आज श्रावण १३ गते भुइंचालो गएको पनि ३ महिना पुरा भएको छ । ठुला भुकम्प पछि परकम्पन लामै समय जांदो रहेछ भन्ने कुरा व्यवहारले प्रमाणित गरिसकेको छ । बिज्ञानले सही कुरा देखाउंछ ,अन्धबिश्वास र अज्ञानताले गलत । भुइंचालो किन र कसरी आउंछ भन्ने कुरा अब यो पुस्ताले राम्ररी शिक्षा पाएको जस्तो लाग्छ ।
भुइंचालो आफैले मानिस मार्ने हाेइन रहेछ, मानब निर्मित संरचनाले मार्ने र नोक्सान गर्ने रहेछ । त्यसैले त्यसबाट हुने अपार क्षतिबाट बच्न हामीले घर लगायत सबै संरचनाहरु बलियो अथवा भूकम्प प्रतिरोधात्मक बनाउनु बाहेक अर्को दोस्रो उपाय केही रहेनछ । भूकम्प सम्वन्धी यी सबै कुराहरु मैले ४ अंक सम्म किन लेखिरहेको छु भने सबैले भूकम्पका ’boutमा धेर थोर कुरा थाहा पाउन् भन्ने नै हाे । हिजो अहिलेको जस्तो स्रोत साधन नभएका कारण ९० सालको भूकम्प’bout हामीलाई धेरै जानकारी छैन । ९१ सालमा निस्किएको व्रम्ह शम्शेरको भूकम्प’boutको किताब’bout पनि अहिलेनै आएर थाहा लाग्यो । हिमालमा भूकम्प त हजारौ हजार बर्षदेखि गइरहेको कुरा प्राचिन ग्रन्थहरुबाट थाहा पाइन्छ । तर कहां कत्रो कसरी गयो, त्यसबाट परेको प्रभाव आदि ’bout जान्न सक्दैनौ । भूकम्प प्रकृतिको एउटा नियमित कार्यनै हो । भूकम्प आउन सक्छ तर कहिले कसरी कत्रो आउंछ भन्ने कुरा अहिलेसम्म बिज्ञानले ठयाक्कै भन्न सकेको छैन । त्यसैले पूर्व घटेका घटनाहरुको अध्ययनबाटनै पूर्वानुमान लगाउन सकिने देखिएकोले भूकम्प सम्वन्धी चर्चा परिचर्चा चलिरहेकै बेलामा मैले यी आलेखहरु तैयार पारेको हुं । यी टिपन टापन र आफुले भोगेका र सिकाइका थोरै भए पनि जानकारी दिने उद्धेश्यलेनै पोस्ट गरेको हुं ।
किन हो कुन्नि ? यस पटकको भूकम्पले हामीलाई धेरै दया गरेकै होे । शनिबारपर्नु ,दिउंसो पहिलो प्रहरमै भूकम्प आएकोले अझ ठूलो जनको क्षति हुनबाट बचायो । यदि रातको समयमा वा बिद्यालय, कारखाना, अफिस खुलेको दिन आएको भए अहिलेको भन्दा अकल्पनिय क्षति हुने निश्चित थियो । त्यसमा पनि यस पटकको भुइंचालोले सडक भत्काएन, पुल पुलेसा भत्काएन र नेपालमा रहेकोे एउटैमात्र अन्तराष्टियस्तरकाे बिमानस्थलमा क्षति पुगेन । यदी भूकम्पले बिमानस्थलमात्र संचालनमा आउन नसकेको भए नेपाल राजधानी काठमाडौं यो बिपद्को बेलामा बिश्वबाटै अलगिन्थ्यो । यत्रा दातृराष्ट्रले तत्काल सहयोग गर्ने कुरा कल्पनासम्म गर्न सकिने थिएन ।
भूकम्पले भूकम्प सम्वन्धि धेरै कखरा हामीलाई पढाएर गएको छ । अब हामिले गर्नै पर्ने होमवर्कमा नेपालको अर्को अन्तराष्ट्र्यिस्तरको बैकल्पिक विमानस्थल हुनु नितान्त आवश्यक देखियो । जहां पायो त्यही बस्ती बस्न दिनु हुंदैन, सुरक्षित स्थानमा मात्र बस्ती बसाउनु पर्छ, बस्ती भएका ठाउंमा चौडा फराकिला बाटाबन्नु पर्छ भन्ने कुरा पनि सिकाएर गएको छ । संगै आपद बिपत पर्दा जम्मा हुनका लागि हरेक बस्तीसंगै खुल्लास्थानको पनि जोहो गर्नु भन्दै उसले आफनो महाभूकम्पको पुस्तक हामी सबैलाई पढाएर गएको छ । छिमेकी जे जस्तो भएपनि आपत् बिपत् पर्दा पहिलो घरसंगैको छिमेकिनै चांहिदो रहेछ । टाढाका आफन्त आउलान् र उद्दार सहयोग गर्लान भनेर बस्न नसकिने रहेछ । घर भत्केर मानिस पुरिदा झिक्न पहिलो छिमेकिनै चाहिने रहेछ । नसक्दामात्र परका छिमेकि आएर पनि १६ जनाको जिबितै उद्धार गरे । त्यसैले बस्ती बस्तीमा आपत बिपतमा कसरी उद्धार गर्ने जस्ता सिकाइ पनि स्थानीयस्तरमै समुदाय समुदायमा हुनु पर्नेरहेछ । किनकि हामी कुनै पनि बेला जे पनि हुन सक्ने जोखिम ठाउंमै बसेका रहेछौं । जहां कुनैपनि बेला जेपनि हुन सक्छ । यो सिक्नै पर्ने पाठ रहेछ । परका छिमेकि आउलान् र उद्दार गर्लान भनेर बस्न नहुने रहेछ । समयमै उद्धार गर्न सक्ने कला औजार हामीमा भएमा बचाउन सकिने रहेछ ।
भूकम्प मापन गर्ने बिधि पहिलो पटक अमेरिकी भूकम्पबिद रिक्टरले सन् १९३० मा आविष्कार गरेका हुनाले उनकै नामबाट मापन स्केललाई रिक्टर स्केल वा लोकल म्याग्नेच्यूड भनियो । यी मध्ये रिक्टर स्केल र मोमेन्ट म्याग्नेच्यूड भूकम्प मापन गर्ने सबैभन्दा प्रचलित बिधि हुन् । रिक्टर स्केल सबैभन्दा पुरानो बिधि हो र यसले जमिनको हल्लाइका आधारमा आकार नाप्छ । नेपालको खानी तथा भूगर्भ बिभागले यही विधि प्रयोग गरिरहेको छ । मोमेन्ट म्याग्नेच्यूड नयां बिधि हो र यसले भूकम्प जांदा कति शक्ति स्खलन भयो यसका आधारमा आकार नाप्छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले मोमेन्ट म्याग्नेच्यूड विधि अपनाउंदछ । ठूला भूकम्पलाई प्राय मोमेन्ट म्याग्नेच्यूड विधिबाट मापन गरिन्छ । बैशाख १२ गतेको मापनमा दोहोरो कुरा ( ७.६ रिक्टर, ७. ८ मोमेन्ट म्याग्नेच्यूड )आउनु यसकै कारण हो ।
भूकम्प सम्वन्धी केही बिज्ञहरुको कुरा त मैले अघिल्ला अंकहरुमा पनि राखेको थिए । अहिले फेरी प्रा.डा लालु पौडेलका भूकम्प जाने प्रकिया ’bout आजको दिशाबोधमा छापिएका केही कुरा सान्दर्भिक लागेर राख्दैछु ः पानीको पोखरीमा ढुगां फाल्दा जसरी तरंगहरु उत्पन्न भई चारैतिर फैलन्छन् त्यसरीनै पृथ्बीको सतहभित्र रहेका चटृानहरु आकस्मिक रुपमा खल्बलिंदा त्यस्तै किसिमका तरंगहरु उत्पन्न हुन्छन् र ती तरंगहरु चटृानको माध्यमबाट चारैतिर फैलिन्छन् । तरंगहरु फैलिंदा जमिनमा हुने हलचललाई नै भूकम्प भनिन्छ । पृथ्बीको लगभग सय किलोमिटर मोटाइ भएको बाहिरी भाग कुखुराको अण्डाको बोक्रा जस्तो सिंगो नभइ भलिबलको छालाको जस्तो धेरै टुक्राहरुमा बिभाजित छ । यी टुक्राहरुलाई भौगर्भिक भाषामा प्लेट भनिन्छ । यी प्लेटहरु म्यान्टल को माथिल्लो भागमा रहेको तरल म्याग्मामा आउने तरड०गले गर्दा पानीमा डुंगा बहेझै विभिन्न दिशामा बहिरहेका छन् । जव बिपरीत दिशातिर हिंडेका दुई प्लेटहरु आपसमा ठोकिन्छन् , ठोकिएको ठाउंमा जमिन खुम्चन्छ र पहाडहरु बन्छन् । प्लेटहरु ठोकिएको ठाउमा लगातार बल परिरहन्छ । जब जमिनले बललाई थाम्न सक्दैन, जमिन गहिरा धांजा ( दरार) बनेर फुट्दछ । त्यस्ता दरारहरुलाई भौगर्भिक भाषामा फल्ट भनिन्छ । दरार परेका सतहमा जमिन धस्सिने, चिप्लिने र फुटेको एउटा भाग अर्कोमाथि चढ्ने प्रक्रियामा तरड०गहरु उत्पन्न भई जमिन हल्लिन्छ । संसारका प्राय ठुला र बिनाशकारी भूकम्प यही प्रक्रियाद्धारा जान्छन् । २०७२ बैशाख १२ गतेको भूकम्प पनि यही प्रक्रियाले नै गएको हो ।
हामीले पढेकै कुरा हो हाल सगरमाथा भएको ठाउंमा कुनै भौगर्भिक कालखण्डमा (आज भन्दा ५ करोड बर्ष अगाडि सम्म ) टेथिस नाम गरेको सागर थियो । २ प्लेटहरुको जुधाइको कारण नै जमिनको भाग बिस्तारै माथि उठ्नगई हिमालय बनेको हो ।
विश्वभर १ म्याग्नेच्यूडका भूकम्प दैनिक ७ लाख, ५ म्याग्नेच्यूडका भूकम्प दैनिक ६ हजार, ६ म्याग्नेच्यूडका भूकम्प दैनिक ८ सय, ७ म्याग्नेच्यूडका भूकम्प दैनिक १२० र ८ म्याग्नेच्यूडका भूकम्प दैनिक २० वटा जान्छन् । तर सबै भूकम्पका असर पृथ्बीको सतहसम्म आइपुग्दैनन् र हामीले महसुस पनि गर्न सक्दैनौ । सन् १८०० यता नेपाल र भारतमा जम्मा आठवटा महाभूकम्पहरु गएका छन् । सन् १८०२ मा कुमाउमा, १८३३ मा रसुवामा, १८६० मा पुनः बिहारमा ,१८९७ मा पश्चिम आशाममा, १९०५ मा कांगडामा ,१९३४ मा संखुवासभामा ,१९५० मा पूर्बि आशाममा र सन् १९९१ मा कुमाउमा गएका सबै भूकम्पहरु ७ म्याग्नेच्यूड र केही ८ भन्दा पनि ठूला थिए । तपाइले स्मार्ट मोवाइल फोन बोक्न हून्छ भने अर्थक्वीक सम्वन्धी जानकारी दिने एप्स डाउनलोड गरेर राख्नूभयो भने दिनैपिच्छे संसारभर गएका सबै भूकम्पहरुको त्यसले जानकारी गराउंदछ । नेपालको मात्र जानकारी लिन पनि सकिन्छ ।
भौगर्भिक दृष्टिले नेपाल अत्याधिक भूकम्प जाने क्षेत्रमा पर्ने भए तापनि पोखरादेखि भारतको कुमाउसम्मको हिमालय खण्डमा बिगत दुईसय बर्ष यता ठूला भूकम्पहरु गएका छैनन् । भूकम्प गइरहनुपर्ने क्षेत्रमा लामो समयसम्म भूकम्प नगएको अवस्थालाई सेस्मिक ग्याप भनिन्छ । सेस्मिक ग्याप हुनु भनेको भौगर्भिक दृष्टिले अत्यन्तै खतरापूर्ण अवस्था हो, त्यसैले यस क्षेत्रमा कुनै पनि बेला ८ म्याग्नेच्यूडभन्दा ठूलो भूकम्प जाने कुराको भूगर्भबिदहरुले सम्भावना व्यक्त गरेका छन् ।
१२ गतेको बिनाशकारी भूकम्प र त्यसपछिको परकम्पबाट मानबीय र भौतिक सरचना एब प्राकृतिक स्रोतको ठूलो क्षति हुन गएको छ । बिनाशकारी भूकम्पमा परि अहिलेसम्म ८ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ ,जस्मा महिला ३९४० , पुरुष ४८४९ छन् । २२ हजार ३ सय ९ जना घाइते र करिब २०० जना अझै वेपत्ता रेहको अनुमान छ । ग्रामिण भेगमा आय आर्जनका लागि पालेका करिव १७ हजार भन्दा वढी ठूला चौपायाहरु र करिव ४० हजार साना चौपायहरु मरेको अनुमान छ । २ लाख ८० हजार ७३० घरमा आशिक क्षति, ५ लाख १३ हजार घरमा पुर्णक्षति पुगेको छ । कुल जनसख्याको करिव एक तिहाइ ८० लाख जनसख्या भूकम्पबाट प्रभावित भएको अनुमान गरियो । भूकम्पबाट ७५ जिल्ला मध्ये ३१ जिल्लामा प्रभाव परेको देखियो । १४ जिल्ला भने पूर्ण प्रभावित भएको छ । देशका २० जिल्लामा पूर्ण र आंशिक गरी ७२१ सम्पदामा क्षति पुगेको छ , सबैभन्दा वढी काठमाडौं रहेको छ । १८ जिल्लाको तथ्याड०क अनुसार २ हजार ७ सयभन्दा वढी बालबालिकाले ज्यान गुमाएका छन् । जस्मा १ हजार ४ सय ९८ बालक र १२४४ बालिका छन् । प्रतिशतको हिसावले झन्डै ३१ प्रतिशत बालबालिका परेका छन् । ८९ बालबालिकाले आमाबाबु दुबै गुमाए भने ४२७ बालबालिकाले आमा वा बाबु गुमाए । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अधिकाश घर भत्किएका छन् । विनाशकारी भूकम्पले सातसय अर्ब बरावरको क्षति तथा नोक्सानी गरेको अनुमान छ । प्रारम्भिक अनुमान अनुसार पुननिर्माण र नवनिर्माणका लागि रु ६६९.५ अर्ब लाग्ने अनुमान छ । भूकम्पको जोखिमले राजधानी र यसका वरीपरी बढी प्रभाव पर्न गएकोले पनि यसले अर्थतन्त्रलाई दूरगामी असर पार्न सक्ने । खासगरी ग्रामीण बस्तीहरुमा न्यून आय भएका परिवारका ढुंगा, माटो र काठले बनेका घरहरु मध्ये करीब ८० देखि ९० प्रतिशत ध्वस्त हुनु र मुख्य पेशको रुपमा रहेको कृषि र पशुपालनमा भएको क्षतिका कारण पनि गरिवी बढ्ने अनुमान लगाइएको छ । बिश्व बैकका अनुसार भूकम्पको प्रभावबाट अब थप २.५ प्रतिशत देखि ३.५ प्रतिशत नेपालीलाई गरिवीमा धकेल्ने र ७ लाख गरिवको सख्या थपिने अनुमान उसले गरेको छ ।
भूकम्पबाट मध्य नेपालका १४ जिल्ला, गोरखाको बारपाक र त्यसबाट पूर्ब रहेका धादिंग, नुवाकोट ,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं , ललितपुर, मकवानपुर ,भक्तपुर ,दोलखा, रामेछाप, सिन्धुली, रसुवा, अति प्रभावित रहेपनि नेपालका अन्यभागहरु पनि भूकम्पका हिसावले त्यत्यिकै जोखिमपूर्ण रहेको छ ।
भूकम्प हामीकाहांमात्र हैन संसारभर आइरहन्छ । चिनमा पनि ठूला भूकम्पहरु आइरहन्छ । एक पटक सिचुवान प्रान्तमा ठूलो भूकम्प आएको थियो । त्यस भूकम्पलाई संझाउन वा मानिसलाई सचेत बनाउन उनीहरुले भूकम्प गएको त्यस सिचुवान प्रान्तमा भूकम्प संग्रहालयनै बनाए । जहां अहिले हजारौ पर्यटक त्यो संग्राहलय हेर्न पुग्छन् । हामीले पनि चिनको जस्तै भूकम्प गएकै क्षेत्रमा संग्रहालय बनाउन नसके पनि कुनै ठाउंमा संग्रहालय बनाएर बिभिन्न ठाउ र त्यहां एतिहासिक महत्वका हिजो यस्तो थियो भूकम्प पछि यस्तो बन्यो भनेर त्यस संग्रहालयमा देखाउन सक्छौ ।
क्षतिमाथि अर्को क्षति ऽ भूकम्पकै सामान लाने ल्याउने क्रममा दुईवटा हेलिकप्टर खस्यो । पछिल्लो चांहि राहत सामग्री लिएर सिन्धुपाल्चोक गएको हेलिकप्टर राजधानी फर्कनलाग्दा खिम्ती प्रशारणको हाइटेन्सन लाइनमा ठोक्किएर २०७२ जेष्ठ १९ गते दुर्घटना भयो । एक बिदेशी सहित ४ को मृत्यु भयो । दुर्घटाना दिनको ३.४५ मा भएको थियो । चालक सुबेक श्रेष्ठ, शेर बहादुर कार्की र डच महिला जेसिका डा.सन्दिप महत त्यसमा थिए ।
भूकम्प पिडितका घाउहरुमा महलम लगाउन केही पार्टीहरुले आफना कार्यकर्तालाई परिचालित गरेर भूकम्पबाट क्षति भएका घरहरु भत्काउने र अस्थायी टहरा निर्माणगर्न सहयोग गर्न अपिल गरे । यसैक्रममा ९ नंं क्षेत्रको ९ नं कमाण्डको नेतृत्व गर्ने जिम्म मैले पाए । पूर्व नया नैकाप र तीनथानाको संयुक्त परिचालन कमिटी वन्यो । बैशाख १३ गतेबाट हामीले असार ७ गतेसम्म निरन्तर खटिएर ३६ वटा घर भत्काउने , कतिपय घरभित्रै रहेका सामान निकाल्ने । भत्काउंदा आएका सामानलाई मिलाएर राख्ने काम गर्यौ । ७ गते पछि परियार टोलका तीनवटा घर बनायौं । यस अभियानमा हामी १८७ जना परिचालित भयौ ।
नेपाली उखान छनि बुद्धिमानी मानिसले परेपछि चेत्छ । त्यसैले हामिले पनि जापानबाट सिक्ने होकि ?
समृद्ध राष्ट्र्को सूचीमा रहेको जापानले भुइचालाको तयारीका मामिलामा आफूलाई अव्वल साबित गरिसकेको छ । अन्यत्र भए तहसनहस बनाउने भूकम्प आउदा पनि आजकल जापानमा भूकम्प आउछ जान्छ भन्ने छ । हालै ३० मे २०१ मा गएको ७. ८ म्याग्निच्युडको भूकम्पले त्यहा कुनै क्षति पुर्याएन । भनिन् छ जापानमा भूकम्प सम्वन्धी अध्ययन पाचौ शताब्दीदेखिनै हुदै आएको छ र त्यतिवेला देखिका रेकर्डहरु पनि छन् । ७ म्याग्निच्युड बराबरका भूकम्प जापानमा अनगिन्ती जान्छन्का । कहिले पाच सात वर्षमा एउटा , कहिले बर्षैपिच्छे । सानातिना भूकम्प त महिनैपिच्छे दिनैपिच्छे आउछ । सन् २०११ मा आएको ९ म्याग्निच्युडको तोहोकु भूकम्प भने जापानलाइ निकै महगो साबित भएको थियो । भूकम्प लगत्तै सुनामीका कारण करिब पन्द्र हजारले ज्यान गुमाए । १ लाख भवन ध्वस्त भए । आणबिक केन्द्रमा क्षति पुग्यो ।
भूकम्पकीय जोखिमसग जुध्ने तयारीमा जापान ससारकै चुस्त मानिन्छ । डिजास्टर जोन भनेर चिनिएका क्षेत्रमा जापानले भुइचालो प्रतिरोधि भवनसहिता कडाइका साथ लागू गरेको छ । जमिनमा कम्पन आउदा ढलेर क्षति पुर्याउने गरी कही कुनै गहौ सामग्री राख्न पाइदैन । केही दिनलाई पुग्ने पानी र खाद्यान्न सहितको किट, एउटा रेडियो र प्राथमिक उपचार सामग्री साथै राख्न परिवारहरुलाई भनिएको छ । जापनका प्राय सबै कार्यालय र निजी घरहरुमा अर्थक्वेक इमर्जेन्सी किट हरु हुन्छन् ।
प्रत्येक बिद्यालयमा बालबालिकालाई भूकम्पमा जोगिने अभ्यास गराइन्छ । सावधानीको घन्टि बजेपछि उनीहरु सुरक्षित रहने डेस्कमुनि पस्छन् । त्यहाको सरचनाहरुको हकमा यो विधि प्रभावकारी छ तर नेपालमा यसपाला यसरी बस्दा कतिको ज्यान पनि गयो । मैलै चिनेको छिमेकिको नातीनी र छोरीहरु भूकम्प आएपछि घरभित्रको खाट मु’नि लु’क्दा गाह्रो पल्टिएर दु’बैको ज्यान गयो । मैले अमेरिकामा केही समय बस्दा भूकम्प र अन्य बिपद्बाट बच्न खुल्ला स्थानमा गएर बस्न सिकाउने यस्तो अभ्यास महिनैपिच्छे बिद्यालय, भाषा कक्षाहरुमा गराएको पाए । त्यो पटक पटककाे सिकाइले सांच्चैको भुइंचालोजांदा नहडबडाइ सुरक्षित स्थानसम्म पुग्न धेरै मद्त गर्ने रहेछ । जापानमा खेलमैदानमा रहेको अवस्थामा भुइचालो आए कुनै पनि सामानले नलाग्व्ने खुला ठाउमा जान सिकाइन्छ। सुरक्षित रहनु कति महत्वपूर्ण भन्ने कुरा राम्ररी बुझाइन्छ । दुइतले वा त्यो भन्दा ठूला भवन भएका बिद्यालयमा आपतमा बाहिर निस्कने सुरक्षित बाटो समेत बनाइएको हुन्छ । भूकम्प आएपछि अभिभावक नआएसम्म उनीहरु घर जान पाउदैनन् । यी सबै कुरा उसले पनि सन् १९९५ मा गएको कोबे भूकम्पपछिनै यस्तो पाठ सिकेको हो । त्यतिबेला झन्डै सात हजारले ज्यान गुमाएका थिए । त्यस बिपतपछि आवासीय कार्यालय र यातायात पूर्वाधार दुवैमा भवनसहिताको पुनमुल्याकन गरियो । राजधानीका भवनहरु भने भुइचालो जादा पिड०खेलेझै भए तर ढलेनन् । आगलागीको जोखिम रहेको काठ र इटा प्रयोगको सट्टा कक्रिट र स्टिलका घरहरुलाई जोड दिइएको छ ।
अझै जापानका कुरा गराै घरहरु भाडामा बस्ने सवालमा जति नया त्यति राम्रो मानिन्छ । सन् १९८१ पछि कडा भवनसहिता पालना गरेर बनाइएका घरहरु सुरक्षित मानिन्छ । समय समयमा पुनरवलाेकन हुदै अाएकाे छ । भूकम्प गएका बेला ठुला भवनका माथिल्ला तलामा रहेकाहरु पनि नआत्तीकन सुरक्षित बसिरहन सक्छन् । भवन जतिसुकै हल्लिए पनि उनीहरुलाई थाहा हुन्छ अन्तत यो सोझै रहने छ । रेडियो टेलिफोन, टेलिभिजन, मोवाइल सबैलाई यस्तो बेलामा सूचना दिने एक हिस्साको रुपमा यसलाई बिकास गरिएको छ । त्यसैले आफना जनतालाई सरकारी निर्देशनमा मात्रै बढी भर पर्ने नगर तिम्रो जीवनको सुरक्षा तिमी आफै गर भनेर सबैलाइ सूचित गरिएको पाइन्छ । जापानले हरेक वर्ष सेप्टेम्वर ११ मा बिपत्ति रोकथाम दिवस मनाउदै आएको छ ।
बिश्वमा गरिने जुनसुकै तयारीले पनि पृथ्वीलाई कम्पन हुनबाट रोक्न सक्दैन । तर भवन हल्लिएर ढल्नबाट र ढलिहालेमा त्यसबा ट सकेसम्म जोगिन र कम क्षति हुन भने जापानले प्रमाणित गरेको ।
ठूलो भूकम्प पछि परकम्पन वरोवर जाने कुरा बिज्ञहरुले सुरुमै भनेका थिए । १२ बैशाख पछि आज श्रावण १३ गते सम्म पनि परकम्पनहरु गै रहेको छ । तर पहिलेका भन्दा धेरै पातलिदै गएका छन् ।
सबैअक हेरेपछि कस्ताे लाग्छ सुजाब दिन नभुल्नु हाेला ।
जय ब्लग ।
जवाफ लेख्नुहोस्