काठमाडैा देखि जिरी


ढुंगाकुटे गिटी वन्छ, गिटीकुटे  धुलो, वनको चरी वनमै रम्छ, मनको चरी उडेर जाउँ भन्छ ।

कस्ले गाएको ,कस्ले लेखेको होला  ,यात्राको वेलामा गाडीभित्र गुरूजीले वजाएको  यो गीतले मेरो मनलाइ  निकै छोयो । पुसको ८  गते  देखि १० गते सम्मको काठमाडैा जिरी भ्रमण गर्ने चांजोपांजो प्रभात फेरी समूह (मर्निङगवाक गु्प) तीनथानाले अायोजना गरेको थियो ।  नेपाली माटो, पाखा पखेरा, हिमाल र नदीको मायामा रमाउने मेरो मनको चरीले  मलार्इ पनि त्यता तान्यो । तीनथाना मुनालक्लववाट  २६ जनाको ग्रुप यात्रामा चाहिने सामल तामल वोकेर ३० सीटे वसवाट हाम्रो यात्रा शुरू भयो । कोटेश्वर पुग्दा जापानी सरकारले वनाएको अन्तरास्ट्रियस्तरको वाटोमा हाम्रो गाडी हुंइकियो । वाटोको वीचमा रेहेको भाग वीरूवा , क्याकटस,  फूलहरूले ढकमक्क हुनु पर्ने वा त्यतिपनि नसके रंगिन ढुंगाहरूले सजाउन सकिने (विदेशतिर सजाएको देखिएको ) ठाउंमा फोहर थुप्रिएको देख्दा मन चसक्क दुख्यो । यो कामको लागि ठूलो जनशक्तिको अावस्यकता पनि पर्दैन, राज्यको इच्छा शक्ति भए । सडकको  दाँया वाँया राज्यले वनाउनु पर्ने सडक नवन्दा स्थानीयवासीलार्इ समस्या र कुरूप देखिएको  । सूर्य विनायकसम्म पुग्दा अन्तरास्ट्रियस्तरको वाटो संगै हाम्रो सोचाइ र व्यवहार पनि परिवर्तन हुनु अावश्यक छ,  वाटोमा हिंडदा देखिएका व्यवहारले महसुस गरायो ।

सुनकेाशीको तिरमा

कन्चन र सफा अविरल वगिरहेकी सुनकोशी नदीको किनारमा हाम्रो वस रोकियो । त्यही हामीले नास्ता र खाना वनाएर खायैा । एकजना साथीले सुनकोशीमा नुहाए रक्सी खाए पनि लाग्दैन भनेर हंसाउनु भयो । अनि केही साथीहरू सुनकेाशीमा मजाले नुहाउन पनि थाल्नु भयो । काठमाडैाको धुलो धुंवा र हल्ला खल्लावाट टाढा भएर सुनकेाशीकोतिरमा वसेर खाना खाजा खानु पनि छुटैृ किसिमको अानन्द पाइदो रहेछ ।

सुनकोशीको तिरमा खानाकोलागि लामलाग्दै

खाना खाएर हामी ३ वजे हिंड्यैा । दोलालघाट वजार पहिलेजस्तै लाग्यो । मैासमले साथ दिएकोले जाडो गर्मी छैन । चोतारो जान वाटोलार्इ वाँया पारेर हामी अगाडी वढ्यैा । लामो टुरमा हिंड्दा संधै मनमा खट्ने कुरा भनेको यात्रा गर्दा सु अाए जहां मनलाग्यो गाडी रोकेर मल हाल्ने हाम्रो वानी छंदैछ । ठाउंठाउंमा रेस्टरूम सम्वन्धित निकायले वनाइदिने सोच कहीले तिनका वुद्धिमा  अाउला । हामीलार्इ त नानीदेखि लागेको वानी,  विचरा विदेशी पर्यटकलार्इ कति अप्ठेरो पर्दोहोला  । प्राय सवै राजमार्गमा  विदेशतिर ठाउं ठाउंमा यस्ता रेस्टरूम  र अाराम गर्ने थलो विसैानीको व्यवस्था  गरेको हुन्छ ।

खाडीचैारमा भोटेकेाशीमाथिको देालालघाट जाने पुल

कुरा गर्यो कुराकै दुख भने झैं वाटो वांगा टींगा घुमाउरा ,वरालो उकालो  छ तर व्यवस्थित रूपमा कतै संकेत चिन्हहरू रहेका छैनन् । कही कही राखिएका पनि मेटिएका वा वांगीएका , भांचिएका छन् । खाडीचैारको वजारले ठूलो अाकार लिएको छ । मानिसको भिडभाड हरदम देखिन्छ । तातोपानी नपुग्नेका लागि यो वजार चिनिया सामान किन्ने थलोको रूपमा रहेको छ । जे हेरे पनि किनैा किनैा लाग्ने सामान यहां पाइन्छन् ।

भोटेकेाशी

पानीवाट विजुली  निस्कन्छ, पानीवाट सिंचाइ हुन्छ । पानीवाट जलयात्रा गर्न सकिन्छ । पानीले नै मानिसको जिन्दगी वचांउंछ ।तर हाम्रो नेपालमा सुनको रूपमा रहेको यो पानीको प्रर्याप्त सदुपयोग हुन सकेको छैन । यसलार्इ सदुपयो गर्न सके विश्वसामु हामीले दरिद्रभै भिख माग्न र अरूको मुख ताक्नु पर्ने थिएन । नेपाली जनताको जीवनस्तर धेरै माथि उठ्ने थियो ।

भित्रभन्दा वाहिर धेरै

चरिकोटवाट यता अार्इ रहेको यो वसको माथि हुडमा वसेको मानिस देख्दा  जीउनै सिरिंग हुन्छ । वाध्यता अाफनो ठाउंमा होला तर केही भै हाले के दुरदशा होला । मानिसले अाफनो जीवनलाइ किन यती विध्न जोखिममा राखेको होला ।

खाडीचैार वजार

खाडीचैार वजार इन्द्रचोक भन्दा कम भिडभाड छैन । हामीले पनि यात्राको क्रममा कही सुत्न पर्दा सजिलो होस भनेर प्राय सवैले एक हजारमा पाइने सिरक र सोह्रसय देखी दुइहजार पर्ने कम्वल  लियैा । चिनिया सामानले गर्दा थोरै पैसा हुनेले पनि धेरै कुरा प्रयोग गर्न पाएका छैा ।

घाम डुव्दा

खाडीचैारवाट घुम्ती काट्दै विस्तारै उकालो लाग्न शुरू गर्रयो हाम्रो गाडीले । वाटो सांघुरो छ । घुम्ती पछि घुम्ती काट्दै हामी  मुडे वजार  पुग्नु अलि वर डांडावाट पश्चिमतिर अस्ताइरहेको सूर्यको यो दृश्यले हामी सवैलार्इ लेाभ्यायो । गाडी रोकेर, कतिले गाडीवाटै खिचेको यो दृश्य निकै राम्रो लागेको थियो ।     मुडेवजारवाट हामी खरीढुंगा हुंदै  अघि उकालो लागे जस्तै  गाडी अव अोरालो लाग्न थाल्यो । चरिकोट वजार पुग्दा झमक्क भै सकेको थियो । पहिलेको भन्दा वजार निकै ठूलो र कंकि्टका थुप्रो ले भरिएको देखियो ।

पहिलो रातको वसाइ

हामीसंग दोलखाकै एकजना साथी थिए । उनलेनै पहिलो रातको वसाइको व्यवस्था मिलाएका थिए । दोलखा वजारवाट झन्डै १३,१४ किलोमिटर गुडे पछि वल्ल हामी अपर तामाकेाशी जाने वाटोको पानी घाट भन्ने ठाउंमा पुग्यैा । वहाको घर त्यतै नजिकै रहेछ । चैातारोसंगै रहेको काठे होटलमा हाम्रो वसाइ भयो । नैा दश वजिसकेको हुनुपर्छ  भाले काटेर, खाना पकाएर मजाले खायैा । कति साथीहरूले रातको एक वजेसम्म गीत घन्काएर धुलो उडाउने गरी नाच गान गरे । कोही कोठामा कोही मटानमा लस्करै सुतेर रात वितायैा ।

पहिलो रात विताएको होटल

माथिल्लो तामाकेाशी जाने यो वाटो चिनियाहरूले वनाएको रहेछ । वाटो कच्ची ग्राभेल को छ । केही ठाउंमा विग्रीएको पनि देखियो । जे होस कच्ची भए पनि राम्रो छ । वाटो नराम्रो वनाएको भन्दै त्यसभेगका सुस्पा छेमावती,सुन्द्रावती र सुनखानी गाविसवासीहरूले सडकमै रोपाइ गरेको कुरा छापामा पढ्न पनि पाइएको थियो ।    हामी वसेको ठाउंवाट २ घंटा पर सिंगटी भन्ने सानो वजार छ  रे,त्यहाँवाट उता लामावगर छ   । हामी वसेको यो ठाउं    सुस्पा   छेमावती गाविसको पानी घटृ भन्ने ठाउं रहेछ । यो होटल सिवाकोटीले संचालन गरेका रहेछन् ।

त्यही नजिकैको पसलमा भेटिएका भविस्यका कर्णधारहरू

विहानीको सूर्यसंगै ’round देखिएका मनछुने फोटोहरू खिंचे । त्यही नजिकै पसलमा भेटीएका यी भाइवहिनीहरूको फोटोपनि खिचिहालैा । यस्ता थुप्रै छन् तर के गर्नु विजुली नानीले गर्दा यती तैयार पार्न पनि निकै मुस्कील भयो । विहान  हामीलार्इ त्यहांका साथीहरूले तामाकोसी जान निकै कर गरे तर हाम्रो यात्रा जिरीको थियो । त्यसैले विहानै हामी दोलखा भीमसेन मन्दीर तिर  लाग्यैा ।

देवताको ज्ञानीवोका

मानिसले जसोगरे पनि सन्चोमानेर वस्ने यो ज्ञानी वोकासंग हामीसवैले फोटो खिच्यैा । निकै वुढो थियो । यसका कान डेढ फिट भन्दा लामा थिए । खुटृाका नड०हरू लामा र फाटिएर ज्ञानी वोकालार्इ हिंड्नै समस्या थियो ।

दोलखा भिमसेन मन्दिरवाट देखिएको हिमाल

माथिको हिमाल दोलखा भिमसेन मन्दिरको दक्षिणतर्फको वारीको पाटोमा उक्लेर खिचेको हो । यो गैारीशंक हिमाल जस्तो लाग्छ । यति मनमोहक थियो कि अहिले वर्णननै गर्न सकिन्न । मलार्इ हिमाल र हिमालको हिउँ हेर्न पाएपछि अरू केही चाहिन्न । त्यसमा के जादू छ कुन्नी मलार्इ थाहा छैन ।

पहिलो चांदीको सिक्का प्रचलनमा ल्याउने  राजा इन्द्रसिं

दोलखा वजार काठमाडेोभन्दा पुरानो नेवार वस्ती भएको अनुमान गरिन्छ ।  नेपालको इतिहासमा सर्वप्रथम चांदीको सिक्का प्रचलनमा ल्याउने दोलखा अधिपति राजा  इन्द्र सिं देवको शालिक  मन्दिर जाने मूल सडकमै स्थापना गरिएको छ । इन्दसिँ देवले दोलखा छुटैृ राज्य हुंदा विक्रम सम्वत्र १५९० देखि १६०५ सम्म शासन गरेका थिए । त्यस ताका उनले चलाएको सिक्का नेपालको पहिलो सिक्क हो । सो सिक्का हाल छाउनी स्थित सैनिक संग्रहालय र वेलायतस्थित संगहालयमा रहेको छ रे । सिक्का छाप्ने टक्सार भवन जिर्ण  अवस्पाथामा रहेको छ । पार्क भने व्यवस्थित छैन । सायद यसको अैापाचरिक कार्यक्रम वांकीनै छ कि , भित्र जाने ढोकामा पनि ताला लगाइएको छ । दोलखा भीमसेन मन्दिरको जुन महिमा र प्रचार छ त्यस अनुसार मन्दिर क्षेत्रमा गर्नु पर्ने थुप्रै कार्य छन् । दोलखा भीमसेनको कुनै अाकृति छैन । त्यसैले भीमसेन मूर्तिलार्इ  विहान रूद्री पूजा गर्दा रूद्र , वलिपूजागर्दा भगवती र दिउंसो पूजागरिंदा विस्नु मानेर पूजा गरिंदो रहेछ ।

फेरी हिमालकै फोटो

दोलखा भिमसेनमन्दिर ’round घुमिसकेपछि हामी ९ वजे तिर जिरीको लागि दोलखाचोक अाइपुग्यैा । यहांवाट जिरी ५६ किमि रहेछ । हाम्रो गाडीले अलि गति लिएर केही पर पुगेपछि हामीले गैारीशंकर हिमाल देख्न थाल्यैा । गुड्दै गरेको वसको झयालवाट खिचेको यो फेाटो पनि हिमालकै मायाले याहाँ राखेको छु ।

तामाकोशी, सुन्तला वजार

स्वीस सरकारले धेरै पहिला वनाइदिएको यो वाटो निकै राम्रो रहेछ । वाटोमा भेटिने सल्लाहघारी  र धुपीका रूखहरूले यात्रालाइ अझ मनमोहक वनाउंछ । धुलो धुंवा र फोहरको कलंक वोकेको काठमाडैा सहर छोडेर यो वाटोमा अेार्लदा तल तामाकोशी वगिरहेको देखिन्छ भने वस वास मोडैपिच्छे देखिने गैारीशंकर हिमालले हामी सवैको मन मस्तिस्क र अाखा अाफु तिर तानिरहेको हुन्छ । गाडीभित्र  वनको चरी वनैमा रम्छ, मनको चरी उडेर जाउं भन्छ  भन्ने गीत वसभित्र घन्कि रहंदा वस भित्रका सवै स्वरमा स्वर मिलाउंदै थपडी वजार्इ रहेका हुन्छन्  । मेरो मन भने कहिले हिमालमा पुग्छ कहिले तल सुसाइरहेको तामाकोशीसंगै वगिरहन्छ । तामाकोशी वजार पुगेर हामी एकछिन रोकिन्छैा । तामाकोशीको माछा किन्नै नसक्ने झन्डै एक किलोको एक हजार भने । तामाकोशीको पुलमा वसेर सवैलाइ फोटो खिच्न हतार लागिरहेको थियो । हामीले पनि खिच्यैा । तमाकोशी वजारवाट दाहीनेतिर गएको सडक चांही रामेछाप मन्थली जाने रहेछ । नेपाली कांग्रेसका युवा नेता गगन थापालार्इ पनि हामीले तामाकोशी वजारमै भेट्यैा । उनी पनि जिरीतिरै जाने वाटोतिर लाग्दै थिए ।

तामाकेाशीको पुलमा

प्रकृतिले हामीलाइ जापान दिएको छ, अमेरिका दिएको छ । स्वीजरल्यान्ड दिएको छ । के दिएको छैन? । सवै थोक दिएर पनि हामीले यसलाइ चिन्न नसक्दा श्रीखणड खुर्पाको विंड हुन गएको जस्तो लाग्छ ।

तामाकोशी

वस र  ट्रक जिरी सडकमा जुध्दा घाइते भएका मैना पोखरीका वस चालकका समर्थकहरूले जिरी सडक वन्द गराएका कारणा धेरै मानिस यातायातका साधन नहुंदा सडकमा हिंडिरहेका  देखिन्थ्ये । हाम्रो वसमा तामाकोशीवाट २।४ जना यात्रु घुसीहाले ।   हामीले  अानाकानी नगरी लिएर गयैा । उकालोका घुम्ती पारगर्दै हामी डांडागाउं (मैनापोखरी भन्दा वर ) नजिकै वारीको पाटामा वेच्न राखेको खसी किन्यैा । अली पर सडककै छेवमै रहेको पानी ट्यांकीवाट पानी वगिरहेको देखेपछि हामी खाना खान त्यही वस्यैा । त्यो ट्यांकी माता तुलसी देवीको संझनामा छोराहरूले ०६३ सालमा वनाइदिएको रहेछ ।

भात भान्छको तैयारी गर्दै

जिरीसडकको छेवैमा  सवै मिलेर सामुहिक रूपमा पकाउंदै खांदा सारै रमाइलो भएको  लागेको थियो । प्रदिप र तोरणजीको उत्साह र सहयोग भएपछि खाना नास्ताको परिकार त छिनमै पाकेको अनुभव सवैले गरे ।अामाको ुसंझनामा परीवारले वनाइदिएको यो ट्यांकीको तुरतुरे धारोको  पानीले हामीलाइ यही ठाउंमा खाना खान जुराएको थियो ।  स्वर्गीय अामाप्रति हामीसवैले श्रद्धान्जली व्यक्त गर्नै पर्छ । पारिलो घाम तापेर खाना खानुको मज्जानै अर्को थियो ।

जिरी वजार

जिरी गाविसको जिरी वजार । यातायात वन्दको कारण सुनसाननै थियो । जिरीवजार  खाल्टोमै रहेछ । वरीपरी डांडाले घेरेको। दक्षिणतर्फ अली खुल्ला  ।यता तर्फ  जिरी अस्पताल, कृषि फार्म, विभिन्न   प्राविधिक  तालीम केन्द्रहरू रहेको रहेछ ।जिरी वजारमै खासै त्यस्तो अन्य हेर्नलायक त केही देखिएन । गहिरोमा भएकोले हिमाल देख्न सकिदैनथ्यो। वैाद्ध गुम्वा वन्दै रहेछ । १६० वटा ठुला सिंढी उक्लेर माथि वुद्ध रहेको गुम्वामा पुग्यैा । वजारवाट पर स्वीस सरकारकै सहयोगमा खुलेको चीज कारखानावाट उत्पादित जिरीको चिज र दुर्खा खायैा । यो जिरी स्वीजरल्यान्डको जुरिचसंग तुलना गरिन्छ, उस्तै उस्तै छ रे । दुवै ठाउंको  हावापानीका हिसावले पनि मिल्दो छ रे । त्यसैले यसको नाम जिरि रहेको भनिदो रहेछ । जिरीका पुराना वासिन्दामा जिरेल जाति सवैभन्दा वढी ५१ प्रतिशत छन् भनिन्छ । त्यसपछि नेवार क्षत्री र अन्य जातिको वसोवास रहेको छ । २०१४ साल देखि जिरी वहुउदेश्यीय विकास परियोजना मार्फत दोलखाको कृषि,सडक,शिक्षा र ग्रमिण विकासमा सहयोग गरेको कुरा थाहा पायेों ।खाडीचेोर देखि जिरीसम्म १सय १० कि मी सडक र स्वीस सरकारले वनार्इदिएको रहेछ ।’round देखिने डांडाभरीको सल्ला रोप्ने कार्य पनि उसैको सहयोगमा भएको रहेछ ।  केही साथीहरू जिरेस्वर महादेव सम्म पनि पुग्नुभयो ।

जिरी वजारको चिहानडांडा

विहान घामको झुल्कामा लिएको चिहानडांडाको दृश्य । डाडाको माथिल्ला भेगमा घाम परेपछि  देखिएको रमाइलो दृश्य । जिरी वजारमा हामी होटल गैारी हिमाल प्रा.लि मा रात विताएका थियैा । होटलमालिक हाम्रा टिमका साथीको चिनजानका मानिस पनि हुनु हुंदो रहेछ । यो जिरी वजारको पुरानो होटल रहेछ । वस्नको लागि राम्रो व्यवस्था रहेछ । होटल मालिक लिला वहादुर श्रेस्ठ हुनुहुंदो रहेछ । विदाइका दिन सवैलाइ खादा अोढाएर विदाइ गर्नु भएको थियो ।

वजारमा पसलैपिच्छे चारो खांदै हिंड्ने परेवाका वथान

हेाटल अगाडी सामुहिक फोटो खिचाउंदै

सडक वन्द

४।५ गतेको घटना, ७ गते देखिको वन्द र खुल्लाको हल्ला, १० गते फर्कदा मैनापोखरीमा वन्दकर्ताहरूले सडक वन्द गरे । ७ गते देखि वन्द रहेको भनिएको जिरी सडकमा हामीलाइ ९ गते जान दिइयो  । कुनै वन्द थिएन । भोलीपल्ट फर्कनेक्रम स्थानीय प्रहरीसंग वुझ्रदा वन्द छैन भन्ने थाहा पाए पछि हामी विहान ८.३० मा त्यहा अाइपुग्दा सडक वन्द गरे । गोरा छाला भएका केही गोरा पर्यटकलार्इ जान दिइयो । तर हामी अान्तरिक पर्यटक नेपाली भएका कारणा विहान देखि झन्डै पांच वजेसम्म त्यही निरिह भएर वस्नु पर्रयो ।  नजिकै  भव्य प्रहरी थाना भए पनि उनीहरू मुक दर्शक भएर वसेका देखिन्थे । पांच छ वटा गाडीलार्इ विहान देखि वेलुकासम्म रोकेर राखे ।

सडक वन्दको फाइदा उठाउंदै हामीले यही वजार नजिकै  सडककै छेवैमा खाना पकाएर खायैा र ’roundकालार्इ पनि वोलार्इ वोलार्इ अघाउने गरी खुवायैा ।

पर्यटनवर्ष सन् २०११ को सेरोफेरोमा कुनै न कुनै नयाँ ठाउँको भ्रमण अवलोकन त गर्नैपर्छ भन्ने कुरा केही साथीहरूवीच राख्दै अाएको थिए । पर्यटन वर्ष सफलपार्न अान्तरिक पर्यटनको पनि ठूलै हात हुन्छ । सत्यनारायणको पूजा लगाएर  अपुँगो वाढ्नु सटृा , लाखवत्ति वालेर तेल र कपडा वनाउने कपास सक्नु सटृा  वा एक्का र नवाहा लगाउनु भन्दा देश देशाटन घुम्ने कुरामा खर्च गर्नु धेरै वुद्धिमानी  हो जस्तो लाग्छ । यी भए मेरा व्यक्तिगत कुरा । जे होस् अन्ततिरै भए पनि पर्यटन वर्षकै अवधिमा एउटा नया ठाउं ( मेरो लागि ) मा पगियो । जहां पुग्दा नजिकवाट हिमला देख्न पाइयो , हाम्रो अपार सम्पत्तिको रूपमा रहेको नदीनाला , डांडाकांडा हेर्न पाइयो । थोरै भए पनि भैागोलिक ज्ञान म मा वढ्यो ।

यसरी हाम्रो काठमाडैा जिरी सम्मको यात्रा रमाइलैसंग वित्यो ।अस्तु

जय व्लग ।

Advertisements

3 Responses to “काठमाडैा देखि जिरी”

  1. Suman Says:

    रमाइलो लाग्यो, आफ्ना जान्ने चिन्ने संग यसरि घुम्न पाउनु नि एक किसिमको सौभाग्य नै हो,
    प्रकृतिले त धेरै नै दियको छ, तर के गर्नु हामीले नै सहि उपयोग गर्न नसकेको हो

  2. kuber rt Says:

    सर्सर्ती हेरें, राम्रो लाग्यो खुसी लाग्यो

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: