Archive for अप्रील, 2020

कस्तो महामारी

अप्रील 1, 2020

कस्तो महामारी

बाबुदेखि छोरो डराउने
छोरोदेखि बाबु डराउने
आमादेखि छोरी डराउने
छोरीदेखि आमा डराउने
लोग्नेदेखि स्वास्नी डराउने
स्वास्नीदेखि लोग्ने डराउने
मान्छे मान्छेमै संका ल्याउने
नजिक कोही आए मन डराउने
बोले थुरु थुरु पार्ने
कस्तो रोग आयो नी
मन थुरु थुरु काँप्ने ।

आफैले आफैलाई संका गर्ने
परिवारजन टाढा पार्ने
जात्रापर्व भताभुङग पार्ने
भोज भत्तेर निमिट्यान पार्ने
पाहुना आए मन ठसक्क पार्ने
भेट्नआए कन्चेट तात्ने
कस्तो रोग आयो नी
मन थुरु थुरु पार्ने ।

छिमेकी अव कोही नै
नआइदिए हुन्थ्यो पार्ने
वल्लोपल्लो घर आफु नै
जान नपरे हुन्थ्यो पार्ने
समाज भताभुङग पार्ने
मेला पर्म, श्राद्ध तिथी नै
कोही आउनै डराउने
हरेक मान्छे देखि नै
हरेक मान्छे डराउने
आफ्नै अनुहार पनि
छोपेर हिँड्नु पर्ने
दिन दुगुना रात चौगुना
त्राही त्राही बाँच्नु पर्ने
कस्तो रोग आयो नी
मनै थुरु थुरु पार्ने ।

बुहानदेखि संसार डुल्ने
बिश्व ब्रमहाण्डनै हल्लाइ दिने
मैं हुँ भन्ने अमेरिकालाई नै
आच्छु आच्छु पार्ने
न धनीलाई चैन दिने
न गरिवलाई ऐन दिने
न कसैलाई काम दिने
न कसैलाई माम दिने
संका लागे आइसोलेसनमा बस्नु पर्ने
रोगलागे परिवार टाढिने
न छोरा भन्न पाइने
न छोरी भन्न पाइने
न वरिपरी बस्न पाइने
न स्याहार्न पाइने
न खुवाउन पाइने
कस्तो रोग आयो नी
मन थुरु थुरु पार्ने ।

आफनै घर आउँदा पनि
क्वारेन्टाइनमा बस्नु पर्ने
गाउँगाउँमा थुनिनु पर्ने
देश देशमा थुनिनु पर्ने
घरघरमै लकडाउन हुनु पर्ने
सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने
मान्छेले मान्छेलाई नै
काल महाँकाल देख्ने
कस्तो रोग आयो नी
मन थुरु थुरु पर्ने ।

गाडी चल्न नदिने
हवाइजहाज उड्न नदिने
उताका उतै वस्नु पर्ने
भारत पाकिस्तान बन्नु पर्ने
यताका यतै बस्नु पर्ने
कोरिया दुई भएजस्तो
सीमा सबै बाँध्नु पर्ने
बर्लिनको पर्खाल ठडे जस्तो
देश देशलाई अलग पार्ने
इतिहासका साक्षी स्वाहा पार्ने
मान्छे मान्छेलाई त्राही पार्ने
कस्तो रोग आयो नी
मन थुरु थुरु पार्ने ।

घांटी खस्खसायो कि डरलाग्ने
टाउको दुखे नि संका लाग्ने
जीउ दुखे नि लंका पिट्ने
रुघालागे वुहान देख्ने
कस्तो रोग आयो नी
कोरोना, कोरोना, कोरोना
२०७६ चैत्र ९