Archive for the ‘घुमघाम’ Category

नमोबुद्ध,बलथली पदयात्रा

जुलाई 17, 2017

 

नमोबुद्ध,बलथली पदयात्रा
धुलीखेलवाट सिन्धुलीवर्दिवास जाने सडक समात्यौ । शिखरभन्ज्याङ ,बांझकोट, दाप्चा पिपलटार हुंदै फलासे सम्म वसमा हुइकियौ । काभ्रेको नमोवुद्ध पुग्न पनौतीवाट भने २९ कि मि गाडीको वाटो हिंड्नु पर्छ । नमोवुद्धलाइ दोस्रोपटक पाइतालाले चुम्दा अझ नौलो अनुभूति भयो । प्राचिन स्तुप अगाडि ठूलो माने छोएर ढोग्ने र घुमाउनेको लस्कर, अघिल्लो पटक जस्तै स्तुप अगाडि बत्ति वाल्ने र अन्य कर्म गर्ने श्रद्धालु मानिसको आज पनि कमिदेखिएन । नमोवुद्धको फन्को मारेर शंंखुतिर हानियौ । सुन्तलाघारीसंग आंखा लडाउंदै कहिले ओराली कहिले उकाली गर्दै शंखेश्वरी खोलामा पुग्यौ जहां पक्कि पुल रहेछ । पुल नजिकै नदीको किनारमा पुरानो शंखेस्वरी मन्दिर छ । महादेव मन्दीर प्यागोडाशैलीको कलात्मक थियो । तर त्यसको उचित संरक्षण, रंग रोगन सरसफाइ भने थिएन । नजिकै भगवतीको मन्दिर पनि रहेछ । हामी पुलको वाटो नलागि दक्षिण पश्चिमतिरको एक्लेखेत (१५६५ मिटर) जाने वाटो लाग्यौ । एकलेखेतवाट देखिने सवै भित्तो पाखोमा सुन्तलाका वोटहरु देखिन्थे । सुन्तला खेतिले यहांको जनजीवनमा पनि आर्थिक प्रभाव राम्रै पु¥याएको प्रस्टै देखिन्थ्यो । सवै घरहरु जस्तापाताले छाइएका राम्रा चिटिक्क देखिन्थे । चारैतिरको डांडा र मकैबारी भएको ठाउंमा अलिकति खेत रहेछ त्यसैले सायद एक्लेखेत भनिएको हुनुपर्छ मेरो मनले अनुमान ग¥यो । काभ्रे शंखु एक्लेखेत नजिकै शंखु पाटीचौरमा धनकाली मा.वि..प्रजातन्त्रपश्चात ०४७ मा स्थापना भएको रहेछ । यो विद्यालय जापानको कुमामोतो र जापान मेडिकल हाइस्कुल ( जे एसए ) वाट २०६० सालमा निर्मित एल आकारको एकतले भवन वडो रमणिय स्थानमा रहेको छ । हामी एक्लेखेतकै भन्ज्याङवाट स्कुल माथिको उचा डांडामा वसेर विहानीको भनौ वा आजको तीनवरावर खाना खायौ । आजको खानामा मिठ्ठा सम्यवजी चांही नौलो थियो, सदाझै तीनथरी हरियो तरकारी र सांधेको बोक्रा सहितको आलु त छैदै थियो ।
प्रकृतिसंग रम्न, डांडाकांडा घुम्न र उसको सुन्दरता हेर्ने समय भनेकै असार मास जस्तो लाग्छ । भुइपनि हरियै कार्पेटले सजिएको छ । पाखा पखेरामा पनि हरियै कार्पेट टांसेझै लाग्छ । वसन्तऋतुका रुख विरुवा त हरिया हुने नै भए । पालुवा चढेर मोहित पार्ने भएनै अझ तिनै रुखमाथि वसेका कोइली चरी अन्य विभिन्न चरीका मिठा आवजा र कुकु चरीका कुकु आवाजले कस्को मन आनन्द भएन होला । कस्को घांटि र आंखा रुखतिर तानिएन होला
खाना खांदै थियौ ,सिमसिम पानी प¥यो, छाता खोल्नै पर्ने गरी । फेरी एकैछिनमा इन्द्रेणी परेझै घाम लाग्यो । मनसुनी वेला फेरी दर्केरै पानी प¥यो । वलथली जानुपर्ने वाटो अलि अप्ठेरो रहेछ त्यसैले हामी यता धेरैवेर अलमलिएनौ । एक्लेखेतवाट ओरालो झरेपछि हामी रोसिखोलातिर झर्यौ । भीरको सानो बाटोमा ३०० जनाको लस्करको मुखकता पुछर कता भयो, हामी चांही वीचतिर रहेछौ । वनको पहरोको वाटो हुंदै रोसिखोलातिर ओर्लियौ । भीरमा चुत्रो लटरम्म पाकेका थिए । धेरै साथीहरुले मिठो मानी मानी हिंड्दा हिड्दै लामाहात गरेर मुख वुजो लगाउनु भयो ।
पदयात्रामा विदेशी केटी पनि हाम्रै अघि पछि उनका नेपाली साथीसंगै थिइन् । औधी रमाइलो मानीरहेकी थिइन् तिन्ले । बाटामा बलथली बाट नमोवुद्ध जाने केही विदेशीहरु पनि हामे लामो लस्कर देखेर रमाउंदै दुइहात जोडेरै नमस्ते गरि रहेका थिए । हाम्रो लस्करले पनि एउटै स्वरमा नमस्ते भन्दै नेपाल मनपराएकोमा हुदयदेखि धन्यवाद दि रहेका थिए । रोसिखोला झर्नु अघिनै पारीपटिृ वलथली देखियो , बलथलीले सवैको मन लोभ्याएकोले मोवाइल, क्यामरा फोटो र सेल्फी खिच्न व्यवस्त भै हाले । हरियो जंगलले चारैतिर घेरिएको थलीको वरीपरी वस्ती वीचको पुरै खेतमा धान रोपाइले हरियै देखिएको बलथली स्वर्गको टुक्रा जस्तै लाग्ने थियो । भकुण्डो जस्तै आकारको थली भएकोले वलथली नाम रहेको हुनु पर्छ मैले अन्दाज लगाए । किवंदन्ती चांही, तामाङ भाषामा थली भनेको सम्म परेको जग्गा रहेछ । बलियो तामाङले वस्ती बसालेकोले बलथली भनिएको कुरा गाउंलेले सुनाए । पहिले बलथली गाविस वडा नं १ अहिले पनौति नगरपालिको ११ नं वडा भएछ । बलथली समुनद्र सतहवाट करिव १७०० मिटरको उचाइमा अवस्थित छ । रोसिखोलाको झोलुङगेपुल तरेर ठाडै उकालो काटे पछि थलीको मुखैमा वारीका ठुला ठुला पाटामा घैया गोड्दै हुनुहुन्थ्यो आमाहरु । किन मकै नलगाएर घैया लगाउनु भयो , रामे हुन्छ र घैया सोध्न नपाउंर्दै आमाले आफनै दुखेसो पोख्नु भयो ‘ मकै लगाएर खान पाउने भए पो वांदरले सखापै पार्छ । त्यसैले घैया लगाएको । ’ अगाडि पछाडि रहेका सहरीया साथीहरुलाई घैया वारे थाहा रहेन छ । गहुं हो कि जौ भन्दै हुनुहुन्थ्यो ।
बलथलीसंग मेरो धेरै पहिलेको साइनो छ । त्यो साइनो जनक प्रसाद हुमागाइले जोडिदिनुु भएको हो । पहिले वलथली जांदा खोपासीेतिरबाट झोलुङगे पुल वा सांघु तरेर बलथली टेकेका थियौ । उकालो लागेपछिको मुखैतिर साहित्यकार जनकप्रसादंको घर थियो । त्यहां मैले दुइपटक गरेर दुइ रात विताएको छु । त्यतिवेला बलथलीलाई यति सुन्दर यति राम्रो देखेको थिइन । अहिले एक्लेखेततिरवाट हेर्दा र आउंदा पो बलथलीको असली सुन्दरता देखे । बलथलीमा अहिले ठुला साना रिसोर्ट खुलेका रहेछन् । बलथलीमा रिसोर्ट खोल्ने पहिलो मान्छे रामप्रसाद हुमागाइ हुंनुहुदोरहेछ । पहिलेको भन्दा वाटो फराकिलो भएछ । पहिलो पटक श्यामप्रसाद, कुलमानदाइसंगै जनकदाइ बा को किरिया वसेका वेला भेटघाटगर्न आएको थिए । पंचायतकालको कालरात्री थियो । श्यामप्रसाद भूमिगत अवस्थामै भएकोले उतिवेला लुकि लुकिनै सांझतिर पुगियो । खाना पछि कोठामै गफ चले । सुत्न पनि छरिएरै सुतियो जनकदाइका घर वरीपरी । केही भै हाल्छ कि भन्ने डर थियो । गाउं घुम्ने त्यस्तो मौकै मिलेन । आज जव हाम्रो टोली लड्केश्वर महादेव मन्दिर चोक जहां लड्केश्वर पुस्तकालय थियो त्यही अगाडी गएर रोकियो म नतमस्तक भए । जनकदाइको अगुवाइमा वनेको लड्केश्वर बिद्यालय, लड्केश्वर पुस्तकालय, झोलुङगेपुल देख्दा एकछिन वहांको संझनाले पानी पानी भए । जनकदाईलाई झलझली संझे । आज वहां हुनु भएको भए मैले कत्रो धाक लगाउन पाउंथे, प्रकृतिप्रेमी समूहको पदयात्रा कार्यक्रममा तपाइको गाउं पुगेर आए भनेर । अथवा वहांलाई समेत म आज यो कार्यक्रममा सरिक गराएर धेरै साथीहरुको वीचमा सादा जीवन उच्च विचारका प्रतिमूर्ति जनकदाईलाइ चिनाउन पाउंथे । लौ त्यति पनि नसकेको भए बलथली पुग्दा हाम्रो प्रकृतिप्रेमी समुहले वहांको सहयोगमा ठूलो स्वागत पाउने वातावरण वन्थ्यो । बलथलीको दही दुध मही खुवाउने वहांको इच्छा हुन्थ्यो । तर वहां अहिले हामी वीच हुनुहुन्न क्यान्सरजस्तो घातक रोगले हामीवाट छिन्यो ।
लड्केश्वर चोकमै हाम्रो कार्यक्रम हेरेर रमाइ रहनु भएका वेल प्रसाद हुमागाईबाट थाहा पाए बलथलीको त्यो घरमा अहिले भाइ शारदा हुमागाई वस्नुहुदो रहेछ । फर्कदा हामी वहांकै घर नजिकैको वाटोमा मेरा पाइला अगाडि वढे पनि मनका पाइताला भने जनकदाइकै घर आंगन चोटा कोठा र मटानसम्म पुग्यो । वहांको अभावमा अहिले पनि धेरै कुरामा जीवन संधै एक्लो रहेको महसुस म मा भै रहन्छ ।
जज्ञेचौरको लड्केश्वर मन्दिर अगाडीकै चोकमा अन्तरक्रिया र नाचगान भै रहंदा म भने त्यही पिपलको चौतारीमा लड्केश्वर पुस्तकालय हेरेर जनकदाइसंगका ०३४ ।३५ सालदेखिका दिनहरुको संझनाले दिमाग फन्फन्ती घुमिरहे । ०४२ सालको राष्ट्र्यि पंचायत को सदस्यमा जितेरपछि शैलेन्द्र कुमार परराष्ट्र् मन्त्री भए । त्यसवेला वहां धेरै पटक बलथलीमा पुल हाल्न अन्तराष्ट्र्यि वाल दिवसको सन्दर्भ पारेर योजना पारौ त्यसको नाम बाल पुल राखौ भनेर खुव दौडनु भयो । क्लव पुस्तकालय र वृक्षारोपणका लागि विभिन्न ठाउंमा धाइ धाइ योजना पार्नुहुन्थ्यो । त्यही भेटिएका स्थानीय वेल प्रसाद हुमागाइसंग चिनापर्ची गर्दैजांदा उनीपनि जनकदाईका सहयोगी रहेछन् । उनले जनकदाइले बलथलीमा गरेका कामको वेलिविस्तार लगाए । धेरैलाई बामपन्थी बाटोमा उनैले डोराएको कुरा, सहरमा वसे पनि तन मन गाउंकै लागि रातोदिन खटाएर सवैका आंखा खोलिदिने, न्याय अन्याय छुट्याइदिने मानिस जनकै थिए । गाउं ढुक्क थियो जनक छन् भनेर । भर्खरै सकिएको स्थानीय चुनावमा पैसा र जातित्वका नारा उठाउनेले चुनाव जितेकोमा भने उनलाई पटक्कै चित्त वुझेको रहेनछ ।
आलु खेतीका लागि कहलिएको बलथलीमा किसानले भर्खरै आलु भित्राएर धान खेतीका लागि खेतखेतमा व्यस्त देखिन्थे । बलथली यस्तो टापुका रुपमा रहेको छ जहां पुग्न जताबाट गएपनि झोलुङगे पुल तर्नु पर्छ । यसका वरीपरी रोशी र लड्केश्वर खोला नदी वगेकि छिन् । बलथलीवाट वाहिर निस्कन पनि झोलुङगे पुल तर्नु पर्छ । तीनवटा झोलुङगे पुल बलथली आइजाइ गर्ने माध्यम वनेका छन् । एउटा लडकेश्वर महादेवपटि । अर्को कोतुङगेपुल , तेस्रो बालुवातिरको झोलुृंङगे पुल ।
बलथलीलाई केन्द्रविनदु वनाएर ककनी देखि पदयात्रा शुरु गरेर चिसोपानी, नगरकोट, धुलिखेल , नमोवुद्ध हुदै पनौती सम्मको अलि लामो यात्रा पनि गर्न सकिने रहेछ । हामी नमोवुद्धवाट वलथली आयौ, यस्को उल्टो खोपासी बलथली हुंदै नमोवुद्धसम्मको पदयात्रा २।४ जना मिलि गर्न सकिन्छ । हामी बलथली पार गरे पछि रोशीखोलाको झोलुंगे पुल तरेर खोपासी वजार आइपुग्यौ । बाक्लै वजार वसिसके छ । हिंड्न अझै मजालागि रहेको थियो, अझै खोपासी वजार पुरै हिंडेर पनौति पुग्न पाए हुन्थ्यो मन भनिरहेकोे थियो । तर गाडी खोपासी बजारको मुखैमा रहेकाले फर्कदाको यात्रा बसवाटै अगाडि वढायौ । धेरै अघि पनौतीवाट हिंडेर गएका यादहरु पनि म भित्रै कतै रेकर्ड भै रहेकै रहेछ, विगत संझदै गर्दा त्यो रेकर्ड खुल्दै सिनेमा झै पुराना कुरा एक पछि अर्को गरी लामवद्ध हुन थाले । कस्तो अचम्म , म आफै छक्क परे । रेसम खेती अहिले पनि त्यस्तै छ । हिजो र आज यसवाट के फाइदा भए होलान् मनमा जिज्ञासा उठ्यो । यहांको ठूलो खेतीयोग्य जमिनमा घर ठडिने होडवाजी चलि सकेछ । सवैतिर यसै गरी घर मात्रै बन्दै जाने हो भने भोलीका सन्ततीका दिन कसरी वित्लान् मन फेरी अमिलियो ।
२०७४।२।२७।७

रारा पुग्नु जुम्लाको वाटो

जुलाई 13, 2017

१०
रारा पुग्नु जुम्लाको वाटो
घुमफिर वर्ष २०७३,पुग्नु रारा थियो । जीवनमा पहिलो चोटी ६ दिन पैदल हिंड्ने साहस वोकेर २०७३ असोज महिनाको ३० गते सोमवारका दिन सातदोवाटो निरोगधाम ( १३२५ मि ) पुगियो । गाडी वनेपावाट आउनु पर्ने रहेछ । दुइवटा वस मध्ये हामी दोस्रामा, टोलीनेता डा.उमेश सर पनि हामीसंगै अगाडिको सिटमा हुनुहुन्थ्यो । ४ वजेको थियो , धादिङको टायलघरमा पानी पिसावका लागि रोकियौ । पानी पिसाव पछि अलिकति हिंड्ने वित्तिकै हाम्रै गाडीको अगाडीको टायर सुसाउंदै पड्किए पनि कुनै वित्यास भने पारेन । ओरालोको यात्रामा अगाडीको पांग्रा पड्किदा हुन सक्ने खतरावाट हामी वच्यौ ।
पहिले पहिले पनि पश्चिमको वाटो लागे पछि नवलपरासी को धुम्सीको पाल्पाली ढिंडो रेष्टुरेन्टको भात अतिनै मिठो लागेको थियोे । आज पनि कता खाने कता भन्दा भन्दै यही खान जुराएको रहेछ । ५० जनाको हुलले सजिलैसंग साकाहारी दाल भात खान कुनै आइतवार लागेन । योजना अनुसार यसदिन गुडिरहेको गाडीमै रात विताएर १ गते वेलुका कर्णालीको जुम्ला वास वस्न पुग्ने थियो ।
विहान ६ वजेतिर कोहलपुर चप्परगेडीमा पुग्यौ । सवैलाइ विहानीको नित्य कर्म गर्नु थियो । चिया खाइदिए शौचालयको ढोका खुल्ने भएकोले दुइचार होटलमा वांडिएर फ्रेस हुने अवसर छोडेनौ । कोहलपुरबाट करिव ६० किलोमिटर अगाडि वढे मात्र सुर्खेत वजार पुग्न सकिन्थ्यो । धेरै पहिला कोहलपुरवाट दक्षिणलागेर चिसापानी हुंदै नेपालगंज र महाकाली पुगेकोे थिए । कोहलपुरवाट उत्तर पश्चिम लागेर जाने वाटो मेरा लागि पहिलो र नौलो थियो । अलमल गर्ने कुनै थिएन गोरखदल गणले जिम्मा लिएको राष्ट्र्कै ठूलो वर्दिया राष्ट्र्यि निकुन्ज प्रवेश गर्न सेनाको चेकिङ पार गर्दै अगाडि व्ढयौ । वसमा निद्रा नपर्ने भएकोले त्यसको फाइदा उठाउंदै हिंडे । भेरी गंगा हर्रे चेकपोष्ट पार गर्दै छिन्चु गाविसको वजार पुग्यौ । सानो वजार भए पनि रमाइलो लाग्यो । जाजरकोट जाने सडक यतैवाट गएको रहेछ, प्रभुराम राइले उ त्यही हो वाटो भनेर देखाइदिनु भयो ।
सुर्खेत मेरो पहिलो यात्रा हो । सातदोवाटो, निरोगधामवाट करिव ५८० किलोमिटर यात्रा पार गरेपछि पहिलो पटक सुर्खेत टेके । सुर्खेत वजारको सडक चौडा पार्ने काम भै रहेको रहेछ । सुर्खेत वजार नपुग्दै सुर्खेत सडकको पूर्वतर्फ विमानस्थल देखियो । सुर्खेत वजारको भविष्य राम्रो देखें । फराकिलो सडकको दाया वायां होटल लज सवै खालका पसल देखियो । गाडीको अस्तव्यस्तता र फोहर त हाम्रो आफनो पन भै हाल्यो । नेपाली मन जस्तो सुकै फोहर पनि पचाउन सक्ने भै सकेको छ । पुरानो नया वजार पनि हेर्न लायकनै रहेछ । पश्चिमान्चलको व्यापारिक केन्द्रका रुपमा धेरै अघि देखि विकास भएको ठाउं न हो सुर्खेत ।
सुर्खेत वजार पुग्दा विहानको करिव १० वजेको थियो । हाम्रो वस सत्कार होटल आसपास मै रोकिए छ । खाना कता खाने ठुलै जमात भएकोले कुराकानी वसभित्रै चल्दै थियो । सत्कार होटलवाला आएर वफेको व्यवस्था गर्छु , चांडै गर्छु , राम्रो गर्छु भनेपछि उमेशसरले त्यतै जाने निर्णय सुनाउनु भयो । वस्दा वस्दै जीवनको अन्तिम विदाइ यात्रा पनि देखियो । वसको छतमा लास राखेर त्यसको वरी परी मानिस वसेर वसका पछाडी गाडी, मोटर साइकलमा मलामीहरु लाम बद्ध भएर गएको मेरा लागि नयां दृश्य ।
सुर्खेत वजार (८१९ मिटर ) सानो भ्याली भित्र रहेछ । डांडाको काखैमा वजार रहेको छ । अघि सुर्खेत छिर्ने वित्तिकै गरा मिलेका फांटमा पंहेलपुर धान खेत देख्दा पहिले काठमाडौं र सहर आसपास पहेलपुर धान झुलीरहेको संझे । वजार उत्तर दक्षिण र पश्चिमतिर फैलिएको रहेछ । काठमाडौंको धुलो खाएर वाक्क भएका हाम्रालागि सुर्खेतको वन्दै गरेको सडकको धुलोले अत्याउन खोजे पनि पचाइयो ।
सुर्खेत पुगेपछि वजार नजिकै रहेको कांक्रेविहार छुटाउने कुरै भएन । कांक्रेविहारको दुर्गति देख्दा मन चसक्क भयो । सुर्खेत आइपुग्ने आन्तरिक तथा वाह्य पर्यटक लगायत अन्य प्राय त्यहां पुग्दा रहेछन् । २०५७ सालमा पुरातत्व विभागले यस विहारको सुक्ष्मढंगले अध्ययन गरेपछि नै अहिले विहारको काम केही अगाडि वढेको रहेछ । ढुंगाका अनगिन्ती कलात्मक मूर्ति र इतिहास अलपत्र लडिरहेका थिए । विज्ञहरुका भनाइमा पहिले सिञ्जा ( जुम्ला इलाका ) साम्राज्यको राजा अशोक चल्ल ( पछि उनका छोरा जितारी मल्लको पाला देखि मल्ल लेख्ने चलन चलाए ) ले वि.सं. १३२५ मा वनाएको इतिहास रहेछ । वि.सं. १८९० मा आएको ठूलो भुईंचालोले भत्के देखि विहारका अजंगका ढुंगामा कुदिएका मुर्ति, कलात्मक वस्तुहरु एकै ठाउंमा थुप्रिएका रहेछन् । अहिले खोजविन गर्दै जोड्ने काम केही भएको रहेछ । विहारलाई कोही वुद्ध विहार भन्दा रहेछन् , कोही हिन्दु मन्दिर भन्ने गर्दा रहेछन् । हेर्दा हिन्दु, वौद्ध दुवै धर्म सम्प्रदायको आस्थाको केन्द्र रहेको देखिन्छ । पुजारी कार्की रहेछन् तिनका जिजुवाजेहरु पहिले भक्तपुरवाट दैलेख वसाइ सरेको पछि दैलेखवाट यता आएको कुरा उनले वताए ।……..
कांक्रेविहार पछि वजार नजिकै रहेको वुलवुले ताल गयौ । बुलवुले मुहानवाट आएको पानी तल पोखरीमा जम्मा गरेर वुलवुले ताल वनेको रहेछ । एक जमानामा वुलवुले ताल माया …. भन्ने गीतले खुव वजार लिएको थियो । घुम्नका लागि रमणिय ठाउं रहेछ । मानिसको आइजाई भैरहदोे रहेछ । सरसफाइमा ध्यान नपुगेको तर विहानी बेलुका पदयात्राको लागि पनि उपयुक्त स्थान रहेछ । तल्लो पोखरीमा माछापालन गरेर वल्छी खेल्न शौखिन मानिसका लागि यो उपयुक्त थलो हुने र वोटिङको व्यवस्था गर्न पनि सकिने रहेछ ।
सुर्खेतकै पुरानो वजारमा रहेको अको प्रसिद्ध धार्मिक थलोे देउती वजैको मन्दिर गयौ । मन्दिरमा विहान वेलुका दर्शनार्थीहरुकोे निकै आइजाइ हुने कुरा स्थानीयले वताए । पश्चिमतिरको देउती मान्ने संस्कारको प्रतिविम्व यसले वोकेको होला । मन्दिर नजिकै वलि चढाइने मौलोबाट रगतको गन्ध नाकैमा आइपुगेको थियो । मंदिर वाहिर सडकका किनारमा पुजाका सामान वेच्ने पसल लहरै थिए । हाम्रो ठूलो हुल्ला आएको देखेर हतपत पसल खोलेर पुजा सामान लिन आग्रह गरि रहेका थिए । मंदिर नजिकै सानो खोलो कुलकुलाइ रहेको थियो ।
भोलिपल्ट विहानै अर्थात पौने ६ वजे सुर्खेतको बांगेसिमलबाट दैलेख जाने वाटो समात्दै उकालो लाग्यौ । बाटोमै सेनाको नरसिंह गण रहेछ । उकालोमा दायां वायां सल्लाह घारी सुसाइ रहेको थियो । ठेडा पुगेपछि भने सल्लाहघारी हराएर स साना वुट्यानमात्र देखिए । ठेडामा अर्को वाटो आएर मिल्ने रहेछ । दाहिने तर्फ सानो चिया पसल थियो । हामी उकालो चढ्दै उत्तरतर्फ हान्निएर रातानाङलाको सानो वजार पुग्यौ । केही पर पुगिपछिे दैलेख र सुर्खेतको सिमानामा ठडिएको सिमेन्टको पोलको स्वागतद्धारले हाम्रो स्वागत गर्दै दैलेख प्रवेशको अनुमति दियो ।
दैलेख लागे पछि पहिलो गगनापानी गाउं आयो, विद्यालय नजिकै रहेछ । गाडी अगाडी वढ्दै जादा गगनापानी पछि वेरिड गुंरासे छिचल्यौ । रानीवन मत्तांमा प्रहरी पोष्ट रहेछ । सुर्खेतवाट हिडेपछि दैलेखमा पहिलो गाडी जांच गर्ने काम भयो । आंखाले देखेका ’roundका वारीका पाटामा काउली खेती रामै थिए । सडकको किनारमै रहेको सानो होटलसंगै सव्जी मंडी (तरकारी कलेक्सन गर्ने घर ) थियो । वाटोमा दुईचार घर आएकी तिनका अलग्गै नाउं र त्यसलाई वजार भनेर नामाकरण गरेको पाइन्थ्यो । त्यस्तै दुइचार घर भएको राइपान वजार आइपुग्यौ । यहांवाट दैलेख सदरमाुकाम पुग्न ४२ किलोमिटर अघि वढ्नु पर्ने कुरा वाटामा रहेका संकेत चिन्हले वताइरहेका थिए । वाटैवाट देखिने एकाध ठाउंमा वर्षाको पानी संकलन गर्न ठुला ठुला सेता ध्याम्पोहरु वारीका पाटामा हिमाल उभिएझै ठडिएका थिए । घोडावास वजार पछि तालपोखरी वजार आयो । यता साना फोर्स गाडी चलेको रहेछ । स्थानिय मानिसहरु यसैवाट आइजाइ गरिरहेका देखिन्थे । चिसापानीबाट गाडीे खोलातिर ओरालो लाग्यो । सडक सानो भएकोले सवै ठाउंमा दुइवटा गाडी राम्ररी पास हुंदैनथे । कतिपय ठाउमा त मन आत्तिन्छ । वाटो चटृान खोपेर, भिर पहरा फुटाएर नेपाली सेनाले वनाएको रहेछ । धन्न सडकमा संकेत चिन्हहरु भने रहेका छन् । पहिलो पटक जाने गुरुजीका लागि सजिलो पार्छ । सडकको छेउमा छेकवारका पोलहरु पनि ठाउं ठाउमा आत्म विश्वासका खम्वा वनेर ठडिएका थिए । हामी एक पछि अर्को नयां ठाउं नयां दृश्य हेर्दै रतिखोला केचनपानी पुग्यौ । खोलाको किनारैमा पानी घटृ चलिरहेको थियो । तल ठुलै खोला आफनै वेगमा कुदिरहेको थियो ,त्यसकै माथि माथिवाट अप्ठेरो छिचल्दै गुरुजीहरुले सुविचारीका साथ गाडी अगाडी वढउंछन् । कर्णाली राजमार्ग देख्दा गाडी चलाउने गुरुजीलाई र वाटो वनाउने सेनालाई विर्सन सकिन्न । बरु ठाउं ठाउंमा सुख्खा पैह्रो खसेर त्यही वाटोलाई सांघुरो वनाउंदै यात्रुलाई अत्याउंछ । काउलेखोला, वान्द्रे ,पारी पटृी एकनासे सेताघरहरु हाउजिङ कम्पनीले निर्माण गरे जस्ता एकै ठाउंमा गुचुमुचु देखिन्थे । लोहारे खोला को किनारमा मजाको वस्ती वसेको रहेछ ।
दैलेखको सडकमा जुम्ला वाट आउजाउ गर्ने वस, सामान लेराउने लाने मिनिटाटा ,ट्र्कहरु मोड र घुम्तीमा झ्वास्झ्वास्ती आइपुग्दा सातो जान्थ्यो । साइड दिन यहांका लोकल गाडीले आफु भित्तातिर वसेर वाटो छोड्ने रहेछन् । वाटामा स साना झर्नाहरु कार्तिक महिनामै पनि झरि रहेका देखिन्थे । हिउंदमा गाडि चले पनि वर्षामा अलि कठिन छ । पिलघाडी र पादुका वजार हुंदै हामीले फडका खोलामा रहेको फलामे पुल पार ग¥यौ । पालतडा चौकी आसपास साना खरका छाप्रा थिए । वाटामा भेटिएका स साना केटाकेटीहरु भित्रै मनले नमस्ते भनेर दुवै हात जोड्थे, हामी वसभित्र डरैले मरिच चाउरीए झै चाउरीएर नमस्ते फर्काउंथ्यौ । कर्णली उत्तरवाट दक्षिण आफनै गतिमा दौडिरहेकी छन्, हामी दक्षिणवाट उत्तर हुइकि रहेका छौ । फरक यत्ति कर्णाली हिउंलिएर आफनै गतिमा दौडि रहेछीन् । हाम्रो गुरुजी हामीलाई लिएर वडो होसियारीसाथ अगाडी वढि रहेका छन् । रामघाट वजार पुगेपछि रामघाट खोला माथि रहेको सानो पुल त¥यौ । डाव, पुतवन्दा भएर सात आठ वटा जस्ताका टरा रहेको आगमघाट वजार हुंदै निरन्तर आफनै गतिमा वगिरहेकी कर्णलीको तिरैतिर हामी अगाडी वढ्छौ । सिस्ने वजार काटेपछि आएको अहिले सम्म वाटामा देखिएका मध्ये ठूलो वजार टुनिवगर देख्यौै । विहानको सवा एघार वजेतिर ंराकम वजार पुगेका थियौ । राकममा दोहोरो वजार थियो । यताका घरहरुका गाह्रो ढुंगाको र छानो भने जस्ताकै थिए । हामी कर्णाली वारीपटिृवाट अगाडि वढि रहेका छौ । कर्णली पारी पटिृ ठूलो एकनासे सिलेट ढुंगाले छायकाजस्ता देखिने गुजुमुजु वस्ती वसवाटै देख्यौ । सांइंगाउं भन्थे । म भित्र अघि देखि लागि रहेको पिरलो यति लामो वाटोमा तेल सकियो भने के गर्ने होला । सडकको किनारमा कर्णाली आयल स्टोर देखेपछि मेरो पिरलो कम भयो । साइं खोलाको सांइं पुल तर्छौ ।
हामीले सुन्दै आएको कर्णाली अव कर्णाली जस्तो रहेन छ । कर्णाली राजमार्ग कर्णालीको मेरुदण्डनै भएछ । जुम्ला, सिंजाका लागि काठमाडौं र नेपालगंजवाट पनि वस आइजाइ गर्दा रहेछन् । कछुवा गतिमै वनेको विकासको पूर्वाधार वा देशसंग जोड्ने माध्यम पहिलो सडकपुल नै हो । सडकको तल कर्णाली नदीमा फलामे पुल वनेको रहेछ । आधा जसोमा वार हालिएको अरुमा वांकि देखियो । कर्णालीनदी पारी उता अछाम रहेछ । पुल संचालनमा आएपछि अछाम जान सुविधा पुग्ने रहेछ । अहिले फेरीवाट सामान वारपार हुंदो रहेछ । हामी सानो खोला तर्दै चौतारो माथि कमेरोले पोतेका घरहरु वारीका पाटामा छरिएर रहेका थिए । संवन्धित निकायको ध्यान नपुग्नाले यताको पीचवाटो पुरै भत्किएर खाल्डाखुल्डी भएका रहेछन्, एकछिन त काठमाडौंमै दौडिएजस्तो लाग्यो । कर्णलीकै तिरै माथि गएको यताको सडकमा भने कुनै छेकवार र संकेत चिन्हहरु नदेख्दा मन डरायो । कर्णालीको ठूलो फांटमा धान खेत रहेछ । धान निखिसकेका पराल भने खेतमा घाम ताप्दै सुतिरहेका थिए ।
वाटो छोट्याउंदै अगाडि वढेका हामी राकम वजार कटेपछि राकम देउराली वाख्रेकोटबाट अगाडी लाग्यौ । अहिलेसम्मको दौडा दौडमा वल्ल आधा वाटो पार गरेछौ । सुर्खेत जुम्ला खंलगा २३३ किमि मा ११६ किमि पार गरेको कुरा वसमा गाइगुइ चल्यो । भेल्तडी गाउं तिर पनि धमाधम धान दाइ गर्ने समय भएको रहेछ । यात्राको राम्रो फोटो खिच्ने अनुभवि सुगत भाइ र ववसर वसवाटै कर्णालीनदी र आसपासका दृश्य उतार्न तल्लिन थिए् । वाटोमा पराल र घांसका भारी बोकेका महिलाहरु घरतिर लागिरहेका देखिन्थे । कतै खेतमा दाइ चलि रहेको देखिन्थ्यो । यताका घरहरुका छाना भने सिलेट ढुंगाले छाएको छ । यति लामो वाटो आइसक्दा पनि वाटामा कतै मंदिर देखिएको थिएन । बल्ल देखिएको मन्दिर पनि भुइमा हराएको जस्तो २।३ फिटको उचाइमै जस्ताको छानो लगाइएको देखियो । पूर्वतर्फ जांदा वाटाघाटामै ठुला ठुला मंदिर प्रतिस्पर्धाका रुपमा ठडिएका देख्न सकिन्छ । यता भने कर्णालीको आर्थिक दुरा अवस्थाका कारण टाक्सीएका हुन् कि जस्तो लाग्यो ।
खिडकीजुला, मालचौर पुग्यौ । कर्णालीकै तिर तिरवाटै गाडि अगाडि वढिरहेको छ । उतावाट फर्केको स्कारपियो गाडीसंग एकछिन किटु खोलामा टसल पर्यो । अन्तै फुटाएर आएको ग्लास पनि यही फुट्यो भनेर पैसा तिराउने सुर पो गरेका थिए । अगाडी गाडी आएको छ कि भनेर धेरै पर देखिनै हर्न लगाउनु पर्ने र सजग हुनु पर्ने वाटोको अवस्था छ । हाम्रा गुरुजी निकै सिपालुु थिए । उनी यसकुरामा वाटाभरी चनाखै रहे । पहरो काटेर वनाइएका कतिपय मोडमा उतावाट आएका गाडीनै देख्न सकिदैन । किटु खोलावाट वल्ल वल्ल हाम्रो गाडी उक्लियो । नियमित सरसफmाइ र मर्मतमा स्थानिय सडक कार्यालयले ध्यानदिने हो भने यात्रा अझै सहज हुने थियो । वाटोको ठाउं ठाउंका अवस्था देख्र्दा सम्वन्धित निकायको ध्यान पुगे जस्तो लाग्दैन । किटु खोलाको उकालो कट्ने वित्तिकै कालिकोट शुरु भएको संकेत वाटामा रहेका सिमेन्टका अग्लाद्धारले दिए ।
हामीले सवा वाह्र वजेतिर दैलेखलाई छोडेर कालिकोट टेक्यौ । वाटामा आउने थुप्रै प्रहरीपोष्ट पिच्छे गाडीले गर्नु पर्ने नियमित काम गर्दा यात्राको समय निकै खांदो रहेछ । यहां रहेको प्रहरी पोष्टले जांचपडताल गर्ने काममा पनि त्यस्तै भयो । कर्णाली राजमार्ग कालको राजमर्ग भन्थे मानिसहरु । दैलेखको वाटो त योग्य गुरुजीले पार लगाए भन्ने लागेको थियो । चेकपोष्ट नजिक भेटिएका मानिसले त झनै अत्याए । यताको वाटो त राम्रै हो नि अव उता पो देख्नुहुन्छ भने । उनीहरुका कुराले हाम्रा ओठ तालु सुके । तिलानदीमा रहेको वेली व्रिज पार गरेर गाडी अगाडिको सिधै उकालो लाग्यो । तिला नदीमा चौखोला मिसिएको रहेछ । तीला नदीमा वगेको पानी हिउंको डल्लो पग्लदै नदीमा पानी हैन सेतो न सेतो दुध वगे जस्तै लाग्थ्यो ।
तिलानदी कटेपछि पाखाभरी भेडावाख्रा चरेझै देखिने वस्ती कालिकोट मान्म वजार तलैवाट देख्यौ । कालिकोटको सदरमुकाम मान्म जाने वाटाकोे पिच राम्रै थियो । कालिकोट सदरमुकाम र वजार दक्षिण फर्केको पुरै भिरालो पाखामा रहेछ । वजारमा अग्ला सिमेन्ट पिलरवाला घरहरु र सडकका दाया वाया धमाधम वन्दैगरेका पनि थिए् । सदरमुकाममा पुराना घर हट्दै चिटिक्क परेका घरहरु ठडिन थालेका रहेछन् । मान्म वजार देखेपछि विकासको वाधक डांडा पहाड हैन भन्ने मन भित्रै गडेकोे दार्जलिङपुग्दा देखेकोे वजारको याद आयो । तर त्यसरी व्यवस्थित रुपमा मान्म वजार भने वसेजस्तो लागेन । खानाको लागि धेरै अघिनै थोलीनेता उमेशसरले ह्वाइट हाउस रेष्टुरेंटलाई खवर गरि सकेकोले धेरै वेर अलमल गर्न परेन । बजारको पल्लो छेउमा रहेको ह्वाइट हाउस र डि एण्ड डी रे्ष्टुर।ेंटमा वांडिएर रातो मार्सि चामलको भात, वन्दा काउली को तरकारी र अचारसंग साकाहारी खाना मजाले खायौ । हामीले खाना खाएको दुवै होटल राजमार्गको पश्चि तर्फ भिरालोमै वनेको पक्कि घरनै थियो ।
मान्मवाट खाना खाएर हिंड्दा २.४० वजेको थियो । नजिकै ताडी वजार रहेछ । अघिल्लो दिनमात्र खुलेको चेकपोष्टमा चेकजांच गर्ने काम सक्यौ । मान्मवाट अव जुम्लाका लागि करिव ८१ किलोमिटर जीउनै सिरिङग हुने बाटोमा गुड्नु पर्ने देखियो । हेर्दै कहाली लाग्दो वाटो छ । ठूलो भिरको वीचमा रहेको बाटोवाट तल हेर्दा पनि कहाली लागे जस्तों । माथी हेर्दा डांडाले आकाशसंगै मित लाए जस्तो ।
कालो वादलमा चांदिको घेरा जस्तै पारीपटृी डांडामा मानिसका परिश्रम र पसिना पोखिएको खेती वाली भने हेरीरहुं जस्तो । कालिकोटका विकट र डरलाग्दा पहाडमा मानिसको वसोवास देख्दा तिनछक्क पारे । हाम्रै नेपालका दूर दराजका पहाडमा वस्ने नेपालीको जीवन कति दुख साध्य छ । कति कठिन छ । तै पनि रमाएरै आफनो थात थलो जोगाएर वसेका छन् । आफनो ठाउंमा आफुले जानेको पौरख पोखेर जीवन गुजारा गरेका छन् । तराइको सुगमाता हेर्दा पहाड को जीवन त कहाली लाग्दो छ । अरु त के कुरा नुनका लागि तड्पिनु परेको वेदना, ओखतीमुलोका लागि भौतारिनु परेको वेदना त छंदैछ । तथापी विकासको पूर्वाधारको रुपमा रहेको कर्णाली राजमार्ग वने पछि कर्णाली वासीमा केही उत्साह र उमंग भने पलाएकै देखिन्छ ।
मान्ममा भात खाएर हिंडेका के थियौ बेलुकाको लागि जुम्लामा भात पकाउने अर्डर बसवाटै भयो । सायद मान्म कटेपछि खवर गर्नु भनेका थिए होलान् उतावाट । यता वाटो हेर्दा भने भरे पुगिएला नपुगिएला जस्तो । अघि तिलानदीलाई छोडेर कालिकोट सद।रमुकाम पुग्न गाडी उकालो उक्लिएको थियो । अहिले फेरी त्यही तिला नदी भेट्न गाडी तल ओर्लिरहेको छ । कालिकोटको सदरमुकामका लागि गाडी माथि लगिए जस्तो लाग्यो । नत्र तिला नदीको तिरै तिरै जाने हो भने नाग्मा र जुम्ला अझ धेरै छोटो हुने रहेछ । वाटोमा गाडीहरु कम भै सकेका थिए । हामी दिउंसै विहानी खोला तर्दै विहानी वजार पुग्यौ । सडकका छेउछाउमा रहेका प्राय सवै जसो घरका आंगनका डिलमा होचा डेढ दुइफिटे उचाइका मकैका कुन्यु देखिन्थे । एकाध ठाउंमा भेटिएका मन्दिर पनि कुन्यु जस्तै दुइ अढाइ फुटमै छाना हालिएका देखिन्थे । गुडि रहेको हाम्रो गाडीको चक्का फेरी फुसफुसाउंदै पड्कियो । लामो यात्रामा यस्तै हो गुरुजीले भने । सवैजना जुटिहाले । सडक अग्लो भिरको वीचो वीच थियो,तल कता हो कता तीला नदी वगेकी थिइन् । पारी पटृीको अग्लो डांडामा देखिएको वस्तीं कुन जिल्ला होला चर्चा चल्यो, अड्कलवाजी चल्यो, कसैले जाजरकोट हो कि भने । हामी सवै अलमलियौ नौलो ठाउंको भू वनोट देखेर । तुरुन्तै ववसरले फोन लगाइहाले स्थानीय साथीलाई, आखिर उताको डाडाें पनि कालिकोटनै रहेछ ।
टाकुल्ला वजार आइपुग्दा एकजनाले गीतको एउटा गेडो सुनाए ।
वाटो खुल्यो मोटर चल्यो, जुम्ला कालिकोटको
उनको गीत अधुरै रहेकोले मैले थपिदिए यस्तो ।
बाटो राम्रो शिरको भन्थे तर हिड्यौ भिरको ।
बाटो राम्रो शिरको भन्थे तर हामी कहिले तिरको कहिले भिरको बाटो भएर अघि वढि रहेका छौ । टाकुल्लामा केही घर र धानफल्ने खेत थिए । वाटामाथि चिया पसल थियो । डांडातिर पहरामा पनि शाहीहरु नै वसेका रहेछन् । शाहीका घर पनि ओडार हो की घर सडकबाट हेर्दा त्यस्तै लाग्थ्यो । यता शाहीहरुको वसोवास वढी रहेछ । सडकको छेउ जहां वस्तीछ वाटो पनि त्यही विग्रिएको देखिन्थ्यो । टाकुल्लाको सानो खोलामा उकालो चढ्न नसकेर थाकेको ट्र्कको थुतुनोमा डोरी वांधेर पार लगाउने आइडिया प्रकृतिप्रेमीका एकजनाले सुझाए । पार लगाउन नसकेको भए आजको रात यतै वित्ने निश्चित थियो । ’cause घाम अलि परै पुगिसकेको थियो । हाम्रालागि राती यो वाटो हिंड्नु भनेको ठुलै खतरा मोल्नु वरावर हुन्थ्यो । फेरी ६ वजे पछि गाडी चल्न दिदैन भन्ने हल्ला पनि चल्यो । उतावाट आउने गाडीलाई डोरीले तानेर पार त लगाइयो, तर यतावाट जाने गाडीले फेरी उताको उकालो पार गर्न नसके पछि फेरी प्रकृतिप्रेमीका सवै मिलेर वाटोमा ढुंगा छाप्न थाल्यौ । वाटोका खाल्टा खुल्टी पुरेपछि वल्ल तल्ल गाडी उक्लियो । टाकुल्ला गाउमा रहेको खोलाको पुलको जग धेरै अघि ढलान भए पनि अलपत्रै परेको धेरै भएछ । टाकुल्ला कटेपछि तिलानदीसंगसंगै दौतरी वनेर वालिघाट पुग्यौ । फरक हमी उता जांदैथियौ । तिलानदी यता आउंदै थिइन् । भैसीगौंडा अनि जुविथा टिम्मुरे पुगेपछि अलि उकालो चढ्यौ । गाल्जेमा पुग्दा सांझको सवा छ वजेको थियो । चेकपोष्ट रहेछ चेक जांच भयो । नाग्म पुग्नु अगाडि हामीले खल्लागाउं, राचुुली, धनडा हुंदै भिग्म पुग्यौ । वसभित्रै एकजनाले हांसो गर्नु भयो नाग्मको भाइ भिग्म आयो अव नाग्म पुगिन्छ । नभन्दै फोइमहादेवको नाग्म पुग्न ३ किमि मात्र वांकि रहेको संकेत वाटोमै पायौ ।
नाग्म वजार पुग्दा अध्यारो भै सकेको थियो । वत्तिको उज्यालोमा वजार झिलिमिल र ठुलै देखियो । अहिलेसम्म देखिएको वजारमध्ये नाग्म सवैभन्दा ठूलो बजार लाग्यो । नाग्म वजारको उचाइ हेरे १९८९ मिटर रहेछ । नाग्ममा जुम्लाका ओखर किन्न नभुल्नु है भन्थे तर समयले नेटो काटि सकेको थियो । फेरी हामी त जुम्लै जांदैछौ भनेर चित्त वुझाइयो । वजारमा थुप्रै गाडीहरु थिए । मानिसको चहल पहल पनि थियो । नाग्मवाटै जुम्ला जाने कि रारा जाने यहीवाट छुटिृने अलग अलग वाटा रहेछन् । गाडीमा रारा जानेहरु यहीवाट मुगुको सदरमुकाम गमगढीसम्म मोटरमा जान्छन् । अचेल बाटो खुलेपछि रारा जाने आन्तरिक र वाह्य पर्यटकहरुको आइजाइ वढेकाले मानिसहरु खुसिनै देखिन्थे ।
जुम्लामा खाना अर्डर अघिनै भै सकेकोले चिसो ठिहीले सेलाउला भन्दै नाग्ममा नरोकिइ हामी जुम्लातिरै हान्नियौ । हामी नाग्म वजार नजिकैको पुल काटेर उत्तर तर्फ रहेको जुम्ला लाग्यौ । वाटोमा रारालिची वजार आयो, चेकपोष्ट रहेछ, गाडीको चेकजांच भयो । चेकजांच गर्न आउने प्रहरीले मन्दिर वन्दै छ चन्दा दिनु पर्यो भने । चन्दा माग्नु अघि स्कुल एरियामा हर्न वजाउने भनेर हप्की पनि लाए । राती आएका पाहुना थियौ किन यस्तो व्यवहार गरे भनेर साथीहरुवीच साउति चल्यो । अगाडि वढ्दै जांदा घुटानी चेकपोष्टमा फेरी चेकजांच भयो । जुम्लाको कालोपत्रे वाटोमा सलल कुदिरहंदा काठमाडौंकै याद आयो । अव जुम्ला खलंगा वजार टाढा थिएन । जुम्लाको तातोभातले वोलाइ रहेको थियो तर फेरी अर्को गाडीको टायरले आराम खोज्योे । टायर फेर्न झन्डै आधा घंटा वित्यो । समयले रात परि सकेको संकेत गरेको थियो । घडी नियाल्दा सांढे आठ वजिसके छ । अरु साना वजार पार गर्दै वल्ल जुम्ला वजार नजिकै पुग्यौ । उमेश सरले नोर्वुलाई फोन गर्नु भयो । नोर्वु आफै टचलाइट वाल्दै हामीलाई खोज्दै आइपुगे । शुरुमा त जुम्ली न हुन् भन्ने लागेको थियो । नोर्वु पातला सिकुटे अग्ला वडो फरासिला र फुर्तिला रहेछन् । सवैलाई हुदयदेखिनै स्वागत गर्दै हाम्रै वसमै उनी चढे । अगुवाको रुपमा वाटो देखाउंदै करिव ९ वजे जुम्ला (२३७० ) मिटर )विमानस्थल नजिक रहेको नोर्वुलामाको भव्य होटल कान्जिरोवाको प्राङगनमा थकित तर एउटा युद्ध जितेको सिपाही झै उत्साहित भएर ओर्लियौ ।
हामीपुग्दा सहयोगीहरु होटल अगाडी टेन्ट मिलाउंदै थिए । ठूलो टेन्टमा हामी २० जना पदयात्री अट्यौ । अरु पनि त्यसरिनै स साना टेन्टमा वांडिए । खाना पाकि सकेकाmे रहेछ । तातो तातो जुम्ली सिमीको दाल, काली मार्सिको रातो चामलको भात, वन्दा आलुको तरकारीले पेटपूजा गर्दै , चिसोले काम्दै गरेको मुटुलिएर आ आफना स्लिपिङव्यागभित्र थकित जीउलाई घुसा¥यौ । पहिलो झमट भुसुक्कै निदाइएछ । रात छिप्पिदै गएपछि चिसोले आफनो साम्राज्य देखाइ हाल्यो । उसका अगाडि निद्रादेवीले जागाराम वस्न करै लाग्योे, बिहानीको प्रतिक्षामा रारा पुग्ने विपना लिएर ।
२०७३ मंसिर

कुइरोभित्र रमाउंदै दाप्चावजार

जुन 28, 2017

२१
कुइरोभित्र रमाउंदै दाप्चावजार

सडकमा पनि कुइरो, त्यही कुइरोभित्र लुकामारी खेल्दै सिन्धुली वर्दिवास सडकहुंदै नमोवुद्धसम्म वसमा जाने योजना भएपनि पात्लेखेत फुलवारी कटेपछि झमझम पानीले रुझेको कच्चि सडकमा पहिलो गाडीनैे हिलोसंग पौठाजोरी खेल्दा उसले पार पाउनै सकेन । पछि रहेको सबैे गाडी ट्वा परे । सवै मिलेर न्वारनदेखिको वल लगाउंदा पनि पारलाउनै सकिएन । डा अमृत सापकाेटा  म र अरु  केही साथीहरु वस जहां आइपुग्ला त्यही चढौला भन्दै अघि लम्क्यौ । नमोवुद्ध भञ्ज्याङ वा स्यामपाटी पुगेर निकैवेर सुस्तायौ ,तर गाडी हैन पदयात्रीको लर्कनपो आयो । हामी पनि त्यही हुलमा मिसिएर अगाडि वढ्यौ ।
दाप्चा भएर भकुण्डेवेसीसम्मको यात्रागर्न नमोवुद्ध भञ्ज्याङ (स्यामपाटी ) नमोवुद्धजाने दक्षिणतिरको वाटो छोडेर हामीले उत्तरतर्फको कच्चि मोटरबाटो समात्यौ । बाटाका छेउ किनारमा रहेका कुनै घरमा पसल, कुनैमा होटल व्यवसाय चलेका देखिन्थ्यो । बाटोसंगै रहेको १६५३ मिटरका उचाइमा रहेको हरियाली थुम्कोमा एकछिन सुस्तायौ । बाल उज्वल मा .वि. र काभ्रे विद्युत प्राधिकरण शाखा दाप्चा वाटैमा पर्ने रहेछ । दाप्चा पुरानो ऐतिहासिक वजार हो । कोटकालिका, भीमसेनस्थान, सपनेश्वर महादेवालय लगायत धार्मिक क्षेत्रका रुपमा चिनिएको र परम्परागत कलाले भरिएको पुरानो वजार हो दाप्चा । दाप्चा बजारका घरहरु पुराना कलाकृतिले सजिएका रहेछन् । यहांको सांस्कृतिक महत्व बोकेका जात्रा पर्वहरु पनि लोभ्याउने खालका रहेछन् । पहिले पहिले नमोवुद्ध धुलिखेल भएर राजधानी जान यही बाटो चल्तीको रहेछ । त्यतिवेला यो वाटो धेरै चल्तिको बाटो हो भन्ने कुरा अहिले पनि वजारमा रहेका घर, मठ मन्दिरले बताउंछन् र दाप्चा व्यापार विसौनीको केन्द्र विन्दु हो भन्ने कुरा जनाउंछ । वजारका ठाउं ठाउंमा मठ मन्दिर धर्मशाला प्रशस्तै देख्न पाइन्छ । पुराना घरहरु, पाटी पौवा सत्तल अझै पनि जीवन्त रुपमा रहेका छन् । दाप्चामा नेवार र तामाङहरुको वाहुल्यता रहेको रहेछ । पहिलेको दाप्चा वजार र आसपासका गाउं अहिले दाप्चा काशिखण्ड नगरपालिकामा परिणत भएको छ ।
स्यामपाटीदेखिनै झरी दक्र्यो । रुखहरु झरीमा मस्तसंग नुहाए र सुन्दर वने । हामीहरु कोही छाता र कोहीले वर्सादीको सहारा लिएर हिंड्यौ । सडक असारे रोपाइलाई विर्साउने गरी हिलाम्य वन्यो । आकासमा धुंवा धुलोको कुनै प्रदुषण थिएन । काठमाडौं उपत्यकाको सहरमाझै मास्कले मुख र नाक छोपेर हिंड्नु पर्ने आवस्यकता पनि यता थिएन । टांटा र टिंटी, ड्याङ ढुङको कुनै हल्ला पनि थिएन । अर्थात वातावरण एकदमै शान्त थियो । रुख विरुवाहरु धुलोले नछोपिएका हुंदा ’em वैंशले भरिपूर्ण भएकी सुन्दरीझै मुस्कुराइ रहेका थिए । दायां वायां रहेका ठुला ठुला पाटाबारीमा मकैवाली पुष्ट घोगा वोकेर दशनग्रा खियाउने किसानको ओठमा हांसो वाडिरहेझैं लाग्थ्यो ।
कांक्रेभञ्ज्याङ अघि नै आउने दाप्चा वजारमा मुखमै पानी रसाउने गरी थुप्रिएको रहर लाग्दो कांक्रो बजारका ठाउं ठाउंमा थिए । छानी छानी हरियो कांक्रो २० रुपैया किलो र पाकेको ठुला कांक्रो ३० रुपैया किलोमा किन्न पाउंदा सवैलाई सस्तै लाग्यो । चरचरी चिरेर र मुठिभरका कांक्रा सिंगै करम करम खांदा आंतै सितल भयो । तरकारी उत्पादन किसानले गर्छन । उनीहरुसंग गुन्दुकको भाउमा उठाएर विचौलियाले नाफाखांदा रहेछन् है साथी हो एकजना मित्रले ठुलै स्वरमा बोले । यही कांक्रो सहर आइपुग्दा २० को ५० र तीसको ८० नव्वे दरमा उपभोक्ताले किन्न परेको कुरा सुनाए ।
पदयात्रामा, भुगोल, भूवनोट, कला संस्कृति ’bout थाहा पाउने त छंदैछ । त्यसअलवा त्यसदिन डाक्टर, वकिल, साहित्यकार, कलाकार र साथीभाइहरुसंगको भेटघाट पदयात्राको अर्को महत्वपूर्ण पाटो हुन्थ्यो । हिंड्दैजांदा मेरा लागि बाटामा भेटिने वालवालिका, वृद्धवृद्धा, किसान व्यापारीसंगको भलाकुसारीले मन अझ हलुका हुने मात्र हैन उर्जा माथि उर्जा थपिएझै लाग्थ्यो । एकै छिनको वाटे वातचितले पनि दुवै थरीका मन हलुका भए जस्तो लाग्थ्योे । तनले स्फुर्ति पाएको आभास हुन्थ्यो । दृश्य परिदृश्यमा आंखा एकछिन पनि सुस्ताउन पाउंदैनथ्यो । दृश्य एकै भए पनि सवै पदयात्रीको दृष्टि भने फरक फरक हुन्थ्योे ।
हिंड्दै रमाउंदै दाप्चाको प्रशिद्ध डराउने पोखरी पुगिसकेका थियौ । वाटोमुनी रहेको अहिले पनि डरलाग्दै रुपमा रहेको डराउने पोखरी उतिवेला कस्तो होला मेरो मन मस्तिष्क तरंगित भयो । यो वाटो चल्तीको नहुंदा, अहिलेको जस्तो वस्ती र मानिसको उपस्थिति कम हुंदा, यो ठाउं निकै डरलाग्दो हुन स्वाभाविकै थियो हामी कल्पना गर्न सक्छौ । त्यसैले यसको स्वरुप र प्रकृति अनुसारनै मानिसले यसको नाम डराउने पोखरी राखिदिए । डराउने पोखरी छोडेर अगाडि लागे पछि पुरानो दाप्चा वजार छोयौ । माथिल्लो हटिया पनि भनिदो रहेछ । हाट लाग्ने परम्पराको इतिहास यो नाउंले वोकेको जस्तो लाग्यो ।
हिंड्नु स्वास्थ्यका लागि र ज्ञानका लागि धेरै लाभदायक छ । एक पटक बैशाखीको सहारामा खुट्टो लतार्दै हिंडिरहेका जयराम शर्माज्यूलाइ बाटोमा भेटेथें । जिज्ञासा राखे के भयो गुरुबा ? ‘मोटरसाइकलले भांचिदियो तिघ्रा, अहिले स्टिलरड राखेको छ । डाक्टरले त आराम गर्नु भनेका थिए । हेरन , हिड्नु पर्ने खुटृालाई आराम गराएर होला । मैले त हिंड्नुनै यसको उपचार हो भन्ने ठानेर खुटृा घिसार्दै भए पनि हिंड्दैछु ।’ एउटै स्वरमा जयरामसरले यतिका कुरा भन्नु भयो । वहां आफै पनि आफनो स्वास्थ्यवारे धेरै ख्याल राख्ने र जान्ने वुझने व्यक्तित्व भएकाले मैले वहांको कुरामा कुनै प्रतिपाद गर्न पनि सकिन । ‘डाक्टरले भनेकै कुरा सतप्रतिशत ठीक हुन्छन् भन्ने त छैन नि । आफुलाई के गर्दा ठिक र के नगर्दा वेठिक आफुले पनि जान्नु पर्छ ’फेरी वहांले थप्नु भयो थियो ।
झन्डै ५० को हाराहारीमा पुग्दा मेरा पनि दाहिने घुंडा पाक्न लागेका आलुवखडा झै रातो न रातो भएर सुनिए । पोल्ने, झमझमाउने, जमिनवाट गोडा उठाउनै गाह्रो, भरेङ तल माथि गर्ने गाह्रो हुनथाल्यो । नित्यकर्म गर्न र पलेटिमार्न टुकरुक्क वस्न गाह्रो भएर निकैदिन थला परें । नाम चलेकै अस्पतालमा धाए, डाक्टरले वुढ्यौलीे रोग भनिदिए, उनले अझै भने घर कति तलाको छ, तल्लो तलामा ओछ्यान सारेर वस्ने पहिलो कुरा । दोस्रो टुक्रुक र पलेटी कसेर नवस्ने । फिजियो थेरापी गर्ने तेस्रोकुरा भन्दै ४।५ थरी औषधी लेखिदिए । डाक्टरले भनेका कुरा बिश्वास गर्ने प¥यो । औषधी पनि लामै समय खाए । फिजियो थेरापी पनि गर्दै गरें । डाक्टरले नगर्नु भनेका दुइ कुरा भने गर्दै गरिन, पहिलो टुक्रुक वसिन , दोस्रो पलेटी कसेर वसिन । त्यसपछि बीसको उन्नाइस हुंदै पाक्ला भनेको घुंडो विस्तारै कम हुंदै भने गयोे । यस्तै रिति धेरै पटक भयो , जचाउने औषधी खाने यस्तै यस्तै गरेर लामै समय बित्यो । विहानको हिंडाइ भन्दा योगा गरेपो हुन्छ कि भनेर योगातिर पनि लागे । पलेटी मारेर योगागर्न थाल्दा फेरी बेथा वल्जिहाल्यो । योगा पनि छोडर औषधी पनि छोडेर सकेसम्म हिंड्नमै जोड दिए । तल माथि पनि गरिनै रहे । तौल घटाए । अहिले उसले हारेको छ मैले जितेको छु । जति हिंड्यो त्यति संचो भए जस्तो लाग्छ । डांडा कांडा उकाली ओराली हिंड्न सकेको छु । जयरामजीको त्यो मन्त्र संझे, हिंड्न वनाएका गोडालाई नहिंडाएर आराम दिन थाल्या भए, माथिको ओछ्यान तल ल्याएर सुत्न थाल्या भए , म घुंडाको रोगी भनेर वस्या भए, म उहिल्यै शारीरिक रुपले नभए पनि मानसिक रुपले वुढो भै सक्ने थिए । दुखे पनि हिंड्नै रमाउन थाले । अहिले मेरो घुंडा वसिरहंदामात्र अलि पोले जस्तो हुन्छ ,जति हिंड्यो त्यति मन रमाएर आनन्द आए जस्तो लाग्छ ।
पदयात्रामा हिंड्दा लाग्यो राज्यले भकुण्डेवेसी देखि नमोवुद्धसम्मको मोटर चल्ने वाटोलाई वाहै्र महिना चल्न सक्ने मात्र वनाइदिने हो भने यस क्षेत्रका जनतामा ठूलो राहत महसुस हुने लाग्यो । वास्तवमा कुनै पनि ठाउंमा पर्यटक आर्कषित गर्न पहिलो पूर्वाधार वाटो , सडकनै हो । त्यस पछि खानपिन र वस्नका लागि विभिन्न स्तरका होटल वा होमस्टेको आवस्यकता हो । दाप्चा वजारमा होमस्टेको आवस्यकता भै सकेको रहेछ । वस्ती पातलो छ । प्रशस्तै खेतीयोग्य जग्गामा मकै वारी लहलहाउंदो छ । कृषिका उन्नत जातका सिपी र स्थानीय जातका मकै वारीमा रहर लाग्दा देखिन्छ । मकै वारीको पकेट एरियानै वनाउन लायक ठाउं रहेछ । दाप्चालाई तरकारी क्षेत्रको पकेट एरिया को रुपमा विकास गरेर अर्गानिक तरकारी उत्पादन गर्न सक्दा होटल संचालनलाई पनि यसले भरथेग गर्ने छ ।
दाप्चा पदयात्रा गर्न चाहनेका लागि धुलिखेलबाट नमोवुद्धहुंदै पनि पुग्न सकिन्छ । काभ्रेको भकुण्डेवेसी बाट ४ किलोमिटर उक्लेर खनालथोक, कांके भञ्ज्याङ, तल्ला हटिया हुंदै छत्रेवांझ भएर दाप्चा वजार पुग्न सकिन्छ । फर्कदा ५ किमि हिंडेर नमोवुद्ध भएर धुलिखेल निस्कन सकिन्छ । ट्र्ेकिङ गर्नेका लागि पनौतीबाट शंखु हुंदै नमोवुद्ध भएर दाप्चा पुग्न सकिन्छ । साथीभाइ मिलेर हिंड्दा निकै रमाइलो लाग्ने यात्रा हुन्छ ।
दाप्चा वजार भएर भकुण्डेवेसी झर्दा खनाल थोकका गाउंवासीे खुसि हुंदै कांक्रेविहार चोकमै धिमे वाजागाजाले स्वागत गर्न आतुर हुनुहुन्थ्यो । रातो अक्षताको टिका लगाइदिएर पदयात्रीको धुमधाम स्वागतै गर्नु भयो । ३५५ जना सहभागी पदयात्रीका निधार रातो टिकाले रंगिए । हामी औधी खुसीहुंदै अाजकाे पदयात्राले एकजना अर्का नया‌ साथी अमृत सापकाेटास‌ग घनिष्ट मित्रता  बढायाे । मकैवारीसंग रमाउंदै ओरालो झरेको झरै भकुण्डेवेसी मुल सडकमा आइपुग्यौ ।

२०७३ ।

प्रकाशाेन्मुख तेस्राे कृति हिडाइकाे भाेगाइबाट

गोदावरी देखि पनौतीसम्म

मार्च 16, 2015

DSC02279कुरो पदयात्रा ( हाइकिंग) कै हो । प्रकृतिप्रेमी समुहको ९६ औं पदयात्राको सूचना फेसबुकबाट आउंदा यो पटकको यात्रा केही कठिन होला भन्ने जानकारी त पहिलेनै थाहा पाइएकै हो । बास्तबमै अहिलेसम्म भएका पदयात्रा भन्दा यो रोचक लाग्यो । एकदिने छोटो पदयात्रामा विविध भौगोलिक अवस्थाको स्वाद लिन पाइयो । लामो उकाली ओराली र हरियाली जंगलभित्र रमाउंदै चराचुरुंगीका मधुर रस स्वादन गर्दे, खल्खल्ती पसिना बगाउंदै रमाउन पाइयो हाम्राे शरीरमा भएका विकार पसिना मार्फत बाहिर निकाल्न हाइकिङ पनि एउटा गतिलाे माध्यम हाे । पदयात्रा रुचाउनेहरुका लागि उपत्यकाभित्रै प्रसस्तै अति रमाइला स्थान रहेछन् । पर्यटकिय हिसावले यसलाई बिकास गर्ने, सुरक्षा दिने हो भने आन्तरिक र बाह्य पर्यटक भुल्ने ठाउं प्रसस्तै रहेको कुरा प्रकृतिप्रेमी समुहसंग पछि लाग्दा थाहा पाइयो ।

DSC02243पौने आठबजे गुडेको गाडी झन्डै आठ तीस तिर गोदावरीकुन्ड पुग्यो । आज १८० जना निला टोपीधारी सहभागी थिए । सदा झैं यात्रा’bout डा.उमेश श्रेष्ठज्यूले संक्षिप्त जानकारी गराउदैे ,आनन्दसंग हिंड्न आग्रह गर्नु भयो । शान्तिसंग हिंड्दा आनन्द गुम्नसक्छ त्यसैले आनन्दसंग हिंड्न अनुरोध गर्नु भयो । बास्तबमा जीवनलाई आनन्दसंग चलाउन सक्नुनै सार्थक जीवन हो ।

DSC02222यस पटकको रुट ललितपुरको गोदावरीकुण्ड, पिकनिक स्पटबाट, काभ्रेजिल्लाको र्याले गाबिसको लठ्ठा भन्ज्याड०, भकारीचौरहुंदै कुसादेबीको सोल्थुम भन्ज्याड० ,पैयन भन्ज्याड०,परखेचौर हुंदै कुसादेबी बजार ( पनौतीजाने बाटो ) काभ्रे सम्मको थियो । १६ किलोमिटर पदयात्रा क्रममा हामी २७ सय ८४ मिटर उचाइको फुलचोकीको काख २५ सय मिटरसम्म पुगेर ओरालो लाग्दा फुलचोकी हाम्रो सिरको टोपीजस्तो देखिएको थियो ।

DSC02224फुलचोकी पुग्न गोदावरी नौधाराबाट, हामी हिंडेको यो बाटोबाट यसअलवा कुसादेबी बजारबाट र उता लेलेमा भएकाे मनकामना मन्दिरबाट फुलचाेकीसम्म सिंढी बनाइएकाे छ । झन्डैै ६१ सय सिंढी चढेर ४ घटामा पुग्न सकिने रहेछ । यसअलवा अन्य बिभिन्न बाटाहरु पनि  हाेलान्। चन्द्रागिरीको डांडाबाट सुरु भएको ढुंगे सिंढी फुलचोकी हुंदै यहांसम्मै लर्को लागेको रहेछ । यो कामको थालनी पर्यटन विकासबोर्डले गरेको रहेछ । कुसादेबीका केही प्रकृतिप्रेमी र यस क्षेत्रको पर्यटकिय हिसावले बिकास होस् भन्ने चाहने साथीहरु यस काममा निरन्तर लागि रहनु भएको कुरा थाहा पाइयो । यसरी लागि रहने मध्यको एकजना कुसादेबीका पुरुषोत्तम अधिकारी पनि हुनु हुंदो रहेछ , वहां यसदिन हाम्रै अगुवाइमा हुनुहुन्थ्यो । क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा बिहावर सरोकार समाज गठन भएको रहेछ । पनौती देखि लांकुरी भन्ज्याड० सम्मको जंगलयरियालाई बिहावर भनेर चिनिने रहेछ । पहिले पहिले सिन्धुलीबाट काठमाडौं आउंदा यही बिहावर क्षेत्र भएर आउनु पर्ने कुरा पनि वहांले बताउनु भयो । अहिले गरिरहेको कामलाई कुसादेबीसम्म बिस्तार गर्न खोजिरहनु भएको रहेछ ।

DSC02228गोदवरी कुन्ड नपुग्दै आउने सडकबाट पूर्वतर्फको बाटोबाट हामी उक्लदै उक्लंदै करिब १७ सय मिटरको उचाइमा रहेको लठ्ठा भन्ज्याड० ( काभ्रे ) मा पुग्दा दश बजेको थियो । यहां दोस्रो पटक सुस्तायौ । यहां कसैले पानी कसैले स्याउन ब्रेक लिए । यहांबाट फुलचोकी पुग्न अझै तीनघंटा जति लाग्ने रहेछ । यहां ट्रउट माछा पनि पाइदो रहेछ ,प्रतिकिलो ९ सय भन्थे । बोका चाहिए पनि छ पसलका साहुजि भन्थे । भन्ज्याड०मा एउटै मात्र पसल रहेछ । दुइ चारवटा घरहरु थिए । तामाड०बस्ती भएकाले मन्त्र लेखिएका ध्वजा फहराइ रहेका थिए ।

DSC02256

काठमाडौं उपत्यकाको दक्षिण पश्चिमभेग र सेता हिमाल टल्की रहेका देखिन्थे । यहांबाट करिब डेढ घंटामा हामी काभ्रे कुसादेबीको भकारीथोक पुग्यो । यो २१ सय मिटरको हारहारीमा रहेछ । भकारीचौर बास्तबमै भकारी जस्तै रहेछ । चारैतिर डांडा बिचमा सम्म परेको गहिरो ठाउं । यस्लाई देख्दा उपत्यकाको समस्याको रुपमा रहेको फोहरलाई डम्प गर्न सकिने जस्तो लाग्यो । खेल खेल्नका लागि प्रकृतिले दिएको स्टेडियम जस्तो लाग्यो । यही हामीले प्रकृतिप्रेमी समुहको तीनबराबर खाना खायौं । प्रकृतिप्रेमी समुहले तैयार पारेको यो तीनबराबर खानालाई जहांगए पनि व्यवहारमा उतार्न सकिने हो भने हामी स्वस्थ्य रहन धेरै भरथेग गर्छ । खानपिन पछि अन्तरक्रिया र नाचगान भयो ।

DSC02296कंचनथापाले दलचोकी गाबिस ठूलोडोल भन्ज्याड०मा बन्नलागेको निरोग आनन्दधामको लागि एकलाख पचास हाजर सहयोग गर्नु भयो । त्यस्तै अरु केहीले पन्द्रहाजारका दरले सहयोग गर्नु भयो । न्युनतम १५ हजार सहयोग गरे निरोग आनन्दधाममा हरेक बर्ष एक दिन एक रात निशुल्क खान बस्न पाइने सुविधा आजिवन दिइने रहेछ । एकमुष्ठ १ लाख सहयोग गरे हरेक बर्ष सातदिन सात रात निशुल्क आजीवन सहभागी हुने सुविधा दिने गरी मिलाइएको छ ।

DSC02272एकजना बहिनीले संस्थाकोे सदस्य बनी सेवालिएर ८ महिनामा २० केजी घटाएको कुरा राख्नु भयो । वहां संगित सिकाउनु हुंदो रहेछ । प्रकृतिप्रेमी समुहमा लागेपछि आफुले पाएको नयां स्वस्थ्य जीवन’bout आफैले रचेको गीत सुरिलो मिठो स्वरमा सुनाउनु भयो ।

DSC02290फुलचोकी एरियाको जंगललाई क्लाउड फरेस्टी पनि भनिदों रहेछ । अर्थात यहांको जंगलले वादल बनाउने र पानी पार्नमा सहयोग पुराउने रहेछ । यहां ३०० किसिमका पुतली भेटिएका छन् रे । २०० प्रकारका चराचुरुड०गी ,एकसय भन्दा वढी प्रकारका जडीबुटी पाइने रहेछ । जंगलमा तीन चारसय बर्षका पुराना रुखहरु पनि प्रसस्तै छन् भन्ने कुरा उनै पुरुषोत्तमजीबाट थाहा पाइयोे ।

DSC02301पौने दुइबजे भकारी चौरबाट हिंडेको हामी करिब सांढे पाच बजेतिर कुसादेबी नयांगाउं पुग्यौ । भकारीचाैरबाट घना जंगलकाे सानाे बाटाेमा लामबद्ध भएर हिडेका थियाै । बाटाे ठाडै उकालाे थियाे । एक्लै दुक्लै हिंड्न डरलाग्दाे थियाे । कतिपय ठाडाे उकालाेमा ढुंगाका सिंढी थिए ।

DSC02303

भकारीचौरमै सबैका हात हातमा लालिगुंरास परिसकेका थिए। फुलचोकीबाट ओर्लने ढुंगाका सिंढी हुंदै आउंदा हामीले ढकमक्क फुलेको लालीगुरांसको जंगल देख्दा सबैको मन त्यसै त्यसै चुलबुल भएको थियो । हिंड्दाका सबै थकाई विर्सेर लालिगुंरास हेरेर बसी रहुं जस्तो लाग्ने बनपाखा । लालिगुरांसका रुखसंग दाजिएर फोटो खिचाउन सबै तंछाड मछाडमा थिए । कोही हातमा लिएर, कोही कपालमा सिउरेर ,कोही रुखका फेदमा बसेर, कोही ढकमक्क फुलेको गुंरासको बोटलाई पृष्ठभागमा राखेर । धुंवा धुलो कुनै प्रदुषणले नछोएको भएर होला लालिगुंरासका फूलहरु यति चमकदार र मनलोभ्याउने थिए । तिनले बननै लालिमय पारेका थिए ।

DSC02309

कुसादेबी गाउं भेटिएपछि भने मानिस देखिन थाले । तोरीबारी र मुलाबारीमा फुलेका फुल र सुन्तलाका बोटले मन छोएको थिए । माथिबाट देखिने पनौती बजार र फांटभरी आलुका हरिया उकेरा लगाएका ड्याड० हेरिरहुं जस्ता थिए । कुसादेबी बजारमा पर्खेर बसेको ६ वटा बस ६ बजेतिर आउन थालेको लर्कनलाई झन्डै सांढे ६ बजे सम्म पर्खेर पनौती बजारको फेरो मार्दै बनेपा भएर प्रकृतिप्रेमी समुह, सातदोबाटोतिर हुइकियो ।

DSC02258

कुसादेबीबजारबाट नयां खुलेको कच्चि सडकबाट ग्वार्खु २४ किलोमिटर रहेछ । यहीबाट पनौती भएर जादां ३८ किलोमिटर रहेछ । रात परिसकेकोले होला वसहरु लामो बाटो भए पनि सुरक्षित पनौती बजार भएरै फर्किएकाे देख्दा व्यवस्थापनको राम्रो पक्ष जस्तो लाग्यो ।

DSC02305

सधैझै महिनाको चौथो सनिबार फागुन महिनाको पनि रमाइलोसंग बित्यो । थुप्रै साथीभाइसंग आत्मीयता साटासाट गर्न पाइयो । आफनै वरीपरी रहेका भौगोलिक अवस्था’bout अनभिज्ञ हामीमा थोरै ज्ञान थपियोे । अरु रुट जस्तो यो पुरै रुटमा समुह नभै पदयात्रागर्न नसकिने रहेछ । गोदावरीबाट लठ्ठा भन्ज्याड०ग वा भकारीचौर सम्म पुग्न सकिन्छ । कुसादेबीबाट फुलचोकीको काखसम्म पदयात्रा गर्न सकिन्छ । तपाइपनि उपत्यकाको सेरोफेरोको जानकारी बढाउन चाहनु हुन्छ भने प्रकृतिप्रेमी समुह, सातदोवाटोमा सम्पर्क गर्नुस अनि अर्को पटक संगै यात्रा गरौला । जय ब्लग ।

DSC02277

प्रकृतिप्रेमीकाे लर्काे

जनवरी 26, 2015

DSC01821
पौष महिनाको चौथो हप्ता, सहर चिसोले कांपिरहेको थियो । यसपाला बिनोदजी र म बसको साहारालिंदैे समयमै पुग्यौ । सदाझै बैंकभौचर देखाउन,े रेजा लगाउने, समयावजी, फलफूलको साथमा, बस कुपन र खाना कुपन लिने काम फटाफट भयो । एकमहिना अन्तरालको भेटघाट, सन्चो बिसन्चोसंगै चिनेजानेका साथीसंग आत्मीयता साटासाट गरियो । सहरको धुवां धुलो र बातावरण प्रदुषण, कोलाहाल छोडेर परपुग्न मन हतारिरहेकै थियो । समय आठको हाराहारी पुग्नलाग्दा सिठीको आवाजसंगैे तोकिएको बसमा चढ्यौ । पालैपालोसंग बसहरु एक पछि अर्को गरेर अगाडी वढे । हाम्रो गाडी अलिपर पुगेपछि भने घ्याच्चै रोकियो । बसले आज आरामै खोजेको रहेछ । बस व्यवस्थापन गर्ने जिम्मा पाएका प्रकृतिप्रेमी समुहकै साथीले दश मिनेट भित्रैमा अर्को गाडीको व्यवस्था गरेर व्यवस्थापनको राम्रो उदाहरणनै दिए । ठेचो, सुनाकोठी, चापागाउं प्याड०गगाउं हुंदै टिकाभैरबतिर लाग्यौ । आज दिन छ्याड०ग खुलेको थियो । उत्तरतिर मुस्कुराइरहेका हिमाल बसका झ्यालबाट झल्याक झुलुक्क देखिन्थे । हिमाल हेर्न पाइने रहरले मन गद्गद् भएको थियो ।

DSC01785

धेरै पहिलेको कुरो हो, सानोछंदा तीनथाना देखि लगनखेल ,हात्तिबन, सुनाकोठी, चापागाउं भाड०गाको बनहुंदै लेले (सरस्वतीकुन्ड) नजिक ठुलोआमाको घर थियो । हिंडेरै धेरै पटक पुगेको कुरा याद आयो । त्यतिबेला अहिलेजस्तो यातायातको कुनै सुविधा थिएन । चापागाउं उता कटेपछि भाड०गाको बन नकटुन्जेल निकै डर हुन्थ्यो । माइत घर गर्ने चेलीको धेरै पटक गहना लुटेराहरुले लुटेका थिए । सहर आउने जानेलाई लुट्ने कुट्ने काम हुन्थ्यो । मुटु कमाउंदै चापागाउंबाट उता भन्ज्याड० नपुग्दा सम्म मेरो मन थर..ररर कांप्थ्यो । बाटोमा हिंड्ने मानिस फाट्फुट् मात्र देखिन्थे । आज त दोहोरो गाडी चल्छ । सडकका दायां बायां घर बनेका छन् । टिकाभैरब ,सरस्वतीकुन्डसम्मै बसको व्यवस्था छ । त्यो समयको र अहिलेको तुलनै हुंदैन । टिकाभैरब, लेले त्यतिबेला दुर दराजको ठाउं थियो । पुरादिन लगाएर बास बस्नेगरी हिंड्नु पथ्र्यो । आज दिनको बाटो छिनको भएको छ । यस अर्थमा कछुवा गतिमा भए पनि बिकासले फड्को मारैकै छ ।

DSC01791

हाम्रो बा आमाको पुस्ताले ज्यादै दुख भोग्नु भयो । नयां प्रविधिका चमत्कार थोरैमात्र देख्नु भयो , त्यसलाई राम्ररी भोग्न पाउनु भएन । हामीभने ठीकै समयमा जन्मेछौंकि जस्तो लाग्छ । पुराना पुस्ताको दुख देख्यौ, केही दुख हामीले पनि भोग्यौं । साथै अहिलेको नयां नयां प्रबिधिका चमत्कार पनि देख्न सुन्न पाइरहेका छौं । तर अहिलेका पुस्ता अर्थात हाम्रा छोराहरुले हिजोको दुख पिडा हन्डरको बिलोसम्म देखे होलान् । तर नातीका पुस्तालाई भने अघिल्लो पुस्ताका कुराहरु कथा भएको छ । अहिलेको पुस्ताभने नया प्रविधिसग गर्भैदेखि नजिक रहेका छन् । त्यसैले जन्मने बित्तिकै हरेक कुरा उनीहरुको नैसर्गिक अधिकार जस्तो भएको छ । तर देश यहांसम्म आउन अनि अघिल्लो पुस्ताले गरेको दुख व्यथा हन्डर उनीहरुका लागि कल्पनाभन्दा बाहिरको कुरो भएको छ । यसर्थ हामी भाग्यमानी पुस्ता जस्तो लाग्छ । किन भने हामीले हाम्रा बाबु आमाले भोगेको दुख, हन्डर देख्यौ र आजको प्रबिधिको फड्को मराइसंग नजिक हुन पायौ । त्यतिमात्र हैन छोरा र नाती पुस्ताले आज भोगेका केही सुख सुविधकाका क्षणहरु संग तुलना गर्न सक्यौं । हुन त आजका नयां पिंढीहरुले पनि भोलीको पिंढीले भोगेका कुराहरु देखेर आफु अघिका पिंढीहरुलाई यसै भन्लान् । कि कसो ?
DSC01716
टिका भैरब मन्दिरनगै सिधाजाने बाटाे गए लेले सरस्वतीकुन्ड पुगिन्छ । यहीबाटाेबाट ललितपुर जिल्लाका अति दुर्गम गाउं गिम्दी,अासराङ,मानेखेल, ठुला दुर्लुङ, गाेटीखेल,अादि ठाउंमा पुगिन्छ । सरस्वतीकुन्ड भने यहांबाट ३ किमि दूरीमा छ ।   तर हामी टिकाभैरब मन्दिरजाने बाटाेकाे पुलहुंदै थाेरै उकालाे पछि टिकाभैरब बजार पुग्याै । खाेलाकाे बगरमा ठूलाे ढुंगाकाे मूर्तिकाे रूपमा महादेबकाे रिसाहा रूप टीकाभैरब रहेका छन् । टीकाभैरब लेले गाबिसकाे वडा नं. ८ मा पर्छ । बजारबाट पश्चिमतर्फ गएकाे बाटाे देबीचाैर र घुसेल गाबिस जाने बाटाे हाे । देबीचाैर गाबिस अाफैमा एउटा एेतिहासिक र धार्मिक परम्परासंग जाेडीएकाे ठाउं हाे । राताे मत्स्येन्द्रनाथकाे नयां रथकाे घमा ( रथकाे अगाडीकाे बांगाेभाग ) बनाउ लगनखेल देखि झन्डै ३० किलाेमिटर पर रहेकाे यही देबीचाैर गाबिसकेा काफलबाेट गाउंकाे छम्पी जंगलबाट ल्याइने परम्परा रहेकाे कुरा पनि जानकारी गराउंछु ।यता नलागी हामी भने  बजारबाट पूर्वतर्फकोे नेपालकै दोस्रो राजमार्ग कान्तिराजमार्ग हुंदै बिर्खेधारा पुग्यौ । कान्तिराजमार्ग नेपालकै पुरानो राजमार्ग हो । तर बिभिन्न कारणले छांयामा पर्दा आजसम्म पनि यसले गतिलिन सकेको छैन । बिर्खेधारांबाट ३ किमि पूर्व  झन्डै २३ मिटर उचाइमा रहेकाे दलचोकिमा प्रकृतिप्रेमी समुहको निरोगधाम बन्दै छ । बन्न लागेको धाममा अहिले सहयोग गर्न सके पछि दुख वा सुखमा पनि आश्रय लिने थलो बनाउन सकिन्छ । बिर्खेधारा नजिक ६ वटा बस तांतिलागेर रोकिए । निलो टोपीधारी दुईसय पैंतिस जनाको परेड यहीबाट सुरुभयो ।
DSC01717
यहांबाट तीनपाने भन्ज्याड०ग तीन किमि रहेछ ,१० बजे पुगियो । याे राजमार्गबाट हामी मकवानपुर गढीहुंदै हेटाैंडा पुग्न सकिन्छ ।  राजमार्गमा केही मोटर साइकल र दुध ल्याउने मानिसले खचाखच भरिएको गाडी भेटिएका थिए । तिनपाने भन्ज्याड०बाट  पूर्बतर्फ  दलचोकी गाविस , दक्षिण पश्चिम तर्फ भटृेडांडा र उत्तर पश्चिमतर्फ देबीचाैर गाबिस पर्दाे रहेछ । याे भन्ज्याङ तीन गाबिसकाे सिमाना रहेछ । उपत्यकाकाे चार भन्ज्याङमा पूर्बमा रहेकाे सांगा भन्ज्याङ, पश्चिममा रहेकाे बाडभन्ज्याङ, उत्तरकाे गुर्रजाे भन्ज्याङ र दक्षिणमा रहेकाे याे तीनपाने भन्ज्याङभित्रलार्इ उपत्यका भनिन्छ । यहीबाट दलचोकी गाबिसको खोर्सानीबारी अति मनमोहक देखिंदो रहेछ । बारीमा पहेंलपुर सुनफुलेका थिए । चिटिक्क परेका घरहरु सुनफुलेका बारीका पहरेदार जस्ता देखिन्थे । फोटो खिचिरहुं जस्तो लाग्ने । दक्षिण पश्चिम फर्केको खोर्सानीबारीको पाखो बिहानीको घामका किरणले मगमगाई रहे जस्तो लाग्थ्यो ।

DSC01769

तीनपाने भन्ज्याड०गमा रहेको टिनको छानो भएको पुरानो घरको अगाडी आफनो स्वास्थ्य् आफनै हातमा भन्ने नारालाई सार्थक पार्न हिंडेको टोली एकछिन सुस्तायो । रसिलो सुन्तला खायौंं । फोटो खिच्यौ ।
DSC01730
सुनाकोठी देखिनै हामीलाई  हेरेर हांसीरहेको हिमाल यहांबाट हेर्दा भने उपत्यकाको शिरको टोपी भएर बसेको देखियो । हिमाल हेर्न इच्छा हुनेहरुले धेरै टाढा जानु पर्ने रहेनछ , यो सडक राम्रो भै दिने हो भने पर्यटकहरुलाई तांति लाउन सकिन्छ । ललितपुरबाट यति नजिक आएर हिमाल र उपत्यका छर्लड०ग देख्न पाइदो रहेछ ।
DSC01737
सातदोबाटोबाट २३ किमि पर रहेको भटृेडांडा पुग्न हामी बिर्खेधारासम्म १६ किमि बसमा आयौ । तीन किमि हिंडेर तीनपाने भन्ज्याड० पुग्यौ । २३ सय मिटरको हाइटमा रहेको भटृेडाडांको थाप्लोमा पुग्न ३ किमि को उचाइ चढ्नु पर्ने रहेछ । तीनपाने भन्ज्याड०गबाट बिस्तारै तेस्रो तेस्रो उकालो लाग्यौ ।
DSC01739
पारीपटिृ गाेटिखेलमा पर्ने कालेश्वर महादेबको मन्दिर रहेको डाडा त्यै हो भनेर कसैले देखाइ रहनु भएको थियो । मैले झटृ संझे प्याङगाउं । धेरै पहिला प्याङगाउंका साथीले भनेकाे याद अायाे। कालेश्वर महादेब रहेकाे  डांडालार्इ सकुन्दा पर्बत भनिन्छ । यही पर्बतकाे चुचुराेमा कालेश्वर महादेब रहेका छन् । प्याङगाउंबासीले उक्त महादेबलार्इ अाफनाे कुलदेबताका रूपमा मान्ने गर्दछन् । त्याे दुर्गम ठाउंमा रहेकाे कालेश्वरमा अहिलेसम्म उनीहरूलेनै पाटीपाैवा र मन्दिरकाे जिर्णाेद्धार गरेका छन् रे । धार्मिक कथनअनुसार स्वस्थानीमा वर्णन गरे अनुसार कालेश्वर ६४ ज्यार्तिलिङगमध्ये एक हाे भनिन्छ । प्याङगाउंबासी सबै चैत्र पूर्णिमाकाे अघिल्लाे दिन कालेश्वर पुग्ने गर्छन् , भाद्र पूर्णिमाका दिन कालेश्वरकाे मूर्तिलार्इ खटमा राखि सिन्दुरजात्रा गरेर मनाउने चलन रहेकाे उनले बताएका थिए ।

DSC01747

सडक नजिकै रहेको तोरिबारीको सानोगाउं र सात कन्या मन्दिरलाई हेर्दै हामी उकालो लाग्यौ । निलो टोपीधारीको तांती हेर्न आमाहरु आफना नानीहरुलाई बोकेर घरका आंगनबाट हेरी रहनु भएको थियो ।
DSC01761
घांस दाउरा गर्ने सानो गोरेटो उकालो बाटो हामी सहरियाहरुलाई हाराभारा खेलाउने थियोे । तर जति माथि चढ्यो पहेलै सुनफलेका गाउं बस्ती, डांडामा रहेका नागबेली बाटाहरु देख्दा उकालीको थकान पनि बिर्साउन खोज्ने थिए । यो उकालो बाटो स्थानीय जनताले घांस दाउरा गर्ने बाटो रहेछ । घांसकोे भारी बोकेर आमा नानीहरु आनन्दले ओर्लिरहेका थिए । हामी भने स्यांस्या र फयांफयां गर्दै उक्लिरहेका थियौं ।
DSC01764
DSC01765
हाइकिंगमा यस पटक म अगाडीनै थिए डा.उमेशज्यूसंगसंगै । अगाडी हिंड्दाको फाइदा यसपटक लिए । उकालोको बीचतिर पानी ब्रेक भयो । हिमाल र वरीपरी देखिने रमाइला दृश्यहरुलाई आ आफना क्यामरामा कैद गर्दै, निकैबेर सुस्ताएर हिंड्ने समयसम्म पनि पछि पर्नेहरुको लस्कर आइपुगेको थिएन । उनीहरुका लागि हामीहरु नसुस्ताइकनै हिंडिरहेको जस्तो लाग्दो रहेछ । त्यसैले पछाडी रहनु भन्दा अगाडी रहनु नै उत्तम लाग्यो ।
DSC01745
यहांबाट करिब १०० मिटर उचाइ पार गरेपछि हामी भटृेडांडाको थाप्लोमा पुग्ने रहेछौं । केही माथि पुगेपछि एकजनाले हामीभन्दा झन्डै ३० मिटर तल रहेको डाडंो देखाउंदै पाकिस्तानी प्लेन ठोकिएको डांडो त्यही हो भनेर चिनाउनु भयो । त्यो देखेर ताजुबै लाग्यो । पाकिस्तानी एयरलाइन्स २०५० सालतिर यति तलको डाडांमा ठोक्किएर धेरैको ज्यान गएको थियो ।
DSC01770
भटृेडाडांको थाप्लोमा पुगेपछि हामी सबै आहा हिमाल, आहा हिमाल भन्दै हिमाललाई पृष्ठभागमा राखेर फोटो खिच्न सबै हतारिएका थिए । अरुजस्तै हामीले पनि हिमालभन्दा माथि रहेर फोटो खिचायौं । भटृेडांडाको थाप्लोसंगै हवाइजहाजका लागि राडर टावर बन्दै रहेछ । पहिले त्यहां सानो टावर रहेछ त्यसलाई हटाएर अहिले ठूलै टावर बनाउन फाउन्डेसनको काम भै रहेको रहेछ । टावरमा आउन अहिले तिनपाने भन्ज्याड०बाट सिधै गाडीमा आउन सक्ने राम्रो बाटो बनेको रहेछ । गाडी हुनेहरुलाई अहिले भटृेडाडांको थाप्लोसम्म पुग्न सहज भएछ ।
DSC01824
भटृेडाडांको थाप्लोमा डेढ दुइसय मानिस बस्न सक्ने सम्म परेको ठाउं रहेछ । रातिको क्याम्प राखेर बस्न मिल्ने रहेछ । पिकनिक थलो बनाउन मिल्ने रहेछ । हामीले यही तीनबराबर खाना खायौं । ला (मासु ) बिनाको समयाबजी अन्न, उसिनेकोे साग, हरियो तरकारी र कांचो सलाद बराबर खायौ । जुन खानाले हाम्रो जीउ भारी भएन , हलुका भयो । टन्न अघाउन पनि अघायौं । खाना पछि सधैझै नयासाथीको स्वागत अनि नाचगान गरेर ३.३० बजे नयांबनेको मोटरबाटो भएर तीनपाने भन्ज्याड०ग ओर्लियौ ।
DSC01727
४.१५ मा बसमा हुइकिंदै सुनाकोठी आइपुग्दा बाटोमा मापसे चेकमा केही बेर अल्मलिनु परे पनि प्रकृतिप्रेमी समुहको कार्यालय अगाडी ५.३० तिर ओर्लियौं ।
DSC01772
एकदिने हाइकिड० गर्न मनपराउनु हुन्छ भने टिकाभैरब सम्म बिहानै बसमा जानुस् । एक्लै होइन दुइजनाभन्दा माथी । टिकाभैरबबाट बिर्खेधारा हुंदै तीनपाने भन्ज्याड०ग पुग्नुस् । अनि तीनपाने भन्ज्याड०बाट सातकन्या मन्दिर नजिक पुगेर उकालो लाग्नुस् भटृेडाडांको थाप्लोमा पुग्नु हुन्छ । मन अघाउन्जेल हिमाल हेर्नुस , चारैतिरको मनमोहक गाउं र पहाड हेर्न सक्नु हुन्छ । गुरांस फुल्ने समयमा पुग्नुभयो भन लटरम्म फुलेको गुरांससंग रमाउन सक्नु हुन्छ । हामी त प्रकृतिप्रेमी समुहको हरेक महिनाको चौथो हप्ता हुने हाइकिंड०मा समावेश भएर त्यहां पुगेका थियौ ।
DSC01818
जय व्लग ।

प्रकृतिप्रेमीसंग (२

डिसेम्बर 27, 2014

DSC01544
अचेल महिनाको चौथो हप्ता कहिले आउला र प्रकृतिप्रेमी समुहसंग घुम्नजान पाइएला जस्तो लाग्न थालेको छ । सांच्चै पहिलो पटककै पदयात्राले मोहनी लगाएकोले पनि यस्तो भएको होला । यो कार्यक्रम स्वस्थ्य रहन चाहने सबैका लागि अति उपयोगी छ । साथीभाइसंग भेटघाट हुने, प्रकृतिसंग रम्न पाइने, चराका चिरबिर सुन्दै हरिया बनपाखा घुम्न पाइने । उकाली ओरालीसंग पौंठाजोरी खेल्दै शिरदेखि पाउसम्म खल्खल्ती पसिना निकाल्दै हिंड्नुको मजानै बेग्लै हुंदो रहेछ । त्यतिमात्र कहां हो र त्यसदिनको आहार बिहारले पनि शरीरमा छुटृै खालको स्फुर्ति दिन्छ । प्रकृतिप्रेमी भन्छन् यो कार्यक्रम घुम्ने मात्र कहां हो र स्वास्थ्य्ज्ञानको व्यवहारिक अभ्यासका लागि पनि आयोजना गरिएको हो ।
DSC01552
डांडा कांडाले भरिभराउ आफनै उपत्यका खाल्डोंसंग पनि हामी कति अपरिचित रहेछौं ,भौतिक उन्नतिले भरिपूर्ण भएका पश्चिमाहरु लाखौ खर्च गरेर प्रकृतिसंग भुल्न, रमाउन, खेल्न यता आइपुग्छन् हामी भने नजिकको तीर्थ हेंला, आफनैै बिना खोज्ने कस्तुरी झै भौंतारि रहेका छौं ।
DSC01603
यसपालाको हाइकिंग भर्खरै मात्र हतारिएरै घोषणा भएको अनन्तलिंगेश्वर नगर पालिका भित्र पर्ने दधिकोट बाट सुरु भयो । बालकोट, सिरुटार, गुन्डु र दधिकोट समेतका चार गाउं बिकास समितिलाई गाभेर यो नगरपालिका बनेको हो । काठमाडौं जस्तै भक्तपुर जिल्ला पनि अब गाबिस रहित भएको छ ।
DSC01543
आज बिहानदेखि हुस्सु र कुइरोले आकाश ढाकिएको थियो। दिनभरी घाम देख्न नपाइने भो भन्दै हामी ४ जना सवा सातबजेतिर ९३ औं हाइकिंगमा सहभागी हुन सातदोवाटोस्थित प्रकृतिप्रेमी समुह अगाडि पुग्यौ । ६ वटा ठुला बस यात्रीहरुलाई पर्खिरहेका थिए । उपस्थिति जनायौ । कुपन दिएर खानेकुराहरु लियौं । कुपन देखाएर बस चढ्यौं ।
DSC01547
७.५५ बजे सिट्ठी लाग्यो । पालैसंग बसहरु गुडे । फराकिलो बाटोमा बस हुंइकियो । कोटेश्वरउता सडकको बीचमा रोपिएका बिरुवाहरुमा मेरा आंखा पुगे । ती जिंग्रिंएका थिए । धुलो र धुंवाले फोहरी भएका बिरुवाहरुले पानी,मल ,गोडमेल खोजे जसरी हामीलाई पालैपालो हेरीरहेका थिए । उनीहरुको जिड०ग्रीएको जिउडालहेर्दै हामी ठूलो ठिमीबाट भित्र पस्यौ । यो बाटो नहिंडेको पनि तीसौ बर्ष भैसकेछ । सिरुटार पुग्न पहिले यतैबाट जानु पथ्र्यो । हनुमन्ते खोलामा रहेको काठको पुल तरेर । अर्को सजिलो बाटो थिएन । यता पनि अन्यत्र जस्तै अव्यवस्थित रुपमा बनेका घरहरुले खुल्ला जग्गा ढाकिंएछ ।
DSC01550
सानो बाटोमा लस्करै ६ वटा बस गुडेको देख्दा मानिसहरुले बिभिन्न अड्कल गरे होलान् । दधिकोट तर्खगाल पुगेपछि हाम्रो गाडी रोकियो । सबैको आंखा हामीतिरै थियो, नहोेस् पनि किन । झोला बोकेका र निलो क्याप लगाएका, लठिृ लिएका महिला पुरुषको ठुलै जमात देख्दा । अलमल नगरी डा.उमेश श्रेष्ठज्यूले माइकबाट यात्रामा ध्यानदिनु पर्ने कुरा र जाने स्थानको भौगोलिक अबस्थाको सामान्य जानकारी गराएपछि ८.५० मा हाम्रो हाइकिंग शुरु भयो ।
DSC01553
सडक छोडेर पानी कलकल बगिरहेको नहरको डिलैडिल अनन्तलिंगेश्वर महादेबथानतिर यात्रा सोझ्यायौं । पारीको गाउं गुन्डु भनेर कोही चिनाइ रहेका थिए । केही अघि मन्दिर परिसरमा महायज्ञ भएको कुरा,बाटामा रहेका स्वागतद्धार र तुलहरुले बोलीरहेका थिए । सिंढी उक्लंदै हामी मन्दिर परिसरमा पुग्यौ ।
DSC01554
सानो कुण्डसंगै महादेबको मन्दिर रहेछ । रंगरोगन लगाइएको सफा थियो ।उता धर्मशालामा बैठक चलिरहेको थियो । मन्दिरमा दर्शन गर्ने,घुमघाम गर्दै रमाइलाे क्षणलार्इ क्यामरामा कैद गर्न सबै तल्लिन भए ।
DSC01565
अबलोकन पछि हामी बाहिरिएर उकालो लाग्यौ । माथि उकालोमा सानो बस्ती रहेछ । पानीको पहुंचले गर्दा बारीमा तरकारी र तोरी पहेलपुर भएका थिए । घरका आंगनमा गाइबस्तु घास पराल खाइरहेका थिए । निला टोपीधारीको लामै तांती देखेर केटाकेटी बुढाबुढी घरघरबाट हेर्दै थिए । दधिकोटको ४ नं वडा हुंदै हामी बनको बाटो तेस्रो तेस्रो भएर ठूलो चौरमा पुगेर सुस्तायौ ।
DSC01612
प्रकृतिप्रेमी समुहले छानेको यो हार्इकिंगरूट बास्तबमा राम्रै लाग्यो । उकालो ओरालो समथर तेस्रो सबै किसिमका बाटाहरु पर्थे । कोही स्यांस्यां गरेर बाटैमा बस्थे । मौसम ओसीलो भएपनि लाएका लुगा फुकाल्दै कम्मरमा बांध्थे वा पिंठ्रयुको झोलामा हाल्थे । पानी ब्रेक स्याउ ब्रेक गर्दै हामी बन्दै गरेको कटेज होटेल पुग्यौ । अलि माथि बिद्यालय पनि रहेछ । चौरमा पिकनिक चलिरहेको थियो । उकालो चढ्दै हामी दक्षिण फर्केको पाखाको हरियोे उन्युघारी हेर्दै लांकुरे भन्ज्याड०को पिकनिकस्थल पुग्यौ । पिकनिक आउनेको चहल पहल निकै थियो । पिकनिकको मजा सबैले लिरहेको यत्रतत्र देखिन्थ्यो । गाडीहरुका तांती थिए । लोकगीत र डिस्को गितहरुले पाखा रन्कीएको थियो । हामी यी सबैलाई छोडेर अझ उकालो लाग्यौ । १२ बजेतिर हामी लांकुरी भन्ज्याड०गको अग्लो डांडाकोे थाप्लोमा बस्न पुग्याैं । जहां तीन बराबर एक खानेकुराको व्यवस्था थियो । समयाबजी ( अन्न ) साग, आलु तरकारी र सलाद वा फलफुलको व्यवस्था ।
DSC01600
महादेबस्थान बाट झन्डै ८ किमी हिंडेर १५ सय मीटर उचाइमा रहेको डांडामाथि पुगेपनि त्यसदिन मौसमले साथदिरहेको थिएन । त्यहांबाट देखिन हिमाल ,तिनैसहर र गाउं बस्ती हेर्न सकेनौ । कुइरोभित्र गाउंसहर लुकामारी खेलीरहेका थिए । चिसिएको हिमाललाई न्यायो पार्ने भन्दै बादले छोपिरहेका थिए । मेरो मनमा भने प्रकृतिले हामीलाई के दिएको छैन, हिमालको स्वच्छ हावापानी, बाह्रै महिना बगिरहने नदी नाला,आनन्दमय प्राकृतिक दृश्य, दुर्लभ अन्त नपाइने जडिबुटी, संसारका सबै ठाउंमा पाइने हावापानी र मौसम, धार्मिक तीर्थस्थल र जात्रापर्बले भरिपूर्ण छौ तर यसको भरपुर सदुपयोग हुन सकेन । सदुपयोग भै दिएका हो भने हामी संधै गरिब भएर बस्न पर्ने थिएन । हर्क गुरूङगले भन्नु भएझैं नेपाल नचिन्नुनै नेपालकाे अभिशाप हाे । मनभित्र यस्तै हुटहुटी चल्यो ।
DSC01621
डा. उमेशज्यूले माइकबाट सबैलाई नजिक तान्नु भयो । नयां साथीहरुको तालीले स्वागत भयो । पुरानाले कार्यक्रम’bout आफना भनाइ राखे । आफनो स्वास्थ्य आफनै हातमा, के खाने के नखाने । के गर्ने के नगर्ने, छाति बढाऔं भुंडी घटाउं यस्तैस्भावका गीतहरु गाइए । नाच्न जान्नेहरुले छमछमी नाचेर सबैलाई नाचनाचु पारे । नाम खुलाउन नचाहने एक जना प्रकृतिप्रेमीले दलचोकीमा बन्दै गरेको निरोगधामको लागि एक लाख पांच हजार र एउटा चिठृी डा.उमेशलाई दिएका रहेछन् । डा उमेशले चिठृी पढेर सबैलाई सुनाए ।
DSC01615

उकालो चढ्नपो गाह्रो ओर्लन त सजिलै र चांडै हुनेनै भयो । उकालो र ओरालोसंग मानिसको जीवन जोडिएको छ । सफलताको सिंढी चढ्न गाह्रो तर अलिकति तलबितल पर्दा ओरालो लाग्न उकालो चढेजति गाह्रो हुंदैन । हामी लांकुरीभन्जाड०को धुले सडकमा जुत्ता डुबाउंदै , अनि गाडीले उडाएको बुंगबुंगति धुलो खानपर्दा सबैलाई नमज्जा लाग्यो । केहीबेर बनको ओरालो बाटो भएर सडकै सडक हुंदै ढुंग्यानबाट आआफना बसभित्र बस्याैं ।
मैले अघिल्लाे भाग १ मा व्यक्त गरे जस्तै महिनाकाे एकपटक परिबार सहित हाइकिंगमा निस्कनु स्वास्थ्य्रका लागि एकदम लाभदायक छ । त्यसैले दधिकाेटकाे तखर्गालसम्म बसमा पुगेर त्यहांबाट परिबार सहितकाे हाइकिंग यात्रा शुरूगरी अनन्तलिंगेश्वर महादेब हुंदै पानीटंयाकी र माथिकाे गाउंबस्ती पुगेर लांकुरी भन्ज्याग पिकनिकस्थलकाे माथिकाे डांडाेसम्म पुगेर हल्का खानेकुरा खाने व्यवस्था मिलाउन सकिन्छ । झर्दा भन्जाइड०गबाट सडकै सकडक हुंदै ल.पु.काे ढुंग्यानसम्म अाउने सकिन्छ । याे एकदिनकाे परिबार सहितकाे रमाइलाे हाइकिंगयात्रा हुन सक्छ ।
DSC01601
अर्काे पदयात्रा पुस महिनाकाे चाैथाे हप्ता ललितपुरकाे दलचाेकीका लागि हुने कुरा डा उमेशले बताउनु भएकाे छ । प्रकृतिप्रेमी समुहकाे निराेगधाम यही बनिरहेकाे छ । त्यसैले याे पटककाे कार्यक्रम त छुटाउनै नमिल्ने छ । हेराै समयले के भन्छ । दलचाेकीमा रहेकाे निराेगधाम पुगेपछि यस’bout फेरी लेखाैंला । यहीलेलार्इ बाइबार्इ ।
DSC01606
जय ब्लग

चिसाेपानी जाने ?

डिसेम्बर 4, 2014

DSC01330
बिज्ञहरु भन्ने गर्दछन् कि बर्षको कम्तीमा पनि एकपटक आफनो थातथलो छोडेर केही दिनका लागि घुम्न निस्कनु रे । त्यसरी घुम्नजांदा सकेसम्म आफना परिबारजन सहित हिंड्नु राम्रो । हाम्रा पुर्वजहरु अहिले पनि धार्मिक भावनाबाट प्रेरित भएर छोटो र महिनौ लामो तीर्थाटनमा निस्कन्छन् । नेपालकाे पर्यटन इतिहास तीर्थाटनसंगै जाेडिएकाे छ । हाम्राे देशमा याे चलन धेरै पुरानाे हाे ।  त्यसरी घुमेर आएपछि अरुका लागि पनि प्रचार र जानकारी बनोस् भनेर गाउंका आफन्तजन र नसनाता कुटुम्वलाई बोलाएर तीर्थभोज खुवाएर तीर्थाटन’bout बताउंछन् । अहिले पाे जमाना बदलियो । मानिसहरु लामो,छोटो पदयात्राका रुपमा देश देशावर घुम्न निस्कन्छन् र तिनले भोज भत्तेर गरेर प्रचार प्रसार गर्दैनन् । प्रबिधिको फड्को मराइले सबैका हातहातमा रहेको आधुनिक फोन माोबाइलबाटै जानकारी गराउने देखि आफु पुगेको ठाउंहरूका दृश्यहरुको फोटो अपलोड गरेर सामाजिक संजाल मार्फत बिश्बभरी बांड्छन् । घुमघामसगै ल्यापटप ,आइप्याड,आइपड मोबाइल चलाएर दुनियालाई जानकारी गराउन सक्ने प्रबिधि अहिले धेरैका हातमा छ ।
DSC01332
सुन्नु पढ्नु भन्दा ती ठाउंमा आफै पुग्नु घुम्नु त्यहांको बाटो घाटो हावा पानी र मानिसको रहन सहन आफैले बुझनु नराम्रो कुरा होइन । यसरी आफै पुगेर घुमेर आर्जन गरेको ज्ञान सबै हिसावले उत्तम हुन्छ । पढेलेखेका र सुनेका कुरा विर्सिन्छन् तर अाफै पुगेर, आंखैले देखेका दृश्यहरु सिनेमा झैं सलबलाइ रहन्छन् । अहिले मनिसहरु हाइकिंग यात्रा गरेर ठाउंठाउंमा हिंडेरै पुग्ने जमात पनि दिनदिनै वढ्दै गएको पाइन्छ । आफनो स्वास्थ्य् आफनै हातमा भन्ने सिद्धान्त अनुसार मानिसहरु घुमफिर गर्ने कुरामा सचेत देखिएका छन् । व्यायाम ,सकारात्मक चिन्तन,हिंडडुल र खानपानमा ध्यान दिनुनै आफनो स्वास्थ्य आफनै हातमा हो । सातदोबाटोमा रहेको प्रकृतिप्रेमी समहुले त उपत्यका भित्र र बाहिर समेत हरेक महिनामा प्रकृतिसंग आत्मसात गराउंदै आएको छ । जसमा तीनचार सय मानिसको लर्को लाग्ने गर्छ । यो कार्यक्रम बौद्धिक खुराकका साथै शारीरिक रुपले पनि लाभदायक देखिन्छ ।
DSC01345
मैले चर्चा गर्न खोजेको कुरा पनि यसैबाट प्रभाविबत भएर घुम्न डुल्न निस्कदाका अनुभवहरु तपाइ पाठक समक्ष राखौं भन्ने धेयले यो गन्थन गरेको हुं । अब म सिधै बिषयतिर प्रबेश गर्दछु । तपाई चिसोपानी जानु भयो । साह्रै कहलिएको चिसापानी सुदुर पश्चिमतिर पर्ने कर्णालीको चिसापानी हैन नि , मैले यहां राख्न खोजेको काठमाडौं र सिन्धुपाल्चोकसंगै जोडिएको नुवाकोट जिल्ला, तलाखु गाबिसकाे चिसोपानी हो ।
DSC01351
मित्र बिनोदजीले एकसाल अघिदेखि भन्नु हुन्थ्यो एकदिन चिसोपानी जाउन । अस्ति कार्तिक २८ र २९ गते शुक्रबार र शनिवारका दिन काठमाडौं, नुवाकोट हुदै सिन्धुपाल्चोकको भोटेचौरसम्म पदयात्रा गरियो , अान्तरिक पर्यटक भएर । रास्ट्रसंघीय बिश्व पर्यटन संस्थाकाे परिभाषामा घर बाहिर एकरात बिताउनेलार्इ पर्यटक मान्दछ । अझ पहिले पहिले त यसरी रात बिताउने घुमघम गर्ने नेपालीलार्इ पर्टक मानिदैनथ्याे । पछि पर्यटननीति २०६५ ले मात्र नेपालीलार्इ पनि  पर्यटक मानेकाे हाे ।

DSC01359

सुन्दरीजलको मिठो पानी राणाकाल देखिनै काठमाडौं ल्याइएको पाइपलाइनकै बाटो भएर हामी उकालो लाग्यौ । शिवपुरी नार्गाजुन राष्ट्र्यि निकुनज संरक्षण क्षेत्र प्रबेश गर्नु अघि ५० रुपैयाको टिकट काट्नु पर्ने रहेछ । टिकट काटेर तेस्रो तेस्रो हिंडेर अलिकति ओरालो लागेपछि ड्याम पुग्यौ । पुरानै ड्यामबाट झर्ना मन लोभ्याउने गरी झरेको थियो । बिस्तारै उकालो लाग्दै गर्दा युवा युवतीका जोडी पनि घुमडुलमा रमाइरहेका देखिन्थे ।
DSC01349
बिदेशी पर्यटकहरु पनि कोही चिसोपानी कोही नगरकोट जान उकालो लाग्दै थिए । ठाउंठाउंमा अघि बोकेको स्याउ ब्रेक लिंदै हामी मुलखर्क हुंदै अगाडी बढ्यौ । बस्ती त्यति देखिएन । दक्षिण फर्केको पाखाभरी कोदोको बाला झुलिरहेको देखिन्थ्यो । बाटोमा भेटिएका केही घरबाट निस्केका तोम्वाको महक नाकले थाहापाइहाल्योे । किलामा बांधिएका गाइ बाख्रा, भैंसी मजाले तोम्बाको छोकर खाइरहेका देखिन्थे । हैन यिनलाई तोम्वा लाग्दैन हामीले प्रश्न गर्दा ,बानी परीसक्यो नि भन्दै बाख्रालाई तोम्वा खुवाउंदै गर्नुभएको महिलाले हंसाउनु हुन्थ्यो । किलामा बांधिाएका भैंसी बाख्रा मोटाघाटा नै देखिन्थ्ो । बारीभरी कोदो लटरम्म थियो ।
DSC01372
हामी बाटो कटाउदैं, संझनाको लागि दाया बायाका मनमोहक दृश्य र आफनै फोटो क्यामरामा कैद गर्न पछि परेका थिएनौ । यस काममा फेसबुकले हामीलार्इ घच्रघच्याइरहेकाे थियाे । लपक्कै भिज्ने गरी आएको पसिनाको वास्ता नगरी आफना पाइलाहरुलाई सुस्त सुस्त अगाडी बढाइ रहयौं । लमतन्न सुतेको नुवाकोटको पूर्वी छेउबाट पश्चिम सदरमुकाम बिदुर पुग्न काठमाडौं अनि गल्छीको बाटो हुंदै पुगेर फर्केका केही मानिस मुलखर्क ४ को अन्तिम होटलमा सुस्ताएका रहेछन् ,हामी पनि त्यही सुस्तायौ । अलि तलको छाप्रे होटलमा बिदेशीहरु पनि रमाइ रहेका थिए । कालो चिया र आफैले बोकेको बिस्कुट झिकेर खायौ । झोल र मासुले भरिएको ढलौटे वैठके कचौरा र चरेस थालमा पस्किएको सुनको डल्लो जस्तो ढिंडो अगाडि हाम्रो कालो चिया र बिस्कुट फिक्का भयो । हामी त पदयात्री, टन्न खाएर हिंड्न पनि गाह्रै हुन्छ ,हामीले यसरी आफनो मन बुझायौ । पदयात्रामा हिंड्दा सकेसम्म हल्का खानु पर्छ ,हामीले सिकेको कुरा संझेर चित्त बुझायौं । मन थाम्न नसकेर सोधि हाल्यौ, यस्तो पनि पाइन्छ । यो अर्डरको हो । अर्डर गर्नुसन भाग हाल्दैै गरेकी महिलाले भनिन् । हाम्रो आंखा नाचेको मासु र ढिंडो खाने मानिसहरु चांही पारिलो घाममा तास खेलीरहेका थिए ।
DSC01388
बाह्र बजिसकेको थियो । सदरमुकाम पुगेर आएका स्थानीय मानिस अगाडी लागे हामी बिस्तारै पछि पछि लाग्यौ । अब अघि जस्तो ठाडै उकालो थिएन । बाटोको अन्तिम होटलबाट अलि पर पुगेपछि चौरमा असरल्ल भत्किएर जीर्ण बनेका केही टहरा भेटिए । हामीले सोच्यौ पहिले आर्मी बसेको होलान् । माओबादीको समयमा सुरक्षाका कारण छोडेपछि यस्तो भएको होला । बाटोमा जांदै गरेका र फर्केका यात्रीसंग हाइहलो गर्न हामी पछि परेका थिएनौ । कतै ओरालो कतै उकालो लाग्दै हामी देउराली पुग्यौ । यही देउरालीनै काठमाडौं र नुवाकोटको सिमाना रहेछ । सबैले स्याउला चढाए । हामीले पनि त्यसैको सिको गर्यौ । त्यही नजिकै बसेर साथी इन्द्रले जोहो गरेको नुनिलो बदाम अनि स्याउ खायौ । निकै चिसो लाग्यो । अघि फुकालेका लुगा थपथाप गरेर चिसाबाट जोगियौ । यती उचाइमा पनि बाटोमा बालुवा देखेर हामीलाई लाग्यो कुनै बेला यो पानीले पुरिएको थियो होला । ढिस्काहरु पनि पुरै बलौटे देखिन्थ्यो । टलक्क टल्कने अभ्रखका ढुंगा पनि ठाउं ठाउंमा देखिन्थ्यो । ढुंगाले मिलाएर बनाएका सिंढी ओरालो लाग्दै गर्दा हामी संगै अघि पछि रहेका स्थानीयले चिसोपानी त्यही हो सर भनेर देखाए । हामीले बाटोमा ठाउं र गाउ, उनीहरुको काम र खेतीपाती आदि सोधीखोजी गरेको देखेर होला हामीलाइ कुनै अफिसबाट आएका मानिस संझेजस्तोे लाग्यो । बाटोमा हाम्रो त केही छैन सानो झुपडी मात्रै हो । खान लाउन मुस्किल छ यस्तै यस्तै गन्थन सुनाए ।
DSC01390
समुन्द्रसतहबाट २२ सय मिटरमा रहेको चिसोपानी बजार केही अग्ला र होचा होटलले बनेको रहेछ । दूरसंचारको टावर  बजारकाे मुखैमा ठडिएको थियो । पानीमात्र चिसो हैन हावा पनि चिसोचिसो चलिरहेको थियो । आकासमा कुइरो टाढै पुगुला जसरी हाम्रै जिउमाथि दौडिरहेको थियो । हामी सिधै अन्नपूर्ण होटलमा पुग्यौ । होटल मालिकले हामीलाई सिधै पांचौ तल्लामा लगे अनि एकरात सुतेको एउटा कोठाको १४ सय भने । सिधै यतै आइयो यताउता पनि वुझ्नु पर्ने थियाे,मनमा लाग्यो । बाटामा आउंदै गरेका हुल पनि हाम्रा अांखामा नाच्न थाले । बुझ्दा बुझ्दै फेरी कोठै नपाइएला भन्ने पनि लाग्यो । होटेलवाला चांही बुक गरी हाल्नुस् नत्र यही पनि पाइदैन । अहिले त सिजन हो नि भन्न थाले । दुइटा कोठाको २८ सय तिरेर दुइदुई जना बस्ने गरी मिलायौ । एकरात सुतेकै यति धेरै जस्तो लागी रहेकाे थियाे , फेरी साहुजीले थपे  खाना त हाम्रैमा खानुपर्छ नि ।
DSC01396
नभन्दै एकैछिनमा कोठा भरियो । ९ जना पर्यटक र उनका भरिया अनि गाइड समेत १८ जना जति यही होटलमा पसि हाले । लाड०टाड० गोसाइकुंड हुदै १५ दिनको यात्रा पछि यहां आइपुगेका रहेछन् । प्रकृतिसंग कति आत्मीयता यिनीहरुको । त्यो टोलीमा मलेसिया र बेलायतका पर्यटक थिए । समय र पैसाको परवाहा नगरी भौतिक सुबिधाको सम्पन्नताबाट प्राकृतिसंग साइनोगांस्दै हिमालयको देश पैदलयात्रा गर्न आइपुगेका छन् । थकाइको कुनै परबाह नगरी होटलभित्र बस्दा ’em रमाएको देख्दा हामीलाई पनि गौरब लाग्यो, नेपालमा जन्मन पाएकोमा । यो तेस्रो पटक हेछ उनीहरु नेपाल आएका । हरेक चार चार बर्षमा आउंछौं भन्थे । यो रुट चांही साह्रै रमाइलो लाग्यो रे । नेपालीहरु दुख पाए पनि हंसिला र आत्मीय व्यवहार गर्छन भनेर तारिफ गर्थे । उनीहरुका सहयोगीहरु सुतिसक पनि तिनले ठटृा मजाक गर्दै, गीत गुनगुनाए ।
DSC01447
बजारको एक फन्को लगाएर हामी पनि होटेलमै रमाइलो गर्नतिर लाग्यौ । हाेटलका मालिक बलदेबजीले अाफना इति बृतान्त कुरा सुनाउनु भयाे । वहांकाे साेच राम्रै लाग्याे । याे हाेटल अाफनै परिबारजनले मात्र चलाउनु भएकाे रहेछ । कामगर्ने मानिस काेही थिएनन् । मेरै परिबारले चलाएकाे हुनाले यहां केही कुरा छाेड्नु भयाे भने पनि ढुक्क हुनुस् सामान सुरक्षित रहन्छ उनले गर्बकासाथ भने । खाना खाएर आआफना कोठातिर लाग्यौ । बिहान ४ बजेदेखि सूर्य झुल्किएको देखिन्छकि भनेर सिरानीतिर रहेको झ्यालको पर्दा उचाल्दै चियाउंदै गरें,सुनेको थिए यहांबाट गणेश ,दोर्जेलाक्पा, लाड०टाड० र गौरीशंकर लहरै देखिन्छन् भनेर,आंखा दौडाउनु मात्र भयो ।DSC01401
हाम्रो पनि बिहानको नास्ताको संगै संगै भयो । नेपाल घुम्न आएका पाहुना निस्कदा हामी पनि संगै निस्क्यौ । बिहान पैसा तिर्ने बेलामा भने अलि मजा लागेन उनकाे ब्यवहार । बेलायतीग्रुपले भनेजति तिरे । तर मलेसियन पाहुनाले भने चिया सानाेमा दिएरं ठूलाेकाे पैसा लिए भनेर कम्पेलन गरे ।त्यतिबेला बलदेबजी नेपाली भाषामा याे खाते जस्ता बचन बाेलेर कराउनु भयाे । उनका छाेराचाहीले उनीहरूकै गाइडलार्इ बाेलाएर संझाएपछि चित्त बुझाए । पसल व्यवसाय संचालन गर्नेले त्यहां अाउने ग्राहक, बस्न अाउने पाहुना देबता सरी हुन् तिनकेा चित्त नदुखाइ व्यवहार गर्नुपर्छ । हामी भन्दा अघ उनीहरू निस्के हामी पूर्ब लागेर भोटेचौर र नगरकोटको बाटो समात्यौ । उनीहरु हिजो हामीले पाइला टेकिसकेको दक्षिण पश्चिमको बाटोतिर लागे । बन भित्रको यो मोटरबाटो रहेछ । हिजाे यता अाउंदा बाटाेमा भेटिएका सैनिकभार्इ सेन्ट्री बसिरहेका रहेछन्र , उनैले बिहानीकाे नमस्कार भन्दै राम्राेसंग जानुस भन्दै मुस्कुराय । उनकाे अात्मियता देखेर हामी खुसी भयाै । चराहरूका चिरबिरसंग रमाउंदै एक डेढ घंटा हिंडेपछि हामी चौबाटोमा पुग्यौं । जहांबाट भोटेचौर, नगरकोट अनि सुन्दरीजल पुगिने रहेछ । दोबाटोको छेउमा रहेको पसलमा चियाखायौं । उनैले बाटो बताइदिए, सजिलो भयो । छोटो बाटो ठाडैभिर एकघंटा ओर्लेपछि तल गुरुंग गाउं भेटृायौ ।
DSC01414
भाेटेचाैरकाे मेलामा बेच्न एकभारी सुन्तला बाेकेर जांदै गरेकाे भेट्रटायाैं ,अाेरालाे झरेर हरहर भएकाे अांत रसाउन सुन्तला २ किलाे किनेर खाइहाल्याै । त्यही गाउंको पूर्बपटिृ भोटेचौरको चियाबगान मुस्कुराइ रहेको थियो । तुलकुमार राइले खोलेको ट्रउट फर्म पुग्दा १२ बजि सकेको थियो । सस्र्यु हालेको ट््राउटमाछाको झोल, टिमुर हालेको गोलभेंडाको अचारसंग फार्मकै छेउमा रहेको पानीघटृमा पिनेको फापरको पिठोको ढिंडो यति मिठो भयो कि, संझे अहिले पनि मुख रसाउंछ । टउट माछा प्रतिकिलो १३ सय रहेछ ।
DSC01436
सोमप्रसाद गौचनले गाउंलेको १६ सय रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर चिया वगान संचालन गरेका रहेछन् । याे एभरेस्ट चिया बगान प्रा.लि.बाट अर्थोडक्स चिया उत्पादन हुंदो रहेछ । याे बगान सिन्धुपाल्चाेक,भाेटेचाैर, वडा नं.७,८, र ९ जैशीगाउंमा पर्दछ । चियावगान घुम्न सामान्य शुल्क लाग्छ । कागजमा सामान्य बगान भ्रमणाकाे २५ रूपैया लेखिएपनि त्यसदिन ४ जनाकाे ४० रूपैया लिएका थिए चियाबारीमा लुकामारी खेल्ने, बनभोज खाने, युवायुवतीहरुको रमाउने ठाउं बनेको रहेछ । शनिबार परेको थियो मानिसको लर्कोनै लागेको देखियो । बिनोदजी त प्रकृतिप्रेमी समुहको हाइकिंगमा यता आइसक्नु भएको रहेछ । चियाबगानका माथि ४ वटा कटेज रहेछन् । बस्ने खानेको राम्रो प्रवन्ध छ भन्ने थाहा पाइयो ।
DSC01439
पुरै चिया वगान घुम्न त ३ घंटा वढी लाग्छ भन्थे । गुरुड० ,क्षत्रि , तामाड० वाहुनको वस्तु रहेको यो ठाउंलाई भोटेचौर चांहि किन भनिएको होला जान्न पाइएन । बगानबाट अलि वर आएपछि ज्योतिषी गाउं आयो । बारीको साग देखेर मन थाम्न नसक्नेहरु साग किनिरहेका थिए । दही मोही खान कर लगाइ रहेका थिए । एक लिटरको बोतलमा भरिएको बाक्लो मोहीको ५० रुपैया पर्ने रहेछ । हामीले पनि खाइदियौ । यहां उत्पादन भएको सबै दुध काठमाडौं जांदो रहेछ । २ बजेको बस पर्खेर हामी पनि बसभित्रको किचाघानमा, भोटेचौर घुम्न आएका जोडाजोडीको बसभित्र रमाइलो हेर्दै झन्डै तीनघंटा लगाएर जोरपाटी आयौं । कतै केही नदेखिने बसको यात्राभन्दा पदयात्रानै रमाइलो भयो ।
DSC01469
DSC01472
जय व्लग ।

मनकामना ‍साैराहा हु‌दै पाेखरापुग्दा

जुलाई 1, 2014

20140619_154804

घुमघामकाे मेलाे मिल्याे । अाषाढ ५ गते बिहान घरबाट निस्किए । असार भए पनि पानी परेको थीएन । मानाे राेपेर मुरी उब्जाउने समय ,किसानहरू अाकास र धर्ती हेरीरहेका थिए । प्रि मनसुन नेपाल पसीसकेकाे जनाउ रेडियाे नेपाल दि रहेकै थियाे । तर पानी नपरी घाम मजाले लागेकाे थियाे। पाँच छ वर्ष पछि घुमघाम गर्न नेपाल अाएका भाइसंग यसपाला घुम्ने चांजाे मिलेकाे हाे । काठमाडाैं बसेका हामीले जाेखिम नली घुम्ने ठाउं त यिनै थिए, मनकामना , साैराहा, लुम्बिनी हुंदै पाल्पाकाे बाटाे पाेखरा पुग्ने र फर्कदा गाेरखा पस्ने कार्यक्रम अनुसार कुरिनटारबाट केबलकार चढेर मनकामना पुग्न पहिले त्यतै हानियाै । पुग्दा १२ बजी सकेकाे रहेछ । केवलकारवालाकाे लन्चब्रेक झन्डै डेढ घटा हुनेरहेछ । खुलेपछि लामै लाम वसेर टिकट लियाैं । भारतीयहरूकाे भिडभाडनै थियाे । चिनिया पर्यटक पनि कम  थिएनन्।

DSC00854

कुनै समय मनकामना जान बाबुहरूले भने अनुसार सातदिनकाे सातुसामल बाेकेर हिड्नु पर्थ्याे । पछि दुर्इदिन एक रातकाे समयमा छाेटियाे  । अहिले बिहान निस्केर मनकामना दर्शन गरेर बेलुका घरकै भात खान अाइपुगिन्छ । याे संभाबना यातायातकाे सुबिधा र केबलकार चलेपछि भएकाे हाे । अहिले बुढाबुढी बालक असक्त सबै पुग्न सक्ने स्थान भएकाे छ। मंदिरमा भीडभाड उस्तै छ । खानपिनकाे वखान उस्तै छ । सफाइ त्यति छैन । खानाकाे दाममा एकरूपता छैन । ढाड सेकिने गरी पैसा लिन्छन्  । पहिले भन्दा बजार वढेर केबलकार सम्मै अाइपुगेछ । यताकाे घुमघाम पछि साैराहा लागियाे ।

DSC00858

साैराहा बेलैमा पुग्यैा । ०३० सालबाट निकुन्ज बने पनि साैराहा पहिलाे पटक पुगेकाे हुं । चितवन रास्टि्य निकुन्ज ९ सय ३२ बर्ग किलाेमिटर क्षेत्रमा फैलिएकाे छ ।  यता पनि भारतीयहरूकाे राम्राे उपिस्थित थियाे, सायद याे बेला उता समरकाे छुटृी हुने र गर्मीज्यादा भएर पनि हाेला  । घुम्न अाउनेमा चिनियाहरू पनि राम्रै देखिन्थे । हामी बसेकाे नेचर….हाेटलमा पनि सबै काेठाहरू भारतीयले भरिएका देखिन्थे । बस्नलाइ हाेटल लिने खाना अाफै पकाएर खाने उनीहरूकाे तरिका राम्रै लाग्याे । नदीकाे नजिकै रहेकाे हाेटल रामै थियाे । सांझतिर ठूलाे जंगली हात्ती नारायणी नदीकाे छेवैमा घुमीरहेकाे थियाे । हेर्न स्वदेसी तथा बिदेसीहरू निकै  झुम्मीएका थिए । बेलुकाकाे खानामा घुंगी खान मनलागेकाे थियाे तर रहेनछ । थारू खाना खान मनलागे हरेराम महताेकाे थारू रेस्टुरेंटमा जान पर्ने कुरा त्यही काम गर्ने भाइले सुझाए । उनकाे रेस्टुरेंट हात्ती चढ्ने ठाउं जाने बाटाेमा छ रे । उनकाेमा थारू खानाकाे टिपिकल स्वाद पाइदाे रहेछ । खान खान भने बेलैमा अर्डर गर्नु पर्ने रहेछ । ५० साैं जनासम्मलार्इ मजाले खाना खुवाउने रहेछन् । उनकाेमा थारू खाना भनेर ८ किसिमका खाना खुवाउने रहेछन् । चामलकाे चिंचर, पाछाकाे परिकार, हांस कुखुराकाे मासु, घुंगी, पाेलेकाे अालु,लाेकल रक्सी, नुन खाेसार्नी अादि । उनले ०५५ सालमा सुरूमा चिया दाेकान चलाएका रहेछन् ,पछि साथीहरूकाे सल्लाहले थारू खाना पाइने थारू रेस्टुरेंट भनेर चलाएका रहेछन् । यसपटक हेरेर अाइयाे पछि जान पर्ला ।  तपाइ पनि पुग्दा थारू खानाकाे मज्जा लिन थारू रेस्टुंरेंटमा अवस्य पुग्नु हाेला ।

बेलुका झन्डै एक घंटा थारू संस्कृति झल्कने नृतका साथमा मयुरनाच हेरियाे । याे नृत्य निकै राम्राे लाग्याे । झाम्टा र स्टीक नाच पनि निकै राम्राे लाग्याे । सुरू सुरूमा अर्थात ३४ ,३५ साल देखि ०५९ साल सम्मत नाचमा पुरूषनै महिला बनेर नाच देखाउने थिए रे । ०५९ देखि भने महिलानै स्टेजमा अाएर थारू नाच देखाउन कस्सिएकाे कुरा थाहा पाइयाे । उद्घाेषिकाले अंग्रेजीबाटमात्र बाेलेकाे देखेर नेपाली भाषाामा पनी भनिदिएकाे भए सुनमा सुगन्धै हुने थियाे भनेकाे गाइगुइ सुनियाे । यसिदन कार्यक्रममा ८० प्रतिशतभन्दा वढी नेपालीनै थिए । दुर्इटै भाषामा त्यसलार्इ व्यक्त गरिदिएकाे भए थारू संस्कृति’bout बुझ्रन धेरैलार्इ सहयाेग पुग्ने थियाे । गर्मीले हपहपी पसिना अाउने साैराहामा हलमा भने एसीकाे व्यवस्था रहेछ । कार्यक्रम हेरून्जेल गर्मीकाे अनुभबै भएन । कार्यक्रम हेरेकाे एकसय रूपैया लाग्ने रहेछ । यहां थारू नाच देखाउने दुर्इवटा सांस्कृतिक केन्द्र रहेछन् । थारू कल्चर हाउसमा थारू सांस्कृतिक महिला समूहले नाच देखाउने रहेछन् । अर्काे गैंडाचाेककाे न्यू साैराहाकाे थारू कल्चर हाउसमा पनि नाच देखाउने रहेछन् ।

20140619_203130

भेलीपल्ट हात्ती चढ्ने , डुंगा चढ्रने , जीपमा घुम्ने कार्यक्रम  भएपनि सामान्य मानिसकाे अाम्दानीले नभ्याउने रहेछ । डेढ घंटा जीपमा घुमेकाे १२ हजार लाग्ने सुनेर जिब्राे टाेकियाे । डुंगा चढेकाे ४ हजार जति लाग्ने रहेछ । हात्ती चढेकाे एकजनाकाे एकहाजर रहेछ । घुम्न त सबैकुरामा मन भए पनि हात्ती चढेर चित्त बुझाइयाे ।  हात्तीबाट घुम्दा जरायाे, बनकुखुरा , मयुर अादी देखियाे । गैंडा देख्न पाइएन । हात्ती प्रजनन केन्द्र पुगेर हेरियाे । हात्तीका केही छावाहरू अामासंग थिए । अली ठुला भएका एक्लै बाधिएर बसेका थिए । त्यतिराम्ररी व्यवस्थापन गर्न नसकिएकाे जस्ताे लाग्याे । यहां पनि टिकट काट्न पर्ने रहेछ । पहिलेकाे महेन्द्र प्रकृति संरक्षणाकाेष म्युजियम अहिले प्रकृति संरक्षण म्युजियम भएकाे रहेछ । सानाे काेठामा खचाचख बस्तु राखेर प्रदशर्न गरिएकाे रहेछ । त्यत्राे ठाउं भएर पनि किन यसाे गरिएकाे हाेला जस्ताे लाग्याे । अागन्तुक पुस्तिका पनि भै दिएकाे भए राम्रै हुने जस्ताे लाग्याे । यहां प्रतिव्यक्ती ४० रूपैयाकाे टिकट लाग्ने रहेछ । टिकट दस्तुर महंगै लाग्याे । मरेका धेरै थरी जीबलाइर् बिशेष किसिमकाे तेलमा डुबाइएर एक्युरेममा राखिएकाे थियाे । मैले बिदेशितर हेरेकाे थिए । बिभिन्न मरेका जनावरलाइर् ट्रयाक्सीडर्मी प्रविधिबाट दुरूस्तै पारेर राखेर  पर्यटकहरूलार्इ लाेभ्याउन ती जनावरसंगै बसेर फाेटाे खिच्न अनि तिनका ’bout सबै जानकारी दिएर राखेकाे । कतिपय चांही कुन र कस्ताे बातावरणामा हुकर्न्छन्र त्यस्तै परिबेसमा राखेकाे देखेकाे थिए । यहा पनि तेसाे गर्न संभब छ । त्यसाे गर्ने हाे भने अझ हेर्न अाउने मानिस वढ्न सक्छन्र । साैराहा पुग्दा अाफनै गाडी भए राम्ररी घुम्न सकिने रहेछ । साैराहा अचेत त वाह्रै महिना घुम्न मिल्ने देखिन्छ । खासमा असाेजदेखि पुससम्म र फागुनदेखि जेठसम्म साैराहा घुम्ने सिजन हाे भनिंदाे रहेछ । साैराहामा जंगल सफारी,जिप सफारी, डुंगा सयर र जंगल वाकमा मानिसहरू रमाउने रहेछन् । यी कार्यक्रममा अनिबार्य गार्इड लानु पर्ने नियम रहेछ । यहां महिला गाइडहरू पनि रहेछन् । निकुन्जमा पांचसय भन्दा वढी गैंडा,१५० बाघ र ५० चितुवा लगायत अन्य जनावर छन् रे ।

साैराहाका हाेटल रेस्टुंरां, सडकमा हिंड्दा हाेस वा अफिस कार्यालयमा पुग्दा दुर्इवटा चिज खुब देखिए । एउटा त्यही स्थानियले तैयार पारेका काठका बिभिन्न जनावर र चराका मूर्ति दाेस्राे  भित्तामा इनामेल, तेलरंग र वाटरकलरबाट बनाइएका गैंडा, भालु, चराचुरूंगी, हात्ती लगायतका चित्रहरू । चित्रहरू हेरीरहुं जस्ता लाग्ने छन् । यस’bout साेध्र्दा थाहा पाएकाे, ती चित्रहरू त्यहीका स्थानिय कलाकार कृस्नप्रसाद तिवारीले बनाउनु भएकाे रहेछ । हरेक चित्रका तल पुछारमा के पी  अार्ट  लेखेकाे पनि पाउंछाै।

20140620_070806

साैराहामा प्राय बिदेसी दुइ रात बस्दा रहेछन् । नेपालीहरू एक रात ।  दुर्इ रात जति बसेर अानन्द लिन सकिने रहेछ । काेही काेही  बिदेशीहरू त धेरै रात पनि बिताउंदा रहेछन् । अानन्दकाे ठाउं छ । शान्त बातावरणा छ । नारायणाी नदीकाे चिसाे पानीकाे हावाले साँझपख त अानन्द लाग्छ । बाटाे घाटाे बन्दै थियाे । अझ बन्नु पर्ने कुरा धेरै छ जस्ताे लाग्याे । प्राकृितक संरचनालाइ जस्ताकाे तस्तै राखेर हरियाली र झर्नाहरू बनाएर  अार्क्रषक बनाउन सकिने  देखिन्छ । हात्तीबाट नुहाउने कार्यक्रम पनि बिहन १० बजेतिर हुने रहेछ । हामी सामान्य नेपालीले हात्ती र डुंगा सम्म चढेर अानन्द लिन सकिने देखिन्छ । साैराहाबाट बाहिरिए पछि हामी गैँडाकाेट नवलपरासीकाे रमाइलाे बाटाे हुंदै नारायणीनदीकाे किनारमा रहेकाे धुम्सीबजारकाे हाेटलमा खाना खायाै । हाेटलकाे ब्यबहार र खाना कहिले नबिर्सने खालकाे थियो । यात्राक्रमभरी धुम्सीबजारकाे हाेटलमा खाएकाे जस्ताे खाना अन्त कतै खान पाइएन ।

20140621_094805

बुद्ध जन्मेकै देशमा जन्मे पनि लुम्बिनी याे नै मेराे पहिलाेपटककाे यात्रा हाे । साैराहाबाट करिब डेढ दुर्इ घंटामा हामी तीन चार बजेतिर पुग्याै । बस्ने चांजाेपांजाे मिलायैा । गर्मी उखरमाउलाे भएकाेले एसी भएकै काेठा लिन खाेज्याै । याे समयमा पर्यटक त्यति नअाउने भए पनि काेठाहरू महंगै रहेछन् । पांच छ हजार यस्मै खर्च गुर्नु पर्याे । सामान्य खाना खाएकाे ३०० पर्ने रहेछ । नुहाइ धुवाइ पछि मायादेबीकाे मंदिर घुम्न गयाैं । मायादेबीकाे मंदिर बिहान पांच वजे देखि बेलुका ८ बजेसम्म खुल्ने रहेछ । यहांकाे सरसफाइ राम्राे लाग्याे ।  मायादेबीकाे घुमघाम पछि अशेाकस्तम्भ अनी नजिकै रहेकाे पाेखरी ’round बसेर अानन्द लियाै । बिहान र बेलुका यहां बस्न निकै अानन्द अाउने रहेछ । मायादेबीकाे मन्दिर हेर्न कुनै शुल्क नलाग्ने रहेछ । लुम्बिनी यसै पनि हाम्राे गाैरबकाे थलाे हाे। अहिंसाका पुजारी शान्तीका दूत जन्मेकाे । नेपाल र नेपालीलाइ चिनाउने तीर्थस्थलका रूपमा रहेकाे लुम्बिनी जानु पर्ने ठाउंनै रहेछ । पटक पटक हेर्नै पर्ने स्थान रहेछ । लुम्बिनी भित्र धेरै ठाउंमा बनाउने काम पनि भै रहेकाे देखिन्छ । नहर मा अहिले बाेटिंग गर्न नपाइने रहेछ । नहरकाे संरचना बन्दै रहेछ ।

DSC00961

१ हजार १ सय ५७ बिघा क्षेत्रफललार्इ समेटेर सन् १९७८ मा जापानी बास्तुकलाबिद् केन्जो टाँगेले तयार पारेकाे लुम्बिनी गुरू योजना अनुसारनै लुम्बिनीमा निर्माण कार्य भै रहेकाे रहेछ । यहाँ रहेका अशाेक स्तम्भ, मायादेबीकाे मन्दिर अादि थुप्रै तथ्य सिद्धार्थ गाैतम लुम्बिनीमा जन्मेको भन्ने यति धेरै प्रमाण हुंदाहुंदै पनि छिमेकी देश भने अझै भारतमा जन्मेकाे भनेर सत्यकुरा लुकाइरहे छ । यहां अाएर अाफैले धेरै कुरा थाहापाउ‌दा  अझ धेरै हर्षित तुल्यायो । यस क्षेत्रमा करिब दुर्इ वर्ष देेखि सक्रिय रहेका हाबर्ड बिश्वबिद्ध्यलयका प्राध्यापक एबं बास्तुकलाबिद् एबं याेजनाकार क्याबले काेरियाली अन्तरास्ट्रीय सहयाेग नियाेग ( काेइका ) काे अाग्रहमा उनलाइ लुम्बिनीमा थप संरचना निर्माणा गर्न याेजना बनाउन जिम्मेबारी दिइएकाे रहेछ । उनले सन्र १९७८ मा टांगेले बनाएकाे याेजनालार्इ बीचमा पारी वरिपरीका ११ गाबिसलार्इ ७ वटा कमलकाे फूल काे अाकारमा समेटेर याेजना बनाएकाे कुरा पनि त्यहां रहेका बैाद्धभिच्छुले बताउनु भयाे । यसलार्इ अन्तरास्ट्रीय शान्तिक्षेत्रकाे सहरका रूपमा बिकास गर्ने उनकाे साेचाइ रहेछ ।

DSC00975

मायादेबीकाे मन्दिर परिक्रमा गरेपछि भाेलीपल्ट हामी अरू क्षेत्र घुम्न गयाै । अरू क्षेत्र बिहान ८ बजे पछि मात्र खुल्ने रहेछ । टीकट काउन्टर खाेज्दै पुग्याै । तीनसय रूपैयाकाे टीकट लिएर  हामी पहिला गेट नं ३ बाट भित्र गयाै । जहां थुप्रे देशका बुद्धिस्टहरूले बिहार बनाएका रहेछन् । थाइल्यान्ड, बर्मा , श्रीलंका, भारत, नेपाल , काेरिया, चीन, जापान, जर्मन, फ्रान्स समेत ३५ भन्दा बढी देशका बाैद्धभिक्षुहरूले बुद्धकाे संझनामा त्यहां बिभिन्न संरचना बनाएका रहेछन् । लुम्बिनीमा अझै पनि उत्खनन्र कार्यहरू भै रहेकाे छ । बाैद्धधर्मालम्बी सबैकाे सहयाेगमा यसलार्इ निर्माणा गर्न सक्ने हाे भने निश्चय पनि याे थलाे बिश्वभरका धार्मिक एबं अनुसन्धनात्मक पर्यटकिय थलाे हुन सक्छ । काेरियाले भित्रै बस्न खान पाउने गरी अावाश बनाएकाे रहेछ । सामुहिक रूपमा जांदा पांचसय रूपैयाले बस्न खान पाउने गरी व्यवस्था मिलाएकाे रहेछ ।

यीनै स्थानहरूमा घुम्न पनी अाफनाे साधन नहुनेका लागि गाह्रै छ । त्यसैले काेषबाट कमसेकम निश्चित समयमा गुड्रने गरी सार्बजनिक सवारीकाे सहज व्यवस्था मिलाइदिए सबैले सबैठाउंमा घुम्न सक्थे । अर्काे कुरा काेषले कमसेकम केही गाइडकाे व्यवस्था गरीदिए सुनमा सुगन्ध हुने थियाे । बुद्ध सर्किट भनेर चिनिने लुम्बिनि बाहेक  अन्य क्षेत्रमा पनि पुग्नु अावस्यक छ ,  यसका लागि बुद्ध सर्किट बनाएर यी सबै क्षाेत्रमा यातायातकाे सुबिधा भए बुद्धमागर्गी अझ लाभान्वीत हुने थिए । बाैद्धमार्गी पर्यटकहरू बुद्धका सबैतीर्थस्थलमा पुग्न चाहन्छन् । त्यसैले सबैस्थानमा पुग्न सक्ने अवस्था रहेनछ । भारतले बाेधगया,सारनाथ र कुशीनगरलार्इ समेटेर ७ सय कि.मी क्षेत्रमा बुद्ध सर्किट बनाइ लागि परेकाे सुनिएकाे हाे । नेपालमा पनि नवलपरासीकाे रामग्राम, रूपन्देहीकाे देबदह, तथा कपिलवस्तुकाे तिलाैराकाेट ,गाेटीहवा, निग्लिहवा,सगरहवा, कुदान र सिसनिया महत्वपूर्ण बुद्धस्थल हुन् । तिलाैराकाेट बुद्धका बाबु तथा राजा सुद्धाेधनकाे दरबारस्थल हाे । जहां बुद्धले २९ बर्ष बिताएका थिए । तिलाैराकाेट पुग्न लुम्बिनीबाट २५ कि.मी. यात्रा गर्नु पर्छ । निग्लिहवा कनकमुनि बुद्धकाे जन्मस्थल मानिन्छ । त्यहां सम्राट अशाेकले गाडेकाे स्तम्भ ढलेकाे अवस्थामा छ । अर्काे अराैराकाेट जसलार्इ कनकमुनि बुद्धकाे दरवार क्षेत्र मानिन्छ । अर्काे हेर्नपर्नेस्थान सगरहवा हाे जहां बुद्ध ब‌श ६० हजार शाक्यमुनिलार्इ विरूढकले वध गरेकाे स्थानका रुपमा  चिनिन्छ ।

त्यस्तै अलिपर पर्ने कुदान जहां बुद्धत्व प्राप्त गरेपछि पहिलाे पटक कपिलवस्तु अाउँदा बाबु शुद्धाेधनले बुद्धलार्इ भेटेकाे स्थान हाे । त्यहीठाउंमा सानीअामा प्रजापतिले पहेंलाे बस्त्र दिएकी थिइन् । त्यही बुद्धले छाेरा राहुललार्इ ८ वर्षकाे उमेरमा र अन्य ५ जना समेतलार्इ भिक्षु बनाएका थिए । त्यस्तै गाेटिहवा कक्रुच्छन्द बुद्धकाे जन्मस्थल हाे । त्यहां पनि सम्राट अशाेकले गाडेकाे स्तम्भ भांचिएकाे अवस्थामा छ । त्यतिबेला सम्राट अशाेकले २० वटा बुद्धस्थानमा स्तम्भ खडा गरेकाे कुरा उल्लेख पाइन्छ । तीमध्ये ३ वटा नेपालमा छन् । रूपन्देहीमा पर्ने रामग्राम बुद्धकाे अस्तुधातु राखिएकाे ८ स्थान मध्ये एक हाे । याे नवलपरासीमा पर्दछ । रामग्राम स्तुपबाट ५ कि.मी पर पन्डितपुर जुन प्राचीन काेलीय राजधानी मानिएकाे छ । रूपन्देहीकै देबदहलार्इ बुद्धकाे मावली मानिन्छ । देबदह वुद्धकी अामा मायादेवी ,उनलाइ हुर्काउने सानीअामा प्रजापति र पत्नी यशाेधराकाे जन्मथलाेका रुपमा पनि चिनिन्छ । यी स्थानमा जग्गा लिइ पुरातत्वकाे जगेर्ना हुन सकेकाे छैन । यी बुद्धस्थलमा पुग्न सार्बजनिक यातायातकाे व्यवस्था भै बुद्धका ’bout जान्न चाहनेले सहजै  पुग्न र बुझ्न सक्ने बातावरणा काेषाले गरिदिए कति राम्राे हुनेथियाे । यसाे गरे अान्तरिक र बाह्रय पर्यटक प्रसस्तै बढ्ने निश्चित छ ।

बुद्ध सर्किटकाे रुपमा चिनिने बुद्धस‌ग सम्वन्धित भएकाले यी क्षेत्रका सबै महत्वपूृर्ण स्थलमा वुद्धधर्मका सबै अनुयायि जान  पुग्न खाेज्छन् । तर सजिलाे यातायात सुविधा छैन । पुरै सर्किट घुम्न जाने बिदेसीहरुका लागि राम्राे हाेटल र शाैचालय पनि छैन ।

DSC01029

लुम्बिनीकाे यात्रापछि हामी भैरहवा सुनाैली बजार पुग्याै । पानी अलि अलि परिरहेकाे थियाे । सुनाैली बजारकाे बिजाेग , अस्तब्यस्त हाम्राे भन्दा कम थिएन । बुटबलमा अाएर खाना खाएपछि हामीले सिद्धार्थ राजमार्गकाे बाटाे समातेर तानसेन पाल्पा पुग्याै । बुटवल बजारबाट अलिपर पुगेपछि अादीम मानब रामापिथेकसकाे एक कराेड १० लाख बर्ष पुरानाे अबशेष सन् १९८० तिर पाइएकाे कुरा पत्र पत्रिकामा पढेकाे जस्ताे लाग्छ त्याे अाज यही तिनाउ नदीकाे दाहिने किनारमा सानाे घर बनाइ राखिएकाे देखियाे । याे बाटाे मैले पहिलाे पटक हिंडेकाे हुं । सडक वारी र पारीपटृीका ढुंगाका चटृान हेर्न लायक थिए । बुटबलबाट उकालाे लाग्दै तानसेन पाल्पा देखिए पछि हामी फेरी अाेरालाे लागेकाे जस्ताे लाग्याे । अघि बुटवलबाट अाउंदाकाे बाटाेकाे ठाक्यै नक्कल गरेकाे जस्ताे बाटाे रहेछ । बाटाे राम्राे थियाे । बुटबलबाट पर पुगेपछि तानसेन पाल्पाबाट सिद्धार्थ राजमार्ग अाउंदा फाट्रफुटृ पसल, साना बस्ती देखिने बाहेक अरू केही देखिएन । मालुंगा, गलकाेट, वालिंग पुतलीबजार हुंदै पाेखराकाे लेकसाइडकाे एउटा हाेटलमा अाएर त्यस रात त्यहि बस्याै ।

20140622_080753

पाेखरा अाइपुग्नु अघि बाटाेमा निकै पानी परेकाे थियाे । हाेटलमा भातखान पनि लेकसाइड बजारमा भिज्दै खाना खान गइयाे । छाताकाे जाेहाे गरेर मात्र काेठामा फर्कन सकियाे । कति बिदेसी त पानी बेसमारी पर्दा पनि अानन्द मानेरै रूझेरै हिंडेका थिए । पाेखरापुग्दा बस्नु पर्ने ठाउं चांही लेकसाइड नै रहेछ है। लेकसाइड राती अबेलासम्म पनि निदाउंदैन । चहल पहल जतिखेर पनि चुस्त देखिन्छ । रातभर पानी परेकाे देख्दा पाेखराकाे बसाइ यतिकै जाने भाे जस्ताे लागेकाे थियाे । तर भाेलीपल्ट त्यस्ताे भएन, अाकास धुम्मीए पनि पानी परेन । बिहान फेवाताल घुम्न गयाै । पहिला जा‌दा नदेखेकाे अहिले नयाँ कुरा बाराही घाटमा सुरक्षा गार्ड बस्दारहेछन्र । हावाहुरी चले वा जाेखिमकाे संकेत पाएपिछ साइरन बजाउंछन्, अनि केही समस्या परे उद्धार पनि गर्छन् रे । धेरै पहिलाजांदा मनमा खटकिएकाे  लाइफ जाकेट अहिले अनिबार्य भएछ । पानीपरेकाे समयमा पनि अब छाना भएकाे डुंगा चढ्न पाइने भएछ । मेराे भने फेवातालमा मन अघाउन्जेल डुंगा चढ्ने रहर यसपाला पनि पुगेन । त्यसका लागि फेरी अाउने कुरा फेवा र पाेखरालार्इ सुटुक्क सुनाए । डेभिडफल्स, महेन्द्गुफा, चमेरा गुफा , बिन्दबासिनी मन्दीर र सेती नदी सबैतिर भ्याइयाे । सेती नदीकाे सांघुराे गल्छी हेर्न केअाइसिंह र चाइनापुल पुग्नु पर्ने रहेछ ,थाहा नपाएका कारण पछुताउनु बाहेक केही भएन । डेभिड फल्स अर्थात पातले छांगाेकाे नाम डेभिड फल्स किन रहेकाे भन्ने कुरामा हामी सबै जानकारनै छैा । बि.सं २०१८ साल साउन महिनाको १५ गते छोरेपाटनको छांगोभन्दा माथि डेभिड दम्पत्ति नुहाउंदै थिए । अचानक फेबा बांधबाट अाएकाे ठूलाे भेलले श्रीमती डेभीड बगिन् र यही पातले छांगाेभित्र खसेर उनकाे मृत्यु भयाे । त्यस पछि उनकै संझनामा यसलार्इ डेभीड फल्स भन्न थालियाे । छांगाेमा असार देखि भदाैसम्म निकै पानी हुन्छ । रमाइलाे पनि याे छांगो यही बेला देखिन्छ ।यहांबाट भूमिगत भएकाे छांगाेकाे पानी यहां भन्दा एक किलाेमिटर पर दक्षिण फुस्रे खाेलामा गएर देखापर्छ । छांगाेकाे मुहान यहांबाट दुर्इ किलाेमिटर उत्तर फेवातालनै हाे । चमेरा गुफा पहिले भन्दा निकै व्यवस्थित बनाइएकाे रहेछ । शुल्क त सबैतिर तिर्नु पनेर्छ । चमेरा गुफा पनि अार्कषक भएछ । चमेरा गुफाबाट बाहिर निस्कने अप्ठेराे प्वालबाट निस्किदा निकै मजा अायाे । कति त नसकेर फर्के पनि । अाफुलार्इ पापी ठानेर ।
20140823_154437
पाेखराबाट थुप्रै हिमाल देखिन्छन् हेर्नजान्नेका लागि खुल्ला छ रे, हामीले चढेकाे डुंगाका माझीभाइले भन्थे हिमला र पाेखरा बुझन त पर्यटनबिद् झलक थापालार्इ भेट्नुस न भन्थे । संसारका सबैभन्दा अग्ला १० हिमालमध्ये यही पाेखराबाटै ८ हजार फिट भन्दा माथिका हिमाल देखिन्छन्, धाैलागिरी, अन्नपुर्ण र मनास्लु । अन्नपुर्ण हिमाल संझे पछि मैले दधि सापाकाेटाकाे त्याे नेपाल संझे । ८०९१ मिटरकाे त्याे हिमालमा सबैभन्दा पहिला मानव पाइला परेकाे हिमला यही हाे । फ्रान्सका ३१ वर्षे माेरिस हर्जाेगले नेतृत्व गरेकाे टाेलीले चुमेकाे थियाे । सगरमाथामा एडमन्ड हिलारी र तेन्जींग पुग्नुभन्दा तीन वर्ष अघी बि.सं. २००७ साल जेठ १९ अर्थात १९५० जुन ३ मा उत्तरी माेहडाबाट चढे । उनी चढ्न त सगरमाथानै चढ्न अाएका रहेछन् तर धेरै पटक एडमन्ड हिलारीहरूले काेसिस गरिरहेकाले उनीहरूलार्इ माैका दिउन भनेर अप्ठेराे हिमाल अन्नपुर्ण चढ्ने निर्णय गरेकाे कुरा त्याे पुस्तकमा लेखेका छन् । हर्जाेगले नेपाल र हिमलका ’boutमा धेरै कुरा लेखेका छन् । संसारलार्इ नेपाल चिनाउने हर्जाेग पनि हुन । हिमला चढे पछि खुटृा र हात गुामाएका उनलार्इ त्यतिबेलाका महाराजा माेहन सम्शेरले गाेर्खाक्रस तक्मा एक समाराेह गरेर दिएका थिए । त्यसपछि उनले फ्रान्सेली भाषाामा लान्नापुर्ना फमिर्य उइ मिल अर्थात अन्नपुर्ण अाराेहरण पछि मेराे पुनर्जन्म नामक किताव लेखे १९५१ तिर । त्याे किताब १ कराेड ६० लाख भन्दा बढी छापियाे, ६० भन्दा वढी भाषाामा उल्था भए । अनि नेपाल र नेपालकाे हिमालका ’boutमा संसारभर हल्लीखल्ली मच्चियाे । पाेखरा मात्र हैन नेपाल हिमालयकाे देश भनेर चिनियाे चिनाए भनेर अाफनाे लेखमा लेखेका छन् ।

20140622_125600

नाै तालकाे जिल्ला कास्की, पाेखरा उपत्यकामा ९ वटा ताल रहेका छन् रे । पाेखरा उपमहानगर पालिकामा रहेकाे फेवा र कमल ताल । लेखनाथ नगररपालिकामा रहेकाे वेगनास ,रूपा, दिपाङ, मैदी, गुंदे ,खास्टे अनि न्युरेनीताल । फेवा र बेगनास अाफुले देखेका दुर्इ हुन्र । यी दुइ बाहेक अरूमा डुंगा चल्दैन  । पाेखरा उपत्यकाकाे ताल संरक्षण समितिमा पाइएकाे अांकडा अनुसार फेवातालकाे क्षेत्रफल पहिले २२ हजार राेपनी थियाे रे, अहिले सांघुरिंदै गएर ९ हजार ९ सय ५५ राेपनीमा खुम्चिएकाे छ । याे पनि ०६४ काे अध्ययनले बताएकाे हाे । यस पछि पनि कति सांघुरिसक्याे हाेला । ०६४ मा केन्द्रीय नापी टाेलीले गरेकाे सर्भे र अध्ययन अनुसार त्यस बेला ३१ सय राेपनी तालकाे जग्गा व्यक्तिले  भाेगचलन गरेका रहेछन् । त्यहां पाइएकाे अांकडा अनुसार नाै ताल मध्ये गुंदे काे साबिक २४३ राेपनीमा अब १६९, न्युरेनीकाे १३३ मा ८१ राेपनी, खास्टेकाे ४८७ राेपनी रहेकाेमा अब २७०, दिपाङकाे ६३७ मा ३६८ राेपनी, मैदीकाे १०५७ राेपनीमा अहिले जम्मा १६ राेपनीमा सांघुरिएछ , रूपाकाे ३२२२ राेपनीमा अब २३९३ राेपनी, बेगनासकाे ६३५१ मा अहिले कायम ६०७४ राेपनी र फेवाकाे २२ हाजर राेपनीमा  ०६४ मा नाप जांजहुंदा कायम रहेकाे ९९५५ राेपनी रहेछ । अहिले पनि सबै ताल मानिसबाट अतिक्रमित भै रहेका देखिन्छन् । फेवातालमा मिसिने बुलाैदी,फिर्के र हर्पन खाेला मात्र हैन पाेखरा बजारकाे ढल र नहर समेत यसैमा मिसिन्छ । डुंगा चलाउने माझीभाइ भन्थे सबैभन्दा वढी फाेहर फिर्के खाेलाले पारेकाे छ रे  । याे अतिक्रमणा हुने काम भने २०३१ सालमा बांध फुटेपछि सुरूहुन थाले छ । फेवातालकाे पहिले सरदर गहिरार्इ ३३ मिटर भएकाेमा ०६४ मा नापहुंदा सरदर १८ मिटर देखिएछ । खाेलाबाट बगेर सिधै अाउने माटाे ढुंगाका कारणा यसाे भएकाे हुनु पर्छ ।

पाेखरामा अर्काे पर्यटकिय ठाउं थपिए छ ,बिश्व शान्ति स्तुप । याे पाेखराकाे पुम्दीभुम्दी १ मा पर्दाेरहेछ । सुन्दर ,मनमाेहक र शान्त ठाउंमा अवस्थित छ । पाेखराका बुद्ध धर्मालम्वी र जापानकाे निप्पाेनजान मेहाेजीले स्तुप बनाएका रहेछन् । फेबातालकाे पश्चीम दक्षिणकाे भीरालाे ठाउंमा । फेवातालबाट डुंगा चढेर पारी पटृी रहेकाे हाेटेल पछाडिकाे जंगलबाट पनि जान सकिदाे रहेछ । धेरै बिदेसीहरू यसरी अाएकाे देखियाे । याे स्तुप पंचायतकालमै बनाउन थाल्दा तत्कालिन सरकारले राेक लगाउंदै झन्डै ३५।४० फिट अग्लाे संरचनानै भत्काइदिएकाे थियाे रे । पछि प्रजातन्त्र अाइसकेपछि २०४८ सालमा राज्यबाट स्वीकृति पाएपछि २०४९ सालमा सुरू भै २०५६ सालमा सकिएकाे रहेछ । याे स्तुप निर्माण गर्न झन्डै ५ कराेड खर्च भएकाे छ रे । याे रमाइलाे ठाउं अनदु डांडामा रहेकाे बिश्वशान्ती स्तुपा २१ राेपनी जग्गामा बनेकाे रहेछ ।स्तुपकाे चारैतिर बुद्धमूर्ति रहेकाे छ । त्यहां रहेकाे मूर्तिहरू नेपाल जापान,श्रीलंका र थाइल्यान्डले राखेकाे कुरा लेखिएकाे छ । याे स्तुप १ सय १५ फिट अग्लाे ,३ सय ४४ फिट गाेलार्इ छ । स्तुपकाे गजुरमा सुनकाे जलप लगाइएकाे रहेछ । स्तुपमा पुग्दा एक खालकाे अानन्द र शान्तिकाे अनुभव हुन्छ । बिदेसी पर्यटकहरू पनि अाउजाउ गरी रहेका थिए । यसपाला त्यहां पुगियाे । त्यहांबाट फेवा र पाेखरा बजार पुरै देखिने रहेछ ।यहांबाट सुन्दर पाेखराकाे फेवाताल र पाेखराकाे फाेटाे खिच्न र हेर्न पाइन्छ । फेवातालकाे सुन्दर अनुहारमा माछापुछ्रे हिमाललार्इ बस्न हिमालमा लागेकाे बाक्लाे बादले छेकिदिएकाे थियाे। याे बेलामा हिमाल खुल्दैन । हिमाल हेर्नै असाेजदेखि फागुनसम्म हाे , तरै पनि माथिबाट हेर्दा बादलु संसार,माछापुछ्रे, फेवाताल र पाेखरा बजारकाे वर्णन गर्नै नसकिने थियाे । खुब फोटाे खिचियाे । बादलकाे घुम्टाे अाेडेर सुस्ताउने समयमा पुगेका हामीले हिमाल भने कतै देख्न पाइएन तर दुधे बादलकाे संसार हेर्ने चांही यही मनुसुनी बेला रहेछ । हामी त बेमाैसमकै बेलामा पुगेका थियाै । हिमाल खुल्नु भनेकाे पाेखरा घुम्ने माैसम सुरू हुनु पनि हाे । यतिबेला भने हिमाल नखुलेरै पाेखरा अलिअलि तातिएकाे थियाे ।हिमाल खुलेपछि भने पाेखराले चिसाे महसुस गर्छ । दुइरातकाे पाेखराकाे बसाइ घुम्न जानेका लागि छाेटाे हाे । बेलुका सांझमा झलमल्ल भएकाे लेकसाइट घुमियाे । पाेखराकाे बजार काठमाडाैंकाे तुलनामा धेरै सफा राम्राे र शान्त लाग्याे । जति पानी परे पनि हिलाे नहुने सफा सहर । पाेखरालाइ पाेखरा बनाउने फेवाताल सिधै खस्ने ढलबाट दिनपरदिन दुषित बन्दै गै रहेकाे देखिन्छ। मानिसकाे अतिक्रमणमा चाउरिंदै गएकाे त छंदैछ अझ त्यसमाथि जलकुम्भीले ताल अतिक्रमणा भैरहेकाे छ । पाेखरालार्इ बिश्वभर चिनाउने अाधारनै हिमाल र ताल तलैया हाे । यही तालमा देखिने  सुन्दर हिमालका प्रतिबिम्व हेर्ने लाेभले  पर्यटक अाउंछन् ।  पाेखराकाे गहनाकाे रूपमा रहेकाे फेवा तालकाे पाेखराबासीले नै पहिलाे चिन्ता नलिने हाे भने पाेखरा फेरी एकदिन पाेखरा हुने छैन । पाेखरालार्इ प्रकृतिकाे राजधानी भनी हेर्न अाउने बिश्बभरीका मानिसकाे गन्तव्य थलो बन्ने छैन ।

20140622_123245

फर्कदा बेगनासताल पुग्योै । ताल पुग्ने बित्तिकै तालकाे पानी उडेर मनसुनी पानीले स्वागत गरि हाल्याे । राम्ररी हेर्न नपाइ दशर्न गरेरमात्र फर्क्याैं । तपाइ पाेखरा पुग्नु भयाे भने संग्राहालय हर्न नभुल्नु हाेला है । मनसुनी बेलामा पनि संग्राहालय घुम्न पानीले छेक्दैन ।केअाइसिं पुल नजिक रहेकाे खाेर्खा मेमेरियल म्युजियम ,शक्तिघाटमा रहेकाे गुरूङ संग्राहालय,राताे पहिराेमा रहेकाे अन्तरास्ट्रीय पर्वतीय संग्राहालय, नयाँ बजारकाे क्षेत्रीय संग्राहालय जसले पश्चिमान्चलकाे चिनारी दिन्छ अन्तमा पृथ्बीनारायण क्याम्पस परिसरमा रहेकाे नेचुरल हिस्ट्री म्युनिय जहां पुतली संग्रहीत रहेका छन् । हामीले समयाभावले केही मात्र हेर्न भ्यायाै ।

गाेरखासम्म पुग्दा बाटाे राम्राे थियाे । गाेरखा बजार ठुलै भै सकेछ । गाडीलिएर जांदा गाेरखादरबार पछाडीसम्म गाडी जाने रहेछ । बन्न त धेरै कुरा बनेछ तर सरसफाइ नहुंदा मन भरङग भयाे ।

20140623_095440

यसपाला चार रात पांचदिन यसरीनै बिताइयाे । जे हाेस घुमघामले मानिसकाे चेतना बिस्तारमा निकै फरक पार्छ । अाफनै अांखाले हेरेकाे, पढेकाे र सुनेकाे भन्दा धेरै फरक हुन्छ र याे कहिल्यै बिर्सन पनि सकिदैन ।

20140622_115500

जय ब्लग ।