बिभिन्न ठाउँका नाम’bout

मे 29, 2021

बिभिन्न ठाउँका नाम’bout
विभिन्न ठाउंका नाम कसरी रहे होलान् हामीले कहिल्यै सोच्ने, सोध्ने, वुझ्ने गरेका छौं त ? । मलाई लाग्यो पुराना नाम बिर्सिदैं वा नयाँ नामले छोप्दै जाने हो भने इतिहास मेटिन्छ । तत्कालिन समयमा कुनै पनि ठाउँका नाउँ त्यसै रहेका थिएनन्, रहेनन् होला । यसका पछाडि इतिहास संस्कृति किंवदन्ति पक्कै जोडिएको हुनुपर्छ । डा. तीर्थ बहादुर श्रेष्ठका भनाई अनुसार ‘ कुनै पनि ठाउँको नाउँ विना कारण सिर्जना हुँदैन । त्यहाँ इतिहास लुकेको हुन्छ ,धर्म संस्कृति र अनुश्रुतिका लहराले मानव कल्पनालाई टाढा टाढा सम्म पु¥याइदिएको हुन्छ । भौगोलिक विशेषता र प्राकृतिक विशेषतालाई छर्लङ्ग्याई दिएको हुन्छ ।’
२०७८ जेठ १ बाट मैले आफनो फेसबुक (मुहार पुस्तिका )मा हरेक शनिवार र मंगलवार विभिन्न ठाउँका नाम कसरी सृजना भए वा रहे भन्ने’boutमा पुस्तक पत्रिका पढ्दा वा कतिपय ठाउँमा पुग्दा वुढापाकाहरुबाट सुनेर सो ’bout जानेका कुराहरु राख्दै अाएकाे छु । उता ८।१० वटा प्रकाशित भएपछि तपाईँहरु समक्ष राख्दै जाने प्रयत्न गर्नेछु । यसले ब्लग मित्रहरुस‌ग पुन जाेडिन मलाइ सहयाेग मिल्ने छ ।
मैले हाल लगभग साठी भन्दा वढी स्थानका नाम कसरी रहे भन्ने टिपोट गरेको छु,अरु खोज्दै पनि जाने नै छु । अहिलेका नयाँ पुस्ता र पुरानाकुरा जान्न चाहने इच्छुकहरुलाई जानकारी गराउने मेरो मनसुवा हो । तपाईँहरुले पनि यस्ता टिपोट गर्नु भए्कै होला । थाहा भएका कुरा जानकारी गराउनु भए अझ आभारीनै हुने छु ।
उति वेला काठमाडौं सहर नेवारहरुकै बस्ती भएकोले सम्पूर्ण चोक वहाल, टोलका नामहरु नेपाल भाषाबाटै रहेको कुरामा सन्देह छैन । पहाडतिर पुग्दा मगर र अन्य बिभिन्न जातिका भाषाबाट ठाउँका नामहरु रहेका पाइन्छन् । नेपाल भाषा सम्वन्धी मेरो ज्ञान अल्पनै रहेको यहाँहरुमा जानकारी पनि गराउँदछु । यस’bout बिज्ञ तपाईँहरु नै हुनुहुन्छ, जाने बुझेका कुराहरु यही मुहार पुस्तिकामा राख्न सक्नु हुनेछ वा मेरो इमेल मा पठाई सहयोग सुझाव दिन सक्नु हुनेछ । तपाइहरुको लाइक, कमेन्ट, सेयर तथा सुझावको अपेक्षा गरेको छु ।
अन्तमा कोरोनालाई ख्याल ख्याल नठानौं । हामीले धेरै होनाहार नेपालीहरु गुमाई सकेका छौं । लक्षण देखिने वित्तिक्कै डाक्टरी सल्लाह लिऊँं । यो महामारीमा सकेसम्म घरमै वसौं । आफु सुरक्षित रहौँ, अरुलाई पनि सुरक्षित राखौँ । धन्यवाद ।

1. सोह्रखुटृे पाटी
लैनचौरबाट बालाजुतर्फ जांदा पर्ने स्थान आजको सोह्रखुटृेमा बि.सं. १८६४ मा काठका सोह्र खुट्टा ( थाम ) भएको पाटी बनेपछि नै त्यस ठाउँको नाम सोह्रखुटृेबाट चिनिन थाल्यो । झिंगटीको छानो भएको एकतले पाटी उतिवेला जंगलमै थियो । पहिले पश्चिमभेगबाट हिंडेर काठमाडौं आउने, जाने बटुवा वा भरियाहरु यो पाटीमा थकाईमार्न सुस्ताउंथे । पाटी नजिकै कमलको पोखरी पनि भएकोले यो बडो आरामदायी थियो रे अझ जक्खु – (माटाको घ्याम्पोमा चिसो पानी राखेको ) ठाउँ भएकोले सोह्रखुटृे पाटी बटुवा भरियाका लागि उतिवेला निकै चर्चित स्थन थियो । सोह्रखुटृे पाटीका ’boutमा सरदार भीमबहादुर पाँडेले लेख्नु भएको छ “ सोह्रखुटृे पाटी नगिचै कपरदार भोटु पाँडेले बनाएको निकै ठूलो कमलको पोखरी, धारा, देवल, जक्खू, पौवा र दायाँ बायाँ ठूलो सल्लाघारी थियो । पोखरीमा लटरम्म कमल फुलेको देखिन्थ्यो । सोह्रखुटृे पाटी पश्चिमाहरुका निमित्त एक प्रकारले काठमाडौं सहरको रमझमको पूर्व परिचय सोह्रखुटृे पाटीले नै दिन्थ्यो । ” माल पाउनेले चाल पाएपो भने झैं पछि सडक विभागले सडक विस्तार गर्ने क्रममा २०७१ सालमा सो ऐतिहासिक पाटी भत्काइदियो । अहिले स्थानीय सरकारले यसलाई पुरानै आकारमा बनाउने निर्णय गरेको सुािएको छ ।

2. भक्तपुर (ख्वप)
लिच्छविकालमा भक्तपुरलाई ‘खोपृदङग’( ग्रामबाट विकास भएर दं्रङग) भनिन्थ्यो । पछि यस वस्तीको नाम खोपृङ रह्यो । खोपृङ शव्द संस्कृत नभएर किरांत भाषाको शव्द हो भनिन्छ । खोपृङबाट अपभ्रंश भएर अहिले नेवारी भाषामा ‘ख्वपः ’ ( भक्तपुर) भनेर चिनिन्छ ।
‘पछि उपत्यकाको यसै स्थानमा सबभन्दा पहिले सूर्यको उज्यालो पर्ने भएको हुनाले यसको संस्कृतमा भक्तग्राम, भक्तपुर , भादगाऊँ राखियो’ सूर्यविक्रम ज्ञवाली )
अहिले भक्तपुर (ख्वप ) सहर प्राचिन विशेषताहरु जीवन्त राख्ने सहरका रुपमा देखिएको छ । वि.सं १७५९ तिर नेपाली प्यागोडा शैलीमा बनेको उपत्यकाको सवैभन्दा अग्लो न्यातपोल ( पाँचतले दरवार ) पनि यहीं छ । भक्तपुर दरवार विश्व सम्पदा सूचीमा समेत परेको छ ।

3. खिचापोखरी (खेचायके )
नेपालभाषामा खिचा भनेको कुकुर र पुखु भनेको पोखरी हो । तर खिचापोखरी भने कुकुर पोखरी भने हैन । युगपुरुष सत्यमोहन जोशीको भनाइमा बिहानीको भोरमा देवदेवीलाई संगीतमय धुनले जागाा गराउनुलाई नेपाल भाषामा ‘खेचायके ’भनिन्छ । यो ठाउँ त्यतिवेला त्यही कार्य गर्ने स्थल भएकोले ‘खेचायके पुखु’ भन्दा भन्दै खिचापुखु र खिचापुखुबाट अहिले सो ठाउँको नाउँ खिचापोखरी रहेको हो ।
केहीको भनाइमा चांहि अहिलेको खिचापोखरीमा पहिले ठूलो पोखरी नै थियो । पोखरीमा सबैले मुख धुन्थे । नेपाल भाषामा अनुहारलाई ‘खे ’र धुनेलाई ‘चा ’ पोखरीलाई पुखु अर्थात ‘खेचापुखु’ (मुखधुने पोखरी ) भन्दा भन्दै खेचापुखुबाट खिचापोखरी रहेको भन्नेहरु पनि छन् । यस्ले के कुरा देखाउँछ भने अहिलेको खिचापोखरीमा पहिले देवदेवीलाई संगितमय धुनले जागा गराउने ठाउँ वा पोखरी रहेकोले सहरवासीको मुख धुने ठाउँ पनि रहेछ भन्ने बुझाउँछ ।

4. पनौती –(पँल्होंटी )
नेवारी शव्दहरु पँ, ल्हों र टी बाट अपभ्रंश भई पनौती बनेको हो । ‘पँ’ को अर्थ बाँस , ‘ल्हों’ को अर्थ ढुङगा, र ‘टी’ को अर्थ टुसा हो । ढुङगामा बाँस टुसाएकाले पनौतीको नाम नेपाल भाषामा पँल्होंटी रहन गएको जनश्रुति छ । यही पँल्होंटी शब्दबाट अपभ्रंश हुँदै पछि पनौती बनेको हो ।
पँल्होंटी अर्थात ढुङगामा बाँस टुसाएको ’bout रोचक किंवदन्ती भने यस्तो छ । गौतम ऋषिले एकदिन आफनी श्रीमती अहिल्यासँग आफनै स्वरुप अर्थात आफु जस्तै बनेर स्वर्गका देवता इन्द्र एउटै ओच्छ्यानमा बसिरहेको भेटेपछि गौतम ऋषि आगो भएछन् । उनले रिस थाम्नै नसकि तुरुन्तै देवता इन्द्रलाई तिम्रा शरीरभरि योनी होस् अनि आफनी श्रीमती अहिल्यालाई चांहि पत्थर भएस् भनेर श्राप दिएछन् । इन्द्रलाई प¥यो फसाद, उनी तुरुन्तै श्रापबाट मुक्त हुन ब्रह्माका शरणमा पुगेर विन्ति गरेछन् । व्रह्माले श्रापवाट मुक्त हुने यस्तो उपाय सिकाइ दिएछन् । बाँसको लौरो टेक्दै जानु जुन ढुङगामा टेक्दा बाँसमा टुसा आउँछ त्यही ढुङगामा शिवलिङग स्थापना गरेर १२ वर्ष तपस्या गर्नु त्यसपछि शिवले तिम्रो श्राप मुक्त गर्नेछन् । इन्द्रले बाँसको लौरौ टक्दै संसार घमि सके लौरोमा टुसो आउँदैन । जव पनौती आइपुगेर थकाइमार्न एउटा ढुङगामा बाँस के टेकेका थिए बाँसको लठ्ठीमा टुसा आएछ । ढुङगामाथि बाँस टुसाएकोले पँल्होंटीबाट पनौतीे नाम रहन गएको जनश्रुति रहेको छ ।

5. असन ( अन सं )
यो धेरै पहिलाको कुरा हो । एकदिन अहिलेको असनमा हावा हुण्डरी वताससंगै दर्केर पानी परिरहेको बेला एउटा असला माछा पनि खसेछ । टोलभरी हल्ला फैलियो माछा खस्यो भनेर । सबै अचम्म मानेर माछा हेर्नका लागि भिडभाड नै लागे छ । हेर्न आउने सबै काँ खसेछ काँ ? खोइ माछा ? भनेर सोध्न थालेछन् । देख्नेहरुले चांहि अन सं, अन सं अर्थात उ त्यहीँ, उ त्यहीँ भन्दै( हातले देखाउँदै ) ‘ भनेछन् । नेपाल भाषामा अन सं भनेको उ त्यहीँ हो । पछि पछि पनि मानिसहरुले आकाशवाट असला माछा खसेको ठाउँ उ त्यहीँ हो अर्थात अनः सं भन्दा भन्दै अन सं बाट ‘असन ’नाम रहन गएको जनश्रुति छ । त्यो किंवदन्तीलाई पुष्टि गर्ने प्रमाण भने अझै असनमा छंदैछ । तपाइले ख्याल गर्नु भएको छ कि छैन ? छैन भने असन पुग्दा हेर्नु भए हुन्छ ।
त्यसदिन खसेको असला माछाको प्रतिरुप ‘न्या ल्वं ’ अर्थात ढुंगे माछा असनमा छंदैछ । २०६६ सालसम्म ‘न्या ल्वं ’ढुंगेमाछा जमिनको सतहमै अर्थात जमिनबाट एक वित्ता माथि फ्रेम वनाएर राखिएको थियो । पछि बाटो बनाउने क्रममा त्यो पुरिएर होला अहिले चाँहि पहिला माछा खसेको ठाउँ नजिकै दुई अढाई फिट अग्लो ठाउँं बनाइ माछाको अर्को नयाँ प्रतिमूर्ति वनाएर राखिएको छ । यसरी परापूर्वकाल देखि असन वजारको रुपमा कहलिएको असनको नाम अन संः बाट आजसम्म असन बजारका रुपमा प्रचलित रहेको छ । यससँगै जोडिएको तान्त्रि गुभाजुका कथा पनि छ त्यसमा पछि जाउँला है ।

6. बाग्लुङ – (व्यघ्रलु )
नेपालको नक्साभित्र रहेको नेपाल जस्तै आकारको बाग्लुङ जिल्लाको नाम बाग्लुङ कसरी रहेछ त, जनश्रुति भने यस्तो छ । मगर भाषामा बाग्लुङलाई पहिले ‘व्यघ्रलु ’ भनिन्थ्यो । व्यघ्र भनेको बाघ र लु भनेको खेद्नु हो । बाघ खेदेर बसालेको बस्ती भएकोले ‘व्यघ्रलु ’ भनिएको हो । कसैले भने व्यघ्रलुङ पनि भन्छन् । अर्थात व्यघ्र भनेको बाघ र लुङ भनेको लस्कर । बाघको लस्कर लाग्ने ठाउँ । व्यघ्रलु ,व्यघ्रलुङ भन्दा भन्दै मानिसको जिव्रो बटारिएर अपभ्रंश हुँदै आज बाग्लुङ जन जिव्रोमा झुन्डिएको छ । । जे होस् उतिवेला प्रसस्त बाघ हुने ठाउँ रहेछ बाग्लुङ । बाघलालाई खेदेर बस्ती वसालेका हुनले बाग्लुङ नाम रहन गएको कुरामा दुईमत छैन । बाग्लुङको प्रसिद्ध धार्मिकस्थल वाग्लुङ कालिका मन्दिर पनि जंगलमै छ । मन्दिरको अग्रभागमा सुन्दर वाघको प्रतिमूर्ति बनाएर राखिएको पाइन्छ ।
पहिले खुवै चर्चित वाग्लुङमा बन्ने निङालाको वुटृेदार तमाखु खाने नली, निङालाको कलम, नेपाली कागज( हात्ती पाते ) पनि निकै प्रसिद्ध थियो ।
7. टोखा ( टुख्यः )
काठमाडौंबाट नजिकै उत्तरमा रहेको आजको टोखा सहरको नाम पहिले टोखा कसरी रहन गयो त ?
नेपाल भाषामा ‘टु ’को अर्थ उखु र ‘ख्यः’ को अर्थ फाल्ने ठाउँ बारी हो । यहाँ पहिले धेरै उखु खेती गरिन्थ्यो । उखु खेती हुने भएकोले यहाँ चाकु पनि बनाइन्थ्यो । त्यसैले टोखाको चाकु उहिले देखिनै प्रशिद्ध छ । अहिले पनि टोखामा चाकु बनाइन्छ । टोखाको चाकु ब्राण्ड नै बनिसकेको छ । पहिले अहिलेको टोखालाई ‘टुख्यः’ भनेर चिनिन्थ्यो । टुख्यः बाट अपभ्रंश हुंदै हालको नाम टोखा रहेको भनिन्छ ।
8. लगनखेल –(ल ख्यः )
लगनखेललाई पहिले नेपाल भाषामा लख्यः अर्थात पानीले भरिएको चौर भनेर चिनिन्थ्यो । नेपाल भाषामा ‘ल’ को अर्थ पानी र ‘ख्यः’ को अर्थ चौर हो । पानीले भरिएको चौर भएकोले ल ख्यः भनिएको हो । कुनै वेला लगनखेलमा सात वटा पोखरी थिए । त्यसमध्येको एउटा सप्तपाताल हो । पृथ्वीको तलतिर रहने ७ लोकमध्ये सबैभन्दा तल्लो लोक सप्तपाताल हो । जसलाई नागलोक पनि भनिन्थ्यो । जात्रामध्ये प्रशिद्ध तथा सबैभन्दा लामो रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्रा सम्पन्न भएपछि सो को खवर स्वर्गका राजा देवता इन्द्र र पातालका देवता नागराजालाई सूचना गर्न यही सप्तपाताल पोखरी प्रयोग गरिन्छ । स्वर्गमा सन्देश पठाउन एकजोडी भँगेरा आकाशमा उडाइन्छ भने पातालका नागराजालाई सूचना दिन एक जोडी माछा उक्त सप्तपाताल पोखरीमा छाड्ने चलन अध्यावधि छंदैछ । त्यसैले ल ख्यःबाटै लगनखेल रहन गएको भन्ने जनश्रुति छ ।

गाेपीचन्द्र कार्की

gpkarki@gmail.com

शुभकामना

अक्टोबर 27, 2020

आफुपनि बाँचाै अरुलाइपनि बचाआौ

बडा दशै‌ २०७७ काे सबै ब्लग मित्रहरुमा शुभकामना

कस्तो महामारी

अप्रील 1, 2020

कस्तो महामारी

बाबुदेखि छोरो डराउने
छोरोदेखि बाबु डराउने
आमादेखि छोरी डराउने
छोरीदेखि आमा डराउने
लोग्नेदेखि स्वास्नी डराउने
स्वास्नीदेखि लोग्ने डराउने
मान्छे मान्छेमै संका ल्याउने
नजिक कोही आए मन डराउने
बोले थुरु थुरु पार्ने
कस्तो रोग आयो नी
मन थुरु थुरु काँप्ने ।

आफैले आफैलाई संका गर्ने
परिवारजन टाढा पार्ने
जात्रापर्व भताभुङग पार्ने
भोज भत्तेर निमिट्यान पार्ने
पाहुना आए मन ठसक्क पार्ने
भेट्नआए कन्चेट तात्ने
कस्तो रोग आयो नी
मन थुरु थुरु पार्ने ।

वल्लाघरे पल्लाघरे काेहीपनि

नआइदिए हुन्थ्यो पार्ने
वल्लोपल्लो घर आफु नै
जान नपरे हुन्थ्यो पार्ने
समाज भताभुङग पार्ने
मेला पर्म, श्राद्ध तिथी
सस्कार सस्कर्ति मेट्न खाेज्ने

न निर्धक्क छुन पाइने

न निर्धक्क बाेल्न पाइने

हरेक मान्छे देखि नै
हरेक मान्छे डराउने
आफ्नै अनुहार पनि
छोपेर हिँड्नु पर्ने
त्राही त्राही बाँच्नु पर्ने
कस्तो रोग आयो नी
मनै थुरु थुरु पार्ने ।

बुहानदेखि संसार डुल्ने
बिश्व ब्रमहाण्डनै हल्लाइ दिने
मैं हुँ भन्ने अमेरिकालाई नै
आच्छु आच्छु पार्ने
न धनीलाई चैन दिने
न गरिवलाई माम दिने
न कसैलाई काम दिने
संका लागे आइसोलेसनमा बस्नु पर्ने
रोगलागे परिवार टाढिने
न छोरा भन्न पाइने
न छोरी भन्न पाइने
न स्याहार्न पाइने
न खुवाउन पाइने
कस्तो रोग आयो नी
मन थुरु थुरु पार्ने ।

आफनै घर आउँदा पनि
क्वारेन्टाइनमा बस्नु पर्ने
देश देशमा थुनिनु पर्ने
घरघरमै लकडाउन हुनु पर्ने
सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने
मान्छेले मान्छेलाई नै
काल महाँकाल देख्ने
मानिस मानिस जस्ताे छैन

जीवन जीवन जस्ताे छैन

कस्तो रोग आयो नी
मन थुरु थुरु पर्ने ।

गाडी चल्न नदिने
हवाइजहाज उड्न नदिने

हाेटल बन्द गर्ने 

देशदेशलाइ अलग गर्ने

घुमफिर हिडडुल वन्द गर्ने

उताका उतै वस्नु पर्ने
भारत पाकिस्तान छुट्टीए जस्ताे

यताका यतै बस्नु पर्ने
कोरिया दुई भएजस्तो
सीमा सबै बाँध्नु पर्ने
बर्लिनको पर्खाल ठडे जस्तो
देश देशलाई अलग पार्ने
इतिहासका साक्षी स्वाहा पार्ने
मान्छे देखि मान्छे तर्कने
कस्तो रोग आयो नी
मन थुरु थुरु पार्ने ।

घांटी खस्खसायो कि डरलाग्ने

सिगान वग्याे कि सास राेकिने
टाउको दुख्याेकि  संका लाग्ने
जीउ दुखे नि लंका पिट्ने
रुघालागे वुहान देख्ने
कस्तो रोग आयो नी

आफुरैछ सानाे तर फुर्ति ठूलाे
कोरोना, कोरोना, कोरोना
२०७६ चैत्र ९

उतिवेलाका डाक्टर चिन्यामान

अगस्ट 2, 2019

उतिवेलाका डाक्टर चिन्यामान
गोपीचन्द्र कार्की
हामी सानो छंदा अर्थात आजभन्दा पचास वर्ष अघि बा आमालाई पिराउँदा वा झगडा गर्दा बा आमा भन्नु हुन्थ्यो ‘ सुईहाल्ने मान्छे बोलाइदिउँ’ । अलि धेरै हराम भए धोक्रामा मान्छे हालेर लाने गठेलाई बोलाइदिउँ । घर बाहिर यता उता हिंड्न खोजे, ‘गठे आउंछ , धोक्रामा हालेर लान्छ जानुहुन्न’ भन्थे । गठे भनेका चांहि खोकनादेखि तेल बोकेर घर घरमा तोरीसंग साट्न आउने मानिस । उनीहरुको पहिरन घुंडाभन्दा तलसम्म आउने लामो सेतो दौरा र सेतै धोति बेरेका हुन्थे । कपाल जुरो बानेको हुन्थ्यो भने कसैको बाटेको । आमा बा ले भनेको त्यही सुई हाल्ने मानिस चांहिँ मैले देखेको पहिलो डाक्टर  कालिमाटीका चिन्यामान हुन् । उनको त्यतिवेलाको सुई सिरिन्ज देखेर हाम्रो सातो पुत्लो जान्थ्यो । सिलावरका भांडामा उनका सिरिन्ज पाक्थे । उनको घर कालिमाटीमा थियो । चार कक्षाबाट पढ्न शुरु गरेकोे जनप्रभात मावि कालिमाटी – (अहिले सीता पेट्रेलपम्प भएको ठाउं ) भन्दा अलि उत्तर, जीवनदाईको पसल भन्दा अलि यता मुल सडककै लाइनमा थियो । गाउँ गाउँमा आएर घरघरमा विरामीको सेवा गर्ने डाक्टर उनै चिन्यामान थिए । त्यतिवेला उनलाई चिन्यामान कम्पाउन्डर भनेर सवैले चिन्दथे ।
रात विहान जुनसुकै वेलामा पनि केटाकेटा विरामी हुन् वा वुढावुढी वा महिला विरामी हुन् उनैको उपस्थिति हुन्थ्यो । सहरमा छाउनी, ताहाचल, कालिमाटी , टंकेश्वर मात्र हैन दक्षिण पश्चिम भेगका गाउं तीनथाना, नैकाप, पुरानो नैकाप स्यूचाटार सीतापाइला आदि ठाउँमा साइकल चढेरै पछि सम्म पनि आउँथे । मसिनो स्वरमा बोल्ने सेतो गहुंगोरो, अग्लै थिए चिन्यामान । मलाई याद भए सम्म उनी संधै दौरा सुरुवाल र कोट लगाउँथे । टोपी लगाएको भने याद छैन । उनको साइकलको पछाडि क्यारिएरमा छालाको व्याग हुन्थ्यो । त्यही व्यागमा औषधीहरु ट्यावलेट , स्टेथिस्कोप, सुइ, कपास, डिग्री आदि हुन्थे ।
घरमा विरामी परे पछि उनलाई लिन कालिमाटी जानु पथ्र्यो । त्यतिवेला फोनको कुनै सुविधा थिएन । सार्वजनिक यातायात पनि थिएन । घरमा बोलाउन जाने मानिस नहुनेले जागिर खान काठमाडौं सहर जानेलाई भनि पठाउँथे । उतिवेला हिंडेरै जान पर्ने भएकोले चिन्यामान कम्पाउन्डरकोमा विरामीको ठाउं ठेगाना वताइ दिएर जान्थे जागिरे । खवर भएपछि चिन्यामान विरामीकोमा आइपुगि हाल्थे । कतै गएका भए अलि समय लगाएर आइहाल्थे । उनका अनुभव र विरामीप्रतिको सद्भाव हेरचाहले धेरैलाई अकालमा ज्यानजानबाट वचाएका थिए । उपचार गराउंदा पैसा तत्काल भएन भने पनि पछि कालिमाटीमा आएर दिन्छु भन्दा मान्थे वा उनीसंग राम्रो हिमचिम भएकाले म जिम्मा भएं, म ल्याइदिन्छु भनिदिए हुन्थ्यो । मेरा बालाई आउं मासी छुरै रगत दिसामा आइ हलचल गर्न नसक्ने सिकिस्त हुनु भएका मानिसलाई पनि उनैले वचाएका हुन् । मेरो घरसंगैको दिदीको पेटको ठूलो घाउ उनैले पिंढिमै वसेर चिरेका थिए । पित्तलको कोपरामा पिल्लिएको रगत र पिप थापेर फालेका थिए । पांच हातको पहेंलो गज कोचेका थिए । बिहान वेलुकै आएर घाउ सफा गरिदिन्थे ।
त्यतिवेला झाडा पखाला आउं रगत जे परे पनि उनीनै आएर हेर्थे । कालिमाटीमा उनको क्लिनिक थियो । क्लिनिकमा विरामी पनि हेर्थे । कतिले रोग वताएरै औषधी लिएर जान्थे । घरमा ल्याउन लिन जांदा विरामीको लक्षण बताइदिनु पथ्र्यो । विरामीकोमा जांदा उनले आफनो झोलामा त्यही अनुसारका औषधी राखेर ल्याउंथे । केही औषधी पुगेन वा छुट्यो भने उनकै कालिमाटीको पसलमा लिन जानु पथ्र्यो । अन्यत्र कहिं कालिमाटी यता औषधी पसल थिएन । अझ नियमित हेर्नु पर्ने सुइ लगाउनु पर्ने विरामीकहाँ त विहान वेलुका उनै टुप्लुक्क आइपुग्थे । उनले घरघरमा गएर विरामी हेर्ने र आफैले उपचार गर्न नसक्ने भएमात्र वीर अस्पतालमा पठाउने गर्थे । औषधी पनि मिश्रण विधिको हुन्थ्यो । विभिन्न चक्कीहरु पिसेर धुलो पारेर विरामीलाई खुवाउन दिन्थे । तत्कालिन अवस्थामा प्रयोगशाला परीक्षणजस्ता विधि थिएनन् । उनीहरुले जस्तोसुकै जटिल रोगीहरुलाई पनि आफनो अनुभव र ज्ञानका आधारमा काम गर्थे । त्यसबेला महामारीको रुपमा रहेका रोग झाडा पखाला, आउंरगत, टाइफाइड , हैजा, क्षयरोग जस्ता रोग अहिले सामान्य भएका छन् । तर नयां नयां रोगको प्रकोप भने बढ्दै छ ।
चिन्यामान पछि कीर्तिपुरका इसिलाल (इश्वरलाल) कम्पाउन्डर पनि घर घरमा आएर विरामी जांच्ने औषधी दिने , सुइ लाउने , घाउ खटिरा चिरफार गर्ने आदि काम गर्थे । कीर्तिपुर पांगा, नगाउं मच्छेगाउं र दक्षिण पश्चिम भेगका गाउं गाउंमा इसिलाल पनि पुग्थे । धेरै अस्पताल खुलि सक्दा पनि इसिलालको घरमै धेरै मानिसहरु जचाउन जान्थे । कीर्तिपुरका व्रम्हचा कम्पाउन्डरले भने आफनै घरमा जाच्ने र औषधी दिने घर घरमा आउने गर्दैनथे । हात खुटृा मर्के भांचिए कीर्तिपुरकै जोगलाल नाउ घर घरमा आइ लेप लगाउने गर्थे । उनी खेलाडीहरुको उपचार पनि गर्थे । मैले चिन्यामान, इसिलाल र व्रम्हचा, जोगलाल सबैसंगव डाक्टर मानेर विरामी हुंदा समय समयमा चजाएको छु । उनीहरुका औषधीले धेरै रोगहरु निको भएको थियो । अहिले यातायातको साधन र सुगमता हुंदा पनि यसरी विरामीका घर घरमा पुगेर जाच्ने कम्पान्डर भेटिदैनन्, छैनन् ।
हामी केटाकेटी हुंदा अस्पतालको नाउं सुनेको पुरानो वीर अस्पतालमात्र हो । अलि साह्रो विरामी पर्दा त्यही जचाउन लग्नु हुन्थ्यो । पछि गोराहरुले शान्तभवनमा चलाएको र शान्तभवन अस्पतालमा पनि आमाले पिठ्यूंमा बोकेर बहिनीहरुसम्मलाई जचाउन लग्नु हुन्थ्यो । पछि त्यही शान्तभवनको अस्पताल पाटन अस्पताल बन्यो । महाराजगंजमा टिचिङ अस्पताल खुल्यो । केटाकेटीका लागि कान्ति अस्पताल खुल्यो । प्रसुति सम्वन्धि प्रशुति अस्पताल थापाथलिमा खुल्यो । सरुवारोग सम्वन्धी अस्पताल टेकुमा खुल्यो । आंखा सम्वन्धि आँखा अस्पताल त्रिपुरेश्वरमा खुल्यो । क्षयरोगका लागि क्षयरोग अस्पताल कालिमाटीमै खुल्यो । मानसिक रोगीका लागि मानसिक अस्पताल पाटनको लगनखेलमा खुल्यो । अचेल त अस्पताल कति हुन् कति घरै पिच्छे अस्पताल भै सके अस्पताल अनुसार विरामी पनि कति हो कति र रोगहरु पनि नयां नयां देखा परिरहेका छन् । डाक्टर पनि थुप्रै भै सके । स्वास्थ्य क्षेत्रमा मारेको फड्कोका कारण मानिसको मृत्युदर पनि निकै कम हुंदै गएको छ । अचेल असी नव्वे वर्षका मानिस पनि ठमठम मजाले हिंडडुल मजाले गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा एउटा ठूलो फड्को त मारेकै छ तथापी निजी क्षेत्रको पकडमा पुगेका अस्पतालहरु सेवामुखि भन्दा व्यापार मुखि भने बन्दै गएका छन् ।
( पुनश्च ः मेरो चाैथाे अप्रकाशित पुस्तक भोगाइका कथा बाट ।
यो लेख नेपालप्लस डटकममा गएर पनि हेर्न सकिन्छ ।

माेटी धाइ र गरिब युवक

जुन 30, 2019

कथा
मोटी धाई र गरिब युवक
गुई डी मोपासाँ
रेल जेनेआ पार भयो ।अनि,चटृानै चटृानले भरिएको समुद्री किनार हुँदै, समुद्र र पहाडका बीचमा सर्पजस्तै घर्सदै, किनारमा पहेलो बालुवा र चाँदीजस्तो मसिना छालहरुमा घच्याकघुचुक गर्दै, सुरुङको कालो ओडारमा छिर्दै मार्सेइतिर हान्नियो ।
रेलको अन्तिम डिब्बामा एउटी मोटी युवती र एक युवक नबोलीकन ,यदाकदा एकले अर्कालाई हेर्दै आमने सामने बसिरहेका थिए । अन्दाजी २५ वर्षको युवती ढोकानिर बसेर बाहिरको दृश्य हेरिरहेकी थिई । पिडमोन्टवासी हटृाकटृा यो महिला किसानका आँखा काला, स्तन धेरै ठूला, गाला पुक्क परेका थिए । काठको बेन्चमुनि उस ले थुप्रै सामान राखेकी थिई । काखमा केवल एउटा बास्केट थियो ।
सँगैको युवक करिब २० वर्षको थियो । टन्टलापुर घाममा खेतमा काम गर्ने युवक दुब्लो ,शरीरमा रगत नभएजस्तो पहेलो र अँध्यारो अनुहारको थियो । उसको नजिक एउटा रुमाल थियो । अनि थियो उसको सारा भाग्यःएक जोर जुत्ता, एउटा बुसर्ट, प्यान्ट र ज्याकेट बेन्चमुनि केही छोपेर राखिएको थियो ःडोरीले बाँधेको एउटा साबेल र पिक । काम खोज्न उ फ्रान्स जाँदै थियो ।
सूर्यले समुद्री किनारमा आगोको वर्षा गरायो । यो, मे महिनाको अन्तिमतिरको समय थियो । डिब्बाका झ्यालहरु खुला थिए, जहाँबाट मिठो बास्ना छिरिरहेको थियो । फूल फुलिरहेको सुन्तला र कागतीका बोटहरु खुवै मीठो, गाढा र झकझकाउँदो गरी शान्त आकाशमा मीठो सुगन्धको श्वास फालिरहेको थिए । यदाकदा तिनमा गुलाबको सुगन्ध मिसिन्थ्यो, जुन बाटोमा वा साना घरबाहिरका हरियाली बगैँचा र गाउँघरतिरका झारहरुजस्तै जताततै शान्त रहन्थे ।
गुलाबहरु यी किनारहरुमा निकै सुविधाजनक अवस्थामा थिए । हल्का तर शक्तिशाली गाढा सुगन्धका साथ ’emले मानौ यहाँ आफनै देश अनुभूति गर्न पाएका थिए । हावालाई नै ’emले उपचार गरिदिएका थिए र कुनै मीठो रक्सीभन्दा स्वादिलो र उत्तेजक बनाइदिएका थिए । रेल बिस्तारै हिँडिरहेको थियो ।
मानौँ बगैँचाको मीठो सौन्दर्यमा ऊ पनि अलमलिइरहन चाहन्थ्यो । सेता घरहरु भएका साना बिसौनीहरुमा कुनै पनि समय रोकिन सक्थ्यो । लामो सिट्ठी बजाउँदै रेलले फेरि शान्त पाइला चाल्न थाल्यो । यतातिर कोही चढिरहेको थिएन । लाग्थ्यो, संसार निदाइरहेको छ र वसन्तको यो तातो बिहानीमा अगाडि बढ्ने’bout कुनै निर्णय गर्न सकिरहेको छैन ।
मोटी आइमाई बेलाबेला आँखा वन्द गर्थी । अकस्मात् फेरि खोल्थी, जब उसको काखको बास्केट चिप्लेर तल झथ्र्यो । ऊ त्यसलाई तत्काल सम्हाल्थी केही मिनेट बाहिरतिर नियाल्थी र फेरि झकाइहाल्थी । उसको निधारमा पसिनाका थोपाहरु चम्किरहेका थिए । उ अप्ठेरोसँग सास फेरिरहेकी थिई, मानौ भर्खरै उसको कुनै गम्भीर अपरेसन भएको थियो ।
युवकचांहि टाउको दो’boutर किसानलाई लाग्ने मस्त निद्रामा थियो ।
सानो बिसौनी आउनै लाग्दा मोटी आइमाई बिउँझिई । उसले बास्केटबाट एक टुक्रा रोटी,उसिनेका अन्डाहरु, एक सिसी वाइन, राता आलुबखडाहरु निकाली र खान थाली । युवक पनि एक्कासि बिउँििझयो । प्रत्येक गाँसमा ऊ मोटीलाई घुँडादेखि मुखसम्म घुरेर हेरिरहेको थियो । उसका पाखुरा बन्द थिए। घुरिरहेका आँखा, खाल्डो परेका गाला र बन्द ओठ ।
कुनै भयंकर लोभी आइमाई जस्तै उ खाइरहेकी थिई । कुनै पनि समय उ मुखभरि वाइन राख्थी र अन्डा निल्थी । सास फेर्न एक छिन रोकिन्थ्यो । उसले रोटी, अन्डा, आलुबखडा र वाइन सबै एकैछिनमा सफाचट पारी । आइमाईले खाइसकेपछि युवकले आँखा चिम्लियो ।
अलि अप्ठेरो भएपछि आइमाईले चोलीको तुना खुकुलो पारी । युवकले फेरि उसलाई हे¥यो । उसले चोली खोल्र्द गई । उसका स्तनको दबाबले लुगाका दुई पाटाको बीच फराकिलो हुँदै गएको सेतो कपडा र छाला देखियो ।
अलि सजिलो भएपछि आइमाईले इटालियाली भाषामा भनी, कति मात्रै गर्मी भ’को हो, सास फेर्ने नसकिने ।’
युवकले पनि उही भाषा र उस्तै उच्चारण गर्दै जवाफ दियो, ‘यात्राका लागि यो निकै राम्रो मौसम हो ।’.
‘तपाईँको घर पिडमोन्ट हो ?’ उसले सोधी ।
‘अस्तेँ हो ।’
‘मेरोचाँहि क्यासाले ।’
ती दुवै छिमेकी गाउँ थिए ।
उनीहरु कुरा गर्न थाले ।
उनीहरुले सर्वसाधारणले गर्ने उही अति साधारण कुरा दोहो¥याए, जुन व्यापक क्षितिज नभएको सुस्त मनका लागि काफी थियो । ’emले गाउँको ’bout कुरा गरे । परिचय आदानप्रदान गरे ।
उनीहरुले केही व्यक्तिको नाम लिए, जसलाई दुवैले चिनेका थिए । उनीहरुका मुखबाट अन्त्यतिरको विशेष ध्वनि मिसिएका इटालिएन शब्दहरु छिटो र हतारहतार निस्किरहेका थिए । त्यसपछि उनीहरुले आफनै’bout कुरा गरे ।
मोटीको विवाह भइसकेको थियो । मार्सेईमा एउटी असल महिलाकाहाँ धाई आमाको काम गर्न उसले आफना तीन बच्चा दिदीकहाँ छाडेकी थिई ।
युवक कामको खोजीमा थियो । मार्सेईमा नयाँ घरहरु बनिरहेकाले काम पाइन्छ भन्ने उसले सुनेको थियो ।
त्यसपछि उनीहरु मौन भए ।
डिब्बाको छानामा पानी बर्सेजस्तो गर्मी डरलाग्दो गरी बढेको थियो । रेलको पछिपछि घुमिरहेको एक मुस्लो धुलोभित्र पसिरहेको थियो । सुन्तला र गुलाबको मीठो सुगन्ध अझै गाढा भइरहेको थियो ।
दुवै जना फेरि निदाए ।
दुवैले एकसाथ आँखा खोले । समुद्रको नीलो पानीमाथि प्रकाशको झरना बर्साउँदै सूर्य डुब्दै थियो । हावा शीतल र शान्त थियो । चोली खुकुलो पार्दै, आँखा लोलो बनाउँदै गाला समाएर धाईले निराश स्वरमा भनी,‘ हिजोदेखि मैले बच्चालाई दूध खुवाएकी छैन । रिँगटा लागिरहेछ । म त मुच्र्छा पर्छु होला ।’
जवाफ पहिल्याउन नसकेर युवक केही बोलेन ।
उसले भनी, ‘दूध गानिएको आइमाईले दिनमा कम्तीमा तीनपटक बच्चालाई दूध ख्वाउनुपर्छ । नभए हात्तीलाई ज्वरो आएजस्तै असाध्यै गाह्रो हुन्छ । यो मेरो मुटुमा भारी भइरहेछ । सास फेर्नै मुस्किल पारिरहेछ र सारा अंग चल्दै नचल्ने बनाइरहेछ । यति धेरै दूध हुनु पनि खराब नै हो ।’
‘हो, यो अप्ठेरो स्थिति हो । तपाईलाई धेरै गाह्रो भएजस्तो छ’, युवकले भन्यो ।
मोटी बिरामीजस्तै थकित र कमजोर देखिई । ऊ भुनभुनाई, ‘अलिकति थिच्नासाथ मेरो स्तनको टुप्पाबाट दूधको झरना बग्न थाल्छ । अचम्मै हुन्छ । तपाईलाई विश्वास नलाग्ला , यस्तो हेर्न मकहाँ छिमेकीहरुको ताँती लाग्थ्यो ।’
‘ए हो र ?’
‘साँच्चै हो । तपाईलाई देखाउन कुनै अप्ठेरो थिएन । तर, त्यसको कुनै अर्थ छै ।’
ऊ चुप लागी । एउटा समूह कुनै बिसौनीमा ओर्लियो । ढोकानिर महिलाको काखमा रोइरहेकी अत्यन्त दुब्ली बच्ची थिई । धाईले उसलाई हेरी ।
उसले करुणापूर्ण आवाजमा भनी,‘म त्यो बच्चीलाई दूध खुवाएर शान्त पार्न सक्थेँ । त्यसले मलाई पनि हल्का हुन्थ्यो । म धनी होइन । कामकै लागि मैले आफन्त र सानो बच्चासमेत छाडेर आएकी हुँ । तैपनि त्यो बच्चालाई दूध चुसाउन पाए म पाँच फ्रांक दिने थिएँ । यसले हामी दुवैलाई सान्त्वना प्रदान गथ्र्यो । मैले त नयाँ जीवन नै पाउने थिएँ ।’
ऊ फेरि मौन भई । भतभती पोलिरहेको निधारमा ऊ बारम्बार हात राख्थी, जहाँबाट पसिना छुटिरहेको थियो । कन्दै उसले भनी, ‘मेरो आमा, अब सहन सक्दिनँ । मलाई कालले टिप्छजस्तो छ ।’
बेहोशीमा इशारा गर्दै उसले आफना लुगाहरु खोली । खैरो मुन्टोसहित उसको कसिएको ठूलो दाहिने स्तन ह्वालांग देखियो । कन्दै उसले भनी, ‘हे भगवान्, म के गरुँ ? अब म के गरुँ?’
रेल फेरि बास्ना फैलाइरहेका रुखहरुको बाटो हुँदै चल्न थाल्यो । यदाकदा समुद ्री किनारमा निदाइरहेको माछा मार्ने डुंगा देखिन्थ्यो । पानीमा देखिने त्यसको सेता छायाँ देख्दा यस्तो लाग्थ्यो , त्यहाँ तल अर्को पनि डुंगा छ ।
रनभुल्ल परेको युवकले भकभकाउँदै भन्यो, ‘म्याडम,म तपाईलाई मद्दत गर्न सक्छु होला।’
भत्किएको स्वरमा धाईले भनी, ’हो तपाईले चाहे मलाई नयाँ जीवन दिन सक्नुहुन्छ । ओहो हो, म मर्दैछु, मर्दैछु प्रभु।’
ऊ घुँडा मारेर धाईको अगाडि बस्यो । धाई उपटिृ ढल्किई । बच्चालाई जस्तै अँध्यारो रंङको स्तनको टुप्पो उसको मुखमा राखिदिई । जब मुखमा अड्याउन धाईले आफनो स्तन दुवै हातले समाई,दूधको एक थोप बाहिर निस्कियो ।
युवकले भोको बालकझैँ उत्साहपूर्वक दूध चुसिरह्यो । मानौँ धाईको भारी स्तन कुनै फल थियो । उसले आफना दुवै पाखुरा मोटी धाईको कम्मरमा बेरेको थियो । बच्चाले जस्तै गर्धनको चालमा कहिले उ विस्तारै चुस्थ्यो । कहिले छिटो छिटो ।
धाइले भनी,‘यतातिर सन्चो भयो , अब अर्कोतिर आज्ञाकारी भएर उसले अर्कोतर्फ चुस्यो ।
धाईले युवकको पिठ्यूँमा दुवै हात राखेकी थिई । डिब्बाभित्र छिरेको फूलको मीठो सुगन्ध मिसिएको हावाको झोक्कासँगै ऊ खुसी र आनन्दसाथ गहिरो सास लिइरहेकी थिई ।
‘कति मीठो सुगन्ध छ यतातिर’,उसले भनी ।
उसले जवाफ दिएन । बच्चाझै आँखा चिम्लिएर दूध चुसिरह्यो ।
धाईले बिस्तारै उसलाई धकेली । ‘पुग्यो । बल्ल सन्चो भयो । म त मरिसकेको थिएँ, फेरि बाँचे।’
हातको पछिल्लो भागले ओठमा लागेको दूध पुछ्दै युवक उठ्यो । चोलोभित्र आफना दुवै स्तन छोपेपछि धाईले भनी, ‘तपाईले मलाई ठूलो गुन लगाउनुभयो महोदय,धेरैधेरै धन्यवाद ।’
अनुग्रहित भाकामा युवकले भन्यो ,‘धन्यवाद त मैले तपाईलाई दिनुपर्छ महोदया । खासमा, दुई दिनदेखि मैले केही खान पाएको थिइनँ ।’
(कुनै युवकले युवतीको स्तनपान गरेको वर्णन झटृ सुन्दा हामीलाई अश्लील लाग्छ । तर फ्रान्सका महान् कथाकार मोपासाँको यस कथामा त्यसको असाधारण मानवीय अर्थ छ । यो कथा भारतको रोबिन बुक्सद्धारा प्रकाशित तथा भार्सेन स्टेरीद्धारा फ्रान्सेलीबाट अंग्रेजीमा अनूदित सेलेक्टेड सर्ट स्टोरिज को ‘आइडिल’ कथाको अनुवाद हो । अनुवादकः अभय श्रेष्ठ ।
धेरै पछि ब्लगमित्रहरुसँग यही कथाको टांसोसंगै भेटघाट गर्दैछु । जय व्लग ।

मेरो ऐतिहासिक सहर कीर्तिपुर

सेप्टेम्बर 10, 2018

मेरो ऐतिहासिक सहर कीर्तिपुर
गोपीचन्द्र कार्की

 

कीर्तिपुर आफैमा एउटा पुरानो ऐतिहासिक सहर हो । ऐतिहासिक सहर कीर्तिपुर घुम्दा कलासंस्कृति , मठमन्दिर चैत्य र चाडपर्वले भरिभराउ भएको पाइन्छ । पाटीपाैवा ढु‌‌गेधारा तथा पाेखरी यहाँका अर्काे बिशेषाता हाे ।  गुँलापर्व शुरु भएपछि त कीर्तिपुर सहरका गल्ली टोलमा रहेका पाटी पौवाहरुमा विहानै देखि नेपाल भाषाका भजन कीर्तनले गुन्जायमान हुन्छ । कीर्तिपुरका रक्षकको रुपमा मानिएको बाघभैरव मन्दिरमा विहानै देखि भक्तजनहरुको सँधै घुइचो लाग्छ । कीर्तिपुरको उच्चस्थानमा रहेको कोतघर र उमामहेश्वरको मन्दिरमा दर्शन गर्नेहरु र उपत्यका हेर्न आउनेहरुको को सँधैनै भिड देखिन्छ । कीर्तिपुर पुग्दा नेवार कला संस्कृति परम्परा  जात्रापर्व र नेवारी जीवनशैलीको संग्रहालय जस्तै लाग्छ ।हरेक बिहान महिलाहरुले घरकाे मुलढाेका र मुलढाेकाकाे सीधा अघिल्लतिर स्थापना गरिएकाे गाेलाकार ढुँगाकाे देवतालाइ नेपाल भाषामा  पिखालाखु भनिन्छ ।हाम्रातिर अाधुनिक घरहरु बन्दै गएपछि दैलाे स‌ँगठेलाे राताेमाटाेले पाेत्ने चलन हराउँदै गएपनि कीर्तिपुरमा महिलाहरु भने दैनिक राताेमाटाेले दैलाे लगायत पिखालाखुमा पाेत्नेकाम अहिले पनि गरिन्छ । राताेमाटाेले गाेलाकार पारेर पाेतेपछि त्यसमा जल चढाउँदै बत्ति बालिन्छ ।

भूकम्पले क्षति पारेर बन्दै गरेको चिलन्चो विहार ( जगतपाल विहार ) वि.सं. १५७२ मा स्थापना भएको हो, जहाँ घुम्न आउने पर्यटकहरु संधै भेटिन्छन् । उमामहेश्वरको डवलीबाट उपत्यका छर्लङ देखिन्छ । उमा महेश्वरको मन्दिरमा अहिले रहेको ठूलो घंटामा इ.सं १८९५ उल्लेख छ । यो घंटा पहिला पहिला बज्दा पुरै कीर्तिपुर र हाम्रो गाउँघरतिर पनि मिठो धुन टनन.. .टङटङ. गरेर बज्थ्यो । तर अहिले घंटको एकातिर फुटेकोले खासै आवाज आउँदैन । अझ यस भन्दा पहिलेको यहाँकाे घंटा बज्दा पुरै काठमाडौँ, भक्तपुर र ललितपुर तीनै सहरमा गुन्जन्थ्यो रे । त्यो घंटा चोरेर भक्तपुरलाने क्रममा बीचैबाट पाटन दरवारमा पुगेको रहछ । पाटनको नर्सिङ दबुली अर्थात कृष्णमन्दिरको चोकबाट अहिले पनि कीर्तिपुरको त्यो चोरिएको घंटा देख्न सकिन्छ भनेर कीर्तिपुरका बुढापाकाहरु भन्छन् ।
वारी तीनथाना पारी कीर्तिपुर साँधमा बल्खुखोला । सानै देखि देखेको कीर्तिपरमा पाइलैपिच्छे कलात्मक मन्दिर, चैत्य, ढुंगेधारा र कलात्मक झ्यालढोका आदि देख्न पाइन्थ्यो । कीर्तिपुरमा प्राय बौद्धधर्म मान्नेहरु रहे पनि मठ मन्दिर चैत्य, गुम्वा स्तुप भने बौद्ध र हिन्दुधर्मका सरोवर देखिन्छन् । हाम्रोतिर हिले धुले बाटो छँदा उता कीर्तिपुर सहरभित्र जताततै ढु‌ँगा  विच्छाइएका वाटाहरु हिँड्न पाइन्थ्यो । एेतिहासिक सहरकाे महत्व कायम राख्न  अहिले अजै ब्यवस्थित रुपमा मुख्य चाेकदेखि टाेलटाेलमा ढुँगा विच्छाइएकाे पाइन्छ ।छ सात वर्ष देखि गाइगोठाला जान थाले देखिनै कीर्तिपुरको सेरोफेरो लगाएको छु । सुरुमा हाम्रो खानेपानीको स्रोत कीर्तिपुरनै भएकोले खानेपानीका सिलसिलामा पनि धेर्रै पटक आइजाइ हुँदा थुप्रै साथीसँग यही वेला चिनजान  भयो । कीर्तिपुरका पुराना मानिसले अझै पनि हामीलाई डुप्पा बासी भनेरै चिन्छन् । बल्खुखोलाको दिःखुमा रहेको चिहान पश्चिम हाम्रो गाउँ भएकोले डिपा अर्थात चिहान नजिकैको गाउँ भएकोले हामी डिपा बाट अपभ्रंस भएर डुप्पाबासी भयौँ  भन्ने मेराे अनुमान छ।
अस्पतालका नाममा बीरअस्पताल र कालिमाटीका कम्पाउण्डर चिनियामान वाहेक हाम्रालागि उतिवेला औषधी गर्ने अर्को  नजिकको ठाउँ अर्थात कीर्तिपुरका इसीलाल (इश्वरलाल ) र व्रम्हचा थिए । कपाल काट्न, हात खुटृा मर्के भाँचिए नाउ जोगलाल बा र भाँडाकुँडा वनाउन पाइन हाल्न कर्मीका घरमा कीर्तिपुर जानै पर्ने थियो । कपाल काट्ने र भाँडाकुँडा पाइन हाल्नेले भने वर्षेनी बाली लान्थे । यसरी किर्तिपुरसँग मेरोे सम्वन्ध वालापन देखिकै हो । हाम्रो गाउँतिर पनि कीर्तिपुरेको प्रसस्तै जग्गा जमिन भएकाले उनीहरुको पनि यता त्यस्तै सम्वन्ध थियो । कीर्तिपुरको इन्द्रायणी मन्दिर तल ठूलो ढुंगा थियो, जहाँ हामी गोठाला गए पिच्छे त्यसलाइ हात्ती सँझेर चढ्थ्यौँ । साँच्चै त्यो अजङगको ढुंगा अहिले छैन, त्यस ठाउँमा घर वनिसके । अर्को खाँसि वजारतिर जाने ठाउँमा भएको ढुंगामा खोपो जस्तो थियो जहाँ हामी ढुँगा फालेर खेल्थ्याैँ । चिहान नजिकै पनि यस्ता अचम्मसँग अडेका ठूला ढुंगा थिए तिनमाथि चढेर हामी खेल्थ्याैँ । ती आज छैनन् ।  चिहान दहमा पाैडी खेलेपछि चिहानसँगैकाे पुरानाे पाटीभित्र रहेका फलामे डँडीमा बाँदर रमाए जसरी रमाएर तेलकासा खेल्थ्याैँ । त्यस्तै  कीर्तिपुर अस्पताल नजिकको पाँचभाइ चिलाउनेको रुखमुनिको चौर त गोठालाको मुख्य खेल्ने थलोनै थियो । एकै ठाउँमा पाँचबाेट चिलाउनेको रुख हत्केलाका औँला जसरीनै वसेको थिए । त्यसैले पाँचभाइ भनेको होला । त्यहिँ नजिकैकाे लक्ष्मीकुवा हाम्रालागि तिर्खा मेटाउने थलाे थियाे । कीर्तिपुरबासीमात्र हैन तीनथानाबासी पनि  पानी नपाउँदा वा चिसाे र मिठाे पानी खानपर्दा अामाहरु यही कुवामा अाउँथे । ढुंगाले बनेकाे कुवा ठुलै थियाे । बाह्रै महिना पानीकाे पहुल हुन्थ्याे । कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीकाे नामबाट यसकाे नाम लक्ष्मीकुवा रहन गएकाे पाे हाे कि ? लक्ष्मीकुवा अहिले पनी छदैँछ । यताकाे वनलाइ सानाेवन भन्थे । यसकै अलि तल ढुंगेधारा थियाे जसलाइ काल्धारा भनिन्थ्याे । याे कीर्तिपुरकाे वन र जुलफाँटकाे सीमानामै थियाे । किसानहरु यहीबाट टांफीमा  पानी भरेर खेत जान्थे भने फर्कदा यही धाराेमा हातगाेडा धाेएर घरितर लाग्थे । हामी चिलाैने र एेँसलुका पात धारामा राखेर पानी खान्थ्याै ।

दशैंताका कीर्तिपुरको कोतघरमा हनुमान ढोकामा फुलपाती जसरी भित्राइन्छ त्यसरीनै यहांँ पनि भित्राइन्थ्यो । जमरा राख्थे र ९ दिनसम्म तीनथानाकै मगरहरु गएर जमराको पूजा गर्थे । उनीहरु अहिलेसम्म पनि छँदैछन् । ०४७ , ०४८ सालबाट भने कोतघरमा यहाँका मगरहरु गएर जमरा राख्ने चलन हटाइयाे । अहिले काेतघरमा जमरा राख्ने फुलपाति भित्राउने काम हुन्छ हुन्न थाहा छैन ।

तीनथाना अथवा कीर्तिपुरको पश्चिमटृी डुप्पातिरवाट बल्खुखोलाको पुरानोपुल पारगरेपछि कीर्तिपुर पुग्ने तीनवटा वाटा छन् । तीनवटै बाटो ढुंगा छापिएका थिए । पहिलेको  पुरानो कीर्तिपुरलाई चारैतिर अग्ला ढुंगाको गाह्रोको गढ पर्खालले घेरिएको किल्ला भित्र मात्र थियो । पूर्व पश्चिम लम्वाइ रहेको कीर्तिपुरभित्र १४ वटा साना ठूला ढोकाहरु रहेका छन् । पर्खाल वाहिर एउटा पनि घरहरु थिएनन् । किल्ला वाहिर वनेका घरहरु पछि पंचायतकालमा थपिएका हुन् , ०३६ साल र ०४६ सालमा ।

वल्खुखोलामा रहेको पुरानो पुल तरेर तल्लोवाटो सिधैजाँदा खाँसिवजार पुगिन्थ्यो । कीर्तिपुर र आसपास गाउँका लागि खाँसिवजार उतिवेलाको ठूलो बजार हो । खाँसि बजार पुग्नु अगाडि गुहिनेटोल आउँथ्यो त्यो अति फोहर थियो ।  यतावाट जांदा पहिलो पोखरीलाई नेवारहरु नेपाल भाषामा ‘ लाभा पुखू’ भन्थे । त्यो पोखरी कटेपछि नाउ जोगलालको घर अगाडि अर्को पोखरी आउंथ्यो त्यो बीचको पोखरीलाई नेवारहरु ‘भिं पुखू ’ भन्थे । पहिले भिं पुखूमा दूध पोखरी देखि कुलो बनाइ पानी ल्याएर यसमा हालिन्थ्यो । पहिले पहिले यही पोखरीको पानी पुरै कीर्तिपुरवासीले बोकेर खाने गर्दथे रे । प्रहरी चौकी अगाडिको पोखरीलाई भने मभिं पुखू भनिन्थ्योँ । यसैको छेउमा ०४६ सालका ऐतिहासिक जनआन्दोलनमा चैत्र २० गते सहिद भएका लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली, र राजेन्द्र महर्जन समेत ४ जनाको सालिक रहेको छ । यी सहिदका मुर्तिहरु तीनथानाकै वलराम( रामकृष्ण) भण्डारीले वनाएका हुन् । तीनथानाबाट सहिदको मूर्तिलाँदा तत्कालिन एमालेकी नेतृ बिध्यादेबी भण्डारीले एक कार्यक्रमबीच हस्तान्तरण गर्नु भएको थियो । कीर्तिपुरबाट आएको ठूलो जन समुहले बाजागाजा सहित सहिदहरुको सालिक लगेका थिए । यसरी वस्ती भन्दा तल कीर्तिपुरको दक्षिण तर्फ लस्करै तीनवटा पोखरी थिए । उत्तर तितका सबै पोखरी पानी पानीले भरिएका हुन्थ्ये । लुगा धुने तथा भांडा भाज्ने, खेती किसानी गर्नेहरु, खेतवाट फर्केपछि हातगोडा धुने विहान सवैरै उठेर हात मुख धुने लगायत दिसा धुने काम पनि यही पोखरीमा गरेको देखिन्थ्यो । लामो समय सुख्खा अवस्थामा रहेको पोखरी अहिले भने जनप्रतिनिधि आइसकेपछि पुनः यी पोखरीहरुलाई पुरानै स्वरुपमा फर्काउने गरी काम भै रहेको देखिन्छ ।
दोस्रो वाटो बीचको ढुँगा छापेको बाटो थियो । जुन वाटोको माथि दाहिने पटिृ एउटा शिला लेख भएको गाडिएको ढँंगा थियो । ठाडो ढुँगा भनेर हामी भन्थ्यौ । यो बाटो समल पुगिन्थ्यो । कीर्तिपुर भरीका मृतकको लास बाहिर यही समल ढोका भएर वल्खुखोलामा रहेको चिहानमा अन्तिम संस्कारका लागि ल्याइन्छ । लास ल्याउँदा उतिवेला प्राय सवैको काल वजारएरै ल्याउँथे। हामी सानो छँदा प्राय दैनिकै दुइ तीनवटा लास नल्याएको विरलै हुन्थ्यो । अचेल शिक्षा स्वास्थ्य चेतनाका कारण अकालमा मर्नेको संख्या पनि ज्यादै कम देखिन्छ । चिहान भने पहिले देखिनै जाति पिच्छेकै थिए । अहिले झन् धेरै देखिन्छ । कालवजाएर लास ल्याउने चलन पनि कम भएकै छ ।

कीर्तिपुर र तीनथानाकाे सीमानामा रहेकाे बल्खुखाेलाकाे पानीबाट थुप्रै घट्ट चल्थे । चिहान नजिकै तीनथानाका सुवेदार हर्कबहादुर राउतले खाेलामा ठुलाे बाँध बाँधी अलिपर कीर्तिपुरकाे नाकेभिरमा जाेरघट्ट चलाएका थिए । जहाँ म पनि  पिठाे पिँध्न गएकाे छु । अर्काे  जाेर घट्ट  सानाेवनकाे मुखैमा थियाे ।यहाँ पनि धेरै टाढा टाढाबाट पिठाे पिँध्न मानिस अाउँथे । त्यसैले हाम्राे तीनथानाकाे पूर्वतर्फकाे पाखाेलाइ  घट्ट भएकाे तर्फकाे पाखा घट्टेपाखा भनि नामै दिइएकाे थियाे ।

समल जानेबाटोबाट गठेमँगलका दिन नर्कट, छ्वालीबाट बनाइएको गठामँग ( घण्टाकर्ण) लाई तीनथाना र कीर्तिपुरको सीमानामा रहेको बल्खुखोलामा सेलाउने ल्याउन चलन धेरै पहिलादेखिको हो । यही ढुंगेबाटोबाट घिसार्दै यता ल्याउन लागेका मानिसलाई तीनथानापटृीबाट भने ढुंगामुढा गरेर बल्खुखोलामा खसाल्न वा सेलाउन दिँइदैनथ्यो । हरेक वर्ष गठेमंगलका दिन दुवै तर्फवाट ढुंगा हान्ने, घुँयत्रो, गुलेली चलाउने गर्दथे । यता उता दुवै तर्फका धेरै मानिस घाइते हुन्थ्ये । हामी केटाकेटी त्यतिवेला गढेमँगल आउनु भन्दा अघि देखिनै ढुँगा , इँटाका टुक्राका थुप्रो लगाउँथ्यौ । राति अवेलासम्म पनि गठेमँगललाई बल्खुखोलामा सेलाउन दिंदैनथ्यौ । पछि एकदुई पटक ठुलै युद्ध मान्छे मर्नेसम्मका घटना घटे पछि भने धेरै वर्ष अघि देखि ढुँगाहान्ने चलन रोकियो । अचेल कीर्तिपुरबाट पनि बल्खुखोलामा गठेमँगल सेलाउने कार्य भएको देखिदैंन ।
तेस्रो माथिल्लो ठाडो बाटो पनि ढुंगा छापिएको बाटो थियो । जुन वाटोवाट देवढोका (देवताको ढोका ) जाने बाटो हो । त्यो ऐतिहासिक देवढोका अहिलेसम्म जस्ताको तस्तै छ । देवढोकासंगै रहेको ऐतिहासिक पाटीमा विहान विहान दाफा भजन भैरहन्छ । वाघभैरव जान पर्दा यही वाटो जानु पथ्र्यो । देवढोकाको अगाडि इन्द्रायणीको मन्दिर छ , जहां विहानै दर्शन गनेर्को भिड हुन्छ । कीर्तिपुर सहर वाहिर रहेको इन्द्रायणीको जात्रा हरेक वर्ष पौष सङक्रान्तिका दिन धुमधामसँग मनाइन्छ । यस दिनलाई कीर्तिपुरवासीहरुले सवभन्दा ठूलो पर्वका रुपमा लिन्छन् । कीर्तिपुर नगरपालिका हुनुभन्दा अघि कीर्तिपुरभित्र चिठुविहार, लायकु, बाघभैरव र बाहिरीगाउँ समेत ४ वटा गाविस थिए । मल्लकालिन पुराना शैलीका सरचना तथा  घरहरु भत्कदै ०४६ साल यता अाधुनिक घरहरु बन्दै गएकाछन् । कीर्तिपुरलाइ विश्वसम्पदामा राख्ने कुरालाइ यसले ठेस पुगाउला जस्ताे लाग्छ ।

इन्द्रायणी मन्दिर अगाडि एउटा पुरानो सानो पोखरी थियो । जुन अझै पनि छ । कीर्तिपुर नगरपालिका भए पछि कार्यालय यही पोखरी अगाडि रहेको छ । जहां हामी गोठाला जांदा सानो पोखरीमा निकै पौडि खेल्थ्यौ । पोखरीको डिलमै लाेंहकोटबाट आएको खानेपानीको एक धारा यहाँ खोलिएको थियो । जसवाट संधै पानी खसिरहने भएकोले अरु पोखरी भन्दा अलि सफा हुन्थ्यो । यहाँ अहिले पनि पोखरीको छेउमा सार्वजनिक रुपमा धारो रहेकै छ । यससँगै पाखामा रोपवे( रज्जुमार्ग) का अलि होचा दुइवटा खम्वाहरु थिए, अझै पनि छन् । खोलामा पौडिखेले पछि गोठाला आउँदा दोस्रो खेल यही रोपवेको खम्वामा चढेर भेट्टाइ खेल्थ्यौ । बुद्ध गुम्वाका रुपमा ढुँगाले गाह्रो लगाएको सानो घरमा गुम्वा थियो । टुंसिङद्धारेले चलाएका थिए । उनको साविक घर कीर्तिपुरनै हो । उनले पहिले द्धारे समेत भएर काम गरेका थिए । टुंसिङद्धारेका छोरा रत्न वहादुर मानन्धर पछि तीनथानाकै प्रधानपंच समेत भएका थिए । गुम्वा अगाडि अमलाको रुख भएकोले हामी अमला फल्ने समयमा अमला चोर्न जान्थ्यौ । टुसिङद्धारेले अमला चोर्नजांदा हामीलाई धेरै पटक लखटेका छन् । अहिले त्यहाँ ठूलो बौद्ध गुम्वा बनेको छ । सफा र सुन्दर बगैँचा छ , हेर्न जाने मानिस थुप्रै हुन्छन् । उतिवेला गुम्वाभित्र हामीलाई भित्रन प्रेरित गर्ने त्यो अमलाको रुख भने सुकेको भए पनि अझै छ ।
यता वाट बिश्वविद्यालय जाने वा बागमती खोलामा भएको लच्कनेपुल तरेर लगन खेलमा रहेको सदर चिडियाखाना जान सकिन्थ्यो । यही वाटो गए पछि पनि एउटा पोखरी कीर्तिपुरको उत्तर पटिृको भागमा दुइवटा पोखरी दक्षिण तर्फको भन्दा साना थिए । दुवै पोखरीको बीचमा एउटा पुरानो पाटी थियो अहिले मर्मत पछि सुन्दर पाटी भएको छ । पाटी अगाडिको सार्वजनिक पोखरीमा भने अहिले विष्णुदेवी अस्पतालको भवन र कम्पाउण्ड वालले घेरिएको छ । अलिपर विजुलीपाटी थियो । जहाँ कीर्तिपुरमा विजुली लान मेसिन राखिएको थियो । यहीवाट उक्लेर वाघभैरवको मन्दीर जान मिल्थ्यो । अहिले यो बाटोमा ढुँगाको राम्रो ११६ वटा खुड्किला रहेको सिँढी बनेको छ । बाघ भैरवको मन्दीर पछाडि उत्तर तर्फ बाघभैरव सार्वजनिक स्कुल थियो । यही स्कुलमा हामी केटाकेटीछंदा ‘रामतेरी गंगामैली’ भन्ने सिनेमाको केही सो चलेको थियो । स्कुल अहिले यहाँबाट हटेर पाखामा बनेको छ । गाइवाख्रा गोठाला लाग्दा आफु खेल्नमै रमाउँदा बीउ बाली खाएर हाम्रो गाइवस्तु धेरै पटक कीर्तिपुरका कान्जी हाउसमा थुनेका छन् । एक पटक चराउन लगेका मेरा चार पाँचवटा खसी वाख्रा हराएको चार पाँच दिनपछि कीर्तिपुसरबाट आमाले फिर्ता ल्याउनु भएको थियो ।
ऐतिहासिक सहर कीर्तिपुर नामाकरण कसरी भयो भन्ने ’boutमा कीर्तिपुरबासीका रोचक भनाइ छ ‘ प्राचिनकालमा यसको नाम पद्यमकाष्ठपुर थियो । एकदिन किसानकोमा भिक्षा माग्दै जोगी आएछन् । मुलाको बीउ केलाइरहेका किसानले यहाँ के छ र दिनु भन्दै एक मुठी मुलाको बीउ दिएछन् । जोगीले यो के हो भनेर सोधेछन् । किसानले केपु भनेछन् । नेवारी भाषामा केपु भनेको मुलाको बीउ हो । मलाई केपु दियौ अवउप्रान्त यस देशको नाम पनि केपु नै रहोस भन्दै जोगी हिंडेछन् । त्यसपछि नै पद्यमकाष्ठपुरबाट कीर्तिपुर रहेको भन्ने एउटा भनाइ छ भने अर्को भनाइमा पशुपतिको श्लेषमान्तक वनमा गै केपुको गाइले दूध चढाउन थालेपछि केपुको नाम जताततै चल्न थाल्यो । केपुको गाइआइ कीर्तिराख्ने काम भएकोले सवैले कीर्तिपुर भन्न थाले भन्ने जनश्रुति पनि छ ।
पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने सिलसिलामा मेरो गाउँ तीनथानाको नाम पनि जोडिएको छ । हाम्रो पुस्ता उतिवेला एकिकरणमा भागलिंदै कीर्तिपुरको लडाइमा सहभागीहुन आउँदा यतै बसेका हुन् भन्ने पुर्खाको भनाइ छ । हाम्रो पुर्खाले उतिवेलै देखि आफनो देवाली पुजा कीर्तिपुरकै वनमा आजसम्म गर्दै आएको छ । तीनथानाको उचाभागमा कीर्तिपुरसँग लड्दा बनाइएको ऐतिहासिक गढी अझै छ । दहचोक कव्जामा लिएपछि त्यतैबाट पृथ्वीनारायण शाहले पहिलो पटक बि.सं. १८१४ जेठ १९ गतेका दिन कीर्तिपुर आक्रमण गरेका थिए । आक्रमण गर्न दहचोक ( इन्द्रदह ) बाट ओर्लेर नैकाप, तीनथाना हुंदै कीर्तिपुर ट्याङलाटारको उकालो चढ्न लाग्दा कीर्तिपुर राज्यका प्रधान सेनापति काजी धनवन्तको नेतृत्वमा सेनाहरु र त्यहाँका जनताहरु कुटो कोदालो, र डल्याँठा समेत बोकी डाँडाबाट ओर्लेर टयाङलाफाँटमा दुवै पक्षको जम्काभेटमा ठूलो युद्ध भयो । सेनापति कालु पाँडेको मृत्यु भयो । पहिलो युद्धमा बीर कीर्तिपुरे जनताले पृथ्वीनारायण शाहका सेनालाई भगाएका थिए । कीर्तिपुरका बासुपासाले आफनो पुस्तक ‘कीर्तिपुर ’ मा मा पनि यस्तै उल्लेख गरेका छन् । कालु पाँडेको टाउको लिन सफल भएका सेनाले कालुपाँडेको इच्छा अनुसार दहचोकको इन्द्रदह नजिक गोरखाराज्यतिर फर्काएर उनको टाउको समाधिस्थ गएिको छ । कीर्तिपुरसँगको युद्धमा सूरप्रताप शाहको आँखा फुट्यो, दलजीत शाह मरे । बीर कीर्तिपुरवासीसँग तेस्रो पटक लड्दा बल्ल १८२२ चैत्र ३ गते कीर्तिपुर विजय गरेको इतिहास छ । कीर्तिपुरको विजय पश्चात बि सं १८२५ असोज १३ गते काठमाण्डौ जित्न सफल भए । विस १८०१ असोज १५ गते नुवाकोटबाट राज्यविस्तार वा एकिकरणको अभियान थालेका उनले निरन्तर पटक पटकको संघर्ष र परिश्रमपछि नै नुवाकोटबाट साँढे सात कोषको फासलामा रहेको काठमाण्डौ जित्न उनलाई २५ बर्ष लाग्यो ।
कीर्तिपुरलाई ऐतिहासिक रुपमै राख्न कीर्तिपुर वासी लाग्नु पर्छ । कला संस्कृतिलाई बचाउन युवा पुस्तामा सार्नु पर्छ । अचेल दाफा भजन गाइरहने समुहमा युवापुस्ता देखिदैंनन् । गुँलापर्वको यात्रामा भने केही देखिन्छन् । हरेक भाद्र १ गते नागपञ्चमीको भोलीपल्ट बाघभैरवको जात्रा लाग्छ । बाघभैरवलाई कीर्तिपुरको रक्षक ठानिन्छ । विहान बाघभैरवमा पूजा गर्ने वत्ति बाल्नेको ठूलो भिड लाग्छ । बाघभैरवको जात्रा भने बेलुका ५ वजेतिरबाट शुरु हुन्छ । बाघभैरव अगाडि रहेको ‘देय पुखू ’देशको पोखरीलाई चारैतिर पक्कि पर्खाल लाएर पहिलेको भन्दा राम्रो बनाइ पोखरीमा पानी जमाइएको छ । देय् पोखरीको ठीक पश्चिमपटृी उतिवेला निकै चलेको परोपकार अस्पताल थियो । त्यहाँ तीनथानावासीहरु पनि निकै जान्थे । म पनि घाउ खटिरा आएर धेरै पटक गएको छु । अहिले यो भवन पुरानै शैलीमा वन्दै गरेको देखिन्छ । विहान देवढोकावाट बाघभैरवजाँदा वा कीर्तिपुर बिहान घुम्दा आफना घर अगाडि गोलो आकारमा वनाइएको सूर्यलाई लिपपोत गरी पुजाआजा गरेर बत्ति बालेको दृश्य र थाली बोकेर बाघभैरव र इन्द्रायणी मन्दिर जाने महिलाको लस्कर पनि देख्न पाइन्छ । अचेल कीर्तिपुरको नेवार वस्तीमा घुम्दा हाकु पटासी लगाउने महिला भने भेटिन्नन् ।
गुँला पर्वका अवसरमा टोलटोलबाट विहान बाजागाजा सहित भैंसीको सिङ पनि बजाउंदै केटाकेटी लगायत सवै उमेरका भेला भएर बाघभैरव इन्द्रायणी मन्दिर घुमेको देखिन्छ । आजभन्दा चारसय वर्ष अघिनै कवि राजा सिद्धिनरसिंह मल्लले नेपाल भाषामा ३२ वटा रागमा दाफा लेखेको भनिन्छ । खिं, टां ( फलामको सानो झ्याली ) र पोङगा बजाएर ठाउं ठाउंमा भजन हुन्छ अझ गुँलापर्व लागेपछि त सबै पाटीमा बृद्धबृद्धाहरु दाफा भजनमा मस्त देखिन्छन् । मन्दिरहरुमा वज्ने घँटको आवाजले मानिसलाई मन्त्रमुग्ध पार्छ । ठाउँ ठाउँमा रहेका चैत्यहरुमा पुजाआजा गर्ने महिलाहरुको लस्कर देखिन्छ । गठु नाच त हामीले केटाकेटी देखिनै हेरेका हौँ । हरेक १२ वर्षमा मुकुन्डो पोल्ने भनेर वल्खुखोलामा रहेको चिहान आसपास रातको समयमा यो काम गरिन्थ्यो । यो मुकुन्डो पोलेको हेरेमा रोग व्याधी हट्छ भनेर आमाहरुले उतिवेला आ आफना स साना नानीहरुलाई देखाउने चलन पनि थियो । कृष्ण अष्टमी जात्रा ,इन्द्रायणी जात्रा, लाखे नाच र आदीनाथमा माघ महिनामा वस्ने निराहार ब्रत आदि कीर्तिपुरका आफनै साँस्कृतिक सम्पदा हुन् ।
गाइजात्राका दिन पाटनमा मतयाको रुपमा, काठमाडौंमा साया ( सापारु ) का रुपमा , भक्तपुरमा विभिन्न वाजागाजा र नाच सहित घिंताङ घिसिङ गर्दै गाइजात्रा मनाइन्छ । गाइजात्राका दिन कीर्तिपुरमा भने ‘धें धें पापा’ नाच निकालिन्छ । इतिहासविद् तीर्थ महर्जनका भनाइ अनुसार यो नाच कीर्तिपुर र पाँगामा वाहेक अन्यत्र छैन । यहाँ निकालिने गाइजात्राको पनि विशेष महत्व छ । अन्यत्र जस्तो आ आफना हिसावले गाइजात्रा निकालेर नहिंडि सवै भेला भएर एकसाथ देश घुमाइन्छ । कीर्तिपुरभित्रका १४ टोलले पालैपालो गाइजात्रा निकाल्छन् । जुनटोलबाट गाइजात्रा निकाल्ने हो त्यही टोलको गणेशस्थानमा गाइजात्रामा निस्कने देवीदेवताहरुको मुकुट पुजा सङकल्प गरिन्छ । यसपाल मानोट्वा ल्वहदेंगः टोलको पालो थियो । गाइजात्राको नाच पनि तिनै टोलको तोकिएका स्थानमा भेलाभै देखाइन्छ । गाइजात्राको दिन मृतकहरुको नाममा गाइ जोगी बनी घुमाउने गरिन्छ । मृतक महिलाको छोरा वा लोग्नेले महिलाकै भेष भुषामा सजिएर जात्रामा सरिक भएको देखिन्छ । केही वर्ष अघिदेखि कीर्तिपुरमा निस्कने जात्रामा पश्चिमा शैलीका मुकुण्डोहरु लगाएर विभिन्न भेष भुषामा युवाहरुले भागलिएको देखिन्छ । गाइजात्राकै दिन बेलुका तिर बाघभैरव अगाडिको ‘देव पुखू’ मा मकै, रांगाका खुटृा फालिन्छ । मानिसहरु पौडि खेलेर त्यसलाई छोप्छन् । कीर्तिपुर ऐतिहासिक, सांस्कृतिक जात्रापर्व जस्ता परम्पराले पनि सम्पन्न छ । कलात्मक मठ मन्दिरले पनि कीर्तिपुर धनी छ । यहांको बाघ भैरव, उमामहेश्वर, चिलन्चो विहार, आदि ऐतिहासिक सहर कीर्तिपुरमा बिहार चैत्य ल्हो देग,मजा देग, चुन दे, चिठु विहार, इन्द्रायणी, नगर मण्डप, कीर्तिविहार, र पुराना पोखरीहरु हेर्दै अहिले पनि कीर्तिपुर घुम्दा पुरानो ऐतिहासिक सहरको झझल्को अझै दिन्छ ।
जय ब्लग ।

२०७४।७

म चिनी

अगस्ट 10, 2018

म चिनी

जहाँ गुलियो त्यहाँ भुलियो भन्ने उखानै छ । गुलियो बनेर सबैलाई भुलाउने म चिनी हुँ । मलाई मन नपराउने यो सँसारमा को होलान् ? बुढावुढी युवायुवति, अझ केटाकेटीहरू त म भने पछि हुरूक्कै हुन्छन् । म विना चाडपर्व, भोजभत्तेर खल्लो हुन सक्छ । मैले राज नगरेकोे भान्छा तपाइले बिरलै देख्नु भएको होला । सबैको भान्छामा गृहिनीको प्यारो भएर म र मेरो साथी नुन  राम्रा भाँडामा आनन्दसँग बसेका हुन्छौँ ।
मलाई दिनमै तीन चार पटक बिहान, दिउसो बेलुका अझ साथीभाइ पाहुनापासा आउँदा मेरै खोजी हुन्छु । म बिना पाहुनाको स्वागत गर्ने सेतो कालो चिया कफी नै बन्दैन । नेपालीको चिया खाने बानी औधी छ त्यसैले हिजोआज जसलाई भेटेपनि हामी सोधी हाल्छौ चिया खानु भयो ? चियामा ट्वाक्क म मिल्न पाइन भने तपाइलाई चिया खाएजस्तै लाग्दैन । मलाई कति मन पराउँछन् भन्ने कुरा तपाई यसैवाट पनि थाहा पाउनु हुन्छ, । सरदर नेपालीले १ वर्षमा ११ किलो जति मलाई उपभोग गर्छन् (५ किलो विशुद्ध म र ६ किलो अन्य गुलियो पदार्थबाट ) । प्रत्येक नेपालीले १ दिनमा ३० ग्राम भन्दा वढी मलाई खाएकै हुन्छन् । तर जान्ने बुझ्नेहरु भन्छन् मलाई दैनिक २ वा ३ ग्राम भन्दा वढी नखानु (डब्लुएचओ को भनाइमा) बेस । तपाइलाई थाहा नै छ तपाइले खाएका सबै कुराबाट शरीरमा म ग्लुकोज बन्छु र शरीरका हरेक पार्ट पुर्जालाई चलाउँछु । तपाइले खानु भएको छिटो पच्ने खानाले मलाई ह्वात्तै बढ्न मद्त गर्दछ । यदि तपाई ढिलो पच्ने जस्तै कोदो मकै फापर आदि खानु भयो भने मेरो मात्रा पनि अलि कमै हुन्छ । अझ जति धेरै जङकफुडहरू खानुहुन्छ म र मेरो साथी नुन नै वढी लिनु भएको हुन्छ । म भान्छा देखि होटेल, मिठाइ पसलहरूमा सजिने बस्तु भित्र अन्तरनिहित छु । सबैको मनपर्ने प्यारो भए पनि म र मेरो साथीलाई आवश्यकता भन्दा वढी खानेवानी बसाल्नु भयो भने तपाइलाई हानी पुग्छ । तपाइलाई हानि पुगेको मलाई राम्रो लाग्दैन ।
जुनसुकै भोजभत्तेर ,पार्टीमा जानुस् मेरो साथी नुन र अर्को साथी चिल्लोको परिकार तपाइले टन्न खाएपछि पनि अन्तमा सलाद खाने भनेर मलाई नै तपाई खोजी खोजी खाइदिनु हुन्छ । अझ पार्टीमा गएका बेला आफनो स्वास्थको ख्यालै नगरी कोक जस्ता पेय पदार्थ मौका यही हो भनेर पटक पटक खाइदिनु हुन्छ । भोज भत्तेरमा पुग्नुस् वा होटलहरुमा खाजा खान पस्नुस् म त्यहाँ कोही न कोहीसँग मिसिएरै वसेको हुन्छु । होटेल , रेष्टुराँबाट निस्कदा पनि तपाई मलाई सुपसँग ,पानसँग स्वाद मानिमानि खाइदिनु हुन्छ । पहिले मिठाई भनेको जेरी, हलुवा, पेँडा यस्तै हुन्थे । अहिले त मिठाइका नाममा हजारौ परिकार बन्न थाले , म त्यहाँ वस्न पाउँदा आफैलाई वडो भाग्यमानि सँझन्छु । सबैका खुसियालीमा मुख मिठा गर्ने भनेर म नै अगाडि सर्न पाउँदा म आफना पिता पुर्खालाई पनि धन्य ठान्छु । चाडपर्वमा तपाई मबाटै धेरै परिकार बनाउनु हुन्छ अनि स्वाद मानिमानि चाख्न थाल्दा मेरो उपस्थिति तपाइको शरीरमा धेरै हुन्छ । पहिले पहिले ठूला चाडमामात्र मिठाइ प्रयोग हुन्थ्यो । अचेल त जुनसुकै खुसियालीमा पनि म लुकेको मिठाइ बाँडिन्छ । दूध दही, फलफूलमा प्रकृतिलेनै मानिसलाई पुग्ने गुलियो दिएको छ, तर तपाई एक दुइ चम्चा मलाई नहाली खानु हुन्न, त्यतिवेला मेरो नाक पनि घिरौला जत्रो हुन्छ । मेरो उपस्थितिमा स्वाद मानी मानी खाइदिनु भएको, मलाई मनपराइ दिनु भएकोमा म पनि दंग पर्छु । अझ नानी बाबुहरुले दुध, खाना नखाँदा मलाई हालेर खुवाउने बानी तपाइले नै सानै देखि लगाउनु भएको हो । अनि मेरो स्वाद पाएपछि नानी बाबुहरू मलाइनै खोज्नु स्वभाविकै हो ।
मेरो जन्म इशापूर्व ५०० तिर भारतमा भएको भनिन्छ । पहिले पहिले म अहिलेको जस्तो यति सफा सुग्घरी थिइन रे । मेरा पिता पुर्खा त उखु वा गन्नानै त हुन् । उखुका लाँक्रा पेलेर मलाई खुँदो निकाल्थे । खुँदो जमाएर सखर वनाउँथे । त्यतिवेला म अलि कालो कालो पहेलो वर्णको हुन्थे । तर अहिले त म निकै सफा सुकिलो र ज्यादै गोरो भएको छु तर प्रशोधित भएपछि म मा कुनै पोषकतत्व बाँकि रहेन । समय अनुसार मेरो साथी नून पनि अहिले माझिदै खारिदै हामी दुवै टकटकउँदा सेता भएका छाैँ । मेरो साथी नुन त जता पनि वस्थ्यो । उसलाई कसैले छुँदैनथे, चोर्दैनथे, तर मलाई भने पहिले देखिनै अतिनै हिफाजत साथ मानिसले राख्थे । म देवताका प्रसादको रुपमा चढ्थे । मानिस गुलियोमा भुले झै देवताहरुको पनि म प्यारो छु । त्यसैले त पित्रि कार्यमा धार्मिक कार्यमा म नभै देवगणहरु पनि खुसि हुँदैनन् भन्छन् ।
आजभोली म अलि अब्जस्या पनि भएको छु । तपाइले मलाई खान नजान्दा म मधुमेहको बेथा वल्झाउने भनेर दोषि भएको छु । यस्मा मेरो कतिपनि दोष छैन । मलाई ठिक्कसँग तपाइले प्रयोग गरिदिनु भयो भने म तपाइको हितैसीनै हुन्थे, त्यसैले म के भन्छु भने तपाइकै खाने वानीसँग पनि सम्वन्धित छ मधुमेह रोग । धेरै खाने तर थोरै परिश्रम गर्ने , ब्यायाम पटक्कै नगर्ने भएपछि मोटो भइन्छ । मोटो शरीर हुनु मधुमेहको शिकारी पासोमा पर्नु हो । तर मधुमेहको सिकार भैसक्नु भएको छ भने मलाई नखानु ,नसक्दा कम खानुनैै बुद्धिमानी हो है ।  मैले मात्र अवजस पाएको होइन मेरो साथी नून पनि भान्छामा सँगै बस्दा मलाई भन्थ्यो । ‘मानिसहरु आफना जिब्राका लहै लहैमा लागेर विभिन्न परिकार बनाएर मलाई खाइदिन्छन्, अनि नुनले उच्चरक्तचाप बढाउँछ भन्छन्, बेलै देखि मेरो प्रयोग ठिक्कसँग गरिदिएको भए, आरामसँगै परिश्रम पनि गरिदिएको भए मैले कहाँ रक्तचाप वढाउँथे र ।  मेरो साथी नुनले हाम्रो तन्तु र स्नायुको क्रिया नियन्त्रण गर्ने भएकोले शरीरको लागि उस्को ज्यादै आवश्यक छ , तर वढीहुँदा उच्चरक्तचाप हुनसक्छ । प्रतिदिन ५ ग्राम भन्दा वढी मेरो साथी नुनलाई पनि नखानुस् । तपाइलाइ थाहानै छ हामीलाइ मात्रा मिलाएर खाँदा नुन चिनी र पानी अर्थात जीवनजलकाे करामत । मधुमेहका रोगीका रगतमा बढेको चिनी हटाउन घरेलु उपचारमा चिराइतो, दालचिनी, करेला, बेसार, लसुन र तुलसी जस्ता पदार्थको महत्वपूर्ण भूमिका रहने कुरा मैले भान्छामा बस्दा धेरैबाट सुनेकोले तपाइलाई पनि आज सुनाएँ । मापदण्ड आफनै शरीरलाई बनाएर प्रयोग गरी हेर्नुस् न है ।
कुनै पनि रोग लाग्नुमा पहिलो कारण तपाइले खानपान तथा आफनो जीवनशैलीमा ध्यान नपु¥याउनु नै हो । रोग लागिसकेपछि उपचार गर्नेभन्दा रोग नै लाग्न नदिन हाम्रा बानी ब्यहोरामा सुधार गर्नु र आहार बिहार र बिचारमा हरेक मानिसले ध्यान दिनु आवशयक छ । जय ब्लग ।
रचना मिति -२०७४ कार्तिक
(नेपाल प्लस डट कम मा प्रकाशित )

विश्वकप २०१८

जुलाई 16, 2018

बिश्वकप , २०१८
फिफा विश्वकप २०१८ युरोपेली राष्ट्र« रुसमा जुन १४, २०१८ नेपाली गते अनुसार जेठ ३१ २०७५ विहिबारबाट मस्कोस्थित लुजनिकी रंगशालाबाट शुरु भएको यो खेल पुरै असार महिनाभर ( ३१ गते सम्म) फुटवलको कूम्भमेला लाग्यो । सन् १९३० बाट शुरु भएको विश्वकपको यो २१ औँ यात्रा हो । सन् २०१८ को फुटवलको कूम्भमेला सँचालनको लागि रसियाले सन् २०१० को अन्त्यतिर अनुमति पाएको थियोे । विश्वभरीका फुटवल टोलीहरुले विभिन्न चरण पार गरेर अहिले ३२ औँ टोली फिफा विश्वकपमा खेल्दैछन् । रुसले विश्वकप फुटबल भने पहिलो पटक आयोजना गर्ने मौका पाएकोे हो ।
फुटवल खेल वुढो देखि युवासम्म सबैलाई खुसि दिन सक्ने खेल हो । फिफामा हालसम्म २११ देशका सदस्यहरु आवद्ध छन् । सहभागी ३२ राष्ट्रलाई चार चार राष्ट्रमा सम्मिलित गरी ८ समूहमा बाँडिएको थियो । यूरोपबाट सर्वाधिक १४ टोलिले प्रतियोगितामा भाग लिएका थिए । फुटवल जगतमा तहल्कानै मच्चाएका दुई टोली इटाली र नेदरल्यान्डस भने यसपटक छनौट चरणबाटै बाहिरिए । आइसल्यान्ड र पनामा भने पहिलोपटक विश्वकपमा सहभागी भएका थिए । यस पटकको विश्वकप रुसले आफनो देशको ११ सहरका १२ रंगशालामा प्रतियोगिताको ६४ खेल सँचालन गरेको थियो ।
विश्वकप शुरु भएदेखि हालसम्म ब्राजिलले सर्वाधिक ५ पटक , जर्मनी र इटालीले चार चार पटक, अर्जेन्टिना र उरुग्वेले दुई दुइ पटक विश्वकप च्याम्पिएन भएका थिए । फ्रान्स, इंगल्याण्ड र स्पेन ले भने एक एक पटक मात्र विश्वकप जित्न सफल भएका थिए ।
यस पटकको प्रतियोगितामा स्पेन, फ्रान्स र जर्मनी, ब्राजिल, अर्जेन्टिना आदि उपाधिका तावेदार भन्ने गरे पनि जर्मनी नकआउट चरणमा समेत आउन सकेन भने अर्जेन्टिना ,स्पेन, पोर्चुगल जस्ता हस्ती टिमहरु नकआउट चरणबाटै पाखा लागिसके ।
अहिलेसम्म विश्वकपमा सवभन्दा वढी गोल फ्रान्सका फोन्टेनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेर हालसम्मको विश्व किर्तिमानी राखेका छन् । विश्वको इतिहासमा यसलाई कहिल्यै भँग नहुने कीर्तिमानी ठानिएको छ ।
सन् २०१८ को विश्वकप अफ्रिकी फुटवलका लागि सर्वाधिक खराव प्रदर्शन रह्यो । अफ्रिकी टिम कोही पनि नकआउट चरणसम्म आउनै सकेनन् । विश्वकपको २१ औँ यात्रा तयगर्दासम्म जम्म ३ वटा अफ्रिकन राष्ट्रले मात्र क्वाटर फाइनलसम्मको यात्रामा रम्न सकेका थिए । सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल, सन् २०१० मा घाना ।
विश्वकप २०१८ को समाप्तिमा फिफाले करिव ६ अर्व डलर कमाउने अनुमान गरिएको छ । फिफाका अहिलेका अध्यक्ष इन्फान्टिनो हुन् । उनी आएपछि फिफामा केही सुध्रिएको भनिएको छ । यसभन्दा अघिका अध्यक्ष सेफ आर्थिक हिनामिनामा मुछिएका थिए ।
यसपालाको नकआउट चरणमा पुग्ने १६ टिमहरु – १, क्रोएसिया २, बेल्जियम ३, उरुग्वे ४,ब्राजिल ५,इंग्ल्यान्ड ६,स्वीडेन ७,स्पेन ८, पोर्चुगल ९, कोलम्विया १०,मेक्सिको ११,फ्रान्स १२,रुस १३,स्वीटजरल्यान्ड १४,डेनमार्क १५,जापान र १६,अर्जेन्टिना हन् ।
विश्वकप फुटवल २०१८ को सेमिफाइनलमा पुग्ने चारै टोली यूरोपकै रहे ।फ्रान्स, बेल्जियम, इंगल्यान्ड र क्रोएसिया । विश्वकपमा यस्तो इतिहास भने यो नै पहिलो होइन पाँचौ हो । २००६ मा जर्मनीले आयोजना गर्दा सेमिफाइनलमा पुग्ने चारै टोली युरोपकै थिए । सन् १९३४ इटली ,१९९६ इंग्ल्यान्ड र १९८२ मा स्पेनले आयोजना गर्दा पनि युरोपकै टोलीको वर्चस्व रहेको थियो ।
पहिलोपल्ट फाइनलमा पुगेको क्रोएसियालाई ४ – २ ले हराएर फ्रान्सले दोस्रोपल्ट विश्वकप फुटवलको उपाधि जित्न सफल भयो । यस अघि उसले सन् १९९८ मा आफनै घरेलु भूमिमा ब्राजिललाई ३ –० ले हराएर पहिलो पल्ट विश्वकप जितेको थियो । यसपालीको रुसमा भएको विश्वकपका लागि छुट्याइएको कुल ४० करोड अमेरिकी डलरको पुरस्कार रकम मध्ये विश्वकप बिजेता फ्रान्सले ३ करोड ८० लाख, उपविजेता क्रोएसियाको भागमा २ करोड ८० लाख र इंगल्यान्डलाई हराएर तेस्रो हुन सफल भएको बेल्जियमले २ करोड ४० लाख को पुरस्कार थाप्यो ।
विश्वकपको इतिहासहेर्दा फाइनलमा पहिलो आत्मघाती गोल भएको रेकर्ड राख्ने काम क्रोएसियाका मारियो मान्जुकिचले फ्रिकिक जोगाउने क्रममा हेडबाट आफनै पोष्टमा गोल गर्न पुगे । त्यस्तै १९७० मा ब्राजिलले इटालीलाई ४– १ ले पराजित गरेयता फ्रान्स विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो टोली हो ।
३१ वर्षिय मेसी र ३३ वर्षिय रोनाल्डो  युगको अव अन्त्य भयो भनिए  पनि यि दुवै पछिल्लाे एक दशककाे विश्व फुटवलका सर्वश्रेष्ठ खेलाडी मानिन्छन् । यही बेलामा भर्खर १९ वर्षका फ्रान्सका केलियन एमबाप्पे भने सन् २०१८ को बिश्वकपबाट फुटवल खेलका आशालाग्दा खेलाडीका रुपमा मात्र देखिएनन् सन् १९५८ यता पेलेपछि विश्वकपका एकै खेलमा दुई गोल गर्ने सबैभन्दा कम उमेरका यिनै एम बाप्पे हुन् । अव यिनको तुलना पेलेसंग गर्न थालिएको छ ।
अव ४ वर्ष पछि सन् २०२२ को विश्वकप भने एसियाली राष्ट्र कतारमा हुने छ । करिव २५ लाख जनसंख्या भएको गल्फको सानो राज्य कतार एकछेउबाट अर्कोछेउ १८० किलोमिटर मात्र फैलिएको छ । विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र बन्ने सौभाग्य यसले पाउँदै छ । कतारमा हुने विश्वकप फिफाका अनुसार नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्म चल्ने पक्का गरिसकेको छ ।
हालसम्मको विश्वकप फाइनलको नतिजा
वर्ष विजेता नतिजा उपविजेता
२०१८ फ्रान्स ४ –२ क्रोएसिया
२०१४ जर्मनी १ –० अर्जेन्टिना
२०१० स्पेन १ –० नेदरल्यान्ड्स
२००६ इटाली (ट्राइबेकरमा इटाली ५ –३ ले विजयी ) १ –१ फ्रान्स

२००२ ब्राजिल २– ० जर्मनी
१९९८ फ्रान्स ३ –० ब्राजिल
१९९४ ब्राजिल – टाइब्रेकरमा ब्राजिल ३ –२ ले विजयी ) ० –० इटाली
१९९० पश्चिम जर्मनी १ –० अर्जेन्टिना
१९८६ अर्जेन्टिना ३–२ पश्चिम जर्मनी
१९८२ इटाली ३–१ पश्चिम जर्मनी
१९७८ अर्जेन्टिना ३–१ नेदरल्याण्डस
१९७४ पश्चिम जर्मनी २–१ नेदरल्याण्डस
१९७० ब्राजिल ४–१ इटाली
१९६६ इंगल्यान्ड ४–२ जर्मनी
१९६२ ब्राजिल ३–१ चेकोस्लोभाकिया
१९५८ ब्राजिल ५–२ स्वीडेन
१९५४ पश्चिम जर्मनी ३–२ हंगेरी
१९५० उरुग्वे २–१ ब्राजिल
१९३८ इटाली ४–२ हंगेरी
१९३४ इटाली २–१ चेकोस्लाभाकिया
१९३० उरुग्वे ४–२ अर्जेन्टिना
अन्तमा नेपालका लागि विश्वकपमा छनौट हुने कुरानै ठूलो हो । यसपाला २६५ देखि ११ सय डलरसम्म तिरेर करिव ५ सय जना विश्वकप हेर्न रुस पुगेका थिए भनिन्छ ।

कबिता

डिसेम्बर 15, 2017

मुगुकी आमा राराताल
                   गोपीचन्द्र

पहाडहरुको पछ्यौरी ओडी
देवदारको माझ जंगल
कान्जिरोवा हिमाल तल
काखमा तिमी राराताल

थकाइलागि थकाइमार्न
आकाश भुइमा बसेजस्तो
मुगुकी आमा राराताल
लमतन्न परी सुतेजस्तो

कतै पानी निर घोलेझै
कतै पानी घाम पोखिएझै
बिश्वकै सुन्दरी मुगुकी आमा
मेरो धर्तीको अनुपम झैं

छुकछुक चलिरहने रारा
लहर तरंगमा रमाइरहने रारा
उन्मत्त बैंशले छछल्की रहने
आफै साउती मारीरहने रारा

मुगेली भन्छन् आमा मुगुकी
म भन्छु नेपालकै आमा तिमी
सुन्दर, अतिसुन्दर, महासुन्दर
तालहरुको पनि आमा तिमी

प्रकृतिको सुन्दर उपहार
भूस्वर्गको टुक्रा तिमी
आखै पिच्छे फरक देखिने
तालहरुको पनि रानी तिमी ।

२०७३ कार्तिक ५
मुगु, रारा ।

उच्च रक्तचाप

नोभेम्बर 23, 2017

१)उच्च रक्तचाप भएको व्यक्तिलाई हृदयघात वा हार्ट एट्याक हुनसक्ने संभावना धेरै हुन सक्छ ।
२) नियन्त्रण नभएको उच्च रक्तचाप अझ जोखिमपूर्ण हुन्छ । मस्तिष्कघात वा स्ट्रेक वा प्यारालाइसिस हुने खतरा पनि त्यत्तिकै हुन्छ ।
३) उच्च रक्तचाप भएका व्यक्तिलाई मृगौला खराव हुने सम्भावना पनि निकै छ । मृगाौला वा किड्नी खराव भयो भने पछि डायलाइसिस गर्नुपर्ने र किडनी फेर्न नै पर्ने हुन सक्छ ।
४) उच्च रक्तचाप भएको व्यक्तिको आंखामा पनि असर पर्न सक्छ ।
५) साधारणतया उच्च रक्तचापको लक्षण थाहा हुंदैन , केहीमा टाउको दुख्ने, रिंगटा लाग्ने जस्तो लक्षण देखिन सक्ने भए पनि धेरैजसोलाई केही लक्षण भएको पाइदैन ।
६) हाम्रो शरीरको रक्तचाप माथिको ( सिस्टोलिक ) १२० र तलको ( डायस्टोलिक ) ८० भयो भने राम्रो मानिन्छ । तर सवैको रक्तचाप एउटै हुंदैन । तसर्थ माथिको रक्तचाप १०० देखि १२० सम्म भयो भने तलको रक्तचाप ६० देखि ८० छ भने राम्रो मानिन्छ ।
७) माथिको ११० तलको ७० छ भने ठिक छ भन्ने थाहा हुन्छ । वा माथिको १०० तलको ६० छ भने पनि ठिक छ ।
८) माथिको प्रेसर १४० भन्दा माथि भयो र तलको ९० भन्दा माथि भयो भने उच्च रक्तचाप भएको मानिन्छ । माथिल्लो १२० देखि १४० भित्र वा तलको ८० देखि ९० सम्म भयो भनेचाँहि भविष्यमा उच्च रक्तचाप हुने सँभावनाको संकेत हो ।
९) उच्च रक्तचाप एकपटकको मापनले नै निश्चित गर्न मिल्ःदैन । उच्च रक्तचाप हो भन्ने पक्का गर्न कमसेकम ३ पटक भन्दा वढी विभिन्न समय र विभिन्न ठाउंमा रक्तचाप नाप्नु पर्छ । यदि सवै ठाउमा नै माथि १४० र तल ९० भन्दा वढी भयो भनेमात्र उच्च रक्तनाप भन्न मिल्छ । अझ नियमित रक्तचापको मापनसंगै रगतको जाँच,ईसीजी, ईको, पिसावको जाँच गराए पछि मात्र उच्च रक्तचाप भए नभएको भन्नु राम्रो हुन्छ ।
१०) उच्च रक्तचाप भएपछि चिकित्सकको सल्लाह अनुसार औषधी खानु राम्रो । एक वा दुई चक्की औषधीले कतिपय खतरा टार्न सकिन्छ ।
११) धेरैले औषधी खायो भने जिन्दगीभर खानुपर्छ भन्छन् । जिन्दगी भए त जिन्दगीभर खाने, यदि जिन्दगी नै गयो भने केको जिन्दगी भर ? जिन्दगी जोगाउनै जिन्दगीभर खाने हो । हामी धुलो खान्छौ, धुवाँ खान्छौं , अनावश्यक तेल खान्छौं,अखाद्य वस्तु खान्छौ मतलव गर्दनौ । एक दुई चक्की औषधीखान सोचिरहनु पर्दैन । साइड इफेक्ट भन्दा लाभ धेरै हुने हुनाले लाभकै लागि खाने हो ।
१२) खानै नहुने वस्तु त केही छैन रक्सी चुरोट बाहेक,तर धेरै नुनले रक्तचाप वढाउने भएकोले नुन कम खाने । धेरै गुलियो चिल्लो खानेकुरा नियन्त्रण गर्नु राम्रो । साग सब्जी, फलफूल , फाइबरयुक्त खाना खान जोडदिनु पर्छ । शारीरिक व्यायाम र खानेकुरामा नियन्त्रण यसका लागि ज्यादै राम्रो हो । उच्च रक्तचाप भएकाले नियमित चिकित्सकको परामर्श र नियमित औषधी सेवन र जीवनशैली परिवर्तनमा ध्यान दिनु पर्छ । रक्तचाप सुस्त हत्यारा हो तर बेलैमा पहिचान गरे नियन्त्रण राख्न सकिन्छ ।
डा राजेन्द्र कोजुको सल्लाह सुझाव अनुसार यो टिपोट तैयार पारेको हो । थाहै नदिई ज्यान लिने उच्चरक्तचाप भएका वा हुने लाइनमा वसेका वा नभएकाहरुले यसवाट फाइदा लिनु हुनेछ भन्ने लागेरै यो टांसो राखेको हुं । धन्यवाद ।