कतिपय मानिसहरू सकारात्मक सोच भन्दा नकारात्मक सोच वढी गर्छन् । हामी नेपाली त जे कुरामा पनि पहिले नकारात्मक सोचले हेर्ने गर्छैा । कसैवारे कुरा गर्दा पनि उ भित्रका सकारात्मक सोचका कुर नगरी पहिले उ भित्र रहेका साना ,मसिना नकारात्मक सोचका कुरावाट अाफना कुरा सुरू गर्छैा । मलार्इ लाग्छ नकारातम्क सोच र सकारात्मक सोच कसैमा अाधा अाधीनै छ भने पनि हामीले पहीले उसका सकारात्मक सोचका कुरावाट उसका वारेमा कुरा थाल्नु पर्छ ।
केही नकारात्मक सोचका छोटा कथाहरू यस्ता छन् ।
एक
एकपटक एकजनाले भगवानको खुव तपस्या गरेछ । तपस्यावाट भगवान खुसी भै वरदार दिन उसका सामु उपस्थित भएछन् । के चाहियो तिमीलाइ, किन के का लगि मेरो तपस्या गरेको भगवानले सोधे, उसले भगवानका अगाडी अाफना दुवै हात जोड्दै भनेछ , हे भगवान मेरा दाजुको दुर्इ दुर्इवटा भैंसी छन् । दाजु र मलार्इ समान वनार्इ दिनु पर्रयो । उसका कुरा सुनेर भगवानले भनेछन् ए तिमीलाइ पनि दाजुको जस्तै दुइवटा भैंसी चाहियो । हैन हैन भैंसीलाइ कसले दाना खुवावस् , कस्ले पानी खुवाउने र चरावस् । त्यसो भए तिमीले के मागेको त भगवानले सोधेछन् । मेरा दाजुका ती दुर्इ वटा भैंसी हजुरले मारिदिएर हामी दाजु भाइलार्इ वरावरी वनाइ दिनु पर्यो । उसको यस्तो नकारात्मक सोचका कुरा सुनेर भगवान जिल्ल परेछन् ।
दुर्इ
एक पटक गाउंमा सवै भेलाभएर गाउंलार्इ कसरी राम्रो वनाउन सकिन्छ भन्ने वारेमा खुव छलफल गरेछन् ।छलफलपछि गाउँलार्इ राम्रो वनाउने कुरा मध्ये एउटा कुरा गाउँमा दूध पोखरी खन्ने कुरामा सवैको सहमती भएछ । सवै गाउंलेहरू उत्साहीत भएर पोखरी खन्न थाले । पोखरी तैयार भयो । सल्लाह वमोजिम, सवैले घरघरवाट दुर्इ दुर्इ माना दूध ल्याएर नयां खनेको पोखरीमा हाल्ने निर्णय एकै स्वरले भयो । सवैतिर पानी पोखरी हुन्छ । हाम्रोमा दूध पोखरी भएपछि हाम्रो गाउं हेर्न मानिसको भिड लाग्ने छ र गाउँको नाम सवैतिर फैलने छ । पोखरी खनी सिध्याए पछि सवै अा अाफना घर दूध लिन लागे । एकजनाले घर जाँदै गर्दा वाटोमा मनमनै सोचे छ , हैन सवैले दूध हालेको ठाउंमा म एउटाले दुर्इमाना पानी हालीदिए कस्ले थाहा पाउंछ र । अरू त सवैले दूध हाल्ने छन् । मैले हालेको पानी कस्ले देख्ने हो र । उसले पोखरीमा दूधको सटृा पानीनै हाल्यो । पोखरी खन्ने सवैका मनमा घर फर्कदा यस्तै सोच अाएछ । म एउटाले पानी हालेर दूध पोखरी नवन्ने त हैनन नी । अरू त सवैले दूध हालिहाल्छन् । अाखिर सवैमा म एउटाले नहाले के होला र अरू सवैले त हाली हाल्छन् भन्ने सोचले सवैले पोखरीमा दूधको सटृा पानी हालेछन् । सवैमा उत्सुकता थियो , कस्तो भयो हेाला दूध पोखरी भनेर हेर्न अाउंदा दूध पोखरी हैन , पानी पोखरी पो वनेको रहेछ ।
तीन
देवतासंग वरदान माग्न एकजनाले खुव तपस्या गरेछ । तपस्यावाट खुसी भै देवताले भक्तलार्इ सोधेछन्र । के माग्छैा माग वरू यसपटक यस्तो संयोग परेको छ कि , तिमीले एउटा वरदान पायैा भने तिम्रो मनमा रहेको अर्को साथीले त्यसको डवल पाउंछ । यो कुरा तिमी मान्न तैयार छैा, भगवानले भनेछन् । भक्त अलमलीए पछि फेरी देवताले भने छन् । एउटा वरदान तिमीले माग्नाले तिम्रो मनको साथी समेतको मालामाल हुने यो मैाका नछोड । देवताले यसो भनिरहेको समयमा उसका मनभित्र अैाडाहा को तुफान अार्इरहेको थियो । मैले वरदान मागेर साथीको डवल मालामाल हुने । यस्तो सोचेर उसले भगवानसंग भनेछ, हे भगवान मेरो एउटा अाखो फुटार्इ दिनुहोस् । जसले गर्दा मेरो साथीको दुर्इ वटै अाखा फुटेर उ अन्धो भएको मैले देख्न पाउंछु । मेरालागि एउटा अाखा भएपनि चलिहाल्छ । भक्तको यस्तो माग सुनेर भगवानन जिल्ल परेछन् ।
जय व्लग ।
जवाफ लेख्नुहोस्