म ३५ ।३६ सालवाट मोदनाथ प्रश्रितको फ्यान भएको हुं । वहांका कृति पढेपछि एक खालको उत्साह जाग्यो । अलि अलि वुझेको मार्क्सवाद र प्रगतिशील विचारधारावारे थाहा पाए । मार्क्सवाद विज्ञान हो । पहिलो पढेको कृति मानव महाकाव्य नै हो । देवासुर संग्राम,लक्षमीवार्इ, जीवाणुदेखि मानवसम्म,नारी वन्धन र मुक्ति , गोलघरको शन्देश अादि पुस्तक पढेपछि कम्युनिस्ट भए जस्तो लागेको थियो । भूतप्रेतको कथा पढेपछि म भित्र रहेको अन्धविश्वास र भूतप्रेतका कुरावाट डराउने मन अली दरो भयो । फाकफुक र जान्ने देखाउने कुरामा विस्वास हट्यो । अनि सवै कुरालार्इ विज्ञानको नयनले हेर्ने भैयो । ०४६ साल अघिका वहांका धेरै जसो कृति पढेको र पछिल्ला कृतिहरू सवै पढ्न पाएको छैन । अव मेलो मिलाउंदै छु ।
मोदनाथ प्रश्रित अास्थाका पुरूष हुन् । मेरो मनमा ठाउं पाएका केही मानिसहरू मध्ये वहां पनि हो । प्रश्रित राजनीतिक , साहित्यिक र सांस्कृतिक क्षेत्रका धरोहर हुन् । मैले प्रश्रितका लेख रचनाहरू ०२८।२९ साल देखिनै पढ्ने मेोका कुलमानदाइ वाट पाएको हुं । त्यतिवेला हामीले गर्ने विभिन्न साहित्यिक कार्यक्रममा र केटाकेटीहरूका कार्यक्रममा ती पुस्तकले पुरस्कारको लागि ठाउं पाउंथे । पंचायतकालमा वहाँका लेख रचनाहरू निस्केका पत्र पत्रिका किन्नै पर्ने र पढ्नै पर्ने अादत वनेको थियो ।
२०६९ श्रावण ९ गते फोनमा कुरा मिलाएर भेट गर्न गए । अहिले वहां महादेवस्थानमा वस्नु हुन्छ । यो भेगमा थुप्रै पटक घर जग्गा किन्न वहां हिंड्नु भएको रहेछ कुरा नमिलिरहेको । एक दिन फोन गरेरे त्यता भेगमा घर जग्गा हेर्न फुर्सदभए जाउं न भन्नु भयो । नभन्दै त्यसैदिन वहांलाइ महादेवस्थानको घर मनपरेर वैना वटृा गरियो । संगैको अर्को जग्गाको लागि पनि थानकोट पार्क अगाडी पसल व्यवसाय गरी वस्ने जग्गाधनीसंग कुरागर्न गयेो । उनले प्रश्रितलर्इ देख्ने वित्तिके तपाइ मोदनाथ हैन भनि हाले । प्रश्रित जेलवस्दा उनीपनी जेल परेका रहेछन् । उनीसंग किन्न लागेको घरसंगैकै जग्गाको वारेमा कुरा गरेका थियेो । तर पछि कुरा मिलेन छ । धेरै ठाउंमा धेरैजनासंग जग्गा हेरें तर अाज तपाइसंग अाए पछि सार्इत जुरेर एकैछिनमा घरको कुरा मिलिहाल्यो भनेर खुसी हुनु भएको थियो । वहाको स्वंयम्भुको गेोथलीको गुंडमा पनि जनकप्रसाद हुमागाइसंग म दुर्इपटक पुगेको थिए । त्यो घर सानै थियो । पछि त्यो वेचेर त्यही नजिकै लिनु भएको घरका वारेमा पत्र पत्रिकामा विभिन्न कुरा उठे पनि सत्य त्यस्तो थिएन । हल्ला गर्नेले अली वढीनै हल्ला गरेजस्तो लाग्यो । तर त्यो घरमा भने म पुगिन । पुग्नेहरू भन्थे तीनतले घरको तल्लो तला भाडामा लगाउने, वीचकोमा अाफु वस्ने र माथिल्लो भागमा पुस्तकालय चलाएको कुरा वताउनु भयो भन्थे ।
जे होस महादेवस्थानको वहांको घरमा १ घंटा विताउंदा अाफुमा निकै उर्जा मिलेको अनुभव भयो । वहाको वसार्इ लगार्इ सादा जीवन, स्वास्थ्य नमुनानै छ । एउटा ठूलो कोठामा रहेको पुस्तकालय देखाउनु भयो । निकै राम्रोसंग पुस्तक पत्रिका मिलाएर राख्नु भएको छ । त्यो कोठामा पनि ठाउं अभावका कारण अझै कति पत्र पत्रिका पुस्तक, दस्तावेजहरू, टेवलमा खात लागेर वसेका थिए । त्यो हाम्रो रास्ट्रको लगि एउटा ठूलै पूंजी हो जस्तो लाग्यो ।
दोस्रो पटक जांदा मलार्इ २ वटा किताव पढ्न दिनु भयो । कविता पेोडेलज्यूको कथा संग्रह र वहांको पछिल्लो ५३ अेो कृति उहिलेका कुरा अहिले ।दुवै किताव पढे । उहिलेका कुरा अहिलेमा प्रश्रितज्यूले ४९ शिर्षकमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका लेख रचनाहरूको संग्रह हो यो । यस्मा खास गरेर वहांका वाल्य जीवन देखि अहिले सम्म भोगेका थुप्रै कथा व्यथा र अनुभूतिहरू रहेकाछन् । ती सवैले हाम्रालागि केही न केही िशिक्षा , ज्ञान र उत्साह दिनेखालका छन् । के तपाइ यो कुरा पत्याउनु हुन्छ शिर्षकमा लेखिएको स्मरणले हुने विरूवाका चिल्ला पात भने झै १५ वर्षकै उमेरमा १६१। रूपैया वोकेर वनारस पुगेर अाफना किताव छापी भारी वोकेर अाएको हिसाव किताव सहितको स्मरण वढो रोचक छ । डाक्टरलार्इ ढ्रयड०ग्रो उपहार लेखमा धामी झांक्रीहरूलार्इ दिइने प्रशिक्षण पुगेर अाफना कुरा राख्दा एउटा जान्ने ढयांड०ग्रेले वहांसंग प्रभावित भै अाफनो पुस्तैा देखि ठोक्दै अाएको ढयाड०ग्रोनै प्रश्रितलाइर् उपहार दिएको रोचक संस्मरणा छ ।
वांकि अर्को टांसोमा ……
जवाफ लेख्नुहोस्