पश्चिमतर्फ कालिगण्डकीमा काठको पुल रहेछ । हावाको कारण पुलबाट आवत जावत गर्न पनि हम्मे हम्मे पर्ने रहेछ । एकनाससंग सुसाइ रहेको हावाले लडाएर कालीमा फाल्ला भन्ने डर । काठको पुलको वाराको सहायताले म वार पार गरे । श्राद्ध गर्नका लागि पालो पर्खनु पर्ने रहेछ । कागवेनीबाट पूर्वलाग्दा मुक्तीनाथ पुगिन्छ , भने उत्तर लाग्दा मुस्ताङीराजा परवल बिष्टको दरबार लोमान्थाङ पुगिने रहेछ । कागवेनीबाट सायद पश्चिम लाग्दा डोल्पो पुग्ने होला भन्ने लाग्यो । बैशाखमा आएको भूकम्पले दरबारमा क्षति पुराएको कुरा रानीवनको बासमा थाहापायौं । २५ औं राजा परवल बिष्टको राजपदवी र राज्यबाट पाउने सुविधा ०६३ सालबाट कटौती भएको हो । ०२६ सालमा यीनले दरबारबाट कप्तान उपाधि पाएका थिए । स्वतन्त्र तिव्वतको माग गर्ने खम्वा विद्रोह दवाउन यीनले भूमिका खेलेका थिए भन्छन् । शालिग्राम पाइने थलो यही हो भनेकाले बगरतिर खोज्न हिंडियो , पाउन सकिएन । धेरै माथि पुगे पाइन्छ भन्थे त्यहां रहेका मानिसहरु ।

DSC04528
हाम्रो ग्रुपको श्राद्धको काम सकेपछिे मुक्तिनाथ अव धेरै ठाढा छैन आजै दर्शन गरेर फर्केर यतै वस्ने कुरा केहीले गर्न थाले । म भने आज माथिनै वसौं समय भएकोले सबै कुरा हेर्न भ्याइन्छ । यति टाढाको बाटो आइसकेपछि माथि बस्दा मुक्तिनाथ क्षेत्र’bout धेरै कुरा बुझ्न पाइन्छ , भोली नुहाइ धुवाइ गरेर बरु चांडै ओला भन्ने कुरा पहिले गएका साथीहरुको अनुभव लाइ लागु गर्न खोजे । पहिले गै सकेका हामीसंग भएका पुराना साथीचांही माथि लेक लाग्छ, बस्न सकिन्न तलै फर्कौ, नभए यही वसौं भन्ने थाले । यही वेला गुरुजीले पनि म त लेक लाग्यो भने रातको वीचमा लिएर आउन सक्दिन भनेर अलि तर्साए । त्यसोभए भए आज यतै होटलमा वसौ भनेर होटल खोज्न पनि लागिप¥यौ । तर पाथीभरा पुगेर आएको मेरा एकजना चिनेका साथी त्यहि वेला टुप्लुक्क भेटिए उनीहरु पनि गाडी मगाएर माथिनै वस्न जान लागेका रहेछन । उनले पनि माथिनै बस्नु उपयुक्त भनेर सल्लाह दिए । बाटामा आउंदै गर्दा सालिग्राम वेचेर वसीरहेका पसलेसंगैै प्रहरी देखे तिनलाइ पनि हाम्रो द्धैध मनस्थितिको कुरा राखे ती दुवैले पनि यहां वस्ने हैन खुरुक्क माथि जानुस् भारतबाट आउने त माथि गएर वस्न सक्छन् भने तपाइहरु काठमाडौंबाट आउनु भएको, लेक लाग्दैन अहिले मौसम राम्रो छ भन्ने सल्लाह दिए । मैले यही कुरा साथीहरुलाई सुनाए । अन्तमा माथिनै जाने त्यहांको स्थिति हेरेर निर्णय गर्ने भन्दै हामी २.४५ मा उकालो लाग्यौ । यी सबै हाम्रा ज्ञान र अनुभवका कमीले सिर्जेका समस्या थिए । तर विदेशी पर्यटकहरु गाइडका भरमा यस्ता स्थानमा सजिलै आइपुग्छन् ।
पर्वत जिल्लादेखिनै हामीले पछ्याउृंदै आएको कालीगण्डकी अव हामी देखि बिस्तारै टाढा हुंदै गइन् । जति माथि चढ्छौं उती ठूलो र राम्रो बाटो देख्दा आश्चर्य लाग्यो । बाटो वढाउने काम पनि ठुला ठुला डोजरले गरि रहेका रहेछन् । विदेशी पर्यटकको ट्र्ेकिङ आउने लस्कर पनि ठुलै देख्यौ । मन अति रोमान्चित भयो । झारकोट, खिंगि हुंदै हामी रानिपौवा वजार नजिकै ४ वजेतिर गाडी पार्क गर्ने स्थानमा पुग्यौ । बजार अर्थात होटल साइडमा गाडी बेलुकाको ६ वजे पछि मात्र लान पाइने र बिहान ६ वजे पछि राख्न नपाइने नियम रहेछ । हामीले आफना सबै झोलाहरु बसमै छोडेर बस्ने व्यवस्था मिलाउन केही साथी वजार तिर लाग्यौ । वजार पुगेपछि निकै आनन्द आयो । होटलै होटलको बजार , बाटाभरी स साना पसल, मानिसको भिडभाड, थुप्रै विदेशी पर्यटकहरु देखेपछि निर्णय सहि गरिएछ भन्ने लाग्यो ।
वासको जोहो गर्न एक दुइ होटल घुम्यौ । बजारको विचैतिर रहेको होटल नोर्लिङ वस्नका लागि उपयुक्त ठान्यौ । कागवेनीमै वसेको भए हावा खाने र कालिगण्डकी हेर्ने बाहेक अरु केही हुने थिएन होला । त्यहां सानो बजारमात्र छ । हुनत त्यो पनि अर्को अनुभवको संग्रह हुने थियो तर हामीसंग समय थोरै थियो ।
माथि बेलैमा आइपुगेकोले केही समयको आराम पछि पुरै बजार घुम्यौ । त्यही दिन बजारबाट करिव २० मिनेट पर रहेको समुन्द्र सतहबाट ३८०० मिटरको उचाइमा रहेको मुक्तिनाथ परिसरमा पुगेर आनन्द लियौ । बजारको अन्तिमबिन्दुमा रहेको स्वागतद्धार प्रवेश गरेर उकालो लागेदेखिनै बुट्यान र झाडी अनि ढुंगै ढुंगा भएको भिरालो चउरभरी मानिसले ढुंगाका घर वनाएको हेर्न लायक थियो । सबैले घर वनाउंदै जाने रहेछन् । यो तीर्थ बुद्ध धर्मालम्वी र हिन्दुहरु दुवैको पुजनिय क्षेत्र रहेछ । चारैतिर हिमाल देख्न पाइने, धौलागिरि हिमाल ( ८१६७ मि ) निलगिरी हिमाल( ) टुप्चे पिक ( ६९२०) आदि । सिरसिर हावाले शरीरलाई काउकुती लगाए जस्तो आनन्दमाल को मौसम थियो । हिउं परेको थिएन । त्यसैले चिसो पनि धेरै थिएन । सक्नेले मुक्तिनाथ क्षेत्रमा रहेका १०८ धारामा नुहाएर मन्दिर अगाडी रहेको २ वटा मुक्तिकुण्डमा पनि डुबुल्किार्ने रहेछन् । कसैले त ३ पटक सम्म पनि नुहाएको देखियो । ज्वालादेवीको मन्दिर रमणि थियो । बजारमा स्थानीयले थापेका रैथाने सामानका पसलले अझ बजार घुमौ घुमौ लाग्ने थियो । बजार घुम्दै मुक्तिनाथबाट हामी करिव ६.३० बजे सांझतिर मात्र ७ वजेको खाना खाने समय छोप्न तल ओर्लियौ । दुइ पटक तीन पटक पुग्ने साथीहरुले यस्तो खालको अनुभवै वटल्नु भएको रहेनछ । हुलहालमा आयो धार्मिक हिसावले मात्र दर्शन गरेर फटाफट हिंड्ने हिंडाउने गर्दा यस्तै हुने रहेछ जस्तो लाग्यो ।
रानीपौवामा दोस्रो वास नोर्लिङ होटलमा भयो । होटलको नाम नोर्लिङ किन राख्नु भएको भनेर सोधें, दलाइलामा भारतपुग्दा पहिला बसेको ठाउं नोर्लिङ हो अनि पत्थर मुगालाई पनि नोर्लिङ भन्ने भएकोले हामीले यो नाम जुराएको साहुनीले भनिन् । उनीहरुको पुरानो बसाइ पहिले मुक्तिनाथ आउने पुरानोबाटोमा तल गाउंमा रहेछ । पछि माथि गाडी चल्ने बाटो खुलेपछि यहां होटल चलाएर वसेका रहेछन् । परिवारमा कामको बांडफांड रहेछ । छोरा घोडाबाट मानिसलाई मन्दिर लाने ल्याउने काम गर्दा रहेछन् । गाडी पार्किङ गर्ने ठाउंबाट मन्दिरसम्म जान नसक्नेका लागि घोडाको व्यवस्था रहेछ । एकजनाकोे तीनसय लाग्ने रहेछ । अहिले पनि मानिसहरु घोडा चढेर मन्दिर पुग्ने गर्दछन् । पहिले यहांबाट मोटरसाइकलमा लगिदो रहेछ । आमा छोरी मिलेर भान्छा हेर्ने, बुहारी पुजा सामान बेच्ने काम गर्दी रहिछन् । छोरी र बुहारीलाई कति पढ्नु भएको छ भनेर सोध्दा मुख छोपेर लजाए । हामीले पढ्नु पर्छ है भनेर भन्यौ । नजिक स्कुल नभएकोले धेरै पढ्न नपाएको गुनासो पोखे । अहिलेको पुस्ता नाती भने बजारबाट तल रहेको वोर्डिङस्कुलमा पढ्ने रहेछन् ।
माथि पसल चलाउने प्राय सबै तल्लो वस्तीबाट यता आएका रहेछन् । यता होटलमा वस्दा खाना र बेड मिलाएर भाउ राखिंदो रहेछ । जुन होटलमा वसिन्छ खाना त्यही खानु पर्ने रहेछ । त्यसैले खानाको ३०० सय र पर वेडको २०० गरेर हामीले एकजनाले खाएको र सुतेको गरेर रु ५०० तिर्ने भयौ । विदेसी पर्यटकहरु यहां २।३ दिन पनि वस्ने रहेछन् । धेरै पर्यटकहरु गाइड लिएर मनाड०को थोराङला पास ५४१६ मिटर उचाई हुंदै यता आउने रहेछन् । कोही धार्मिक हिसावले आउनेहरु ५।७ दिनै पनि वस्ने, दैनिक मन्दिर परिसरमा पुगेर पूजापाठ आदि गर्ने गर्दा रहेछन् । योगी वा अरुका लागि यहां रहेको आश्रममा खान वस्न पाइने व्यवस्था पनि रहेको कुरा वताउंथे, भारतबाट आउने धेरै जसो योगीहरु त्यसरी बस्दा रहेछन् । जानेवेलामा सकेको सहयोग गरे हुंदो रहेछ । यो आश्रमको भवन ठुलै रहेछ ।
रानीपौवा बजारको तल हरिया फांट देखिन्छ । ठाउं ठाउंमा तरकारी लगाइएको देखिन्छ । डांडामा भने रुख वुट्यान विनाका नाङगो देखिन्छ । लहरे पिपलका रुखहरु खेत ’round लगाएको पाइयो । हेर्दा माटो कालो मलिलै देखिन्छ ।
मुक्तिनाथ क्षेत्रमा एक रात झन्डै १ दिनको बसाइ रमाइलै भयो । विहान ७ बजेतिर ओरालो लाग्यौ । फर्कदा मार्फामा रहेको कोशेली पसलमा मुस्ताङको कोसेली बोडीको दाल १ केजीको २५० , स्याउको सुकुटी ५० रुपैया पाकेट । मार्फा स्याउको ब्रान्डी ५५०। आदि सवैले कोशेलीका रुपमा लियौ । खाना अर्डर नगरी कतै नपाइने अर्डर गरेर पकाउन्जेल ढिला हुने भएकोले साथमा लगेका मकै भटास, चिउरा यस्तै यस्तै बसमा खायौ । घासामा आएर खाजा खायौ ।
हिजो मन र आंखाभरी बोकेर हिंडेको रुप्से छांगोमा केहीछिन रमायौ । फोटो खिच्यौ । म्याग्दीको गलेश्वर महादेव ठूलो चटृानमाथि बनेको रहेछ । सडककै छेउ कालीगण्डकीको तिर मनोरम ठाउंमा अवस्थित रहेछ । राजमार्ग छोडेर अलि भित्र रहेको बाग्लुङ कालिका मात्र किन छोड्ने भनेर त्यहां पुग्यौ । बाग्लुङ बजार नलागी पूर्वतर्फ मन्दिर रेहछ । प्रवेशद्धारबाटै दुवैतिर रहेका जङगलको बीचमा बनेको बाटो अति राम्रो लाग्यो । मन्दिर क्षेत्र निकै सफा र व्यवस्थित लाग्यो । हरेक चैते दशैंमा यहां ठूलो मेला लाग्दो रहेछ । यो बाटो बाग्लुङ बजार हुंदै वुर्तिवाङ, रिडी पुग्छ भन्थे । प्यासले पानी खोज्ने क्रममा ओर्लेको बेला ब्यास गुफा र छाव्दी बाराही ,तनहुं पनि पुग्ने सल्लाह मिल्योे । महर्षि वेदव्यास नेपालमा जन्मेका हुन् भने बिभिन्न उदाहरण दिएर काशीनाथ न्यौपानेले सानो किताव लेख्नु भएको रहेछ । मंदिरमा रहनु भएका दामोदरबाबाले गुफा र त्यस क्षेत्रको ’boutमा संक्षिप्त कुरा सुनाउनु भयो । चिया, मोही खाउं भनेर कर गरे पनि हामीलाई छाव्दी वाराही पुग्नु पर्ने भएकोले हतारिएर हिंड्यौ ।
छाव्दी वाराही वेदव्याससंगै यसको कथा जोडीएको रहेछ । माछाका पोखरी रहेछन् । बली चढाएको बस्तु पोखरीमा फालिने रहेछ । ठुला ठुला माछा रहेछन् । पोखरीसंगै रहेको पहरोभित्र ठूलो पोखरी तलाउ हुनु पर्छ जस्तो लाग्यो । चढाइएका एक जोडी परेवा मध्ये एउटा परेवालाई भित्रबाट फुत्तै माछाले तानेर लगे । बजार सफा रहेछ । बजार र बजारमा राखिएको वस्तु हेर्दा यहां मानिसको निकै आवत जावत रहेको कुरा छर्लड०ग हुन्थ्यो । चिया नास्ताका होटल पनि थुप्रै थिए । बजारको सर सफाइमा खुवै ध्यान दिए जस्तो लाग्यो ।
तेस्रो वास वस्न पोखरामा बसियो । विहान साराङकोट , विन्दवासिनी, तालवाराही घुमेर पोखराको थकाली रेष्टुरेंटमा खाना खायौ । थकाली भान्छाघरको आफनै बिेशेषता छ । खाने त सवैतिर दालभात नै हो तर थकाली भान्छामा पुगे पछि यसलाई सजाउने पस्कने तरिका फरक पाइन्छ । ठूलो थालमा शुरुमा थोरै थोरै खाना सजाएर ल्याउने उनीहरुको बिशेषता हो । मुस्ताङ पुगेर फर्कदा यति ज्ञान पनि पाइयो ।
हिमालपारीको जिल्ला मुस्ताङ वा मुक्तिनाथ पुग्न यातायातको सुविधाले सुगम तुल्याए छ । विचित्रको भौगोलिक वनावट भएको मुस्ताङक्षेत्र यक पटक पुग्नै पर्ने ठाउं रहेछ । सिन्डिकेट प्रथाले दिक्क वनाउने यो यात्रा सिन्डिकेट हटे पछि धेरै सुगम भएछ । राज्यले यक्ष क्षेत्रको सडकलाई प्राथमिकता दिने हो भने मुस्ताङ अव सबैको घुम्ने थलोको रुपमा विकास हुन धेरै समय लाग्दैन । अस्तु ।

याे लेख नेपाल प्लस डट कम मा पनि हेर्न सकिन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: