रारा पुग्नु जुम्लाको वाटो


१०
रारा पुग्नु जुम्लाको वाटो
घुमफिर वर्ष २०७३,पुग्नु रारा थियो । जीवनमा पहिलो चोटी ६ दिन पैदल हिंड्ने साहस वोकेर २०७३ असोज महिनाको ३० गते सोमवारका दिन सातदोवाटो निरोगधाम ( १३२५ मि ) पुगियो । गाडी वनेपावाट आउनु पर्ने रहेछ । दुइवटा वस मध्ये हामी दोस्रामा, टोलीनेता डा.उमेश सर पनि हामीसंगै अगाडिको सिटमा हुनुहुन्थ्यो । ४ वजेको थियो , धादिङको टायलघरमा पानी पिसावका लागि रोकियौ । पानी पिसाव पछि अलिकति हिंड्ने वित्तिकै हाम्रै गाडीको अगाडीको टायर सुसाउंदै पड्किए पनि कुनै वित्यास भने पारेन । ओरालोको यात्रामा अगाडीको पांग्रा पड्किदा हुन सक्ने खतरावाट हामी वच्यौ ।
पहिले पहिले पनि पश्चिमको वाटो लागे पछि नवलपरासी को धुम्सीको पाल्पाली ढिंडो रेष्टुरेन्टको भात अतिनै मिठो लागेको थियोे । आज पनि कता खाने कता भन्दा भन्दै यही खान जुराएको रहेछ । ५० जनाको हुलले सजिलैसंग साकाहारी दाल भात खान कुनै आइतवार लागेन । योजना अनुसार यसदिन गुडिरहेको गाडीमै रात विताएर १ गते वेलुका कर्णालीको जुम्ला वास वस्न पुग्ने थियो ।
विहान ६ वजेतिर कोहलपुर चप्परगेडीमा पुग्यौ । सवैलाइ विहानीको नित्य कर्म गर्नु थियो । चिया खाइदिए शौचालयको ढोका खुल्ने भएकोले दुइचार होटलमा वांडिएर फ्रेस हुने अवसर छोडेनौ । कोहलपुरबाट करिव ६० किलोमिटर अगाडि वढे मात्र सुर्खेत वजार पुग्न सकिन्थ्यो । धेरै पहिला कोहलपुरवाट दक्षिणलागेर चिसापानी हुंदै नेपालगंज र महाकाली पुगेकोे थिए । कोहलपुरवाट उत्तर पश्चिम लागेर जाने वाटो मेरा लागि पहिलो र नौलो थियो । अलमल गर्ने कुनै थिएन गोरखदल गणले जिम्मा लिएको राष्ट्र्कै ठूलो वर्दिया राष्ट्र्यि निकुन्ज प्रवेश गर्न सेनाको चेकिङ पार गर्दै अगाडि व्ढयौ । वसमा निद्रा नपर्ने भएकोले त्यसको फाइदा उठाउंदै हिंडे । भेरी गंगा हर्रे चेकपोष्ट पार गर्दै छिन्चु गाविसको वजार पुग्यौ । सानो वजार भए पनि रमाइलो लाग्यो । जाजरकोट जाने सडक यतैवाट गएको रहेछ, प्रभुराम राइले उ त्यही हो वाटो भनेर देखाइदिनु भयो ।
सुर्खेत मेरो पहिलो यात्रा हो । सातदोवाटो, निरोगधामवाट करिव ५८० किलोमिटर यात्रा पार गरेपछि पहिलो पटक सुर्खेत टेके । सुर्खेत वजारको सडक चौडा पार्ने काम भै रहेको रहेछ । सुर्खेत वजार नपुग्दै सुर्खेत सडकको पूर्वतर्फ विमानस्थल देखियो । सुर्खेत वजारको भविष्य राम्रो देखें । फराकिलो सडकको दाया वायां होटल लज सवै खालका पसल देखियो । गाडीको अस्तव्यस्तता र फोहर त हाम्रो आफनो पन भै हाल्यो । नेपाली मन जस्तो सुकै फोहर पनि पचाउन सक्ने भै सकेको छ । पुरानो नया वजार पनि हेर्न लायकनै रहेछ । पश्चिमान्चलको व्यापारिक केन्द्रका रुपमा धेरै अघि देखि विकास भएको ठाउं न हो सुर्खेत ।
सुर्खेत वजार पुग्दा विहानको करिव १० वजेको थियो । हाम्रो वस सत्कार होटल आसपास मै रोकिए छ । खाना कता खाने ठुलै जमात भएकोले कुराकानी वसभित्रै चल्दै थियो । सत्कार होटलवाला आएर वफेको व्यवस्था गर्छु , चांडै गर्छु , राम्रो गर्छु भनेपछि उमेशसरले त्यतै जाने निर्णय सुनाउनु भयो । वस्दा वस्दै जीवनको अन्तिम विदाइ यात्रा पनि देखियो । वसको छतमा लास राखेर त्यसको वरी परी मानिस वसेर वसका पछाडी गाडी, मोटर साइकलमा मलामीहरु लाम बद्ध भएर गएको मेरा लागि नयां दृश्य ।
सुर्खेत वजार (८१९ मिटर ) सानो भ्याली भित्र रहेछ । डांडाको काखैमा वजार रहेको छ । अघि सुर्खेत छिर्ने वित्तिकै गरा मिलेका फांटमा पंहेलपुर धान खेत देख्दा पहिले काठमाडौं र सहर आसपास पहेलपुर धान झुलीरहेको संझे । वजार उत्तर दक्षिण र पश्चिमतिर फैलिएको रहेछ । काठमाडौंको धुलो खाएर वाक्क भएका हाम्रालागि सुर्खेतको वन्दै गरेको सडकको धुलोले अत्याउन खोजे पनि पचाइयो ।
सुर्खेत पुगेपछि वजार नजिकै रहेको कांक्रेविहार छुटाउने कुरै भएन । कांक्रेविहारको दुर्गति देख्दा मन चसक्क भयो । सुर्खेत आइपुग्ने आन्तरिक तथा वाह्य पर्यटक लगायत अन्य प्राय त्यहां पुग्दा रहेछन् । २०५७ सालमा पुरातत्व विभागले यस विहारको सुक्ष्मढंगले अध्ययन गरेपछि नै अहिले विहारको काम केही अगाडि वढेको रहेछ । ढुंगाका अनगिन्ती कलात्मक मूर्ति र इतिहास अलपत्र लडिरहेका थिए । विज्ञहरुका भनाइमा पहिले सिञ्जा ( जुम्ला इलाका ) साम्राज्यको राजा अशोक चल्ल ( पछि उनका छोरा जितारी मल्लको पाला देखि मल्ल लेख्ने चलन चलाए ) ले वि.सं. १३२५ मा वनाएको इतिहास रहेछ । वि.सं. १८९० मा आएको ठूलो भुईंचालोले भत्के देखि विहारका अजंगका ढुंगामा कुदिएका मुर्ति, कलात्मक वस्तुहरु एकै ठाउंमा थुप्रिएका रहेछन् । अहिले खोजविन गर्दै जोड्ने काम केही भएको रहेछ । विहारलाई कोही वुद्ध विहार भन्दा रहेछन् , कोही हिन्दु मन्दिर भन्ने गर्दा रहेछन् । हेर्दा हिन्दु, वौद्ध दुवै धर्म सम्प्रदायको आस्थाको केन्द्र रहेको देखिन्छ । पुजारी कार्की रहेछन् तिनका जिजुवाजेहरु पहिले भक्तपुरवाट दैलेख वसाइ सरेको पछि दैलेखवाट यता आएको कुरा उनले वताए ।……..
कांक्रेविहार पछि वजार नजिकै रहेको वुलवुले ताल गयौ । बुलवुले मुहानवाट आएको पानी तल पोखरीमा जम्मा गरेर वुलवुले ताल वनेको रहेछ । एक जमानामा वुलवुले ताल माया …. भन्ने गीतले खुव वजार लिएको थियो । घुम्नका लागि रमणिय ठाउं रहेछ । मानिसको आइजाई भैरहदोे रहेछ । सरसफाइमा ध्यान नपुगेको तर विहानी बेलुका पदयात्राको लागि पनि उपयुक्त स्थान रहेछ । तल्लो पोखरीमा माछापालन गरेर वल्छी खेल्न शौखिन मानिसका लागि यो उपयुक्त थलो हुने र वोटिङको व्यवस्था गर्न पनि सकिने रहेछ ।
सुर्खेतकै पुरानो वजारमा रहेको अको प्रसिद्ध धार्मिक थलोे देउती वजैको मन्दिर गयौ । मन्दिरमा विहान वेलुका दर्शनार्थीहरुकोे निकै आइजाइ हुने कुरा स्थानीयले वताए । पश्चिमतिरको देउती मान्ने संस्कारको प्रतिविम्व यसले वोकेको होला । मन्दिर नजिकै वलि चढाइने मौलोबाट रगतको गन्ध नाकैमा आइपुगेको थियो । मंदिर वाहिर सडकका किनारमा पुजाका सामान वेच्ने पसल लहरै थिए । हाम्रो ठूलो हुल्ला आएको देखेर हतपत पसल खोलेर पुजा सामान लिन आग्रह गरि रहेका थिए । मंदिर नजिकै सानो खोलो कुलकुलाइ रहेको थियो ।
भोलिपल्ट विहानै अर्थात पौने ६ वजे सुर्खेतको बांगेसिमलबाट दैलेख जाने वाटो समात्दै उकालो लाग्यौ । बाटोमै सेनाको नरसिंह गण रहेछ । उकालोमा दायां वायां सल्लाह घारी सुसाइ रहेको थियो । ठेडा पुगेपछि भने सल्लाहघारी हराएर स साना वुट्यानमात्र देखिए । ठेडामा अर्को वाटो आएर मिल्ने रहेछ । दाहिने तर्फ सानो चिया पसल थियो । हामी उकालो चढ्दै उत्तरतर्फ हान्निएर रातानाङलाको सानो वजार पुग्यौ । केही पर पुगिपछिे दैलेख र सुर्खेतको सिमानामा ठडिएको सिमेन्टको पोलको स्वागतद्धारले हाम्रो स्वागत गर्दै दैलेख प्रवेशको अनुमति दियो ।
दैलेख लागे पछि पहिलो गगनापानी गाउं आयो, विद्यालय नजिकै रहेछ । गाडी अगाडी वढ्दै जादा गगनापानी पछि वेरिड गुंरासे छिचल्यौ । रानीवन मत्तांमा प्रहरी पोष्ट रहेछ । सुर्खेतवाट हिडेपछि दैलेखमा पहिलो गाडी जांच गर्ने काम भयो । आंखाले देखेका ’roundका वारीका पाटामा काउली खेती रामै थिए । सडकको किनारमै रहेको सानो होटलसंगै सव्जी मंडी (तरकारी कलेक्सन गर्ने घर ) थियो । वाटोमा दुईचार घर आएकी तिनका अलग्गै नाउं र त्यसलाई वजार भनेर नामाकरण गरेको पाइन्थ्यो । त्यस्तै दुइचार घर भएको राइपान वजार आइपुग्यौ । यहांवाट दैलेख सदरमाुकाम पुग्न ४२ किलोमिटर अघि वढ्नु पर्ने कुरा वाटामा रहेका संकेत चिन्हले वताइरहेका थिए । वाटैवाट देखिने एकाध ठाउंमा वर्षाको पानी संकलन गर्न ठुला ठुला सेता ध्याम्पोहरु वारीका पाटामा हिमाल उभिएझै ठडिएका थिए । घोडावास वजार पछि तालपोखरी वजार आयो । यता साना फोर्स गाडी चलेको रहेछ । स्थानिय मानिसहरु यसैवाट आइजाइ गरिरहेका देखिन्थे । चिसापानीबाट गाडीे खोलातिर ओरालो लाग्यो । सडक सानो भएकोले सवै ठाउंमा दुइवटा गाडी राम्ररी पास हुंदैनथे । कतिपय ठाउमा त मन आत्तिन्छ । वाटो चटृान खोपेर, भिर पहरा फुटाएर नेपाली सेनाले वनाएको रहेछ । धन्न सडकमा संकेत चिन्हहरु भने रहेका छन् । पहिलो पटक जाने गुरुजीका लागि सजिलो पार्छ । सडकको छेउमा छेकवारका पोलहरु पनि ठाउं ठाउमा आत्म विश्वासका खम्वा वनेर ठडिएका थिए । हामी एक पछि अर्को नयां ठाउं नयां दृश्य हेर्दै रतिखोला केचनपानी पुग्यौ । खोलाको किनारैमा पानी घटृ चलिरहेको थियो । तल ठुलै खोला आफनै वेगमा कुदिरहेको थियो ,त्यसकै माथि माथिवाट अप्ठेरो छिचल्दै गुरुजीहरुले सुविचारीका साथ गाडी अगाडी वढउंछन् । कर्णाली राजमार्ग देख्दा गाडी चलाउने गुरुजीलाई र वाटो वनाउने सेनालाई विर्सन सकिन्न । बरु ठाउं ठाउंमा सुख्खा पैह्रो खसेर त्यही वाटोलाई सांघुरो वनाउंदै यात्रुलाई अत्याउंछ । काउलेखोला, वान्द्रे ,पारी पटृी एकनासे सेताघरहरु हाउजिङ कम्पनीले निर्माण गरे जस्ता एकै ठाउंमा गुचुमुचु देखिन्थे । लोहारे खोला को किनारमा मजाको वस्ती वसेको रहेछ ।
दैलेखको सडकमा जुम्ला वाट आउजाउ गर्ने वस, सामान लेराउने लाने मिनिटाटा ,ट्र्कहरु मोड र घुम्तीमा झ्वास्झ्वास्ती आइपुग्दा सातो जान्थ्यो । साइड दिन यहांका लोकल गाडीले आफु भित्तातिर वसेर वाटो छोड्ने रहेछन् । वाटामा स साना झर्नाहरु कार्तिक महिनामै पनि झरि रहेका देखिन्थे । हिउंदमा गाडि चले पनि वर्षामा अलि कठिन छ । पिलघाडी र पादुका वजार हुंदै हामीले फडका खोलामा रहेको फलामे पुल पार ग¥यौ । पालतडा चौकी आसपास साना खरका छाप्रा थिए । वाटामा भेटिएका स साना केटाकेटीहरु भित्रै मनले नमस्ते भनेर दुवै हात जोड्थे, हामी वसभित्र डरैले मरिच चाउरीए झै चाउरीएर नमस्ते फर्काउंथ्यौ । कर्णली उत्तरवाट दक्षिण आफनै गतिमा दौडिरहेकी छन्, हामी दक्षिणवाट उत्तर हुइकि रहेका छौ । फरक यत्ति कर्णाली हिउंलिएर आफनै गतिमा दौडि रहेछीन् । हाम्रो गुरुजी हामीलाई लिएर वडो होसियारीसाथ अगाडी वढि रहेका छन् । रामघाट वजार पुगेपछि रामघाट खोला माथि रहेको सानो पुल त¥यौ । डाव, पुतवन्दा भएर सात आठ वटा जस्ताका टरा रहेको आगमघाट वजार हुंदै निरन्तर आफनै गतिमा वगिरहेकी कर्णलीको तिरैतिर हामी अगाडी वढ्छौ । सिस्ने वजार काटेपछि आएको अहिले सम्म वाटामा देखिएका मध्ये ठूलो वजार टुनिवगर देख्यौै । विहानको सवा एघार वजेतिर ंराकम वजार पुगेका थियौ । राकममा दोहोरो वजार थियो । यताका घरहरुका गाह्रो ढुंगाको र छानो भने जस्ताकै थिए । हामी कर्णाली वारीपटिृवाट अगाडि वढि रहेका छौ । कर्णली पारी पटिृ ठूलो एकनासे सिलेट ढुंगाले छायकाजस्ता देखिने गुजुमुजु वस्ती वसवाटै देख्यौ । सांइंगाउं भन्थे । म भित्र अघि देखि लागि रहेको पिरलो यति लामो वाटोमा तेल सकियो भने के गर्ने होला । सडकको किनारमा कर्णाली आयल स्टोर देखेपछि मेरो पिरलो कम भयो । साइं खोलाको सांइं पुल तर्छौ ।
हामीले सुन्दै आएको कर्णाली अव कर्णाली जस्तो रहेन छ । कर्णाली राजमार्ग कर्णालीको मेरुदण्डनै भएछ । जुम्ला, सिंजाका लागि काठमाडौं र नेपालगंजवाट पनि वस आइजाइ गर्दा रहेछन् । कछुवा गतिमै वनेको विकासको पूर्वाधार वा देशसंग जोड्ने माध्यम पहिलो सडकपुल नै हो । सडकको तल कर्णाली नदीमा फलामे पुल वनेको रहेछ । आधा जसोमा वार हालिएको अरुमा वांकि देखियो । कर्णालीनदी पारी उता अछाम रहेछ । पुल संचालनमा आएपछि अछाम जान सुविधा पुग्ने रहेछ । अहिले फेरीवाट सामान वारपार हुंदो रहेछ । हामी सानो खोला तर्दै चौतारो माथि कमेरोले पोतेका घरहरु वारीका पाटामा छरिएर रहेका थिए । संवन्धित निकायको ध्यान नपुग्नाले यताको पीचवाटो पुरै भत्किएर खाल्डाखुल्डी भएका रहेछन्, एकछिन त काठमाडौंमै दौडिएजस्तो लाग्यो । कर्णलीकै तिरै माथि गएको यताको सडकमा भने कुनै छेकवार र संकेत चिन्हहरु नदेख्दा मन डरायो । कर्णालीको ठूलो फांटमा धान खेत रहेछ । धान निखिसकेका पराल भने खेतमा घाम ताप्दै सुतिरहेका थिए ।
वाटो छोट्याउंदै अगाडि वढेका हामी राकम वजार कटेपछि राकम देउराली वाख्रेकोटबाट अगाडी लाग्यौ । अहिलेसम्मको दौडा दौडमा वल्ल आधा वाटो पार गरेछौ । सुर्खेत जुम्ला खंलगा २३३ किमि मा ११६ किमि पार गरेको कुरा वसमा गाइगुइ चल्यो । भेल्तडी गाउं तिर पनि धमाधम धान दाइ गर्ने समय भएको रहेछ । यात्राको राम्रो फोटो खिच्ने अनुभवि सुगत भाइ र ववसर वसवाटै कर्णालीनदी र आसपासका दृश्य उतार्न तल्लिन थिए् । वाटोमा पराल र घांसका भारी बोकेका महिलाहरु घरतिर लागिरहेका देखिन्थे । कतै खेतमा दाइ चलि रहेको देखिन्थ्यो । यताका घरहरुका छाना भने सिलेट ढुंगाले छाएको छ । यति लामो वाटो आइसक्दा पनि वाटामा कतै मंदिर देखिएको थिएन । बल्ल देखिएको मन्दिर पनि भुइमा हराएको जस्तो २।३ फिटको उचाइमै जस्ताको छानो लगाइएको देखियो । पूर्वतर्फ जांदा वाटाघाटामै ठुला ठुला मंदिर प्रतिस्पर्धाका रुपमा ठडिएका देख्न सकिन्छ । यता भने कर्णालीको आर्थिक दुरा अवस्थाका कारण टाक्सीएका हुन् कि जस्तो लाग्यो ।
खिडकीजुला, मालचौर पुग्यौ । कर्णालीकै तिर तिरवाटै गाडि अगाडि वढिरहेको छ । उतावाट फर्केको स्कारपियो गाडीसंग एकछिन किटु खोलामा टसल पर्यो । अन्तै फुटाएर आएको ग्लास पनि यही फुट्यो भनेर पैसा तिराउने सुर पो गरेका थिए । अगाडी गाडी आएको छ कि भनेर धेरै पर देखिनै हर्न लगाउनु पर्ने र सजग हुनु पर्ने वाटोको अवस्था छ । हाम्रा गुरुजी निकै सिपालुु थिए । उनी यसकुरामा वाटाभरी चनाखै रहे । पहरो काटेर वनाइएका कतिपय मोडमा उतावाट आएका गाडीनै देख्न सकिदैन । किटु खोलावाट वल्ल वल्ल हाम्रो गाडी उक्लियो । नियमित सरसफmाइ र मर्मतमा स्थानिय सडक कार्यालयले ध्यानदिने हो भने यात्रा अझै सहज हुने थियो । वाटोको ठाउं ठाउंका अवस्था देख्र्दा सम्वन्धित निकायको ध्यान पुगे जस्तो लाग्दैन । किटु खोलाको उकालो कट्ने वित्तिकै कालिकोट शुरु भएको संकेत वाटामा रहेका सिमेन्टका अग्लाद्धारले दिए ।
हामीले सवा वाह्र वजेतिर दैलेखलाई छोडेर कालिकोट टेक्यौ । वाटामा आउने थुप्रै प्रहरीपोष्ट पिच्छे गाडीले गर्नु पर्ने नियमित काम गर्दा यात्राको समय निकै खांदो रहेछ । यहां रहेको प्रहरी पोष्टले जांचपडताल गर्ने काममा पनि त्यस्तै भयो । कर्णाली राजमार्ग कालको राजमर्ग भन्थे मानिसहरु । दैलेखको वाटो त योग्य गुरुजीले पार लगाए भन्ने लागेको थियो । चेकपोष्ट नजिक भेटिएका मानिसले त झनै अत्याए । यताको वाटो त राम्रै हो नि अव उता पो देख्नुहुन्छ भने । उनीहरुका कुराले हाम्रा ओठ तालु सुके । तिलानदीमा रहेको वेली व्रिज पार गरेर गाडी अगाडिको सिधै उकालो लाग्यो । तिला नदीमा चौखोला मिसिएको रहेछ । तीला नदीमा वगेको पानी हिउंको डल्लो पग्लदै नदीमा पानी हैन सेतो न सेतो दुध वगे जस्तै लाग्थ्यो ।
तिलानदी कटेपछि पाखाभरी भेडावाख्रा चरेझै देखिने वस्ती कालिकोट मान्म वजार तलैवाट देख्यौ । कालिकोटको सदरमुकाम मान्म जाने वाटाकोे पिच राम्रै थियो । कालिकोट सदरमुकाम र वजार दक्षिण फर्केको पुरै भिरालो पाखामा रहेछ । वजारमा अग्ला सिमेन्ट पिलरवाला घरहरु र सडकका दाया वाया धमाधम वन्दैगरेका पनि थिए् । सदरमुकाममा पुराना घर हट्दै चिटिक्क परेका घरहरु ठडिन थालेका रहेछन् । मान्म वजार देखेपछि विकासको वाधक डांडा पहाड हैन भन्ने मन भित्रै गडेकोे दार्जलिङपुग्दा देखेकोे वजारको याद आयो । तर त्यसरी व्यवस्थित रुपमा मान्म वजार भने वसेजस्तो लागेन । खानाको लागि धेरै अघिनै थोलीनेता उमेशसरले ह्वाइट हाउस रेष्टुरेंटलाई खवर गरि सकेकोले धेरै वेर अलमल गर्न परेन । बजारको पल्लो छेउमा रहेको ह्वाइट हाउस र डि एण्ड डी रे्ष्टुर।ेंटमा वांडिएर रातो मार्सि चामलको भात, वन्दा काउली को तरकारी र अचारसंग साकाहारी खाना मजाले खायौ । हामीले खाना खाएको दुवै होटल राजमार्गको पश्चि तर्फ भिरालोमै वनेको पक्कि घरनै थियो ।
मान्मवाट खाना खाएर हिंड्दा २.४० वजेको थियो । नजिकै ताडी वजार रहेछ । अघिल्लो दिनमात्र खुलेको चेकपोष्टमा चेकजांच गर्ने काम सक्यौ । मान्मवाट अव जुम्लाका लागि करिव ८१ किलोमिटर जीउनै सिरिङग हुने बाटोमा गुड्नु पर्ने देखियो । हेर्दै कहाली लाग्दो वाटो छ । ठूलो भिरको वीचमा रहेको बाटोवाट तल हेर्दा पनि कहाली लागे जस्तों । माथी हेर्दा डांडाले आकाशसंगै मित लाए जस्तो ।
कालो वादलमा चांदिको घेरा जस्तै पारीपटृी डांडामा मानिसका परिश्रम र पसिना पोखिएको खेती वाली भने हेरीरहुं जस्तो । कालिकोटका विकट र डरलाग्दा पहाडमा मानिसको वसोवास देख्दा तिनछक्क पारे । हाम्रै नेपालका दूर दराजका पहाडमा वस्ने नेपालीको जीवन कति दुख साध्य छ । कति कठिन छ । तै पनि रमाएरै आफनो थात थलो जोगाएर वसेका छन् । आफनो ठाउंमा आफुले जानेको पौरख पोखेर जीवन गुजारा गरेका छन् । तराइको सुगमाता हेर्दा पहाड को जीवन त कहाली लाग्दो छ । अरु त के कुरा नुनका लागि तड्पिनु परेको वेदना, ओखतीमुलोका लागि भौतारिनु परेको वेदना त छंदैछ । तथापी विकासको पूर्वाधारको रुपमा रहेको कर्णाली राजमार्ग वने पछि कर्णाली वासीमा केही उत्साह र उमंग भने पलाएकै देखिन्छ ।
मान्ममा भात खाएर हिंडेका के थियौ बेलुकाको लागि जुम्लामा भात पकाउने अर्डर बसवाटै भयो । सायद मान्म कटेपछि खवर गर्नु भनेका थिए होलान् उतावाट । यता वाटो हेर्दा भने भरे पुगिएला नपुगिएला जस्तो । अघि तिलानदीलाई छोडेर कालिकोट सद।रमुकाम पुग्न गाडी उकालो उक्लिएको थियो । अहिले फेरी त्यही तिला नदी भेट्न गाडी तल ओर्लिरहेको छ । कालिकोटको सदरमुकामका लागि गाडी माथि लगिए जस्तो लाग्यो । नत्र तिला नदीको तिरै तिरै जाने हो भने नाग्मा र जुम्ला अझ धेरै छोटो हुने रहेछ । वाटोमा गाडीहरु कम भै सकेका थिए । हामी दिउंसै विहानी खोला तर्दै विहानी वजार पुग्यौ । सडकका छेउछाउमा रहेका प्राय सवै जसो घरका आंगनका डिलमा होचा डेढ दुइफिटे उचाइका मकैका कुन्यु देखिन्थे । एकाध ठाउंमा भेटिएका मन्दिर पनि कुन्यु जस्तै दुइ अढाइ फुटमै छाना हालिएका देखिन्थे । गुडि रहेको हाम्रो गाडीको चक्का फेरी फुसफुसाउंदै पड्कियो । लामो यात्रामा यस्तै हो गुरुजीले भने । सवैजना जुटिहाले । सडक अग्लो भिरको वीचो वीच थियो,तल कता हो कता तीला नदी वगेकी थिइन् । पारी पटृीको अग्लो डांडामा देखिएको वस्तीं कुन जिल्ला होला चर्चा चल्यो, अड्कलवाजी चल्यो, कसैले जाजरकोट हो कि भने । हामी सवै अलमलियौ नौलो ठाउंको भू वनोट देखेर । तुरुन्तै ववसरले फोन लगाइहाले स्थानीय साथीलाई, आखिर उताको डाडाें पनि कालिकोटनै रहेछ ।
टाकुल्ला वजार आइपुग्दा एकजनाले गीतको एउटा गेडो सुनाए ।
वाटो खुल्यो मोटर चल्यो, जुम्ला कालिकोटको
उनको गीत अधुरै रहेकोले मैले थपिदिए यस्तो ।
बाटो राम्रो शिरको भन्थे तर हिड्यौ भिरको ।
बाटो राम्रो शिरको भन्थे तर हामी कहिले तिरको कहिले भिरको बाटो भएर अघि वढि रहेका छौ । टाकुल्लामा केही घर र धानफल्ने खेत थिए । वाटामाथि चिया पसल थियो । डांडातिर पहरामा पनि शाहीहरु नै वसेका रहेछन् । शाहीका घर पनि ओडार हो की घर सडकबाट हेर्दा त्यस्तै लाग्थ्यो । यता शाहीहरुको वसोवास वढी रहेछ । सडकको छेउ जहां वस्तीछ वाटो पनि त्यही विग्रिएको देखिन्थ्यो । टाकुल्लाको सानो खोलामा उकालो चढ्न नसकेर थाकेको ट्र्कको थुतुनोमा डोरी वांधेर पार लगाउने आइडिया प्रकृतिप्रेमीका एकजनाले सुझाए । पार लगाउन नसकेको भए आजको रात यतै वित्ने निश्चित थियो । ’cause घाम अलि परै पुगिसकेको थियो । हाम्रालागि राती यो वाटो हिंड्नु भनेको ठुलै खतरा मोल्नु वरावर हुन्थ्यो । फेरी ६ वजे पछि गाडी चल्न दिदैन भन्ने हल्ला पनि चल्यो । उतावाट आउने गाडीलाई डोरीले तानेर पार त लगाइयो, तर यतावाट जाने गाडीले फेरी उताको उकालो पार गर्न नसके पछि फेरी प्रकृतिप्रेमीका सवै मिलेर वाटोमा ढुंगा छाप्न थाल्यौ । वाटोका खाल्टा खुल्टी पुरेपछि वल्ल तल्ल गाडी उक्लियो । टाकुल्ला गाउमा रहेको खोलाको पुलको जग धेरै अघि ढलान भए पनि अलपत्रै परेको धेरै भएछ । टाकुल्ला कटेपछि तिलानदीसंगसंगै दौतरी वनेर वालिघाट पुग्यौ । फरक हमी उता जांदैथियौ । तिलानदी यता आउंदै थिइन् । भैसीगौंडा अनि जुविथा टिम्मुरे पुगेपछि अलि उकालो चढ्यौ । गाल्जेमा पुग्दा सांझको सवा छ वजेको थियो । चेकपोष्ट रहेछ चेक जांच भयो । नाग्म पुग्नु अगाडि हामीले खल्लागाउं, राचुुली, धनडा हुंदै भिग्म पुग्यौ । वसभित्रै एकजनाले हांसो गर्नु भयो नाग्मको भाइ भिग्म आयो अव नाग्म पुगिन्छ । नभन्दै फोइमहादेवको नाग्म पुग्न ३ किमि मात्र वांकि रहेको संकेत वाटोमै पायौ ।
नाग्म वजार पुग्दा अध्यारो भै सकेको थियो । वत्तिको उज्यालोमा वजार झिलिमिल र ठुलै देखियो । अहिलेसम्म देखिएको वजारमध्ये नाग्म सवैभन्दा ठूलो बजार लाग्यो । नाग्म वजारको उचाइ हेरे १९८९ मिटर रहेछ । नाग्ममा जुम्लाका ओखर किन्न नभुल्नु है भन्थे तर समयले नेटो काटि सकेको थियो । फेरी हामी त जुम्लै जांदैछौ भनेर चित्त वुझाइयो । वजारमा थुप्रै गाडीहरु थिए । मानिसको चहल पहल पनि थियो । नाग्मवाटै जुम्ला जाने कि रारा जाने यहीवाट छुटिृने अलग अलग वाटा रहेछन् । गाडीमा रारा जानेहरु यहीवाट मुगुको सदरमुकाम गमगढीसम्म मोटरमा जान्छन् । अचेल बाटो खुलेपछि रारा जाने आन्तरिक र वाह्य पर्यटकहरुको आइजाइ वढेकाले मानिसहरु खुसिनै देखिन्थे ।
जुम्लामा खाना अर्डर अघिनै भै सकेकोले चिसो ठिहीले सेलाउला भन्दै नाग्ममा नरोकिइ हामी जुम्लातिरै हान्नियौ । हामी नाग्म वजार नजिकैको पुल काटेर उत्तर तर्फ रहेको जुम्ला लाग्यौ । वाटोमा रारालिची वजार आयो, चेकपोष्ट रहेछ, गाडीको चेकजांच भयो । चेकजांच गर्न आउने प्रहरीले मन्दिर वन्दै छ चन्दा दिनु पर्यो भने । चन्दा माग्नु अघि स्कुल एरियामा हर्न वजाउने भनेर हप्की पनि लाए । राती आएका पाहुना थियौ किन यस्तो व्यवहार गरे भनेर साथीहरुवीच साउति चल्यो । अगाडि वढ्दै जांदा घुटानी चेकपोष्टमा फेरी चेकजांच भयो । जुम्लाको कालोपत्रे वाटोमा सलल कुदिरहंदा काठमाडौंकै याद आयो । अव जुम्ला खलंगा वजार टाढा थिएन । जुम्लाको तातोभातले वोलाइ रहेको थियो तर फेरी अर्को गाडीको टायरले आराम खोज्योे । टायर फेर्न झन्डै आधा घंटा वित्यो । समयले रात परि सकेको संकेत गरेको थियो । घडी नियाल्दा सांढे आठ वजिसके छ । अरु साना वजार पार गर्दै वल्ल जुम्ला वजार नजिकै पुग्यौ । उमेश सरले नोर्वुलाई फोन गर्नु भयो । नोर्वु आफै टचलाइट वाल्दै हामीलाई खोज्दै आइपुगे । शुरुमा त जुम्ली न हुन् भन्ने लागेको थियो । नोर्वु पातला सिकुटे अग्ला वडो फरासिला र फुर्तिला रहेछन् । सवैलाई हुदयदेखिनै स्वागत गर्दै हाम्रै वसमै उनी चढे । अगुवाको रुपमा वाटो देखाउंदै करिव ९ वजे जुम्ला (२३७० ) मिटर )विमानस्थल नजिक रहेको नोर्वुलामाको भव्य होटल कान्जिरोवाको प्राङगनमा थकित तर एउटा युद्ध जितेको सिपाही झै उत्साहित भएर ओर्लियौ ।
हामीपुग्दा सहयोगीहरु होटल अगाडी टेन्ट मिलाउंदै थिए । ठूलो टेन्टमा हामी २० जना पदयात्री अट्यौ । अरु पनि त्यसरिनै स साना टेन्टमा वांडिए । खाना पाकि सकेकाmे रहेछ । तातो तातो जुम्ली सिमीको दाल, काली मार्सिको रातो चामलको भात, वन्दा आलुको तरकारीले पेटपूजा गर्दै , चिसोले काम्दै गरेको मुटुलिएर आ आफना स्लिपिङव्यागभित्र थकित जीउलाई घुसा¥यौ । पहिलो झमट भुसुक्कै निदाइएछ । रात छिप्पिदै गएपछि चिसोले आफनो साम्राज्य देखाइ हाल्यो । उसका अगाडि निद्रादेवीले जागाराम वस्न करै लाग्योे, बिहानीको प्रतिक्षामा रारा पुग्ने विपना लिएर ।
२०७३ मंसिर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: